Himgiri Nepali home                                 केही भारतीय नेपाली नारी लेखिकाहरू

       

 

                  डा. लक्खीदेवी सुन्दास

 

 

साहित्यिक नाम: लक्खीदेवी सुन्दास

 

नाम: लक्खीदेवी सुन्दास

जन्म: ई. 1934, मार्च 27, 3 कलकत्ता भारत

सेवा: प्राध्यापन

शिक्षा: एम्. ए. नेपाली, दर्शनशास्त्र, एल. एल. बी, साहित्य रत्न, हिन्दी, पीएच. डी.

 भ्रमण: नेपाल, भारत, चीन, रुस,

 विधा: समालोचना।

मन्तव्य: हाम्रा अमर साहित्यकारहरूले जे-जति दिनु भएको छ, आजको साहित्य त्यसैले धनी छ र र अरूको समकक्ष उभिन सकेका छौं भन्ने गर्व बोध हुन्छ।

निबन्ध लेखनमा शैलीको बड़ो महत्त्व हुन्छ। संकलित सामग्रीको आधारमा निबन्धको शरीर ठाडो हुन्छ। तर सामग्री केवल शरीर हो। शैलीको माध्यमद्वारा निबन्धमा प्राण भर्न सकिन्छ। जति सुन्दर शैली हुन्छ उति निबन्ध सतेज र प्रभावशाली बन्दछ। शैली अन्तर्गत दुई कुरा याद गर्नुपर्छ-लेख्ने परिपाटी र भाषा। लेख्ने ढङ्ग प्र[येक व्यि[तको बेग्लाबेग्लै हुन्छ- निबन्धको शैली बेग्लाबेग्लै भएपनि ध्यान दिनुपर्ने कुरा के हो भने- निबन्धमा प्राण हुनुपर्छ-निबन्ध रूचिपूर्ण मिठास भएका पाठकको ध्यान आकर्षित गर्ने किसिमको हुनुपर्छ।

दार्जीलिङमा लेख्नेहरूलाई योग्य अनुकूलता छैन-दार्जीलिङकाहरू पुलविनाको टापू जस्ता छौं यसैले मलाई आजकल रिजर्भ हुन मनलाग्छ। फेरि ऐलेको कवितामा दर्शन, सोच- विचार पसेको छ। प्र[येक लेखक नै समालोचक भएकोले होला आफ्नै कविता मन पर्दैन र लेख्नेलाई हतार पनि लाग्दैन।

मौलिक कृति:सम्पादित, अनूदित र फुटकर कृति:

1. अकादमी निबन्धावली, 2. नेपाली साहित्य सम्मेलन-कथा संग्रह, 3. नेपाली साहि[य सम्मेलन-कविता संग्रह, 4. गुमानसिंह चामलिङका कविता, 5.दियालो- ने.सा.स.को मुखपत्र, 6. पश्चिम बङ्गाल साप्ताहिक, 7. कक्षा 3, 11 का नेपाली पाठ्यपुस्तकहरूको-सम्पादन, 8. विभिन्न पत्र-पत्रिकाहरूमा कथा, कविता, लेख, निबन्ध, समालोचना प्रकाशित।

पुरस्कार, मान-सम्मान, पदक:

1. सन् 1972 मा रत्नश्री स्वर्णपदक।

2. लोकप्रियादेवी पुरस्कार प्राप्त

3. भानु पुरस्कार प्राप्त।

4. साहित्य अकादेमी पुरस्कार प्राप्त प्रथम भारतीय नेपाली    नारी स्रष्टा।

ठेगाना: 18 आचार्य जे. सी. बोसरोड, दार्जीलिङ, पिन-734101

 

 

श्रीमती विन्द्या सुब्बा (हांगखिम)

 

 

                   श्रीमती बिन्द्या सुब्बा

 

जन्म: 13 जुलाई 1955, तीनधारे,

माता: स्व. श्रीमती मन्दरा सुब्बा

पति: श्री पूर्ण हांगखिम

शिक्षा: एम.ए. (नेपाली), बी. एड., विशारद, नर्सिङ्गमा डिलोमा अनि बी.एस.सी. (अनर्स)

पेशा: सिस्टर ट्यूटर, नर्सिङ्ग तालिम केन्द्र

पहिलो प्रकाशित रचना:

जीवनफूल कविता पत्रिका सागर मा 1968 अनि पहिलो कथा दर्पण पत्रिकामा-1971 शीर्षक जलन।

साहित्यिक कृतिहरू:-

(1) [यागपत्र हिन्दीबाट अनुदित उपन्यास 1978

(2) कथाक्रम कथासंग्रह 1984

(3) फूलहरू, पहाड़हरू; धर्साहरू, उपन्यास 1986

(4) अथाह -उपन्यास 1999

(5) हस्पिस- कथा संग्रह- 2000

(6) अन्तर्निहित-

उहाँका हालमा अन्य कृतिहरू पनि प्रकाशित भएका छन्।

यसबाहेक कैयौं कथाहरू, केही कविता, संस्मरण र लेखहरू भारत र नेपालका पत्र-पत्रिकाहरूमा प्रकाशित।

यसबाहेक एक दुई कथा र कविताहरू-हिन्दी, अंग्रेजी, तेलगु, उड़िया र बंगलामा अनुदित एवं प्रकाशित।

पुरस्कारहरू:साहित्य अकादमी पुरस्कार- 2001मा, विजयश्री इ.इ. फ्रे. सोसाइटी नयॉं  दिल्लीबाट, नेपाली साहित्यमा योगदान एवं सेवाको निम्ति 1997 मा।

 

 

(सौजन्य तथ्य संकलन-नारी शक्ति, सम्पादिका, सुश्री कविता सुब्बा)

 

 

 

हिमगिरिको यो वेबसाइटमा प्रकाशित जम्मै फोटो तथा सूचनाहरू प्रति सुरक्षा ऐन, 1955 अनुसार सुरक्षित छन् र कुनै पनि फोटो र तथ्य यहाँबाट सम्पादक, प्रकाशकको अनुमति र सौजन्यबिना प्रयोग गर्नु पाइनेछैन।   

 

डा.शान्ति छेत्री

 

 

साहित्यिक नाम : डा. शान्ति छेत्री

नाम: डा. शान्ति क्षेत्री

जन्म: वि.सं. 2004 असार 22 गते,

रिनाक, सिक्किम।

शिक्षा: विद्यावारिधि

भ्रमण: नेपाल, भारत, यूरोप।

विधा: निबन्ध-समालोचना, कथा, कविता

अन्य: सिक्किम शिक्षा अधिकारी संघ-महासचिव, भारतीय नेपाली राष्ट्रिय परिषद्-सदस्य

पहिलो रचना: सन् 1963 मा गान्तोकबाट प्रकाशित पत्रिकामा लेख।

मन्तव्य: कुनै पनि साहि[यले एकै ठाउँ जमिरहनु राम्रो लाग्दैन, न त नबुझिने हुनु नै प्रिय लाग्दछ। साहि[य पारदर्शी होस् दोहोर्‍याएर बुझ्ने प्रयास गर्नु नपरोस् अनि एक खास वर्गका लागि मात्र पनि यो हुनु भएन। भन्नुको ता[पर्य समाचारपत्र जस्तो हुनुपर्छ अर्को पिढीलाई सो भार वहन गर्नस[ने बनाउन्- के किन, कसरी, कस्ता, कसलाई लाई आधार मान्न स[यौं भने ठोस केही अझै हुनस[छ।

मौलिक कृति:

1. अरब सागरको सूर्यास्त- निबन्ध संग्रह- सन् 1986,

2. रामायणका नारी पात्रहरू- सन् 1987,

3.ज्वालामुखी र छालहरू-कविता संग्रह- सन् 1992

4. नेपाली समालोचना साहित्यमा रामकृष्ण शर्माको चिन्तन-सन् 1993

5. यूरोप भ्रमण-केही संस्मरण-यात्रा संस्मरण-सन् 1996

    सम्पादित, अनूदित, फुटकर कृति

1. सन 1965 मा निबन्ध प्रतियोगितामा प्रथमर सन् 1996 मा द्वितीय,

3. सन् 1993 मा भानु पुरस्कार

ठेगाना: निवास: गान्तोक, सिक्किम।

 

असमका एक नारी हस्ताक्षरः डा. शान्ति थापा

असमको भूमीमा भारतीय नेपाली साहित्यमा धेरै प्रतिष्ठित तथा आशालाग्दा साहित्यकार प्रतिभाहरूको  जन्म भएको पाइन्छ। नारी हस्ताक्षरहरूमा पूर्वोत्तर भारतका आशारानी राई, मैना थापा आशा, गीता उपाध्यायहरूको नामको लहरमा डा. शान्ति थापाको नाम रहेको छ। सन् 1961 को जनवरी महिनाको 9 तारखी माता श्रीमती यशोदा देवी र पिता स्वर्गीय कालु थापाको कोखमा जन्मेकी थापाले हिन्दी साहित्यमा स्नातकोत्तर वा एम.ए. गरेपछि अज्ञेयको उपन्यासमा नारीहरूको जीवनको बदलिदो मूल्यमाथि विद्यावारिधि  वा पीएचडी गरेकी छन्।गुवाहटीको एक महाविद्यालयमा अध्यापनको

पेशामा कार्यरत् डा. थापाले हालमा गुवाहटीबाट संस्थापक सम्पादक अनुराग प्रधानद्वारा प्रारम्भ गरिएको हाम्रो ध्वनि नेपाली राष्ट्रीय पत्रिकाको सम्पादन पनि गरिरहेकी छन्। उनले सन् 1997 मा असमेली नेपाली कवितामा केही गीत पर्काशति गरेका छन्, भने सन् 1997 मा नामघरे - असमीया उपन्यासलाई नेपालीमा अनुवाद गरेका छन्, जुन चाहिं नेपाली साहित्य प्रचार समिति, सिलगढीबाट प्रकाशित गरिएको छ।यसरी नै उनले अस्तराग असमीयाबाट नेपालीमा गीत गती संग्रह-2004 मा अनुराग प्रकाशन, गुवाहटीबाट गरिएको छ भने आवर्त्तन कथा संग्रह 2004 मा तथा मोहनी डट् कम(उपन्या)स-2009 मा अनुराग प्रकाशन्, गुवाहटीबाट प्रकाशित भएको छ। यसबाहके पनि उनले अनेकौं पत्रपत्रिकामा रचना लेख्नका साथै सम्पाद पनि गरेका छन्।

उनले वर्ष 2002 मा साहित्य अकादमी, नयाँ दिल्लीबाट अनुवाद साहित्यमा पुरस्कार प्राप्त गरेकी छन् भने समालोचनाका लागि सन् 199 मा संजयनारायण स्मृति स्वर्ण पदक, आवर्त्तन कथा संग्रहका निम्ति सन् 2004 मा टंकना उपाध्याय पुरस्कार(नेसाप) तथा गुञ्जन प्रतिभा पुरस्कार (काठमाडौं)  आदि सम्मान प्राप्त गरिसकेका छन्।

उनको माया नामक गीत संग्रहको कृतिमा 100 वटा गीत रहेको छ, जसमा काव्य गरिमाका प्रशस्त लक्षणहरू छन्, यद्यपि भावना र विषय वस्तुलाई उनले संगीतकै ढाँचा र असमेली भाका र परिधिलाई नै बेसी जोर दिएको पाइन्छ।

आवर्तन कथा-आवर्तन, मुनु, समृद्धि पुराण, स्वीकारोक्ति, बिदाइ, आत्मजा, अन्तिम संस्कार, स्वाद, अन्ततः, अलमल आदि कथाहरू रहेका छन्।जसमा असमका नेपाली जनजीवन र यहाँको पाखामा बोलिने भाषाका प्रशस्तै उद्दरण र कथनोपनकथन रहेको पाइन्छ। जस्तै सिक्किम, दार्जीलिङमा केटाकेटी भनिन्छ भने उनले प्रयोग गरेका छन्- केट्केटी (पुष्ठ- 70)। असमको नेपाली बोलीमा खाऔं वा खाऊँ -लाई खाम, जाऊँ-लाई जाम् भने जसो। यो अन्य भौगोलिक परिवेशको लागि अस्वाभाविक देखिए तापनि आफ्नो परिवेश तथा माटोको लागि सुहाउँदिलो तत्व पनि हो।

केही व्यायकरणिक त्रुटिहरू पनि छन्, यद्यपि भावना र विषय वस्तुलाई उनले संगीतकै ढाँचा र असमेली भाका र परिधिलाई नै बेसी जोर दिएको पाइन्छ।उनको कथा वस्तु छनौट साधारण भए तापनि प्रस्तुति र शैलीगत् विशेषता भिन्दै रहेको छ अर्थात् परम्परागत् अभिव्यञ्जनादेखि केही पर आउने प्रयास गरेको पाइन्छ।कथामा पाइने यावत् तत्वहरूको विश्लेषण र चिरफार नभएर पाठकहरूलाई दिइने मात्र यो संक्षिप्त जानकारीहरू भएकोले यसबारे विस्तृत चर्चा परिचर्चा अन्य लेखहरूमा नै समेट्ने धृष्टता गर्दै उनले  विविध क्षेत्रमा नै चालेको कलमबारे यहाँ चर्चा गर्नु सान्दर्भिक छ।

विविध क्षेत्रमा नै डा. थापाले कलम चलाएकी छिन्।उनको मोहनी डट् कम् यसै वर्ष अनुराग प्रकाशन्, गुवाहटीबाट नै प्रकाश भएको छ।यस  उपन्यासमा पनि लेखिकाले असमकै पृष्ठभूमीलाई अपनाएर यहाँकै माटो, परिवेश, गोर्खाहरूको समाज, असमीया समाज आदिको बयान गरेकी छन्।उनले ठाउँ ठाउँमा असमीय भाषा र हिन्दी गजलको पनि प्रयोग गरेकी छन्।असममा असममा स्वतन्त्रता संग्राम, युद्धरत् सिपाहीहरूको मनोस्थिति कथनोपकथनबाट दर्शाउने प्रयास गरिएको छ। भाषामा कतिपय वैयाकरणिक शैथिलता देखा परे तापनि समग्रमा भारतको असम र यहाँको जनजीवनले भोगेको तीतो सत्यहरूमा उनको कलम चलेको छ।उनको नेपाली भाषाको शुद्धता र परिमार्जन नेपाल र दार्जीलिङ, सिक्किमको मापदण्डमा गर्नुपर्ने देखिएको छ भने भारतीय नेपाला भाषाको अधिकृत संस्थान् र व्याकरण र शब्दकोशकै मापदण्डलाई पनि यहाँ  असमेली नेपाली भाषा र साहित्यसित समन्वयन् गरिनुपर्ने देखिएको छ, सो भविष्यमा हुँदै जाला।

असम जस्तो ठाउँ जहाँ नेपाली भाषाको अध्ययन पाठशालाहरूमा गर्न पाइन्दैन, त्यस्तो परिवेशमा रहेर पनि तथा हिन्दीलाई माध्यम बनाएऱ पनि नेपालीमा नै कलम चलाउनु भनेको अर्को विशेषता हो।यस्ता थोरै प्रतिभाहरूको कारणले गर्दा नै आज आर्थिकरुपले र सास्कृतिकरुपले सम्पन्न अंग्रेजी, हिन्दी साहित्यको बढ्दो प्रभाव र प्रचार प्रसारमा पनि नेपाली भाषा र साहित्य बाँचेको छ असम जस्तो विभिन्न जाति र समुहको दबादबमा पनि, यो गौर गर्ने विषय हो। डा. शान्ति थापाले मात्र होइनन् तर यस अघि लील बहादुर छेत्री, नव सापकोटा, गीता उपाध्याय, गोपाल बहादुर नेपाली आदिले पनि यस्तो विकट परिस्थितिमा पनि नेपाली भाषा र साहित्यमा आफ्नो कलम चलाएऱ असमबाट आफ्नो दक्षता पेश गरिसकेका छन्। अनुराग प्रधान जस्ता लगनशील व्यक्तित्वले हाम्रो ध्वनि जस्तो पत्रिका निरन्तर प्रकाशन गरेर, के.बी. नेपालीले लामडिङ असमबाट लगातार बिन्दु पत्रिका प्रकाशन गरेर एउटा उदाहरण पेश गरेका छन्। आजको कम्प्युटर र नेटको जमानामा एकार्कामा सम्पर्क गर्न र एकार्काको भाषा, साहित्यबारे जानकारी र आदान प्रदान गर्न यी अघिल्ला पंक्तिका साहित्यकार एवं कविहरूलाई झैं गाह्रो काम परेन, तर आफ्नो भाषा र साहित्यमा पनि माया गर्ने तथा इन्टर्नेटबाट पनि आफ्नो भाषा र साहित्यको प्रचार प्रसार गर्ने र आदान प्रदान गर्ने नयाँ पिंढ़ीको जन्म हुनुपरेको छ।( विजय बान्तवा, गुवाहटी, 19 दिसम्बर 2009)

- सम्पर्कः डा. शान्ति थापा, माधवदेव पथ, द्रुर्गासरोवर, गुवाहटी-781009