sikkSikkim news darjeeling news Gurkhas news Home

 Sikkim News : नेपाली समाचार -गान्तोक, सिक्किम- स्थापित सन् 1985,  वेब साइटः सन् 2003 देखि

सत्यको पर्दाफाश नै पत्रकारिताको धर्म

  HIMGIRI : Gangtok, -  सम्पादकः विजय बान्तवा

नेपाली संस्कृति-(तस्वीरहरू)

कमला आँसु- परिचय

कमला आँशुका कृतिहरू

अकादमी पुरस्कार विजेता

नेपाली कविताहरू -नयाँ

 सीएम-यस्

        सुझाउहरू

◙  भारतीय नेपाली साहित्यका एक प्रतिष्ठित नारी हस्ताक्षर, साहित्यकार

कमला आँसु

◙   कमला आँसुका कृतिहरू

एक प्रतिष्ठित व्यक्तित्वः चन्द्रदास राई प्रचलित नाम सी.डी. राई

भित्री पृष्ठमा, क्लिक् गर्नोस्

सी.डी.राई

 

असमकी एक होनहार नारी हस्ताक्षर डा. शान्ति थापा,

भित्री पृष्ठमा, क्लिक् गर्नोस्

डा. शान्ति थापा

   विवि

◙    सीएम-यस्

(मुख्यमन्त्री युवा स्वरोजगार कार्य.)

◙    नेपाली लेख विश्लेषण
◙   नेपाली-लेख

नेपाली-साहित्य पुरस्कार

नेपाली कविताहरू- -नयाँ

 

Tourism destination
Tourism destination-1
 Biography -Kamala
Gangtok Around
 Vivid photos
 Lepcha people
Tyohar-Lall market
 Sikkim orchid-latest
Himalayan Orchids
 Sikkimese people
 The People & The  Land
  Sikkim Culture- photos
Feedback-Suggestion

 Analysis & Articles

More States in India
Darjeeling issue
Rajiv Gandhi on Gorkhas

Indian Gorkhas

kamala Ashu-works

   Other related links:

pib.nic.in -Govt. of India

sikkimipr.org-Sikkim Govt.
sikkim.gov.in-Sikkim Govt

 Government Tender

New Click

 

 

गोर्खाल्याण्ड निर्माणको प्रस्ताव सिक्किम विधानसभामा पारित गरिनु

चामलिङको राजनीतिमा इमान्दारिता-गोर्खाहरूको लागि एउटा उदाहरण

विश्लेषण लेख पढ्नोस् -नेपाली लेख

 

 

सिक्किममा विभिन्न दलहरूमाझ आरोप प्रत्यारोप

मन्त्री सुब्बा भर्सेस्  विधायक गोले, भण्डारी भर्सेस्  उप्रेती

विश्लेषण लेख पढ्नोस्-- नेपाली लेख -1

 

बाजे-नाति- व्यंग्य-वाण

 

दार्जीलिङमा भोट, यता नाति पो चुनाउमा लड्नुलाई हुरुक्कै

 रहल पढ्नुलाई यहाँ क्लिक गर्नोस्

 

 

Designed, maintained and

edited by Bijaya Bantawa,

 Himgiri Prakashan, Tadong, Gangtok, Sikkim,bbantawa@gmail.com ,

bijayabantawa@hotmail.co

    

अनुभूतिको अभिव्यक्ति

   नै साहित्य हो

 - विजय बान्तवा, साहित्यकार सिक्किम

-वार्ताकार-कृष्ण भुसाल

मिलाप (मासिक पत्रिका, काठमाडौं), अक्टोबर -नोभेम्बर 2012

-आजभोलि के गर्दै हुनुहुन्छ ?
-
अध्ययन, मनन र केही लेखन् अनि उब्रेको समय सामाजिक सेवा र संस्थामा लगाउँदैछु।

-विजय वान्तवा के हो ?
-
शारीरिक र भौतिकरुपमा अन्य प्राणी सरह प़ञ्चभौतिक तत्वले बनेको सूक्ष्मातिसूक्ष्म प्राणी हो।त्यसदेखि माथि चेतना र विवेक सृष्टिकर्ताले वरदानस्वरुप प्रदान गरेकोले सर्व चराचर र प्राणी जगतको शुभचिन्तक हो अनि असंख्य मानिसहरूको समूहमा पहिचान गरिनुको लागि दिइएको संज्ञा वा नाम मात्र हो।

लेखन प्रारम्भ कहिलेदेखि सुरु गर्नुभयो ?
-
विद्यार्थी जीवनदेखि नै,सम्भवत् 1968-69 सन् तिर बेलुकी चन्द्रमा हेर्दा बादलले छेकेको चन्द्रमालाई देखेर लेखेको पहिलो कविता अझ पनि याद छ-चन्द्रमाको न तेज न किरण, न मुस्कुराइरहेको खुशीको मिलन।

-लेखनमा के भेट्नुभयो ?
जीवन दर्शन र जीवन बाँच्ने कला अनि सामाजिक सेवा।

तपाईका कति कृति सार्वजनिक भएका छन् ?
-
मौलिक कृति 8 वटा, त्यसमा कविता संग्रह नै तीनवटा सार्वजनिक भइसकेका छन्।सम्पादन गरेका कृतिहरू पनि छन्।

साहित्य के हो ?
-
सर्व लोक हित नै साहित्य हो।विज्ञान र अरु कलाको सृजना हुनुभन्दा नै पहिला साहित्यको सृजना भयो, साहित्यले नै मानिसलाई शिक्षित र सबै कला र विज्ञान जान्ने बनायो।

किन लेखिन्छ ?
-
एउटा त भाव अभिव्यक्तिको लागि लेखिन्छ।दोस्रो दस्तावेजीकरणको लागि लेखिन्छ।लेखेर नै र दस्तावेजिकरण गरेर नै देश, समाज, सरकार चलेको हुन्छ।अलिखित कुरामा आस्था हुँदैन, यद्यपि अलिखित तथ्यमा पनि यथार्थ र सत्य हुनुसक्छ।लेख्नुलाई मात्रै लेखिन्दैन तर जीवन चलाउनुलाई पनि लेखिन्छ।तर साहित्य लेखनको जहाँसम्म कुरो हुन्छ, यसले विश्वमा नै विभिन्न चेतना र वाद समय समयमा पेश गरेको छ।

तपाईंलाई लेख्ने प्रेरणा कहाँबाट प्राप्त हुन्छ ?
-
पहिलो त प्रकृतिबाट नै हो, त्यसमाथि पनि असल गुरुहरू र मित्रहरूबाट पाएको प्रेरणा सदैव हरियो भएऱ मन मस्तिष्कमा बाँचिरहेको हुन्छ।

साहित्यमा तपाईको बढी रुचिको विषय कुन हो ?
-
काव्य वा कविता नै हो, तर आवश्यकताले गर्दा कथा, निबन्ध, प्रबन्ध, नाटक, समीक्षामा पनि कलम चलाइएको छ।शिक्षक वा प्राध्यापक सरह पेशाले पत्रकारिता पनि गरिएको छ, तर रुची चाँहि साहित्य नै हो, त्यसमा पनि गहिराइ र जीवनको विभिन्न पाटोहरूमा अभिव्यक्ति दिने र आफूलाई सन्तुष्ट मिल्ने विधा कविता नै हो।

कविता के हो ?
-
जीवनलाई अभिव्यक्त गर्ने उच्चतम् विधा नै कविता हो।कविता मन र मस्तिष्कको अभिव्यक्ति दिने ठूलो माध्यम हो।कविता गरेर कविहरूले आफू चेतनशील र विवेकशील भएको उच्च परिचय दिनु समर्थ हुन्छन्।

पाईं कविता लेख्नमा कस्ता विषयवस्तु खोज्नु हुन्छ ?
-
विविध विषय, अस्त्तित्वको खोज, जीवन जगत, दर्शन, अध्यात्म र जीवनका विभिन्न परिस्थितिलाई नै आफ्नो विषय बनाइने गरिन्छ।कवितामा कलात्मकता पनि झल्कोस्, लालित्य पनि आवोस् र मानव मन र मस्तिष्कलाई परम आनन्द प्रदान गर्नुको साथै कुनै न कुनै सन्देश पनि देओस् भन्ने लाग्छ।

कविता लेख्दा कुन बढी सक्रीय हुन्छ, दिमाग कि हृदय ?
-
कविहरु प्रायः संवेदनशील नै हुन्छन् र दिमागले भन्दा बेसी हृदय नै बढी सक्रीय भएको हुन्छ, यसो नभए कविताको जन्म हुनु पनि सक्दैन।कतिपय प्रयोगवादी कविताहरूमा दिमागी अभ्यास पनि हुन्छ।मेरा प्रायः कविताहरूमा दिमागी अभ्यास रहेको छ जस्तै अर्द्ध सत्यमा बाँच्नेहरु कविता संग्रहमा परेका कविताहरू यस्तै छन् प्रायः।यसरी नै शब्द ब्रह्माण्डमा पनि कविता यस्तै छन्।यद्यपि मनमा लागेर, संवेदनाले भिजेर लेखिएका भावाकुल कविताहरू पनि छन्।कविता कस्तो हुनुपर्छ भन्ने आ-आफ्नै सिद्धान्त भएकोले कुन बढी सक्रीय हुन्छ भन्ने कुरोको मापदण्ड पनि आ-आफ्नै होला, मेरो दृष्टिकोणमा चाहिँ दिमाग र हृदयको सक्रीयतामा सन्तुलन भए मात्र त्यो कविता सबै दृष्टिले सुन्दर हुनुसक्दछ।

पछिल्लो समयमा आएर कविताको बजार कस्तो रहेको छ ? तपाईं यसका पाठक घट्दो पाउनुहुन्छ कि बढ्दो ?
-
कविता विशेष गरी कलासित जोडिएको हुनाले यो जनमुखी हुनु सकेको छैन।त्यसो हुनलाई आम पाठकमा कविता बुझ्ने धारणा र चेतनाको विकास पनि हुनु जरुरी हुन्छ।फेरि नारावादी र राजनीतिक उपजबाट पनि कोरिएर कविताहरूले कविताको उचित मूल्याङ्कन् र गरिमा रहने छैन।युगको प्रतिबिम्ब र प्रतिनिधि अनि समाजको प्रतिबिम्ब कविता भए तापनि सस्तो राजनीतिक नारा कविता होइन।कवितामा सार्वभौमिक सत्यता हुनुपर्छ।शेक्सपियर, वर्डस्वर्थ, शेली, किट्स् आदिदेखि लिएर नेपाली साहित्यमा नै लेखनाथ, देवकोटा र समका कतिपय हरफहरूमा सार्वभौमिक तथ्य पाइने भएकोले ती अजर अमर छन्। कविता उच्च कोटि र दर्शनमा साथै पाठकलाई प्रभाव पार्ने पनि लेखिएको हुनुपर्दछ।धेरै कविताहरू लेखेर शब्दहरूको भण्डार पाठकहरूलाई ओइराइदिएऱ मात्र होइन, त्यसबाट उनीहरूले प्रचुर साहित्यिक आनन्द, रस तथा ज्ञान पनि पाउनु पर्दछ।
कविताको रसमा डुब्ने पाठकहरूको संख्यामा अहिले कमी नै होला, तर उनीहरू संख्यात्मक नभएर गुणात्मक रुपमा रहेका छन् भन्ने मेरो मान्यता छ।

पाठकहरु भन्दा कविहरुको संख्या बढिरहेको छ भनिन्छ नि ?
-
कविहरू पाठकहरू पनि रहेका हुन्छन्, एउटा कविको कविता अरु कविहरूले पढ्ने हुन्छन्।यसबाट एकार्काको लेखन् प्रवृति बुझ्दछन्।कविहरूको संख्या बढेको त असल नै हो, अझ गुणस्तर पनि वृद्धि भएर गए त्यो देश र समाज साँच्चै नै रमाइलो गुणले भरिएको समाज र देश हुनेछ। कविहरूको संख्या बढेर गुणस्तर बढेन भने तथा समाज, देश र विश्वलाई उनीहरूको कविताले एक प्रतिशत पनि स्पर्श गर्नु सकेन भने त्यसको केही अर्थ हुँदैन।तर नेपाली कविताको उचित मूल्याङ्कन् र समीक्षा पनि हुनुपर्छ।यो नहुँदा नै जो कोहीले होडबाजीमा कविता लेखेर आफ्नो प्रभाव बढाउने हुँदा असल प्रतिभाहरू पछि पर्छन्।जे भए तापनि प्रतिभालाई दबाएऱ दबिने कुरो हुँदैन। धेरै प्रतिभाहरू जिउँदोमा मूल्याङ्कन् नभए तापनि मरेर गएपछि रुँदै मानिसहरू उनीहरूको काम र कृति पछि लागेको तथ्य पनि विश्वमा साक्षी छ।

बजारमा राम्रा कवि र कविता भन्दा झुरले बजार तताइरहेको देख्दा कस्तो अनुभव हुन्छ ?
-
यो प्रतियोगिता र द्वन्द्वपूर्ण विश्वमा सेतोलाई कालो र कालोलाई सेतो बनाएर आफ्नो प्रभाव र बजार तताउने दस्तुर त मानव समाजमा छँदै छ, त्यसमाथि पनि अरुको विचार र दर्शनलाई आफ्नो बनाएऱ बेचिएको नकली सामानहरूले नै विश्व बजार भरिएको छ।यसमा समाज, देश र पाठक नै सचेत हुनुपर्छ।दूध र पानी छुट्याउने क्षमता हुनुपर्छ।अहिले बजारमा हँस्यौली कविता, व्यंग्य र सस्तो कविताहरू लेखेर धेरै पत्रिकाहरू बेचिने गरिएको छ, कसैको महिमा र गाथा लेखेर पनि कविता बेचिने गरिन्छ, त्यस प्रकारको प्रक्रिया त भइरहन्छ, तर त्यसमा आफू पनि सामेल भएर कविताको स्तर घटाएर आफूले पनि त्यहीं कुरा गर्नु कविहरूले हुँदैन।

सिक्किमबाहिरका नेपाली कविता र सिक्किमका नेपाली कविताबीच कस्ता भिन्नताहरु पाउनु हुन्छ ?
-
सिक्किममा लेखिने कविताहरू पनि प्रायः दार्जीलिङ र जनजीवनसित जोडिएको नै हुन्छन्, कवि जीवन थिङ, तुलसी कश्यप, प्रवीण राई जुमेली, राजेन्द्र भण्डारीका कविताहरूमा यहाँको माटो, जनजीवन र आफूले भोगेका उदगारहरू प्रशस्त पाइन्छन्।केदार गुरुङ, उपमान बस्नेत, वीणाश्री खरेल, वीरभद्र कार्कीढोली, सुधा एम. राई एवं दीपा राईका कविताहरूमा पनि यहाँको जीवनको रमाइलो उदगारहरू पाइन्छन्।नेपालका धेरै कविहरूलाई पढ्दा उनीहरूको अभिव्यक्ति शैलीमा प्रखरता र प्रभावकारिता पाइन्छ।कतिपय कविहरूले साँच्चै नै काव्य गरिमा र लालित्यलाई सु्न्दर प्रकारले कवितामा अभिव्यक्ति दिएका छन्।देवकोटापछि भूपी शेरचन्, माधव घिमीरे, भीमनिधि तिवारीले नेपालको कवितामा क्रान्ति नै ल्याएका थिए भने अहिले आएर धेरै जना कविहरूले यस्ता कैयन् कविताहरू लेख्दैछन्, जसको सठीक विवेचना र मूल्याङ्कन् हुनु बाँकी नै छ।

तपाईंलाई साह्रै मनपर्ने कविता ?
हिलैमा बस्छ भ्यागुतो हिलैमा कमल स्थिति
स्थानले मात्र के गर्नु भिन्दै छ गुणको गति।
-
कवि शिरोमणि लेखनाथ पौड्याल

-तपाईंलाई असाध्य मनपर्ने कवि ?
-
महाकवि लक्ष्मी प्रसाद देवकोटा।

-सुन्दर कविता, सुरा र सुन्दरी यी तीन कुरोमा कुनमा बढी मादकता हुन्छ होला ?
-
सुरा र सुन्दरीको मादकता क्षणिक र समयभरलाई मात्र हुनुसक्दछ, तर कविताको मादकता र आनन्दले त जीवनभरि रमाइरहनु सकिन्छ, जीवनलाई रमाइलो र उज्यालो बनाउनु जीवनलाई मान्छेकै चोलाको रुपमा विकसित गर्नु काव्यगरिमा, कविताको शक्ति र आनन्द-रसको कुनै विकल्प छैन। वस् खालि यसलाई रसपान गर्ने गुणको विकास मानिसले गर्नु सक्नुपर्दछ। काव्य गरिमाले नै आध्यात्मिक क्षितिजको यात्रा र अभियान पक्रिनु सकिन्छ र यो जीवनलाई मुक्ति दिनु र गौरवशाली बनाउनु सकिन्छ।हजार सुन्दरी बिहे गर्ने र सुरा वा मदिराको ओइरो लगाउने अरबपति राजा, महाराजा कोही अमर बनेनन्, होमर, शेक्सपियर, महात्मा गाँधीका गुणहरू र कृतिहरूले उनीहरूलाई कता हो कता उछिने।यति बुझेर पनि मानिसले सुकर्म गर्नुतिर लाग्नु पर्ने हो।
-कविता लेखन र यौन कुन बढी उत्तेजक प्रक्रिया हुन् ?
-
शास्त्रमा भनिएको छ, तिमीले जस्तो आहार खान्छौ, त्यस्तै विचार गर्ने हुन्छौं, जस्तो विचार गर्छौ, त्यस्तै कर्म पनि गर्दछौ भनिएको छ।त्यसैले तामसिक, राजसिक आहार होइन तर सात्विक आहार लिइनु पर्दछ, यसले गर्दा असल कार्य गर्ने विचार शक्ति पलाउँदछ भनिएको छ।यस कुरालाई नबुझ्ने र यस कुरालाई धर्ममा लगेर सीमा साँध लगाउनेहरूबाट नै तामसिक र राजसिक आहार ग्रहण गर्ने मानिसहरूको संख्या विश्वमा बढेर गएको छ।सात्विक आहार ग्रहण गर्नेले पनि तर अभिमान कतै नगरी सबैमा समानता लिएऱ काम गर्नुपर्छ।त्यस्ता कवि वा व्यक्तिहरूले नै कविता लेख्दा उनीहरूको काव्य-शक्ति अझ तेज, विष्फोटक, उत्तेजक र देदीप्यमान भएर जान्छ र गुणातीत र इन्द्रीयातीत भएर शारीरिक सुखलाई मिथ्या र भ्रमपूर्ण भन्ने असल ज्ञानको विकास गर्नु सक्दछ र उनैले मात्र भन्नु सक्दछ कि कविता लेखन् बढी उत्तेजक प्रक्रिया हुन्।तामसिक र राजसिक विचारधाराले नै इन्द्रीयको नियन्त्रण नगरी शारीरिक सुखलाई पनि परम सुख मान्ने ज्ञान होइन भ्रम उनीहरूमा भएकोले कविता लेखनलाई उत्तेजक प्रक्रिया मान्नु सक्दैन।

-कविता लेखेर पाइने र नपाइने के हो ?
-
कविता लेखेर भौतिक आनन्दभन्दा पनि आत्म सन्तुष्टि पाइन्छ।असल कवि र कविता समाजमा सम्मानित पनि हुन्छ।यसलाई बुझेपछि नपाइने यसबाट केही पनि छैन।भौतिकवादीलाई मात्र यो मिथ्या र समय र धनको व्यय हो भन्ने भ्रम हुन्छ।

कविता बाहेक अन्य क्षेत्रमा लेख्न सुर चलेको छैन ?
-
पहिले नै भनिएको छ, आवश्यकताले गर्दा अन्य विधामा पनि कलम चलाइएको छ।

नेपाली भाषा साहित्यलाई अन्तर्राष्ट्रयस्तरमा स्थापित गराउन के कस्ता पहल गर्न आवश्यक छ ?
-
नेपाली भाषामा भएका यावत् सत्यहरूलाई लिएर, संस्कृतवाद, झर्रोवाद, जनजिब्रोबाद, आ़ञ्चलिकतावाद, संस्कृति एकीकरणवाद विषयहरू सबैलाई समेटेर भारत, नेपाल र विश्वभरि छरिएर बसेको 7-8 करोड़ आवादी रहेका नेपाली भाषाभाषीहरूले विश्व नेपाली भाषा सम्मेलन गरी एकार्कामा भएको कमी, कमजोरीहरूको समाधान खोजी परस्परमा सहयोगिता बढाउनु सक्नुपर्छ।भाषाको सीमाना हुँदैन।यसैले एकार्कामा लेखिएका कृतिहरूको आदान प्रदान साथै विश्वकोश र विश्व नेपाली व्याकरणको समेत संकलन र प्रकाशन गरी एकार्कामा आदान प्रदान गर्नुपर्दछ।नेपाल र भारतकै नेपाली भाषा पनि भङ्गालिएर गएको छ, कतिलाई मान्यता दिइनु पनि पर्ने र कतिलाई संगालेर, सचाएऱ पनि लैजानु पर्ने आवश्यकता छ।भाषा र साहित्यमा परस्परमा आदान प्रदान भए मात्र अन्तर्राष्ट्रीय स्तरमा यसलाई स्थापित गर्नु सकिन्छ।

अन्त्यमा ।
-
नेपाली भाषा र साहित्यका सर्जगहरूको असल मूल्याङ्कन् होस् र उनीहरूको कृतिको प्रचार प्रसारमा समाज र राष्ट्रले नै टेवा दिनुको लागि अघि आउनु पर्छ, किनभने कुनै पनि असल कृति मात्र एक सर्जगको मात्र निधि होइन, यो त विश्वकै निधि हो।

 

 

 

युवा-युवतीहरूमा छिट्टै विहे गर्ने होड

आजका किशोर किशोरीहरू टेलिभिजनको अघि घण्टौं बिताएर असल दर्शनको कुरा भन्दा बाहिरी आडम्बरी कुरा, जालसेज, अश्लीलता र वैवाहिक विषयको सस्तो गफहरूमा मक्ख पर्ने भएका छन्।त्यसरी उनीहरूलाई बाहिरी आकर्षणले छिटो खिचिरहेको छ।त्यसमा पनि जुन घरमा स्वयं अभिभावकहरू आफ्नो जिम्मेवारी तथा छोरा छोरीको असल शिक्षामा ध्यान दिनु नसक्ने प्रवृतिका छन् भने त्यो परिवारका छोरा-छोरीहरू निश्चय नै अधोपतनतिर अग्रसर हुन्छन्।आज टेलिभिजनबाट प्रचारित हुने अनेक प्रकारको धारावाहिकहरूले कलिलो उमेरका युवा युवतीहरूलाई सकारात्मकभन्दा पनि नकारात्मक प्रभाव पारेको पाइन्छ।यसमा पनि अर्कोतिर कम्युटर र इन्टरनेटको प्रभावले युवा युवतीहरूलाई एकार्कासित चिन्हारी गर्नु र सकारात्मक विषयमा वहस गर्नु र सूचना र ज्ञानको आदान प्रदान गर्नु भन्दा पनि अश्लील कुराहरूको च्याटिङ र इमेल गर्नु तथा नराम्रो साइटहरू खोलेर आफ्नो ज्ञानको दुरुपयोग गर्नु सजिलो भएको छ। कम्युटरको सदुपयोगभन्दा पनि दुरुपयोग गर्नु, नचाहिंदो भिडियो गेमहरू खेल्नु तर कम्युटरको उपयोग गरेर आफ्नो जीवनको लक्ष्यलाई अघि बढ़ाउनु भन्ने कुरो पनि युवा युवतीहरूले भुलेका छन्।फलस्वरुप अचेल युवायुवतीहरू अभिभावक र गुरुजनको आदेशहरूलाई अवमानना गर्ने प्रवृति भएका छन्।

 

गाँधीजीकी सावित्री देवी स्वातन्त्र सेनानी हेलेन लेप्चाको जन्मथलो -भागोप

गान्तोक,6 अगस्तः भारतको स्वाधीनता आन्दोलनमा सिक्किमको भूमिका नगण्य रहेको पक्षलाई चुनौति दिँदै भारतीय गोर्खा परिसंघ (भागोप) सिक्किम राज्य शाखाको तत्परतामा सिक्किमको एक्ली स्वातन्त्र सेनानी  हेलेन लेप्चा (साबित्रीदेवी)-को वास्तविक जन्मथलो पत्तो लगाएर देशको स्वाधीनता आन्दोलनमा सिक्किमेको भूमिकालाई स्पष्ट पारिदिएको दावी भागोप, सिक्किमले गरेको छ।

रहल पढ्नुलाई

यहाँ क्लिक् गर्नोस्

 

गोर्खाल्याण्ड निर्माणको प्रस्ताव सिक्किम विधानसभामा पारित गरिनु

चामलिङको राजनीतिमा इमान्दारिता-गोर्खाहरूको लागि एउटा उदाहरण

विश्लेषण लेख पढ्नोस् -नेपाली लेख

 

 

सिक्किममा विभिन्न दलहरूमाझ आरोप प्रत्यारोप

मन्त्री सुब्बा भर्सेस्  विधायक गोले, भण्डारी भर्सेस्  उप्रेती

विश्लेषण लेख पढ्नोस्-- नेपाली लेख -1

 

बाजे-नाति- व्यंग्य-वाण

 

दार्जीलिङमा भोट, यता नाति पो चुनाउमा लड्नुलाई हुरुक्कै

 रहल पढ्नुलाई यहाँ क्लिक गर्नोस्