sikkSikkim news darjeeling news Gurkhas news Home

 Sikkim News : नेपाली समाचार -गान्तोक, सिक्किम- स्थापित सन् 1985,  वेब साइटः सन् 2003 देखि

सत्यको पर्दाफाश नै पत्रकारिताको धर्म

  HIMGIRI : Gangtok, -  सम्पादकः विजय बान्तवा

नेपाली संस्कृति-(तस्वीरहरू)

कमला आँसु- परिचय

कमला आँशुका कृतिहरू

अकादमी पुरस्कार विजेता

नेपाली कविताहरू -नयाँ

 सीएम-यस्

        सुझाउहरू

◙  भारतीय नेपाली साहित्यका एक प्रतिष्ठित नारी हस्ताक्षर, साहित्यकार

कमला आँसु

 

◙   कमला आँसुका कृतिहरू

एक प्रतिष्ठित व्यक्तित्वः चन्द्रदास राई प्रचलित नाम सी.डी. राई

भित्री पृष्ठमा, क्लिक् गर्नोस्

सी.डी.राई

 

असमकी एक होनहार नारी हस्ताक्षर डा. शान्ति थापा,

भित्री पृष्ठमा, क्लिक् गर्नोस्

डा. शान्ति थापा

   विवि

◙    सीएम-यस्

(मुख्यमन्त्री युवा स्वरोजगार कार्य.)

◙    नेपाली लेख विश्लेषण
◙   नेपाली-लेख

नेपाली-साहित्य पुरस्कार

नेपाली कविताहरू- -नयाँ

 

Tourism destination
Tourism destination-1
 Biography -Kamala
Gangtok Around
 Vivid photos
 Lepcha people
Tyohar-Lall market
 Sikkim orchid-latest
Himalayan Orchids
 Sikkimese people
 The People & The  Land
  Sikkim Culture- photos
Feedback-Suggestion

 Analysis & Articles

More States in India
Darjeeling issue
Rajiv Gandhi on Gorkhas

Indian Gorkhas

kamala Ashu-works

   Other related links:

pib.nic.in -Govt. of India

sikkimipr.org-Sikkim Govt.
sikkim.gov.in-Sikkim Govt

 Government Tender

New Click

 

 

गोर्खाल्याण्ड निर्माणको प्रस्ताव सिक्किम विधानसभामा पारित गरिनु

चामलिङको राजनीतिमा इमान्दारिता-गोर्खाहरूको लागि एउटा उदाहरण

विश्लेषण लेख पढ्नोस् -नेपाली लेख

 

 

सिक्किममा विभिन्न दलहरूमाझ आरोप प्रत्यारोप

मन्त्री सुब्बा भर्सेस्  विधायक गोले, भण्डारी भर्सेस्  उप्रेती

विश्लेषण लेख पढ्नोस्-- नेपाली लेख -1

 

बाजे-नाति- व्यंग्य-वाण

 

दार्जीलिङमा भोट, यता नाति पो चुनाउमा लड्नुलाई हुरुक्कै

 रहल पढ्नुलाई यहाँ क्लिक गर्नोस्

 

 

Designed, maintained and

edited by Bijaya Bantawa,

 Himgiri Prakashan, Tadong, Gangtok, Sikkim,bbantawa@gmail.com ,

bijayabantawa@hotmail.co

 

साहित्यकार कमला आँसु स्मृति ग्रन्थ

 

साहित्यकार कमला आँसु स्मृति ग्रन्थको विमोचनपछि यो प्रति अहिले प्रतिष्ठान एवं ट्रस्टसित उपलब्ध छ, यो प्रति सदस्यहरूलाई माखत्र वितरण गरिइने तथा विशेष स्रष्टाहरूलाई मात्र प्रदान गरिइने भएकोले यो बजारमा उपबल्ध छैन।यसको मूल्य तोकिएको छैन, लगभग दुई सय पृष्टको यो एक गुणा 8 डिमाइ साइजमा प्रकाशित गरिएको छ।1000रुपियाँ एक हजार रुपियाँ सदस्य शुल्क बुझाएर तथा डाक खर्च बेहोरेर पाठक एवं सद्स्यहरूले पढ्नु सक्छन्।सदस्यताको फर्म अन लाइन पनि मगाउनु र भरेर पठाउनु सकिन्छ। अनुदानको लागि तल दिइएको एकाउण्डमा सदस्यता शुल्क जमा गर्नु सकिन्छ।

साहित्यकार कमला आँसुको यो स्मृति ग्रन्थमा योगदान गर्नुहुने स्रष्टाहरू र सो ग्रन्थका रचनाहरू यस प्रकार छन्-

 1.कमला आँसुको एउटा कथा-  -डा. इन्द्रबहादुर राई-2.श्रीमती कमला आँसु-को कथा शिल्प: एक दृष्टि   -डा.कमला सांस्कृत्यायन 3.साहित्यकार कमला आँसुको चौथो कथा कृति-मीमांसा-को अध्ययन --डा. लक्खीदेवी सुन्दास-4.नारी जीवनकी अध्येता:कथाकार आँसु-डा. राजेन्द्र भण्डारी 5.समालोचना-कमला आँसुको कथागत वैशिष्ट्य--लीला लुइटेल, काठमाडौं6.नारीवादी कथाकारका रूपमा कमला आँसु   -डा.जस योञ्जन प्यासी 7.संवेदनशील लेखिका कमला आसुँ- को साहित्यिक योगदान -शरद् छेत्री 8.कमला आँसुका कथानक रूप र  नारी पात्रा-हरेन आले 9.अनुभव कथाभित्रका नारी    -डा. कविता लामा--10.मैले चिनेकी बहुआयमिक कमला आँसु -विन्द्या सुब्बा-11.समीक्षा- कमला आँसुको आँसु र उनको मीमांसा - लक्ष्मी उप्रेती12.कमला आँसु मेरो स्मृतिमा    -सुवास दीपक13.साहित्यकार तथा कथाकार कमला          आँसुको स्मृतिमा -केदार गुरूङ यस बाहेक महानन्द पौड्याल, मन प्रसाद सुब्बा, समीरण छेत्री र अन्य धेरै लेखकहरूको रचना तथा रंगीन तस्बीरहरू परेको छ। सदस्यताको लागि तथा अनुदानको लागि फेदमा दिइएको सम्पर्कमा सम्पर्क गर्नु सक्नु हुनेछ।

 

यो स्मृति ग्रन्थमा परेका अन्य लेखहरू यस प्रकार छन्-4.नारी समीक्षणको दृष्टिमा कमला    आँसुको कथा  -सुमन बान्तवा- 15.कमला आँसु-को मताको छालभित्र   -सुकराज दियाली- 16.मीमांसा-भित्र -सुधा एम. राई -17.कमला आँसु- कविता  सुब्बा - 18.कमला आँसु-लाई ममताको छालभित्र खोज्दा   -ध्रुव बुढ़ाथोकी-19. कमला आँसुकृत मीमांसा संक्षिप्त          अवलोकन्     - पी. के. प्रधान-  20.साहित्यिक तथा सामाजिक क्षेत्रमा  कमला आँसु    -माधव खनाल 21.ममताको छालभित्र-टीका ढुङ्गेल 22.मीमांसा     -जे. बी. राई 23.कमला आँसु -महानन्द पौड्याल- 24.कमला मरिनन्-समीरण प्रियदर्शी- 25.कमलाजी:    -मनप्रसाद सुब्बा-26.विजयको आँसु  -एसेम चौहान- 27.करूणाकी---    -सरुदेवी श्रेष्ठ-28.मृत्युको पूर्वाभास  -पराग शर्माह्न88

29.बुहारी कमला  -श्याम बान्तवा -30.कमला आँसु-को अवसानमा-कौशल्या मुखिया 31.कमलाबाट कमलालाई

 -कमला राई-32.मैले चिनेकीे कमला आँसु-बीणाश्री खरेल प्रधान-33.चेली कमला आँसुलाई सम्झिँदा- -कृष्ण प्रधान 34.कमला आँसु-को मृत्यु समाजलाई अपूर्णीय क्षति--प्रतिभा कार्की35.श्रद्धाको यो फूल कमला आँसुलाई -अर्जुन प्रधान, नागरी- 36.स्मृतिमा    -प्रभा गुरूङ- 37.कमला आँसु-लाई -एल.डी.मोक्तान-38.शिक्षित महिलाले आँसु-लाई अनुसरण गरून्     -रूद्र कौशिक- 39.आँसु दिदीले छोड़िगए, ती यादहरू....! -दीप प्रधान, गान्तोक-40.आँसुसँग भेट -कैलाश गुरूङ- 41.केही उद्गारहरू    - ालकृष्ण सदामे-42.आँसुप्रति   - बिन्ध्या गोतामे-43.कमला आँसुका सम्झनामा -तीर्थमान राई 44. कमला आँसु-लाई श्रद्धाञ्जलि-मोहन सहारा राई 45.कमला आँसु-प्रति केही शब्दाञ्जलि -शान्ता राई शिवहाङ्ग (बान्तवा) 46.कमला आँसु-का रचनाहरूमा-बी.एम.राणा  47.मिलनसार लेखिका कमला आँसुप्रति श्रद्धाञ्जलि -संजय प्रधानदिवाना 48.सम्झनामा अझै स्व. कमला आँसु   -सोनाम दोङ 49.कहिले नथाकी निरन्तर लेखिरहने लेखिका-रवि रसाइली रोदन 50.कमला आँसु-सम्झनाको तरेलीमा-हेमन्त गिरी 51.आँखाबाट झरेर हृदयमा बसेकी कमला आँसु   -के.बी. मुखिया 52.लेखिका कमला आँसु: विभिन्न उद्गारहरूमा -कृबु संयमी 53.मेरी सम्झनाकी दिदी कमला आँसु-अमर बानियॉं लोहोरो-54.श्रद्धाञ्जलिका भावाभिव्यक्ति-स्नेहलता राई-55.कमला आँसु-प्रति श्रद्धा-सुमनस्वरूप-भाष्कर राई चौरास- 56.कमला आँसुप्रति दुइ शब्द -नन्दलाल रसाइली- 57.कमला आँसुको स्मृति--पवन राई क्नामदुङ-58.सम्झनामा ---सुश्री सतीमा राई-59.कमला आँसु-प्रति-मी. योञ्जन-60.कमला आँसुको -62.हाम्री चेली कमला-बहिनी  -माधव बुढाथोकी- 63.कमला -चक्रपाणि भट्टराई- 65.आँसु-प्रति हार्दिक श्रद्धाञ्जलि- नुराज शाहा, कालेबुङ 66.सम्झनाका हरफहरूमा --वाङदी छिरिङ लामा -67.कमला आँसु अर्थात् सेतो गुलाफ- -किराती जेबी राई  68.स्मृतिका छालभित्र कमला आँसु-- विजय कटुवाल, तादोङ-69. कमला आँसुको आलो सम्झना -वत्स वेदनिधि दाहाल -70.आँसु मेरो  दृष्टिमा-प्रद्युम्न श्रेष्ठ-71.साहित्यकारहरूको पत्र 72.विभिन्न समाचार-पत्रहरूमा प्रकाशित-आँसुको निधन समाचार र उद्गार-73.         शोक प्रस्ताव-74.आँसु-लाई श्रद्धाञ्जलि आँसुकै    -कालूसिंह रनपहेंली-75.सूर्यास्तपछि  -मैतराज राणा- 76. श्रद्धाञ्जलि कमला आँसुप्रति-भानु प्रकाश मार्मिक- 77.नारी हस्ताक्षर कमला आँसुसित अन्तर्वार्ता -किशन प्रधान- 78.कथाकार कमला आँसुसँग अन्तर्वार्ता-वार्ताकारः तारा कार्की -79.कथाकार कमला आँसुसित कुराकानी- कान्तिपुर, काठमाडौं, नेपाल ह्न166

80.साहित्यकार कमला आँसुको जीवन- यात्राको अन्तिम क्षणमा-विजय बान्तवा-81.साहित्यमा कमला आँसु र मेरो यात्रा-विजय बान्तवा-82.सानो शहर    -कमला आँसु-83.नारीहरू कोमलताका मूर्ति मात्र होइनन् कि?       -कमला आँसु-84.काठमाडौंको साहित्यिक अनि आध्यात्मिक यात्रा -कमला आँसु-85.मुम्बईको स्मरणीय भ्रमण।

 

8 मार्च विश्व महिला दिवसको एक चर्चा

 

-कमला आँसु

(दिवंगत भइसकेकी साहित्यकार कमला आँसुले नारी सशक्तिकरण र नारीहरू बारे अनेकन् लेखहरू लेखेर नारी जागरणमा उच्च स्वर दिएकी थिइन्।नारी दिवसको अवसरमा उनीप्रति श्रद्धा़ञ्जलि व्यक्त गर्दै तथा उनको योगदानको स्मरण गर्दै सुनचरी दैनिकमा सन् 2000 मा नै प्रकाशित यो लेख यहाँ प्रस्तुत गरिन्दैछ।)

   प्रतिवर्ष 8 मार्चलाई भारत सहित सम्पूर्ण विश्वमा नारी दिवसको रूपमा मनाइन्छ। राष्ट्रीय बाल-दिवस जस्तै सबै देशहरूमा राष्ट्रीय महिला दिवस पनि मनाइने चलन आएको छ। तर दु:खको कुरा भेलेन्टाइन डे ले जस्तो यो वुमेन डे ले प्रचार-प्रसार पाउन भने भारतमा सकेको छैन।नारी दिवसलाई त्यति प्रचारमा ल्याउन सकिएको छैन। दक्षिण भारतमा यो दिवस 23 अ[टूर मा रानी चेनामाको जन्मदिवससंग जोड़िएको छ।त्यसरीनै भारतमा अखिल भारतीय महिला परिषद्को प्रेरणाले स्वतंत्रता सेनानी कवियत्री सरोजनी नायडूको जन्मदिवस 13 फरवरीलाई राष्ट्रीय महिला दिवस को रूपमा मनाइन्छ।

8 मार्च, 1857 को दिन। न्यूयोर्कमा लुगा कारखानामा रोजकारी गर्ने स्त्रीहरूले त्यसताक नारीहरूले 16, 17 घण्टा खटनु पर्थ्यो भएन वेतन पनि पुरूषहरूले भन्दा कम्ती पाउथ्यो। तसर्थ त्यहॉंका त्यसताकका महिलाहरूले वेतनमा बढ़ोत्तरी अनि 16,17 घण्टाको बदलामा 10 घण्टा खटने मांग विषयलाई लिएर एउटा प्रदर्शन गरेकाथिए। विश्वमा महिलाहरूको यो सबभन्दा प्रथम प्रदर्शन थियो। जसलाई त्यसबेलाका ट्रेड यूनियनले पनि मानिलिए अथवा मन पराए। तर अफसोस कुनै प्रकारको समर्थन अथवा सुनवाइ नभइकनै यो आन्दोलनलाई पुलिसहरूद्वारा समाप्त गरियो। तर यो आन्दोलनले महिलाहरूको इतिहासमा एउटा नमेटिने छाप छोड़ेर गयो। यही प्रथम संगठित प्रदर्शनलाई नै महिला आन्दोलनको प्रेरणा मानेर 8 मार्चलाई सधैँका लागि अन्तर्राष्ट्रिय महिला-दिवसको रूपमा मानिन थालियो।

त्यसरीनै 1957 मा, अमेरिकामा एलिजाबेथ, मिलर लूसी स्टोन आदि महिलाहरूले नारी आन्दोलनलाई विस्तार-विस्तार अघि बढ़ाउन थाले। एमेलिया ब्लूमर नाम भएको एक पत्रकारले केटीहरूको लुगा विषय प्रस्ताव राख्दा निकै होहल्ला मच्चियो, तर बदलामा यसले महिलाहरूको आन्दोलन प्रचारमा बल मिल्यो। जसलाई प्रेरणाको रूपमा लिएर अरू राज्यतिर पनि आन्दोलनलाई बल अनि हौसला मिल्नथाल्यो।

यति बेला इंगलेण्डमा हाउस-अफ कामन्समा श्री स्टुअर्ट मिलले जब महिला मताधिकारको अपेक्षामा गतिलो भाषण दिए तब [यस बेला उनको साह्रै तिरष्कार गरियो, खिल्ली उड़ाइयो। तर अलिक पछि 1869 मा नै टे[स भर्ने ती असहाय महिलाहरूलाई नगरपालिकामा भोट दिने सुनौलो मौका प्राप्त भइछोड़्यो। तर पनि इंग्याल्याण्डमा पूर्ण महिला मताधिकारका लागि महिलाहरूले चाहेको भन्दा लामो समयसम्म लड़न अथवा संघर्ष गर्न पर्‍यो। विधानसभा वा संसदको भोट दिने अधिकार महिलाहरूलाई 1918 मा मात्र प्राप्त भयो त्यो पनि सीमित रूपमा।

यस्तो विकट परिस्थितिमा पनि इंग्ल्याण्ड, जर्मन, फ्रान्सका केही महिलाहरूले उच्च शिक्षा हासिल गरेर देखाउन सफल भए अनि मैदानमा उत्रिएर महिलाहरूको लागि सामाजिक आन्दोलन शुरू गर्न थाले। त्यसरीनै 1869 मा हेगमा महिलाहरूको विरूद्धमा एउटा युद्ध विरोधी अन्तर्राष्ट्रिय सम्मेलन भाग्यवश हुन स[यो, विस्तार-विस्तार 1910 मा समाजवादी महिलाहरूको पनि एउटा महत्वपूर्ण सम्मेलनमा प्रथम पल्ट 8 मार्चको दिन, महिला दिवसको रूपमा स्वीकार्नु विश्वलाई नै कर लाग्यो।

त्यस्तै प्रकारले 8 मार्च 1913 मा रूसमा नारीहरूले सड़कमा एउटा जूलूस निकालेर सबैलाई चकित पारिदिए, त्यसैबेला त्यहॉं नारीहरूको जूलूस मात्र थिएन तर युद्ध विरोधी नाराहरूले पनि गुञ्जायमान पारेको थियो। त्यस्तो मार्मिक दृश्यले सॉंच्चै नारीहरूको आबरूलाई बढ़ाव दिएको थियो। थिचिएर,दबिएर बसेका विवशित नारीहरूले त्यसरी नारीहरूमा भइरहेको अ[याचारहरूलाई नारा बनाएर संगठित भएर एकै स्वरमा आक्रोस जनाउन सफल भए नत्र त जति नै ठगिए पनि दबिए पनि आइय्या-आथ्थासम्म पनि भन्न नस[ने नारीहरूले कसरी विगतका समयहरू पार गरे होलान्।

8 मार्चलाई नारी दिवसको रूपमा घोषणा भइसके पछि संसारभरिका शोषित, पीड़ित नारीहरू चर्मराउन थाले, त्यसरीनै 1914 मा बर्लिनमा रोजलग्जैम्बर्ग लाई पक्रिएको प्रतिवादमा पेरिसका नारीहरूले आक्रोस व्य[त गर्दै जूलूस निकालेर विश्वलाई नै थर्काइदिए। यति भईसके पछि विस्तार-विस्तार प्रथम विश्वयुद्ध पछि नारीहरूको आन्दोलनमा सुधार अनि गति उर्लन थाल्यो। नारीहरूको युद्ध विरोधी आवाजहरूले यूरोप मात्र होइन तर संसारनै गुञ्जायमान भएको थियो। त्यस्तै प्रकारले मार्च महिनाको 1933 मा हजारौं संख्यामा त्यहॉंका नारीहरूले घर-बार, नानीहरू सबै त्यागेर निडर भएर सड़कमा खुलेआम जूलूस निकाले। तर जर्मनीमा हिटलरको शासनकालमा सबै मानिसहरू सँग-सँगै नारीहरूले पनि आफ्नो स्वतंन्त्रता हराइपठाए। दोस्रो युद्ध पछि आन्दोलनले झन् जरा पकड़ियो। त्यसरीनै पेरिसमा 1945 मा वुमेन्स इन्टरनेसनल डेमोक्रेटिक फेडरेशनको स्थापना गरेर सबै देशहरूका नारीहरू उध्दार आन्दोलनलाई विश्व स्तरमा संगठित रूपमा चलाउने निश्चय गर्‍यो अनि चलाएर देखाउने प्रयास पनि गरिरहेकोछ।

पश्चिमी देशहरूको सन्दर्भमा भन्नु हो भने नारीहरू धेरै अघिदेखि जागरूक भएर देखाइसकेका छन्। तर भारतवर्ष जहॉं नारीहरूलाई देवीको रूपमा हेरिन्छ यहॉं नारी दिवस अथवा 8 मार्च अन्तर्राष्ट्रिय महिला दिवसलाई त्यति मान्यता दिइएको छैन। प्रचार-प्रसारले पनि यस दिवसलाई त्यति गहनतापूर्वक प्रकाशमा ल्याउन सकेका छैनन्। यो अति दु:खलाग्दो विषय भएको छ।नारी जागरण र नारी चेतना केवल पुरुष विरुध्द अभियान हो भन्ने गलत धारणा र भ्रमलाई नै समाजमा बेसी गलत प्रचार गरिएर नारी संगठनको अभियानलाई सदैव  संकीर्ण दृष्टिकोणले हेरिएको छ।अब विशाल, उदार विचारधाराले हेरेर नारी जागे सॉंच्चै देश, राष्ट्र र विश्वमा नै शान्ति, आनन्द र उच्च विचारधाराको प्रवाह हुनेछ भन्ने कुरालाई सबैले बुझिदिनु पर्नेछ।यस दिवसको अवसरमा विश्वका महान नारीहरूको त्याग र बलिदानलाई पनि स्मरण गर्नुपर्दछ।

 

दँशै, त्यौहार पर्वको अर्थ नै सद्भावना, प्रेम अनि पारिवारिक मिलन

 

-विजय बान्तवा

 

आ-आफ्नै दृष्टिकोण र परिवेशले मानिसहरू एकार्कामा विश्वमा विभाजित छन्, आ-आफ्नै धर्म र संस्कृति एवं परम्पराले मानिसहरूले एकार्कामा भेदको पर्खाल लगाउँछन् तर मानिस सृष्टिमा एउटै प्राणी हुन् तर आज सृष्टिकर्ताले गरेको सृष्टिमाथि नै मानिस निन्दा, आलोचना र घृणा गर्छन्, जुन विवेकशील मानिसका निम्ति गलत् धारणा हो भन्ने मानिसले मान्नु पर्नेछ।विश्व सम्प्रदायले जे नै भए पनि आ-आफ्ना पर्व एवं उत्सवहरू मनाउने परम्परा विश्वका विभिन्न भागमा रहिआएकै छ तथा यसको आ-आफ्नै महत्व र विशेता पनि रहिआएको छ।

 नेपाली जातिको महान् चॉंड़ दँशैले सॉंच्चै आफ्नो ठूलो महत्त्व बोकेर अहिलेसम्म आएको छ। धर्मको विवादमा फँसेर वा जात-जातिको माङेसाङलोमा बॉंधिएर दँशै मान्ने कि नमान्ने भन्ने विवादास्पद तर्कमा यी पंक्तिहरू सामेल छैनन्, न त आफू कुन धर्मभित्र परिन्छ र कुन धर्म अपनाउनु कि नअपनाउनु भन्ने भावना र तर्कभित्र नै संलग्न छन्।यहॉं त दँशै पर्व त प्रेम, श्रद्धा, सद्भावना र मानव हृदयको पवित्र अभिव्यक्तिको रमाइलो विषय छ, धार्मिक कट्टरतादेखि माथि धार्मिक सहिष्णुता अनि मानवको उद्गार एवं खुशीयाली छ। हिन्दु होलीमा हॉंसे पनि मुस्लिम मुहरम् पर्वमा रमाए पनि, क्रिस्तान क्रिस्मसमा क्यारोलको गीतमा झुमे पनि विश्वमा मानव रमाएको र शान्तिको अनुभव गरेको सत्य सॉंच्चै एकै हुन्छ। पर्वहरू मनाउने तरिका र तिथिहरू विभिन्न हुनसक्दछन्, तर यसमा समानताको धरातल र आधार एउटै हुन्छ, पारिवारिक मिलन, आपस्तमा भेटघाट तथा आफ्नो मनलाई धोएर, आत्मालाई पवित्र बनाएर वर्षदिनसम्म धेरै दु:ख, कष्ट गरेपछि भावनात्मक सॉंग्लोमा बॉंधिएर एकार्कामा हॉंस्नु, खुशी हुनु सक्नु । वास्तवमा नै पर्वको अर्थ यहीं हुन्छ।

यसरी नै परम्परादेखि मान्दै आएको नेपाली जाति एवम् नेपाली भाषीको दँशैमा पनि एउटा अत्यन्त सबल पक्ष के छ भने यो दिन छेउछाउ र टाड़ाबाट आफन्तहरू आएर एकार्कामा भेटघाट गरी श्रद्धा र सद्भावना एकार्कामा बॉंड़छन्। आफूभन्दा ठूलोलाई ढोग गर्छन्।अरू  बेला भेला भएर बस्न नसके पनि एक दिन भए पनि सँगै मिलेर बस्छन्, मीठो, मीठो व्यञ्जनहरू पकाएर खान्छन्। निधारमा अछेता टॉंसेर ठूलाहरूले स-सानाहरूलाई आशीर्वाद दिन्छन्।शुभेच्छा चढ़ाउँछन्। यसो गर्दा हाम्रो अन्तर हृदयमा, मस्तिष्कको चेतनापटमा असल विचारहरू एकार्कामा उत्पन्न हुँदछ।भनिन्छ: च्यारिटी बिगिन्स् एट् होम। राम्रो कुराको शुरुवात् घरबाट नै शुरु हुन्छ। घर परिवारबाट नै असल कुराको सृजना भएर समाज, गाउँ र राष्ट्रलाई समेत केही योगदान दिने क्षमता प्रतिभाशाली व्यक्तिहरूको हुँदछ। दँशै होस्, लोसुङ पर्व होस् वा होस् कुनै पर्व, यसले यहीं सन्देश दिन्छ कि मानिसले एकार्कामा सधैँ प्रेम र सद्भावना बनाएर राख्नु पर्नेछ।नेपाली समुदाय एवं भाषीले मनाउने दँशै यस्तै चाड़ हो।दँशैमा नयॉं - नयॉं लुगा लगाउने परम्परा छ भने दाज्यू भाइहरू आपस्तमा भेट गरी सद्भावना कायम राखिइने, छोरी चेली एवं कुटुम्बहरू पनि ससुराली गई आफन्तहरूसँग भेटी ढोग भेट गरी आशीर्वाद लिने तथा आउने दिनहरूमा अझ नयॉं प्रेरणा र दिशाबोध गरी जीवनमा सबैको आशीर्वाद र शुभेच्छा एवं सहयोगिता लिएर अघि बढ़ने कटिवद्धता एवं प्रण लिने पनि अवसर हो यो दँशै।यसको अर्थ धेरै छ, बुझ्नलाई हामीले चिन्तन, मनन गर्नु पर्छ दँशैको महत्त्वलाई अनि आफैले अनुभव र महसूस पनि गर्नु पर्छ।

गरीबहरू होस् वा धनी होस्, नेपाली समाजमा दँशैले जे नै भए पनि खुशीयालीको सन्देश लिएर आएकै हुन्छ।ती मानिसहरू भाग्यशाली हुन् जसले आफ्नो जीवनकालमा यसपालि सपरिवार वृद्ध आमा बाबु तथा बाजेबोज्यूको हातबाट टिका लगाएर आशीर्वाद ग्रहण गरे।ती मानिस पनि सायद भाग्यशाली नै हुन् जसले दुवै आमाबाबुको हातबाट टिका थाप्नु नपाए पनि कमसेकम आमा वा बाबुको हातबाट तथा ठूलाहरूको हातबाट निधारमा टिका थापे।टिकाको सामाजिक साथै धार्मिक महत्त्व पनि उतिक्कै छ। हाम्रो निधारको बीच दुवै आँखी भौंको माझ भृकुटी मण्डलमा चेतना वा आत्माको बास भएको मानिन्छ।योग,ध्यान, सुमीरणद्वारा यसलाई चेतनशील बनाउन वा सक्रीय बनाउन सकिन्छ भन्ने धारणा छ।यो टिका लगाउनुको अर्थ हो, यो भृकुटी मण्डलमा ध्यान पुगोस् र चेतनशील रहेर जगतमा असल कार्य गर्न सकियोस्। यहीं स्थानमा अन्न वा चामलको अछेता ( अक्षता) टॉंसेर बाजे, बोज्यू, आमा, बाबूहरूले असल कामना गरी आशीर्वाद दिन्छन्। यो भृकुटी मण्डलको द्वार वा ढोका खोलियोस्, बुद्धि वा चेतनाको बन्द ढोका खोलियोस् र मानिसमा असल विचार र योजनाहरूले बास गरोस् र उ चेतनशील रहेर समाजमा असल कार्य गर्ने होस्, आउने दिनहरूमा आफ्नो जीवनमा असल कर्महरू गर्न सक्ने होस् भन्ने मूल ध्येय नै यो स्थानमा टिका लगाउनुको उद्देश्य हुन्छ। टिका लगाउँदा यसर्थ आशीर्वादका शब्दहरू एवं वाक्यहरू भन्दै यहीं ठाऊँमा टिका टॉंस्नुपर्छ। निधार नै ढाकेर होइन, विशेष यो केन्द्रबिन्दूमा ध्यान दिएर टिका लगाइएको हुनुपर्दछ।

 आफ्ना आमा- बाबु, बड़ा-बड़ी, बाजेबोज्यू एवं ठूल्ठालूहरूबाट यसरी टिका लगाउनु र शुभेच्छा पाउनु वर्षभरिमा एकैपल्ट मात्र हो।अरू बेला पाइएको आशीर्वाद र ढोग भेटको त्यति महत्त्व हुँदैन भनिन्छ, त्यसै कारण टाड़ा टाड़ाबाट पनि जतिसक्दो  दँशैमा भेटेर निधारमा टिका थापिन्छ अनि आशीष ग्रहण गरिन्छ।आयू लामो होस्, रोग कष्ट नलागोस्, चिताएको कुरा शक्ति देवी एवं भगवानले सदा पुरा गरिदियोस्, शान्ति होस्, सफलता होस् भन्ने कामना गरिनु महानताको परिचय पनि हो भने त्यति महत्त्वपूर्ण आशीष पाउनु परिवारको निम्ति ठूलो क्षण अनि अवसर पनि हो।कुनै पनि व्यक्तिको सफलताको निम्ति आफन्त, ठूला-ठालूहरूको आशीष, सहयोगिताको सॉंच्चै नै आवश्यक हुँदछ।सहयोग नपाइएको, आशीष नपाइएको अभिशापित जीवन सधैँ नै सफलताको समक्ष पुगेर पनि असफल हुनु पर्दछ, जबकि असफल भएको जीवनलाई पनि आशीष पाएर, सहयोग पाएर तथा प्रेरणा ग्रहण गरेर फेरि सफल बनाउन सकिन्छ।दँशैले त्यहीं महत्त्वपूर्ण अवसर हामीलाई प्रदान गरेको हुन्छ।दँशैमा आशीर्वाद दिंदा धेरै पढ़ेको, शास्त्र नै जानेको हुनुपर्छ भन्ने पनि छैन, मनको शुद्ध अभिव्यक्तिबाट आशीर्वाद दिइए भने निश्चय सो आशीर्वाद पुग्दछ पनि।किनभने आशीर्वादको साथमा सद्भावना, सहयोगिताको भावना पनि सँगै हुन्छ। यहीं सुनौलो अवसर पनि हो, जतिबेला कतिपय कारणले आपसमा भुल बुझाबुझ भएको छ भने पनि योगायोग गरी वा साक्षात्कार गरी चित्त माझामाझ गरी फेरि नयॉं जीवनको सूत्रपात गर्ने तथा भविष्यका नयॉं योजनाहरू शुरु गर्ने।कुनै पनि मानिसको जीवनमा यो क्षण अति नै महत्त्वपूर्ण हुन्छ, जब आपस्तको ईर्ष्या, द्वेष, राग मेटाएर आपस्तमा भेटघाट गरी प्रेम र सद्भावनाको विकास गर्ने तथा जीवनको यात्रामा अघि बढ़ने।दँशैले दिएको सो अवसरलाई संकीर्णता वा कुनै पनि कारणवश हामीले मेट्नु दिनु भएन। आफ्नो कुलको पूजा गर्ने, आफ्नो आस्थालाई कायम गर्ने अधिकार त धर्मनिरपेक्ष देशको संविधानले दिएकै छ भने नेपाली समाजमा परम्परादेखि चलिआएको वा सबैले मानिलिएर आएको दँशैलाई यहीं महान अर्थहरूमा मानिलिनुमा हाम्रै समाजको ठूलो हित छ।दँशै मान्नु नहुने वा जुठो परेको वा मरौं परेको परिवारले समेत भेट्घाट गरी सामाजिक अर्थमा फुको ढोग भेट गरी एकार्कामा सद्भावनाको विकास गर्न सक्छन्।भावना, सद्भावना भन्ने कुरो यस्तो हो जसमा दूरीमा रहेको कारणले तथा कैयन् विसंगतिहरूले गर्दा कहिलेकाहीँ धमिलाउनु सक्दछ, आपस्तको सम्बन्ध पनि कतिपय विसंगति एवं जीवनको उकाली ओहोरालीमा ओझेलमा पर्नु जाने हुन्छ, टाढ़ाको रहेको खेत ठीक समयमा  हेरचाह नभएर चरो, मुसोले खाइदिए जसो।  त्यसैले यो क्षण नै यति महत्त्वपूर्ण छ, जसलाई उपयोग गर्नु सक्नु पर्छ हामीले।जीवनभरि केवल आफूहरू आफ्नो मात्र हित हेर्ने गरे वा संकीर्ण मानसिकताको कारणले आफ्नै परम्परालाई धार्मिक दृष्टिकोण लगाई मेटाउने कार्य गरे यसको नतिजा समयमा आफैले भोग्नु पर्दछ। दँशै केवल दुर्गा माताको पूजा गर्ने धार्मिक अनुष्ठान मात्र होइन, न त कट्टरवादी हिन्दुहरूको मात्र पेवा हो, यसमा त सम्पूर्ण नेपाली समुदाय, नेपाली भाषीको भावना र परम्परागत श्रद्धा पनि रहेको छ, सामाजिक महत्त्व पनि उतिक्कै रहेको छ।राईहरूको साकेवा पर्वको आफ्नै महत्त्व छ, भोटियाहरूको लोसुङको पनि आफ्नै महत्त्व छ, लेप्चाहरूको ल्हो-रम्- फाट्को पनि आफ्नै विशेषता छ भने नेपाली जातिको दँशैको पनि आफ्नै विशेषता त्यसैले यहॉंनेर छ।सधैँ मानेर ल्याएको परम्परा र सामाजिक पर्वमा धार्मिक कट्टरतावाद र भेद्को पर्खाल उभाइदिएर वा धर्मका ठेकादारहरूले कोरिदिएको कलुषित लक्ष्मण रेखा र स्वार्थ भावनाको वशमा परेर यसको महत्त्व भुल्न खोजु हुँदैन। होला, बाहुन छेत्री, नेवारले आफ्नै तरिकाले यो दँशै पालन गर्लान्, राईले चुल्हा ढुंगाको टीको लगाएर लिम्बू वा मगरले पनि आफ्नै भिन्दै तरिकाले गर्लान्, तर यो दँशै मनाइको जुन स्वाद छ, जुन परम्परा छ, जुन सामाजिक नाता र गौरव छ, जुन श्रद्धा र भावना लुकेर बसेको छ र पूर्खाहरूले मानेर ल्याएको रीत छ, सो गरिमामय रीत र परम्परालाई यसको महत्त्व र अर्थहरू नबुझी च्वाट्टै भुलिदिनु असल संकेत निश्चय होइन।तामाङ, गुरुङले आफ्नो भाषा, परम्परालाई सजाएर लैजॉंदा साथैमा नेपाली संस्कृति मौलाएर जाने हुनु पर्ने हो, परम्पराहरू मानेर लैजॉंदा साथैमा सबै हॉंसेको हुनु पर्ने हो , तर भारतमा नेपालीहरू समग्रमा अल्प संख्यकमा छौं भनी बुझेर आफ्नो अधिकारको निम्ति लड़नु पर्ने, जनजातिको दर्जा पाएर पनि हामी भारतमा एकै नागरिक हौं भन्ने प्रदर्शन गर्नु पर्ने र हाम्रो एकता देखाएर हामी एकै स्थानमा बसेर सद्भावनाको विकास गर्नु पर्नेमा अझ हाम्रो आइडेन्टिटीमा प्रश्नहरू र शंकाहरू हामी आफैले जन्माउने प्रक्रिया सृजना गर्नु सायद असल संकेत होइन। दँशै नमानेर हाम्रो आइडेन्टी बॉंच्छ भन्ने सोचु वा दँशै मानेर पनि हाम्रो राजनीतिक अधिकार रहन्छ भनेर सोच्नु पनि सायद युक्तिसंगत हुँदैन।कारण दँशै पर्वलाई राजनीतिकरण गर्नु मिल्दैन।पर्वहरू भनेको राजनीति होइन, सामाजिक मान्यता हुन् र अघि बढ़ने सफलता र प्रेरणाका खुड़किलोहरू हुन्।अनेक सामाजिक विषमता, ऊँच-नीचको मिथ्या भावना र कट्टरवादीहरूको बाहुबलको प्रकोपमा परेर अवहेलित भएका दलित र पछौटेवर्गमा आफ्नो प्रतिवादको सांकेतिक प्रयोगमा दशैं नमानिएको नेपाली जगतमा कहीं कहीं होलान्।हाम्रा सफलताका खुड़किलो वा सिंड़ीहरू नै हामीले ढालेर माथि उक्लनु नसके पछि कसरी भारतीय स्तर, विश्व स्तरहमा मा हामी माथि उक्लिनु सक्छौं? सफलताका सिंड़ी भनेको हामीमाझको एकार्काको सद्भावना र सहयोगिताहरू हुन्। त्यहीं सहयोगिता र सद्भावना नपाए पछि अथवा हिंड़ने सफलताका गोरेटोहरूमा नै हामी एकार्कामा कॉंड़ा भएर उभिदिए पछि कसरी राष्ट्रीय र अन्तर्राष्ट्रीय स्तर र प्रतियोगितासम्म हाम्रो मार्ग र दिशा तय हुन्छ, बुझ्नु पर्ने कुरो छ। भारतीय नेपाली भने पनि गोर्खा भने पनि विशॉवकै गौरवशाली जाति भने पनि यो जाति र समुहको अंग बाहुन, छेत्री,नेवार, तामाङ, राई, लिम्बू, मगर, गुरुङ, सुनुवार सबै नै हुन्। कुनै पनि अंग अलग त समूह अलग, शरीरमा गढ़बढ़ी। अब दँशै हिन्दुहरूको मात्र चॉंड़ हो भन्नु हो भने यो जातिले जस्तो जमरा उमारेर, चामलमा दहीं आदि मुछेर अरू भैया हिन्दुहरू वा आर्य कहिलाइनेहरूले टिका लगाउँदैनन्, आशीर्वाद थाप्दैनन्। वास्तवमा निधारमा त्यो पनि भृकुटी स्थानमा टिका थापेर अछेता लगाउनु पाउनु, ठूलाहरूबाट आशीष थाप्ने परम्परा यो समुदायभित्रका सबैले नै थालेको हुन्।बीचमा रावणलाई वध गरेको, शुद्र जातिलाई नाश गरेको विजय मनाएको भन्ने कतिपय कट्टरवादीहरूको दुष्प्रचारमा नेपाली समुहलाई ऊँच र नीच जातिमा अलग गराएर फुट गरेर शासन गर्ने र साम,दाम, दण्ड, भेद लगाएर आफ्नै समूह र संस्कृतिको विरासतमा बञ्चरो हान्ने व्यक्तिहरूकै प्रतिवादमा कतिपय समुदायले दँशै वहिष्कार गरेको हो, तर यसलाई बौद्धिक तर्क दिएऱ ती भेदभावपूर्ण नीतिमाथि सबैले प्रहार गरेर दँशै पर्व हिन्दु धर्म नभएर सम्पूर्ण नेपालीको सांस्कृतिक पर्व हो भन्ने दिशामा जोर दिनु पर्दछ। वास्तवमा उल्लेख नै गर्ने नै हो भने दँशै पर्व जस्तो धनी संस्कृति र परम्परा यो जातिमा जस्तो अन्यमा छैन।यस्तो धनी परम्परा र सामाजिक महत्त्व र मान्यतालाई राजनीतिको बर्को ओड़ेर हामीले दँशै मनाउनु छोड़नु वा वहिष्कार गर्नु भएको छैन। बरू अघि नै भनिए जसो यसको अर्थ र महत्त्वलाई राम्ररी बुझेर आ-आफ्नो दस्तुर अनुसार दँशै मान्ने क्रम बाहुन, छेत्री, नेवार, राई, मगर र नेपालीभित्र पर्ने सबै जातमा होलान्, कसैले सेतो अछेता निधारमा टॉंस्दो होलान्, कसैले राता। कसैले संस्कृतमा, कसैले नेपालीमा वाव राई लिम्बु वा तामाङ कुरामा आशीष दिंदो होलान्, कसैले मासु खॉंदो होलान्, कसैले नखॉंदो होलान्, कसैले सोमरस पान गर्दो होलान्, कसैले रक्सी पान गर्दो होलान् त कसैले फलफूल र दूध दहीले नै सन्तोक गर्लान् तर दँशैको अर्थ र महत्त्व अनि परम्परा भन्ने कुरो सबैको एकै हो, हृदयबाट उठेको भावनाको अभिव्यक्ति,पारिवारिक सद्भावना र मिलनको खुशी एकै हुन्।यस्तै परम्परा र भातृत्व प्रेम अनि सद्भावनालाई अरूले पनि पालन गरेका हुन् सायद उनीहरूको दँशैमा।यो उज्यालो पक्षको हामीले अङ्गीकार गर्दा नोक्सान होइन, फाइदा नै हुँदछ।

आफ्नो नाम अर्कै दिइए पनि भारतीय नेपालीलाई गोर्खा भनिए पनि तर अनुहार र आत्मालाई हामीले विश्वभरिकै नेपाली समुदायलाई परिवर्तन गर्न अवश्यै सक्दैनौं। मनले स्वीकार गरे पनि, सधैँ लगाउने टिका यो साल वा आगुम दँशैमा पनि लगाउनु मन लागे पनि, समुहमा साथीहरूसित देउसी र भैलेनी खेलौं खेलौं लागे पनि कसैको अड़चन वा कतिपय बाध्यताले हामीले मान्दैनौं भने हामीले आफ्नै आत्मालाई सताइरहेको हुनेछौं तथा आफ्नो परिचयलाई ढॉंट्ने व्यर्थ प्रयास गरिरहेका हुनेछौं।वास्तवमा व्यवहार, संस्कार, सामाजिक मान्यता, धारणा, राष्ट्रीय परिचयले हामी त्यहीं मानिस भएर बॉंचिरहेका छौं र बॉंचिरहने पनि छौं।अरूले पनि भारतमा हामीलाई त्यहीं भनेर चिनेका छन्। यसमा हामी यति भन्न सक्छौं, जनजातिको दर्जा पाएका साथीहरू पनि हाम्रै समाज र समुहका मानिसहरू हुन्, पछौटेवर्गमा परेका मानिसहरू पनि हाम्रै दाज्यू भाइहरू हुन्, हाम्रो समाजको जसरी पनि उन्नति भएको हामी चाहन्छौं, तर हामी टुटेर हामी भत्केर अरूले हामीले विभाजनको नीति लगाएर हामीमाथि शासन गरेको कुरो हामी कुनै हालतले चाहँदैनौं अनि त्यस्तो चाहना गर्नु भुलेर पनि पटक्कै हुँदैन।हामी विविधतामा एकता कायम गरेर बॉंचे शक्ति हौं, त्यहीं शक्ति भएर भारत  र विश्वभरिमा हामी बॉंचु चाहन्छौं अनि बॉंचु पर्छ। दँशैले परिवारबाट त्यहीं एकताको सूत्रपात गर्छ।आधार तयार पारेको हुन्छ। परिवारबाट नै हामी दरिलो भएर समग्रमा एक हौं र शक्तिशाली हौं भन्ने आशीष र सन्देश हामी सबैलाई दिइरहेको छ। दँशैका अनेक अर्थहरू छन्। टाड़ामा गएकी बुहारी भएर गएकी छोरीको निम्ति आमाबाबु र माइतीसँग मिलन हुने यो ठूलो अवसर हो, आफ्नो मनको व्यथा केही क्षणलाई बिसाउने समय हो।यसरी नै टाड़ामा रहेका आफन्तहरूको रमाइलो भेटघाट हो।त्यसरी नै त्यौहारमा देउसी, भैलेनी साथै चेली माइतीको मिलन भाइटिका अति नै महत्त्वपूर्ण क्षण हो।यी सबै पर्वहरूमा हिन्दु धर्मको केही प्रभाव होला, केही महत्त्व होला अनि छ, तर समग्रमा हामी सबैले यी पर्वहरूलाई  धेरै काल अघिदेखि मान्दै आएकोले यो पर्वमा निश्चय पारिवारिक, सामाजिक महत्त्व पनि छ, हाम्रो भावना छ र पूर्खाहरूको निशानी छ साथै हामी विशाल हृदय भएको बीर जातिको हित र एकताको पनि ठूलो प्रश्न छ, भविष्य छ।धर्मको भेद्ले हामीले हाम्रो संस्कृति र संस्कार मास्नु थाल्यौं भने हामी विश्वमा एकदिन परिचयहीन हुनेछौं, अनुहार भएर पनि आत्माहीन हुनेछौं। नाम भएर पनि अर्थहीन हुनेछौं।हामीले दँशै र त्यौहारको महत्त्वलाई अधिक बुझेर त्यसको सदुपयोग गर्नु पर्छ तर जात र धर्मको भेद् जस्तो माखेसाङलोमा नराम्रो गरी फँस्यौं भने हामी अपांग बन्नेछौं सबै कुराहरूबाट।समय परिवर्तन अनुसार कतिपय हाम्रा सामाजिक मान्यता र रीतिहरूमा अवश्य सुधार गर्दै अघि बढ़नु पर्छ, तर कुनै पनि पूर्वाग्रह र धारणामा आएर अचानक यसबाट अलग रहनु असल संकेत होइन।समय र विश्वको वर्तमान धारणा अनुसार हामीले आफ्नो संस्कृतिलाई पनि बँचाएर ग्लोबलाइजेसन वा वैश्वीकरणमा अघि बढ़ी प्रतिस्पर्धामा पनि उत्रिनु पर्ने हुन्छ।ज्ञानको खोज र उज्यालोको पक्षतिर हामी विवेकशील मानव सदैव लाग्नु पर्नेछ। बिजुली अरू जातिले बनाइदिएको हो भनेर हामीले दँशै  बहिष्कार गर्नु खोजे जस्तो बिजुली बहिष्कार गर्नु भएको छैन।पुरानो समयमा बाल्दै आएको टुकी बालेर अन्ध्यारो हटाउँछु भन्नु भएको छैन तर युगको माग अनुसार बिजुली नै बालेर टुकी बत्तीको परम्परालाई पूजा कोठामा दियो बालेर भए पनि आफ्नो संस्कृति त बँचाइराख्नु नै पर्छ।दँशैमा कतिपय यस्ता अवगुण पनि हामीले अज्ञानतावश मिसाएका छौं नै हो तर यसमा सुधार ल्याएर यसको उज्यालो पक्षलाई तथा ज्ञानको कुरालाई अनुसरण गर्नुमा हानि होइन, धेरै फाइदा नै फाइदा छ।बोनस नपाएर दार्जीलिङको चियाकर्मीले आफ्नो छोरा-छोरीलाई लुगा जुत्ता राम्रो किन्नु नसकेर भए पनि मनाएको दँशै होलान्, सिक्किमकै खालिखुट्टेले पनि  दँशै कतै कतै राम्रो मनाउनु नपाएका कुरा होलान् तथा आफन्तहरूको निधनले कति घरमा खल्लोपना र शून्यता पनि छाएकै होलान्, तर बेस्सरी मासु र रक्सी खाएर विकृत रूपमा होइन, सुसंस्कृति भएर ज्ञानको प्रकाशमा आफू पुगेर पारिवारिक मिलनसम्म पनि गरेर एकक्षण भए पनि खुशी हुनु पाउनु र आफन्तमा सद्भावना बढ़ाएर लैजानुमा यो दँशैको निश्चय महत्त्व छ, यो त्यौहारको निश्चय पवित्र अभिव्यक्ति  छ। यसैले सचेतना र सद्भावनाले हामी यी कुराहरूलाई बुझेर अघि बढ़ौं, हाम्रो एकता र संस्कृति जागरणमा शक्ति छ, आपसी सद्भावनामा हाम्रो जीवनको मोल छ, तर विवादहरू हाम्रो सफलताको मार्गमा कॉंड़ाहरू हुन् सदैव ।

(यो लेख अघिबाटै वर्ष 2000-2004 भित्रमा सुनचरी दैनिक नेपाली समाचार पत्रमा प्रकाशि्त भएको छ तथा धेरै पाठककहरूले यसबारे सकारात्मक टिप्पणी दिइसकेका हुन्।-लेखक)