sikkSikkim news darjeeling news Gurkhas news Home
|
Sikkim News : नेपाली समाचार -गान्तोक, सिक्किम- स्थापित सन् 1985, वेब साइटः सन् 2003 देखि सत्यको पर्दाफाश नै पत्रकारिताको धर्म HIMGIRI : Gangtok, - सम्पादकः विजय बान्तवा |
|
नेपाली कविताहरू -नयाँ |
Government Tender New Click
गोर्खाल्याण्ड निर्माणको प्रस्ताव सिक्किम विधानसभामा पारित गरिनु
चामलिङको राजनीतिमा इमान्दारिता-गोर्खाहरूको लागि एउटा उदाहरण
विश्लेषण लेख पढ्नोस् -
सिक्किममा विभिन्न दलहरूमाझ आरोप प्रत्यारोप
विश्लेषण लेख पढ्नोस्-- नेपाली लेख -1
बाजे-नाति- व्यंग्य-वाण
दार्जीलिङमा भोट, यता नाति पो चुनाउमा लड्नुलाई हुरुक्कै रहल पढ्नुलाई यहाँ क्लिक गर्नोस्
Designed, maintained and edited by Bijaya Bantawa, Himgiri Prakashan, Tadong, Gangtok, Sikkim,bbantawa@gmail.com ,
|
गान्तोक शहर, एमजी मार्गको दृश्य सिक्किमबाट गुवाहटीमा साहित्य कला संगमको आयोजना सिक्किमको योगदान अतुलनीय छ: साहित्यकार लीलबहादुर छेत्री गुवाहटी, 6 फरवरी: ‘‘भारतीय नेपाली भाषा, साहित्य र संस्कृतिको विकास र सम्वर्द्धनमा सिक्किमको योगदान अवस्मरणीय र अतुलनीय छ।सिक्किमले नै पहिलोचोटि आदिकवि भानुभक्तको पूर्णाङ्ग सालिग निर्माण गरेको हो, सिक्किमकै पहलमा नेपाली भाषाले मान्यता पाएको हो भने सिक्किम सम्मान सम्मिलन जस्तो समारोह आयोजन गरी भारतभरिबाट भाषा, साहित्य कलाको लागि योगदान गर्ने प्रतिभाहरू सिने जगतका माला सिन्हा, साहित्यका अग्रजहरूलाई सम्मान गरेको हो’-यो कुरो भारतीय नेपाली साहित्यका 79 वर्षीय वरिष्ठ साहित्यकार तथा बँसाईं जस्तो प्रख्यात नेपाली उपन्यासको रचना गर्ने स्रष्टा श्री लील बहादुर छेत्रीले यहॉंको पञ्जाबारी स्थित सिक्किम हाउसमा हिमगिरि प्रकाशन्, गान्तोकले आयोजन गरेको साहित्य कला संगम कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट बोल्दै भनेका हुन्। उनले अझ भने, भारतीय नेपालीहरूले भाषा, साहित्य संस्कृतिको सम्बर्द्धनमा सधैं नै सिक्किमलाई आशावादी बनेर हेरेको हुन्छ, वर्तमान मुख्यमन्त्री श्री पवन चामलिङ पनि एक कवि भएका हुनाले साहित्य र भाषाको क्षेत्रमा भारतीय नेपाली साहित्य र समाजमा उनले अतुनीय योगदान दिएका छन् साथै उनले जुन पहल गरेर सिक्किम सम्मान सम्मिलन आयोजन गरे सो स्तुत्य छ।उनले अझ पनि सिक्किमले भाषा र साहित्यमा अझ धेरै काम गर्ने अपेक्षा सॉंच्दै हिमगिरि प्रकाशनले प्रारम्भ गरेको अभियानले पूर्वोत्तर राज्यमा नै नेपाली साहित्यकारहरूमाझ पारस्परिक समन्वय कायम राखोस् भने तथा सिक्किममा आयोजन गरिने कतिपय कार्यक्रममा असमका साहित्यकारहरूको योगदानको पनि सही मूल्याङ्कन् होस् भन्ने विचार व्यक्त गरे। विशिष्ट अतिथिको आसनबाट बोल्दै डा.खगेन्द्र चाम्लागाईंले भारतीय नेपाली साहित्यकारहरूको जीवनी-ग्रन्थ वा बिब्लियोग्राफी हुनु पर्ने तथा यसबारे सिक्किमले विशेष योगदान दिनेछ भन्ने आशा व्यक्त गरे। आफ्नो सभाध्यक्षीय भाषणमा साहित्यकार एवं पत्रकार विजय बान्तवाले साहित्यलाई भूगोल र सीमानाहरूले छेक्दैन भन्दै साहित्यले मानिसको हृदयदेखि हृदय जोड्ने काम गर्दछ भन्दै यस प्रकारको अभियान गरिनुको लक्ष्य सिक्किम, असम तथा पूर्वोत्तर राज्यका नेपाली भाषी साहित्यकारहरूमाझ आफ्ना रचनाहरू, ग्रन्थहरू आदान प्रदान गरी साहित्य, भाषा, संस्कृतिको विकास गर्नलाई मञ्च प्रदान गरिनु हो भने।उनले नेपाली भाषाका कृतिहरू असमीया र अन्य विकसित भाषाहरूमा अझै जोरतोरले अनुवाद हुनुपर्ने र भारतीय नेपाली साहित्यलाई पनि अझ विकसित गर्दै लैजानुपर्ने आवश्यकतामाथि जोर दिए। कार्यक्रमलाई अन्य अतिथिहरू डा. कमल छेत्री, साहित्यकार एवं समाजसेवी लक्ष्मी सुवेदी,नेपाली साहित्य परिषद्, पञ्जाबारी शाखाका सचिव श्री देवेन साप्कोटा, समाजसेवी एवं अधिवक्ता श्री किशोर उपाध्याय, श्री नन्द किराती देवान, श्री कमल प्रधान आदिले पनि सम्बोधन गरेका थिए।कार्यक्रममा कवि गोष्टीको ऋंखलामा श्री रोहित गौतम, डा. कमल छेत्री, कवयित्री लक्ष्मी सुवेदी, डा. इन्दुप्रभा देवी,कवयित्री निरु पराजुली आदिले पनि कविता वाचन गरेका थिए।सो कार्यक्रममा सांगीतिक प्रस्तुतिमा कमल प्रधान, रवि थापा र उत्तम छेत्रीले नेपाली गीतहरू पेश गरेका थिए।यसरी नै सुश्री सुमन राईले नृत्य पेश गरेकी थिई। सो कार्यक्रममा सिक्किमबाट गुवाहटीमा अध्ययन गरिरहेका विद्यार्थीहरू तथा युवाहरूको धेरै जमात थियो।सो समारोहमा नेपाली साहित्य परिषद्का महासचिव चिन्तामणि शर्मा अन्य समाजसेवीहरूको उपस्थिति थियो भने मणिपुरबाट गोर्खा युवाहरू श्री रमेश बास्कोटा र श्री दीपक छेत्रीको पनि उपस्थिति रहेको थियो। सिक्किमबाट अध्ययन गरिरहेका विद्यार्थीहरूले पनि आफ्नो अनुभवहरू एकार्काहरूमा परिचयात्मक कार्यक्रम र उद्गार कार्यक्रममा पोखेका थिए। समस्त कार्यक्रमलाई हिमगिरि तथा स्नोलाइनका गुवाहटी सम्वाददाता श्री नन्द किराती देवानले सञ्चालन गरेका थिए भने सुश्री रुथ राईले स्वागत वक्तव्य पेश गरेकी थिई।यस अघि सिक्किमको परम्परा अनुसार खदा अर्पण गरेर अतिथि तथा विशिष्ट अतिथिहरूलाई हिमगिरि प्रकाशन्, गान्तोक साथै सिक्किम हाउस, गुवाहटीको तर्फबाट स्वागत जनाइएको थियो। गाउँतिर सरकारी सम्पतिहरूको देखरेखमा कसले ल्याउने नियन्त्रण? पानीको लाइन छ, पानी छैन, मोडल हाउस छ, बस्ने मानिस छैन,बस्ने मानिसलाई मोडल हाउस छैन, भीरमा बाटो छ,सरकारी बाटो छैन---------
गान्तोक, जनवरी 2: (विजय बान्तवा) सानो हिमाली राज्य सिक्किममा अहिले जल विद्युत योजनादेखि दोस्रो दीर्घमियादी विकासको रुपमा पर्यटनलाई लिइएको छ, त्यसमा पनि ग्रामीण तथा पर्या पर्यटनमा अधिक क्षमता रहेको चामलिङ सरकारले पत्तो लगाएको छ, यद्यपि सरकारी तन्त्र र क्षेत्रका नेताहरूको अकर्मण्यता वा सुस्तताले गर्दा धेरै गाउँहरूमा आज पनि उचित पानीको व्यवस्था नभएको तथा सरकारले बनाइदिएका घरहरूको समेत उचित प्रयोग नभएको थाहा लागेको छ। पूर्व सिक्किमको सिंगताम बजारदेखि 2 किलोमिटर रानीपुल आउने दिशातर्फमा अवस्थित सुमीन लिङचेको एउटा गाउँमा पूर्व भण्डारी सरकारको पालोमा ग्राम विकास विभागले बनाइदिएको जल आपूर्तिमा केवल पानीको नाला मात्र रहेको तथा त्यहॉंबाट जल नआएको कुरो सो इलाकाका मानिसहरूले यस सम्वाददातालाई जनाए।कल खोलेर हेर्दा त्यहॉं पानी पाइएन। कसरी तपाईहरूले पानी जुटाउनु हुन्छ भन्ने प्रश्नको उत्तरमा उनीहरूले भने, आफैले निजी तौरमा पानी तान्ने काम गरेका छौं अनि त्यसैबाट चलाइने गरिन्छ। बर्षौंदेखि लाखौं रुपियॉं खर्च गरेर बनाइएको नालाको कुनै काम नहुनु र विभाग र सरकारी तन्त्रले सो नालाहरूको जगेरा वा उपयोग नगर्नु दु:खको कुरो भएको छ। राज्य सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा नमूना घरहरू बनाएर गरीबलाई बास दिने अभियान पनि चालेको छ, तर जसलाई घर चाहिएको छ उसलाई वितरण गर्ने कुरोमा प्राथमिकता नदिएर घर प्रयोग नगर्नेको लागि पनि घर बनाइदिएको यसै गाउँमा पाइएको छ। कुनै लेप्चा परिवारको लागि बनाइदिएको एउटा नमूना घरमा कोही मानिस अहिलेसम्म बसेका छैनन्, सो लेप्चा परिवार भने गाई गोठ पाल्ने कामले गर्दा वन जंगल नजीग निक्कै माथि डेरा, गोठ बनाएर बस्ने गरेको गाउँलेहरूले जनाए। अर्कोतिर आफ्नो घर नै बनाउनु नसकेको अवस्थामा एउटा नमूना वा मोडेल घरको घरेड़ी मात्र एउटा गरीब परिवारले बनाइएको देखियो। छेवैमा खरले छाएको गाईको गोठ मात्र उनीसित रहेको तर घर नभएको र अन्यत्र नै बस्ने गरिएको पनि सम्वाददाताले देख्यो। साह्रै भिरालु भएको जगहमा मानिस हिंड्ने बाटो साह्रै अठ्यारो भएकोले नरेगा वा अन्य सस्थान् वा विभागले पक्का बाटो बनाइदिनु पर्ने पनि गाउँलेहरूको माग रहेको छ।केही मास्तिरसम्म संस्थाका केही युवाहरू मिलेर एउटा निर्माणाधीन मन्दिरसम्म बाटो खन्दै गरेका छन्। ग्रामीण इलाकामा पुस्तकालयहरू खोलेर राज्य सरकारले पञ्चायतहरूको देखरेखमा सञ्चालन गर्ने योजना बनाएको भए तापनि पेशागत तौरले धेरै गाउँहरूमा पुस्तकालयहरूमा पुस्तकको उचित देखरेख र सञ्चालन नभएको समेत धेरैको गुनासो रहेको छ। सिक्किम राज्यमा आजभन्दा 10 वर्ष अघि मात्र धेरै ठाउँहरूमा खरको घरहरू धेरै मात्रामा रहेको थियो भने अहिले सबैको घरमा छानु लगाइएको छ तर कतिपय घरहरूमा भने केवल खरहरू निकालेर मात्र च्यादर बिछाइएकोले घरहरूको जीर्ण अवस्था पनि त्यतिक्कै देखिएको छ।सरकार पैदल हिंड़ेर धेरै जगह घुमे पनि यस्ता कैयन् दुर्गम स्थलहरू सिक्किमका भीर, पहरामा रहेका छन्, जसमा दूरबाट हेर्दा मात्र घरमा च्यादर लगाइएको देखिन्छ, तर धरातल र यथार्थमा घरहरूको भित्ता पड्केर भत्किने अवस्थामा रहेको पनि देखिन्छ। सिक्किममा फेरि चमत्कारी गुरुको अवतार ? -मन्दिर बनाउने अभियान जोरतोरसित
गान्तोक,
जनवरी 1
(विजय बान्तवा)ः
अहिलेको
भौतिक र वैज्ञानिक प्रतिस्पर्द्धाको युगमा भगवानको शक्तिको रुपमा धेरै
भक्तहरूले जन्म लिएको कुरो मानिसहरूले सायदै विश्वास राख्दछन्,
यद्यपि
मृत्युमाथि कसैले पनि विजय प्राप्त गर्नु नसक्ने हुँदा अन्तमा भगवानको
अस्तित्वलाई
यस्तै शिवशक्तिको रुपमा एक 17 वर्षीय युवक उदय राउतले स्वयंलाई चमत्कारद्वारा प्रकट र घोषणा गरेका छन्। 22 नाम्चेबुङ क्षेत्रमा पर्ने सुमिन लिङ्चेको एउटा दुर्गम गाउँमा एक गरीब परिवारमा जन्मेका सो युवक सातौं कक्षामा अध्ययन गर्दा गर्दै अचानक बिमार हुनु पुगे। हाम्रा सम्वाददाताको एक टोली सो दुर्गम गाउँमा पुगी उनका पिता पदम बहादुर राउत-सित सो बारे बुझ्नु चाहदा उनले भने, आजभन्दा 6 महिना अघि छोरालाई पेट दुःख्ने विमार अचानक भएपछि बोल्ने शक्ति पनि बन्द भयो।हामी परिवार आत्तिएर धामी झॉंक्री वा दवाई पानी गर्छौं भन्दा उनले ईशाराले नै म सात दिनपछि ठीक हुन्छु भने।छैटौं दिन पुग्दा छोरो उदयले बाबुले नाक देउताको पूजा गर्ने ठाउँमा सातरंगको मिठाई, प्रसाद आदि ल्याउनु लगाए। सातौं दिन पुग्दा उनले त्यहॉं गई आफैले पूजा गरेपछि एकाएक बोल्ने शक्ति पाएको कुरो राउतले जनाए।त्यसपछि उनको जीउमा कम्पन शुरु भयो र आफ्नो शरीर भित्र शिव भगवान प्रकट हुनु भएको र म शिव हुँ भनी घोषणा गरेको कुरो उनले जनाए। त्यसपछि सो खबर गाउँभरि एकाएक फैलियो र मानिसहरू र भक्तहरू थुप्रिनु थाले। यसै क्रममा उनले अनेक चमत्कारिलो कामहरू गर्नु थाले, रोगीहरूलाई निको पार्नु थाले। यस सम्वाददाताको टोलीसित बोल्दै एक सक्रीय समाजसेवी तथा पूर्व राजनीतिक कार्यकर्ता श्री अड़िबहादुर गुरुङले आफ्नो अनुभव यसरी पोखाए, मैंले गाउँमा फैलिएको यो हल्ला सुनें, तर पत्ताइनँ। घरबाट निक्कै जोर गर्दा मेरो बिमारी निको पारेछन् भने मात्र विश्वास गर्छु भनेर म ती गाउँले युवकको घरमा गएँ। धेरै अघिदेखि मेरो खुट्टा दु:ख्ने विमार थियो र पलेंटी कसेर बस्नु र पूजा गर्नै नहुने बिमार थियो। अस्पतालमा हजारौं रुपियॉं बगाएँ, तर निको भएन।अहिलेको उदय गुरुजीलाई नपत्ताउँदै भएपनि यो खुट्टा दुखेको निको पारिदिनुपर्छ भनें। नभन्दै ठीक उनले पूजा गरेपछि आफ्नो गुरु शरीरमा प्रवेश गरेको अवस्थामा मेरो दाहिने खुट्टा छोएर त्यहॉंबाट एउटा कपालको केश निकाले। मैंले अझै पत्ताउने कुरो त्यहॉं थिएन।गुरुजीले एक रात घरमा नै आएर पूजा गरेपछि मात्र सो बिमार ठीक हुने कुरो दाबी गरे, श्री गुरुङले भने। उनले अझ भने, ठीक समय र मिति मिलाएपछि एक दिन गुरुजी तीन जना केटाहरू लिएर रातको नौं बजीतिर मेरो घरमा आएका थिए। उनीहरूले सामान्यरुपले घुङरिङ राखेर अनि थाल बजाएर तथा रुद्राक्षको माला लगाएर आफ्नो शक्ति देवता आह्वान गरे। मलाई छक्क लाग्यो, त्यसबेला गाउँकै अकालमा मर्ने प्रेतात्माहरूले आफ्नो आवाजमा नै मलाई सम्बोधन गरेर उनीहरू त्यसरी मर्नु परेको कुरो जनाए। सोही बेला मलाई कुनै दुष्ट शक्तिले बिगारेको खुट्याउँदै उदय गुरुजीले मेरो खुट्टाबाट एक मुठी कपालको केश निकालेर फालिदिए। तत्कालै मलाई राहत भने भएन।त्यसपछि गुरुजी र उनको टोली घर फर्के। रातको 2 बजी मलाई तन्द्रा अवस्थामा अब मेरो खुट्टा निको भयो भन्ने आभास हुनु थाल्यो।उठेर म पलेंटी कसेर बसें। धेरै बेर पछिसम्म बस्नु सक्दा म खुशीले रमाएर सुतिरहेकी श्रींमतीलाई समेत यो कुरो उठाएर गरें, तर उनी धोर निन्द्रामा थिइन्। अब म पक्का ठीक भएको छु र म पलेंटी कसेर यसरी बस्नु सक्छु भनी पत्रकारको टोलीलाई उनले जनाए।फोटोमा उनी पलेटी कसेर बसिरहेका छन्। यसका साथै अस्पतालमा निको हुनु नसकेका गाउँका एक मानिस दोर्जी तामाङलाई पनि गुरुजी उदयले निको पारेपछि गाउँभरि शनशनी फैलियो।तामाङलाई धेरै दिन अघिदेखि हात खुट्टा नचल्ने र प्यारालाइसिसको अवस्थामा पुगेपछि अचेत अवस्थामा उदय गुरुजीकहॉं लगेपछि गुरुले आफ्नो मन्त्र र उपचार विधिद्वारा ठीक गरे अनि उनी अहिले स्वस्थ भएको कुरो गाउँका अमर ज्योति समाजका कार्यकर्ता तारा ढकालले सम्वाददाता-हरूलाई जनाए। यसका साथै अस्पतालमा निको हुनु नसकेका गाउँका एक मानिस दोर्जी तामाङलाई पनि गुरुजी उदयले निको पारेपछि गाउँभरि शनशनी फैलियो।तामाङलाई धेरै दिन अघिदेखि हात खुट्टा नचल्ने र प्यारालाइसिसको अवस्थामा पुगेपछि अचेत अवस्थामा उदय गुरुजीकहॉं लगेपछि गुरुले आफ्नो मन्त्र र उपचार विधिद्वारा ठीक गरे अनि उनी अहिले स्वस्थ भएको कुरो गाउँका अमर ज्योति समाजका कार्यकर्ता तारा ढकालले सम्वाददाता-हरूलाई जनाए। यसै गरी एक दिन पूजा गर्न भनी नरिवल लिएर टोलीसित गुरुजी खोलामा गएका थिए।सबै गाउँलेहरूको सामु गुरुले नरिवल फुटाउँदा त्यहॉंबाट एउटा ढुंगाको दीयो प्रकट भयो भनी गाउँका एक वासिन्दा भक्तबहादुर छेत्रीले जनाए। गुरुजीले सपनामा वा आफ्नो ध्यानबाट कहॉं कहॉं दीयो, त्रिशुल, रुद्राक्षको माला आदि छन्, सो ठाउँ बताउनु हुन्थ्यो र हामी गुरुजीसित गएर त्यो ठाउँ पुगेर जमीन खोजी हेर्दा जमीनबाट एकपल्ट दुई वटा दीयो, 108 वटा रुद्राक्षको माला तथा त्रिशुल पनि भेट्टाएको थियौ भनी गाउँले युवा श्री भीम बहादुर लामीछानेले जनाए।यसरी नै जंगलमा शिवको मूर्ति पनि पाइएको थियो, सो मूर्ति ढुंगाले निर्मित अति नै पुरानो रहेको छ, सो शिवको मूर्ति बाहेक सबै प्राप्त सामानहरू गुरुजीले आफै सम्वाददाताको टोलीलाई देखाए। सो पत्रकार टोली मध्य दिनमा पुगेको हुनाले आफ्नो शरीरमा गुरुलाई आह्वान गर्नु नसकिने जनाए तर बेलुकी पूजा गरे पछि मात्र सो कुरो सकिने कुरो जनाए, त्यसैले पत्रकार टोलीलाई कुनै चमत्कार प्रदर्शन नगर्नु भए तापनि उपयुक्त समयमा उनले ती पत्रकार टोलीलाई चमत्कार देखाउने कुरो जनाए। अन्य प्रत्यक्ष दर्शी गाउँलेहरूले भने गुरुजीको चमत्कारहरू बारे धेरै कुरो जनाए। अहिले सबै गाउँलेहरू उत्साहित बनेर गाउँमा एउटा शिव मन्दिर पनि निर्माण गर्ने जानकारी सो निर्माण समितिका अध्यक्ष अड़ि बहादुर गुरुङले गराए। अहिले उनले प्रत्येक घरबाट श्रम र राशि रुपियॉं दुई हजार गरी गाउँका 84 घरहरूबाट योगदान भइरहेको कुरो जनाए। यसै सिलसिलामा उनले धर्म कर्ममा विश्वास राख्ने सिक्किम र सिक्किम बाहिरका महानुभवहरू तथा भक्त जनहरूले यथासक्य सहयोग प्रदान गर्ने आग्रह पनि गरेका छन्।इच्छुक भक्तजनले अध्यक्ष निर्माण समितिलाई उनको मोबाइल नम्बर 9609823680 तथा अन्य सक्रीय कार्यकर्ता श्री भक्तबहादुर बुढ़ाथोकीलाई उनको मोबाइल नम्बर 9735016964 मा सम्पर्क राख्नु सकिन्छ। सम्वाददाता टोली-सित बोल्दै उदय गुरूजीले अहिले मन्दिर निर्माण कार्य गरिरहेकोले तथा आफ्नो गुरु वा पुण्य आत्माबाट शिक्षा आर्जन गरिरहेको हुनाले गाउँदेखि बाहिरका भक्तहरूलाई केही कालको लागि दर्शन नदिनु हुने जनाए तथा उनले केही कालपछि तथा मन्दिर निर्माणपछि सबै भक्त-हरूलाई दर्शन दिनु हुने कुरो पनि प्रकाश पारे। हराएको फाइलसित बाबुको बिलौना -विजय बान्तवा अचेल कार्यालय प्रशासनको मालिक भएकोछ, जो लुते,लाङ्गरे र च्याङलेहरूको निम्ति खाने बाघ भएर गमक्क परेर बसेको हुन्छ, गर्जेर मासु लुछ्न कतिबेला। पूरा पढ्नुका लागि क्लिक् गर्नोस्- कविता
अझ समाचार पढ्नुहोस्--नेपाली समाचार Click. Nepali write up-भ्रष्टाचार नहटेसम्म स्वाधीनता अधुरो हालै मुख्यमन्त्री पवन चामलिङ पश्चिम सिक्किमको पछौटे इलाका सुन्तलेमा आफ्नो गाउँ भ्रमणको सिलसिलामा पुगेका थिए।आजभन्दा 25 वर्ष अघि यस सम्वाददाता सुन्तलेमा मंगलेबजारबाट लगभग 20-25 किलोमिटर दूर हिंड़ेर पुगेका थिए।अहिले त्यहाँ पाठशाला बनिएको छ, सड़क पनि पुगेको छ तथा विकासको लहरमा विस्तारै अघि बढ़दैछ।आजभन्दा 25 वर्ष अघिको दृश्य त्यहाँ कस्तो थियो भन्ने कुरो हिमगिरिमा लेखिएको समाचार र सम्पादकीयमा यहाँ पेश गरिएको छ। कृषि मन्त्रीको पश्चिम सिक्किम -हिमगिरि- वर्ष 2, 21 दिसम्बर 1986 बाट गान्तोक:(निज सम्वाददाता): कृषि मन्त्री श्री तारामान राईले हालैमा पिपले, सुन्तले र जुम इलाकामा पैदल दौड़ाहा गरी त्यहाका वासिन्दाहरूको समस्याहरूको अवगत् गर्नुको साथै विभिन्न विकासम कार्यक्रमहरूमाथि विशेष निरीक्षण पनि गर्नु भयो।12 दिसम्बर 1986 को दिन जोरथाङबाट मंगले पुगेपछि कृषि मन्त्री त्यहॉंबाट पैदल यात्रा गरेर करीब 10 किलोमिटर दुर्गम पथबाट अलिलि उकालो,अलिलि ओहोरालो अनि बेसी जसो तेर्सै तेर्सो लगातार हिंड़ेपछि सुन्तले गाउँ पुग्नु भयो।गाउँ आउनु अघि एउटा छाप्रो घरमा मोसो र ध्वॉंसो भएको भान्साघरमा पसेर त्यहॉंका गरीब परिवारसित बात गरेर फिका चिया पिउनु भयो। त्यसपछि पनि सुन्तले गाउँको एउटा साधारण खरको छाना र बॉंसको भाटाले भित्ता बारेर बनाएको सानो घर, जसमा त्यहॉंका वासिन्दाहरूले नन् फर्मल् पाठशाला चलाइरहेका छन्, त्यस स्थानमा गाउँका बूढ़ा-बूढ़ी र केटा-केटी मानिसहरू फूलका मालाहरू हात हातमा लिएर स्वागत गर्नु त्यहॉं आइपुगेका थिए।त्यस इलाकामा पानीको अति नै दु:ख भएको हुनाले त्यस सुखा क्षेत्रका मानिसहरू आर्थिक अवस्थाले एकदमै पछौटे देखियो।शिक्षा संस्थाको व्यवस्था नभएकोले तथा यातायातको असुविधा भएकोले यहॉंका मानिसहरू धेरैवटा सुविधाहरूबाट पछाड़िएको पाइयो।फतारसिंह राई नाउँ गरेका 63 (वर्ष) उमेर पुगेका बूढ़ा आफन्त कोही नभएका बिमारी अवस्थामा तथा अत्यन्त सुग्घरहीन शरीरमा मन्त्रीकहॉं दु:ख पोखाउन आएका थिए।तिनको अवस्था देखेर मन्त्रीज्यू, त्यहॉं उपस्थित भएका सरकारी अधिकारी लगायत् यस सम्वाददाताले केही आर्थिक सहयोग उनलाई प्रदान गरे साथै मन्त्रीज्यूले त्यस्तो व्यक्तिको निम्ति सम्बन्धित विभागबाट ओल्ड एज् पेन्सन् दिलाउने आश्वासन दिनु भयो।यस इलाकामा कुनै पनि स्वास्थ्य उपलब्धि नपुगेकोले नानीहरू विभिन्न रोगले ग्रस्त भएको पाइयो।एउटा तीन वर्षको बालकको टाउकोभरि घाउ भएको, कसैको शरीरमा केही न केही बिमार भएको देखिएकोले स्वास्थ्य विभागले दवाई वितरण गर्ने र स्वास्थ्यबारे जानकारी दिने स्वास्थ्य शिविरको आयोजना नगरी त्यहॉं नहुने देखियो। 29 घर भएको त्यो सुन्तले गाउँमा सिक्किमको साम्प्रदायिक सद्भावनाको एकदमै सुन्दर उदाहरण पनि देख्न पाइयो।नेपालीको नाम भएको लेप्चा श्री सोम बहादुर लेप्चा ( बाबुको नाम चन्द्रबहादुर लेप्चा)-ले गाउँकै ठिटी लिम्बुनी बिहे गरी घरजाम गरेको पनि देख्न मिल्यो।उपस्थित भएका जन समुहलाई सम्बोधन गर्दै मन्त्री श्री टी.एम. राईले भन्नुभयो- म यस स्थानमा भोट माग्न पनि आएको थिइनँ। सम्पादकीय-वर्ष 2 हिमगिरि 21 दिसम्बर 1986 गाउँ बस्ती र पछौटे इलाकामा सरकारको ध्यानको खॉंचो वर्तमान सरकारले राज्यको सर्वाङ्गीन विकास प्रक्रियामा जोड़तोड़ले ध्यान दिएको भए पनि पदाधिकारी वा विभागको अनुचित सञ्चालनले गाउँको विकास कार्यमा सुस्तीपना निश्चय आइरहेको छ।परस्परको तानातान, जन प्रतिनिधि, नेताको निर्णयको विरुद्ध कार्यहरू तथा यस्तै भाइ भतिजावादको नीतिले गर्दा सरकारको विकास कार्य जति द्रूत गतिले गाउँमा पुग्नु पर्ने हो,त्यति रफ्तारमा पुग्न पाएको छैन भनी नि:संकोच भन्न सकिन्छ।यी सब विलम्भका कारणहरू खोजी निकालेर यसको समाधानमा जबसम्म सरकार, पदाधिकारी र कर्मचारीहरू लाग्दैन, तबसम्म यो त्यतिक्कै रहनेछ। हालैमा कृषि मन्त्रीले पश्चिम जिल्लामा भ्रमण गर्दा हुंदी सुन्तले गाउको जुन प्रकारको विकास प्रक्रियाले सरकारीको नीति मुताविक जरो गाड़ेको हुनु पर्थ्यो, त्यो नभएको मूल कारणहरू के के छन्? प्रथम त त्यहॉं शिक्षाको निम्ति अझ उचित बन्दोबस्त हुनु बॉंकी छ।अरू धेरै कारणहरू सरकारी पक्षबाट हुँदा हुँदै पनि सहज काम, जुन पदाधिकारी, कर्मचारीहरूले गर्न सक्दछ, त्यो हुनु त्यहॉं पाएको छैन।त्यस्तो दुर्गम स्थलमा पुग्ने शायद उनीहरू हिम्मत गर्दैनन्।त्यहॉं स्वास्थ्य शिविर(हेल्थ क्याम्प) लगाइनु पर्ने हो, समय समयमा रोगको जॉंच गर्न डाक्टरहरू घुम्न पर्ने हो, स्वास्थ्य शिक्षा दिनु पर्ने हो।शिक्षा पदाधिकारीहरू गएर शिक्षाको बन्दोबस्त मिलाउनु पर्ने हो, सरकारले नि:शुल्क बॉंड़ेको किताबहरू नानीहरूले पाउनु पर्ने हो, तर शिकायत गरेर पनि नपाएको जन गुनासो त्यहॉं छ। यसर्थ, राज्यको विकास कार्यमा प्रत्येकले नै सहयोग गरेर गाउँ-बस्ती र पछौटे इलाकामा विशेषरुपले ध्यान दिनु पर्दछ।यो नै सॉंचो रुपमा विकास हो। प्रतिभा मिलनको कार्यक्रममा 3 जना स्रष्टाहरूको अभिनन्दन गान्तोक, 31 जुलाई: (-विजय बान्तवा) कविहरूको स्थान र भूमिका राजनीतिक नेताहरूभन्दा विशिष्ट र माथिका हुन्छन्, भारतमा राजनीतिक नेताहरूमा भौतिक सम्पदा संग्रह गर्ने प्रवृतिको विकास भएर गएको छ भने कविहरूसित धन सम्पति नभए तापनि विचार र भावनाले धनी हुन्छन् तथा उनीहरूको उत्कृष्ट विचारधारा र दर्शन समाज र देशको लागि महत्वपूर्ण हुन्छ, आज इतिहासमा पनि होमर, सोक्रेटस र इलियटका विचारधारा र दर्शनलाई आदरका साथ मानिसहरूले लिने गर्छन् भने राजनीतिक नेताहरूको भूमिका अत्यन्त सीमित हुन्छन् र कालान्तरमा भुलिने पनि हुन्छन्, तर कविहरू आफ्ना अमर काब्यहरूमा सदैव बॉंचेका हुन्छन्। यो कुरो आफ्नो प्रमुख अतिथिको आसनबाट बोल्दै 72 औं प्रतिभा मिलनका मुख्य अतिथि तथा महाकवि मोहन दु:खुनले आफ्नो सम्बोधनमा भएका हुन्।उनले अझ भने, कवि पवन चामलिङ पनि एक उम्दा कवि हुन्, तर उनको कवित्वको गरिमाको अग्लाइ जति छ, उनको राजनीतिसित दॉंजेर अझ उच्चाइ देखाउनु गर्नु सही कविको सही मूल्याङ्कन् हुँदैन। उनले अझ भने, आज अभिनन्दित हुने तीन जना कवि कवयित्री श्रीमती वीणाश्री खरेल, भीम ठटाल र लेखक एम.एन. दाहाललाई अभिन्दन गरेर प्रतिभा मिलनले खूबै प्रशंसनीय कार्य गरेको छ, यसरी हामीले हाम्रो कवि, लेखकहरू अभिनन्दन भएकोमा खुशी व्यक्त गर्नुपर्छ।उनले अझ भने, हाम्रो समाजमा स्रष्टाहरूको सही कदर गरिनु र मूल्याङ्कन गरिनु आवश्यक छ। अझ पनि हाम्रो समाजमा स्रष्टाहरूको सही मूल्याङ्कन् हुनु सकेको छैन।यसरी नै राजनीतिक संस्कार पनि हाम्रो समाजमा असल प्रकारले बसालिनु पर्छ, आज नेता हुनु भनेको रातारात पैसा कमाएर धनी हुनु हो भन्ने धारणा रहेको छ, तर नेताहरूले त्रिपुराको पूर्व मुख्यमन्त्री नृपेन चक्रवर्तीको झैं उदाहरण पेश गर्नुपर्छ, दश वर्षसम्म सत्तामा रहेर मुख्यमन्त्री रहेको मान्छेको सत्ताबाहिर जॉंदा बस्ने घरसमेत थिएन, नेता भनेको त्यस्तो हुनुपर्छ पूर्णरुपले जनतामा समर्पित भएको, उनले भने। उनले अझ भने, आज साहित्यमा उत्तराधुनिकवादको कुरा अमेरिकाको साहित्यको सिको गरेर यहॉं गरेर हुँदैन, अमेरिकाको 1 डलर हुँदा यहॉं 43 रुपियॉं हुन्छ, यसको अर्थ हुन्छ 42 प्रतिशत मानिसहरू नै अझ उनीहरूको दॉंजामा पछि परेको सरह हो।यसैले अमेरिका र बेलाइतमा चलेको कुरो यहॉं गरेर साहित्य उनीहरूको दॉंजोमा पुग्दैन, त्यसको लागि साहित्यसित सामुहिक विकास भएको हुनुपर्छ तबमात्र 1 रुपियॉं बराबर 1 डलर भएको हुन्छ।उनले अझ भने, नेपालमा पनि उत्तराधुनिकको कुरो गर्छ, तर अहिलेसम्म देशको संविधाननै बनाउनु सकेको छैन, त्यसरी नै दार्जीलिङमा पनि उत्तराधुनिकको साहित्यको चर्चा हुन्छ, तर छुट्टै राज्य गोर्खाल्याण्ड नै बनाउनु सकिएको छैन।सर्वाङ्गीन विकाससितै साहित्यको पनि विकास भएर जाने कुरो हो।उनले भारतीय स्तरमा नै पनि नेपाली साहित्यको परस्पर आदान, प्रदान, क्रय विक्रय जे भए तापनि व्यवस्था हुनु नसकेको कुरो पनि जनाए। उनले अझ भने भाषा, साहित्यको अझ विकास गरेर सिक्किमलाई अझ सुन्दर बनाएर लैजाने प्रशस्त सम्भावना रहेको छ, त्यसको लागि जति पनि अहिले स्रष्टाहरू लागिपरेका छन्, उनीहरूलाई पनि समाज र राज्यको दरिलो टेवा चाहिन्छ।हुनु ता कवि, स्रष्टा केही नपाए तापनि आफ्नै सिध्दान्त र भावनामा रमाएका हुन्छन्,उनीहरू सिर्जनामा महान हुन्छन्, दु:खुनले अझ थपे। आफ्नो अध्यक्षको संक्षिप्त सम्बोधनमा साहित्यकार सानु लामाले नेपाली साहित्यको विकासको लागि अझ सक्रीय भएर काम गर्नु पर्ने कुरोमाथि जोर दिए तथा भारतभरिकै नेपाली भाषामा प्रकाशित पुस्तक पत्रिका तथा नेपालबाट प्रकाशित ग्रन्थहरूको आदान प्रदान र बिक्री हुनु पर्ने कुरोमाथि पनि प्रकाश पारे तथा सो सम्बन्धी सिक्किम अकादमीले पनि आउँदो दिनहरूमा विशेष भूमिका निर्वाह गर्ने कुरो जनाए। सो अवसरमा मुख्य अतिथि दु:खुन तथा सभा शिरोमणि सानु लामाको बाहुलीबाट कवयित्री वीणाश्री खरेल, भीम ठटाल र एम.एन. दाहाललाई अभिनन्दन गरियो।अभिनन्दन भएपछि कवयित्री खरेलले प्रतिभा मिलनलाई आभार व्यक्त गर्दै सिर्जना र प्रतिभाको लागि पुरस्कार आवश्यक नरहे तापनि यसले ऊर्जा मिल्ने जनाइन्।अभिनन्दित ठटाल र दाहालले पनि सिर्जनशीलताको आ-आफ्नो अभिरुचीबारे प्रकाश पारे। कविता वाचन गर्ने क्रममा कवि प्रवीण राई जुमेली र अन्य कविहरूले कविता पाठ गरेका थिए भने सास्कृतिक कार्यक्रमको पनि आयोजन गरिएको थियो।मध्यान्तर पछि पनि कविता वाचन गर्ने कार्यक्रममा भीम राउत, प्रवीण खालिङ, सोनाम दोङ, मातृका शर्मा तथा अन्यान्य सामेल थिए। सो अवसरमा पत्रकार तथा कवि अर्जनु पियुषद्वारा लिखित समयको पदचाप नामक कविता संग्रहको पनि मुख्य अतिथि र सभाध्यक्षको बाहुलीबाट विमोचन गरियो।कविको पुस्तक बारे कालेबुङका पत्रकार एवं कवि मनोज बगोटीले आफ्नो मन्तव्य खूबै तार्किक ढंगमा पेश गरेका थिए। विजय कुमार सुब्बाले सञ्चालन गरेको सो कार्यक्रममा कवयित्री दीपा राई, चक्रपाणि भट्टराई र अन्यान्यले अभिनन्दन पत्र पठन गरेका थिए। सो अवसरमा विशिष्ट अतिथिहरू सिक्किम अकादमीका सचिव प्रवीण राई जुमेली, नेपाली साहित्य परिषद्का महासचिव जगदीश शर्मा, साहित्यकार रुद्र पौड्याल, कवि डा. राजेन्द्र भण्डारी, सिलगढ़ीबाट आएका साहित्यकार भीमलाल सापकोटा, कवि मोहन प्रधान निरज, राज. के. श्रेष्ठ, प्रद्युम्न श्रेष्ठ आदिलाई पनि खादार्पण गरी स्वागत जनाइएको थियो।सो समारोहमा विशेषरुपले स्थानीय साहित्यकार, पत्रकारहरूको भीड़ जमेको थियो।उत्तरार्ध्दको कार्यक्रमको सभाध्यक्ष डा. राजेन्द्र भण्डारी रहेका थिए भने आजकै दिन अर्को साहित्यिक कार्यक्रम भएकोले गर्दा दोस्रो सत्रको कार्यक्रममा दर्शक दीर्गमा उपस्थिति पात्लिएर गएको थियो। दार्जीलिङमा भारतीय नारी स्रष्टा लेखन् कार्यक्रममा सिक्किमका चार प्रतिनिधि संगोष्टीमा- नारी स्रष्टाहरूको चर्चामा धेरै नारी स्रष्टाहरू ओझेलमा अरु पढ्नुको लागि यहाँ क्लिक गर्नोस् -नेपाली समाचार मुख्यमन्त्री चामलिङको दोस्रो चरणको भ्रमण, प्रतिपक्षीको आऱोप र जनताको चुनौतीबीच अरु पढ्नुको लागि यहाँ क्लिक गर्नोस् -नेपाली समाचार
राजनीतिदेखि माथि उठेर भारतीय नेपालीहरूको एकताको प्रश्नमा नेताहरू एउटै मञ्चमा उत्रिनु सक्नुपर्ने
यहॉं भारतीय नेपाली तथा भारतीय गोर्खाहरूकै हितको कुरा उठान हुँदा एउटा यस्तो राष्ट्रीय स्तरको मञ्च र सामाजिक संगठन होस्, जहॉं सिक्किमका पूर्व मुख्यमन्त्रीहरू श्री नरबहादुर भण्डारी,श्री बी.बी. गुरुङ, श्री सञ्चमान लिम्बू साथै वर्तमान मुख्यमन्त्री डा. पवन चामलिङ, श्री सुवास घिसिङ, असमका स्पीकर टंक राई, श्री आनन्द पाठक, श्री दावा नर्बुला, श्री आर.बी.राई, दिलकुमारी, पूर्व सांसद् श्री मणिकुमार सुब्बा आदि सबै मिलजुल गर्नु सक्ने होस्। रहल पढ्नुलाई यहाँ क्लिक गर्नोस् Click. Nepali write up-भ्रष्टाचार नहटेसम्म स्वाधीनता अधुरो
|
|
युवा-युवतीहरूमा छिट्टै विहे गर्ने होड आजका किशोर किशोरीहरू टेलिभिजनको अघि घण्टौं बिताएर असल दर्शनको कुरा भन्दा बाहिरी आडम्बरी कुरा, जालसेज, अश्लीलता र वैवाहिक विषयको सस्तो गफहरूमा मक्ख पर्ने भएका छन्।त्यसरी उनीहरूलाई बाहिरी आकर्षणले छिटो खिचिरहेको छ।त्यसमा पनि जुन घरमा स्वयं अभिभावकहरू आफ्नो जिम्मेवारी तथा छोरा छोरीको असल शिक्षामा ध्यान दिनु नसक्ने प्रवृतिका छन् भने त्यो परिवारका छोरा-छोरीहरू निश्चय नै अधोपतनतिर अग्रसर हुन्छन्।आज टेलिभिजनबाट प्रचारित हुने अनेक प्रकारको धारावाहिकहरूले कलिलो उमेरका युवा युवतीहरूलाई सकारात्मकभन्दा पनि नकारात्मक प्रभाव पारेको पाइन्छ।यसमा पनि अर्कोतिर कम्युटर र इन्टरनेटको प्रभावले युवा युवतीहरूलाई एकार्कासित चिन्हारी गर्नु र सकारात्मक विषयमा वहस गर्नु र सूचना र ज्ञानको आदान प्रदान गर्नु भन्दा पनि अश्लील कुराहरूको च्याटिङ र इमेल गर्नु तथा नराम्रो साइटहरू खोलेर आफ्नो ज्ञानको दुरुपयोग गर्नु सजिलो भएको छ। कम्युटरको सदुपयोगभन्दा पनि दुरुपयोग गर्नु, नचाहिंदो भिडियो गेमहरू खेल्नु तर कम्युटरको उपयोग गरेर आफ्नो जीवनको लक्ष्यलाई अघि बढ़ाउनु भन्ने कुरो पनि युवा युवतीहरूले भुलेका छन्।फलस्वरुप अचेल युवायुवतीहरू अभिभावक र गुरुजनको आदेशहरूलाई अवमानना गर्ने प्रवृति भएका छन्।
गाँधीजीकी सावित्री देवी स्वातन्त्र सेनानी हेलेन लेप्चाको जन्मथलो -भागोप
गान्तोक,6
अगस्तः भारतको स्वाधीनता
रहल पढ्नुलाई
गोर्खाल्याण्ड निर्माणको प्रस्ताव सिक्किम विधानसभामा पारित गरिनु चामलिङको राजनीतिमा इमान्दारिता-गोर्खाहरूको लागि एउटा उदाहरण विश्लेषण लेख पढ्नोस् - नेपाली लेख
सिक्किममा विभिन्न दलहरूमाझ आरोप प्रत्यारोप मन्त्री सुब्बा भर्सेस् विधायक गोले, भण्डारी भर्सेस् उप्रेती विश्लेषण लेख पढ्नोस्-- नेपाली लेख -1
बाजे-नाति- व्यंग्य-वाण
दार्जीलिङमा भोट, यता नाति पो चुनाउमा लड्नुलाई हुरुक्कै रहल पढ्नुलाई यहाँ क्लिक गर्नोस्
|
|
|