Home sikkim news, Sikkim news, sikkim nepali, sikkim nepali papers Sikkim Nali news Himgiri :RNI No. 40971/90 Culture Sikkim Sikki people Sikkim news papers, Sikkim Tourism,Sikkim
|
स्थापित सन् 1985, वेब संस्करण- सन् 2000 देखि गान्तोक, सिक्किमबाट प्रकाशित
हिमगिरि नेपाली Gangtok, - Editor : Bijay Bantawa |
|
|
(तस्बीरहरू)
पारिजात ◙ नेपाली नारी स्रष्टाहरू सूचना अन्य साहित्यकारहरूको तस्बीर यहाँ तल क्लिक गरेर हेनोस्- भारतीय नेपाली साहित्यकारहरू .अझ नयाँ पिढ़ी र पुरानो पिढ़ीको साहित्कारहरू छोड़िनु गएको छ भने तस्बीर,परिचय यस इमेलमा पठाउनुहोस् वा सुझाउ दिनोस्।) email ID- bbantawa@gmail.com
नयाँ कविता समावेश छ, हेर्नोस् तलको लिङ्मा
एक खल्ती संसारे युग
-बिपिन तिवारी यो लिङ गएर अर्को पाता खोल्दै जानोस्।
सुरेश छेत्री र
अन्यका कविताहरू
◙
नेपाली नारी
स्रष्टाहरू सुरेश छेत्री र अन्यका कविताहरू यहाँ तल्तिर क्लिक गर्रनोस् |
नारी दिवस र नारीहरूको अधिकारको प्रसंगमा -कमला आँसु -हिमगिरि र सुनचरीको पुरानो फाइलबाट
संघर्षको लामो इतिहास पछि अब
हामी नारीहरूले 8 मार्चलाई अन्तर्राष्ट्रीय महिला दिवसको रूपमा बड़ो गर्वसाथ मनाउछौ, देशभरि 1 मार्च देखि 8 मार्चसम्म महिला दिवसको रूपमा कार्यक्रमहरू आयोजित गरिन्छन्, उल्लेखनीय योगदान पुर्याउने नारीहरूलाई सम्मान गरिन्छ। तर यो दिनलाई यसरी नारी दिवसको रूपमा पालन गर्ने अवसर नारीहरूलाई कसरी प्राप्त भयो। यस विषयमा पनि संघर्षको लामो इतिहास हामी माझ आलो भइदिन्छ। 8 मार्च 1857 को एक अति मायालाग्दो दिन जसलाई हामी प्रत्येक विश्वभरिका नारीहरूले स्मरण गर्नु पर्ने दिन हो। त्यस दिन न्यूयोर्कका लुगा कारखानामा काम गर्ने शोषित, पीड़ित कर्मचारी नारीहरूले अलिक बेसी रोजीकारी अनि काम गर्ने अवधि 15-16 घण्टादेखि घटाएर 10 घण्टा बनाउने मांग गर्दै अति मायालाग्दो प्रकारले एउटा प्रदर्शन गरेका थिए। त्यस बेला नारीहरूले दिनमा 15-16 घण्टा आफ्नो पसीना बगाएर कारखानाको काम गर्न पर्थ्यो, यति काम गरेर पनि नारीहरूले भने जस्तो रोजीकारी पाउन असमर्थ थिए। त्यसताक ती कारखानाका नारीहरूको स्थिति अति दर्दनाक अनि सोचनीय थियो। नारी मुक्ति आन्दोलनको इतिहास पल्टाएर हेर्दा 8 मार्च 1857 को त्यो नारीहरूले गरेको प्रदर्शन अति दर्दनाक त थियो, साथै यस्तो प्रकारका नारीहरूको आक्रोशित भावनाको प्रदर्शन विश्वमा महिलाहरूले गरेको प्रथम प्रदर्शन पनि थियो। सो प्रदर्शनलाई त्यस बेलाका ट्रेड यूनियनहरूले पनि साह्रै मन पराएको थियो। कुनै पनि समर्थनका खॉंचोहरू बीच सो नारीहरूको आन्दोलनलाई पुलिसहरूद्वारा दबाइयो, तर ती कारखानाको अध्यॉंरोमा खटेर पहेंलिएका, नाना प्रकारका रोगहरूले आक्रन्त पारेका, खुनको कमीले लाचार भएका नारीहरूको आन्दोलनलाई पुलिसहरूले सधैँको लागि कुल्चिएर अथवा लुकाएर, दबाएर राख्न सकेन र त्यही प्रथम आन्दोलन आज महिला इतिहासमा एउटा नमेटिने छाप छोड़ेर विश्वलाई महिला दिवस उपहार स्वरूप दिएर हामीसँग बॉंचिरहेको छ अनि बॉंचिरहने पनि छ। यही प्रथम संगठित प्रदर्शनलाईनै महिला आन्दोलनको प्रेरणा मान्दै 8 मार्चलाई युगयुगको लागि अन्तर्राष्ट्रीय महिला संघर्ष दिवसको रूपमा पनि मानिन थालिएको छ।
त्यस्तै प्रकारले 1865 मा अमेरिकामा एलिजाबेथ मिलर, लूसी
स्टोन आदि महिलाहरूले महिला आन्दोलनलाई अघि बढ़ाए। एमेलिया ब्लूमर नाम भएको एक
पत्रकारले जब महिलाहरूको लुगा छोटो राख्ने मांग गरे यसको निक्कै हल्ला भयो
साथमा महिला आन्दोलनको पनि प्रचार भयो, जसलाई प्रेरणाको रूपमा लिएर अरू
राज्यहरूमा पनि आन्दोलनलाई बल मिल्यो। यसै समयमा इंग्ल्याण्ड, फ्रान्स, जर्मनीमा अलि अलि नारीहरूले उच्च शिक्षा प्राप्त गरेर अघि आए अनि महिलाहरूको सामाजिक आन्दोलनहरूमा भाग लिन थाले। 1869 मा हेगमा महिलाहरूले एउटा युद्ध विरोधी अन्तर्राष्ट्रीय कन्फरेन्स गरे।सन् 1910मा समाजवादी महिलाहरूको एउटा कन्फरेन्समा प्रथमपल्ट 8 मार्चको दिनलाई महिला दिवसको रूपमा स्वीकार गरियो, यस प्रकारले पहिलो विश्वयुद्ध भएपछि महिला आन्दोलनमा गति आउन थाल्यो। महिलाहरूको युद्ध विरोधी नाराहरू सम्पूर्ण यूरोपमा गुञ्जिन थाल्यो। मार्च 1923 मा हजारौं नारीहरूले पेरिसको सड़कहरूमा प्रदर्शन गरेर नारीहरूले पनि केही गर्न सक्छन् भन्ने उदाहरण विश्वलाईनै प्रस्तुत गरेर देखाए। तर जर्मनीमा हिटलरको शासनकालमा सबैसँग नारीहरूले आफ्नो स्वतन्त्रता गुमाइपठाए। त्यसरीनै दोस्रो युद्ध भएपछि आन्दोलनले जोर पकड़ियो। सन् 1945मा पेरिस वीमेन्स इन्टरनेशनल डेमोक्रेटिक फेडरेशनको स्थापना गरी सबै देशहरूका नारीहरूद्वारा आन्दोलनलाई विश्व स्तरमा संगठित रूपमा चलाउने निश्चय गरे। 1946मा युद्धमा पीड़ित नानीहरू अनि नारीहरूको सहायताको लागि सहायता सप्ताह पनि मनाए। 1946 देखि 1966 सम्म 20 वर्षहरू धेरै तनावपूर्ण ढंगमा बितेर गए।त्यसताक महिलाहरूले महिला अधिकारहरूको लड़ाइँसँगसँगै निरस्त्रीकरण अनि शान्तिको पक्षमा पनि जोरदार आवाजहरू उठाएर विश्वलाई चकित पारिदिएका थिए। यी आवाजहरूले जनमतलाई धेरै प्रभावित पारिदियो। 8 मार्च 1913 जारको रूसमा महिलाहरूले सड़कमा एउटा जुलूस निकाले अनि युद्ध विरोधी नाराहरू लगाए। 1914मा बर्लिनमा रोजलटजैम्बर्गको पक्राउको बिरोधमा पेरिसका नारीहरूले प्रदर्शन गरे। पश्चिमी देशहरूको सन्दर्भमा भन्नु हो भने 1857 सालदेखिनै नारीहरू जागरूक भइसकेका थिए। तर आज भारतमा अहिलेसम्म पनि सुनिश्चितररूपले नारीहरू संगठित हुन सकेका छैनन्। नारीहरू अब जागरूक हुनुपर्छ, यो समयको मांग हो। नारी संगठन, महिला समिति खालि लोग्ने-स्वास्नीको झगड़ा मिलाउने संगठन नभएर, नारीहरूको समस्याहरूलाई निर्मूल पार्नको लागि अनि नारीहरूको क्रियाशीलताको अग्रसर हुनुपर्छ। नारी संगठनहरू बनाएर कतिपय कार्यहरू अनि नारीहरूमा आत्मनिर्भरता ल्याउनु पर्छ, साथै कतिपय परम्पराहरू अनि शारीरिक, मानसिक कुण्ठा भोगिरहेका नारीहरूलाई मानसिकरूपले अथवा भावनात्मक रूपले नारीहरूलेनै सहयोग दिनु सक्नु पनि ठूलो कार्य हुनेछ। नारी दिवस वास्तवमा भद्र महिलाहरू जुटेर भाषण दिएर मात्र सफल हुँदैन, तर महिला दिवसमा निम्न वर्गका मेहनती महिलाहरूलाई एकै दिनको भए पनि अवकाश गराउन सकेर, केही मानसिक राहत दिन सके राम्रो हुने थियो। साथै तल्लो तहका मजदूरी गर्ने महिलाहरूलाई निम्ताएर उनीहरूको जीवन शैली बुझ्ने, समस्याहरू हेर्ने कार्य हुनु नितान्त आवश्यक ठहर्द छ। आज भारतमा लाखौं कल-कारखाना, चिया बगान, रोपाइ, बोकाइ, कटाइ-छटाइ गर्ने मजदूरी महिला वर्ग नारी दिवसमा पनि निरन्तर खटिरहेका हुन्छन्। महिला दिवस केवल सरकारी तौरमा आयोजित गरिन्छ भनौ भने ती मजदूरी गर्ने महिलाहरूलाई नारी दिवस विषयमा कुनै जानकारीसम्म पनि भएको हुँदैन। त्यस्तै प्रकारले महिला दिवसलाई प्रचार-प्रसारमा पनि भने जस्तो प्रोत्साहन आजसम्म भारतमा मिल्न सकेको छैन। महिला दिवसलाई प्रत्येक स्तरका नारीहरू सम्म पुर्याउनमा मिडियाको ठूलो भूमिका रहेको छ। वास्तवमा यो कुरो समाजको बुद्धिजीवी, प्रशासक र नेताहरूलाई स्पष्ट हुन पर्दछ कि नारी मुक्ति आन्दोलन भनेको नारी र पुरुषमाझको यौन- विभेदको युद्ध होइन, यो त सामाजिक व्यवस्थालाई कसरी सुनिश्चित, वैज्ञानिक र स्वस्थ वातावरण बनाएर पुरुष र स्त्री एकार्कामा असल सुझबुझसँग मिलेर परिवार, समाज, देश र विश्वकै निम्ति असल व्यवस्था सृजना गरी प्रगति र विकास गर्ने भन्ने कुराको वैचारिक क्रान्ति हो,जसलाई उल्टो अर्थ दिएर नारी दिवस केवल नारीले मात्र मनाउन पर्छ वा नारी भन्नाले केवल नारीहरूको मात्र गुट बन्न पर्छ भन्ने होइन, यहॉं नारीहरूको वैज्ञानिक तहमा चर्चा, परिचर्चा गर्न, संगोष्ठी गर्न र उनीहरूको समस्या समाधान गर्न पुरुष बुद्धिजीवी, श्रमजीवी सबै अघि आउन पर्ने हो।कुनै पनि जयन्ती, भानु जयन्ती, गॉंधी जयन्ती मनाउँदा जसरी पुरुष र नारीको सराबरी सहभागी बन्नु पर्ने हो, नारी दिवसमा पनि सोही सहभागी देखिनु पर्ने हो, तर कतिपय यस्ता भर्खरै प्रारम्भ गरिएको कार्यक्रममा पुरुष सहभागी कम हुनुबाट हाम्रो समाजको पूर्वाग्रहको धारणा बढ़ी देखिन्छ, जुन हुनु हुँदैन।कुनै पनि कार्य पुरुष र नारीको बराबरी सहभागीबाट नै सम्भव छ। त्यसरी नै दार्जीलिङ, सिक्किमका कमान, कारखाना आदितिर पनि नारीहरू शिक्षित नै भएको भए पनि केवल तल्लो दर्जाको पद्मा मात्र राखिने गरिन्छ, उनीहरूलाई पनि पुरुष मित्र वा सहकर्मीहरू सरह पदोन्नति दिएर यस्ता ठाउँमा पनि नारीहरूलाई अघि बढ़ाउने कार्यमा पुरुष स्वामी वा व्यवस्थापकहरूले विशेष योगदान दिनुपर्नेछ।इतिहासमा नारीले पुरुष समाजलाई आफ्नो हिस्सा र अधिकार मात्रै माग्दै आएको छैन, तर आफ्नो भूमिका र कर्त्तव्य पनि साह्रै विश्वसनीयता र समर्पणको साथ निर्वाह गरेको सत्य आँखाको साक्षी छ।भनौं भने कतिपय चियाबारी, कारखाना आदि यता पहाड़मा राम्ररी चलेर उन्नति गरेको कुरामा नारी श्रमजीवीहरूको ज्यादै महत्त्वपूर्ण भूमिका छ,यी सबैलाई बुझेर, आत्मालोचना गरेर नारी दिवस मात्र मनाउनुपर्छ भनेर हौसला दिएर होइन, तर उनीहरूमध्ये योग्यलाई पदोन्नति गरिदिएर पनि नारीको अधिकारमा ठूलो टेवा पुराउन व्यवस्थापक र सरकारले सक्छन्। |
कविदेखि राजनीतिज्ञ बनेका सांसद दाहालको निधनमा
पूर्व सानो हिमालय राज्य, सिक्किमको माटोमा
भण्डारीको नेतृत्वमा तत्कालीन सत्तारुढ सरकारले खडा गरेका सबै कठिनाइसँग संघर्ष गर्ने पवन चाम्लिङका उनी घनिष्ठ साथी भए। उनी संकीर्ण जातीय राजनीति र क्षेत्रीयवादबाट उठेर चाम्लिङलाई साथ दिनु नै उचित ठाने । उच्च वर्गीय ब्राह्मण भएकाले उनलाई ब्राह्मण शिष्टाचार र परम्पराको पवित्रतालाई अस्वीकार गरेको आरोप लगाइएको थियो। आफ्नो ब्राह्मण समुदायको आचारसंहिताको अवज्ञा गरेको कारण दाहालको आलोचना भएको थियो, तर त्यस्ता आक्रमणहरूबाट आफू अलग रहँदै उनी आफ्नो पूर्ण वफादारी प्रदर्शन गर्दै एसडीएफ पार्टीमा जोडिए, एक पटक उनले आफ्नो पदबाट राजीनामा दिएर पार्टी छोड्ने प्रयास पनि गरे। प्रकृतिले नै उनी असल राजनीतिज्ञ, विचारधारा र समझदार लेखक थिए । उनी कुनै पनि राजनीतिक व्यक्तिसँग कहिल्यै डराएनन् र आफ्नो पार्टीको पनि उनी आलोचना गर्थे र पार्टीभित्रको मतभेदलाई खुल्ला तर्क गरेर अघि राख्थे । उनले कहिलेकाहीँ सामाजिक सञ्जाल वा लेखमा र सञ्चारकर्मीसँग कुरा गर्दा प्रवक्ताको रूपमा आफ्नो निराशा र आक्रोश व्यक्त गर्ने गर्थे तर उनले अरूले जस्तो दल बदल र मौकावादी राजनीतिक कहिले पनि गरेरनन्। उनको व्यक्तित्व जस्तोसुकै होस्, उनी पार्टीका बलियो स्तम्भहरू मध्ये एक थिए, जो पवन चाम्लिङको नेतृत्वमा रहेको एकमात्र पार्टीमा मृत्युसम्म रहे। मतभिन्नता र मतभिन्नताका बाबजुद पनि राजनीतिक परिवर्तन र सत्ता परिवर्तनको खोजीमा उनले पार्टी छोडेनन् । कविता र साहित्यिक लेख लेख्दा उहाँले आफ्नो स्वतन्त्र विचार र विचार व्यक्त गर्थे। हालैमा उनको निधन गान्तोक शहरदेखि केही दूर स्थित सरकारी अस्पताल सोकेक्थाङमा भयो। उनको विपक्षी दल तथा वर्तमान सिक्किम सरकारका मुख्यमन्त्री प्रेमसिङ तामाङ, वर्तमान सिक्किमका सांसद श्री इन्द्रहाङ सुब्बा र तमाम राजनीतिक नेता तथा दलले उनको निधनमा शोक व्यक्त गर्दै सिक्किमको राजनीतिको एक अध्याय सकिएको भाव प्रकाश गरे। छविलाल उपाध्याय साहित्य अकादमी पुरस्कारले सम्मानित : "उषा-अनिरुद्ध" महाकाव्यका लागि काव्यमहारथी उपाध्यायलाई यो सम्मान - प्रस्तोता-शंकरदेव ढकाल, साहित्य अकादमी पुरस्कार विजेता प्राय: तीसवटा मौलिक तथा अनूदित ग्रन्थका सर्जक, बहुआयामिक प्रतिभाका धनी कवि, निबन्धकार, कथाकार, समालोचक, अनुवादक असमका छविलाल उपाध्यायलाई उनको "उषा-अनिरुद्ध" महाकाव्यका लागि २०२१ सनको एकादमी पुरस्कारले सम्मानित गरियो। साहित्य अकादमी पुरस्कार आफ्नो झोलीमा भराउने पूर्वोत्तर भारतका उनी चौथो साहित्यकार हुन्। उनी सन् १९९८ मा अनूदित ग्रन्थ "चन्द्रगुप्त" का लागि अकादमी अनुवाद पुरस्कारद्वारा सम्मानित भइसकेका थिए। साहित्य अकादमीको मौलिक र अनुवाद दुइटै पुरस्कार हत्याउन सफल भएका उनी दोस्रो नेपाली साहित्यकार हुन्। यसअघि असमकै गीता उपाध्याय यी दुवै पुरस्कारले सम्मानित भएकी थिइन। सन् १९३६ को ३ नवेम्बरका दिन विश्वनाथ घाटमा जन्मिएका छविलाल एक अवकाशप्राप्त शिक्षक हुन्। असममा सर्वाधिक पुस्तक सिर्जना र प्रकाश गर्ने श्रेय उनैमा जान्छ। हाल असमको शोणितपुर जिल्लाको ढेकियाजुलीस्थित "कवि निकेतन" मा बसोबास गर्ने उपाध्यायको छन्द कविताप्रति धेरै योगदान रहेको छ। उनले नेपाली भाषाको अतिरिक्त असमिया र हिन्दीमा पनि धेर-थोर रचना प्रकाशित गरेका छन्। उनका प्रकाशित पुस्तकहरूको सूची यसप्रकार छ - समीक्षा र समालोचना : लीलबहादुर छेत्री तथा उनको ब्रह्मपुत्रको छेउछाउ (१९९०) शाकुन्तल महाकाव्य : एक दृष्टि (२००१) देवकोटाको व्यक्तित्व तथा उनको मुनामदन २००५ छन्द र अलङ्कार २०११ उत्तर-पूर्वाञ्चल भारतीय नेपाली साहित्यको गतिविधि : एकदृष्टि २०१२ समीक्षात्मक निबन्धहरू २०१२ स्रष्टा सृष्टि तथा दृष्टि २०२१ कविता सङ्ग्रह : छवि कविता सङ्ग्रह २००० कवि र कविता २००८ कल्पना माधुरी २०११ काव्यसेतु २०१७ मेरो जन्मभूमि २०२१ खण्डकाव्य : पवन दूत १९९० अस्तित्व बोध १९९१ कामरूपा महाकाव्य : देवकोटा २००२ लोहित्य २०१४ उषा-अनिरुद्ध २०१८ कथा सङ्ग्रह : औडाहामा बाँचेको जीवन
निबन्ध : निबन्धावली २०१३ सम्झनाका लहरहरू (आत्मकथा) २०१४ भूमिकै भूमिका २०१५ विविधावली २०२० अनुवाद : चन्द्रगुप्त(नाटक, हिन्दीबाट नेपाली) १९९२ स्कन्दगुप्त (नाटक, हिन्दीबाट नेपाली) २००३ मिरी कन्या ( उपन्यास, असमियाबाट) २००५ कीर्तनघोषा( धर्मग्रन्थ,संयुक्त रूपमा, असमियाबाट नेपाली) २००८ मृत्युञ्जय (उपन्यास, असमियाबाट) २००९ गुरुपुत्र ( उपन्यास, असमियाबाट) २०११ छविलाल उपाध्यायलाई हृदयबाटै अभिनन्दन।
सिक्किम र दार्जिलिङमा हिउँदोको मौसममा हिमपात
|