sikkim news darjeeling news indian gorkhas      Himgiri Nepali home     नेपाली लेख तथा समाचार

       

 

समीक्षा

 

साहित्यकार कमला आँसु ग्रन्थ

 

-डा0 कविता लामा

 

कमला आँसुसित मेरो पहिलो भेट साहित्यिक कार्यक्रममै भएको हो।दुई तीनचोटिको भेट पछि हामी निकै नजिक भयौँ,साथी सम्बोधन गर्थ्यौँ एकाअर्कालाई।उमेरले मभन्दा ठुली तर विचार, रुचि, मनले हामी एकै उमेरमा पुगेर कुराकानी गर्थ्यौं।गान्तोकमा आयोजित विभिन्न कार्यक्रममा मेरो उपस्थिति रहेको छ, सुन्नसाथ उनी र विजय बान्तवाज्यू व्यस्त रहँदारहँदै,समय निकालेर जहीँ र जहिले पनि भेट गर्न आउँथे। कारणवश भेट गर्न असमर्थ हुँदा उनी फोनमा माफी माग्थिन्।अति विनयशील, हँसिली, मिलनसार र मनकी धनी म उनलाई सॉंच्चै मन पराउँथेँ,आदार र सम्मान गर्थेँ।बीच बीचमा हामी दुईमाझ के लेख्दैछौँ, के  पढदैछौँ, यस्तै साहित्यसम्बन्धी के  के  कुरा फोनमा भइरहन्थ्यो।समयले फडको लिइरहेथ्यो, आ-आफ्ना व्यस्तताले यी समयहरू बीच म र कमला साथीमा त्यति सम्पर्क हुन सकेन।तर पत्रपत्रिकातिर उनलाई पढन पाइरहन्थेँ।

कमला आँसु अब रहिन, अचानक एकदिन यस्तो दुःखद समाचार आयो,सुनेर म मर्माहत भएँ,त्यो कालो बिहान थियो 11 मार्च 2006।एकक्षण त ईश्वरको यो कस्तो अन्याय? जस्तो लाग्यो।परिस्थिति नै पीडामय भयो, अनि म स्वयंलाई विवश र दु:खी पाउन सिवाय अन्य कुनै विकल्प थिएन।

नेपाली साहित्यका नारी हस्ताक्षरमा एक अग्रणी कमला आँसु।कम उमेर बॉंचिन्, तर यिनले जतिको साहित्यिक सक्रियता अरू कसले देखाउन सकिन् र? समसामयिक विषय टिपेर छोटो, मीठो लेख तुरन्त तयार गर्नसक्ने क्षमताकी कमलाका कथाहरू सरल बान्कीका तर गम्भीर मुद्दामाथि लेखिएका हुन्छन्।सधैँ नारीको पक्षमा एक सशक्त आवाज भएर वकालत गर्ने अनि साहित्य र समाजमा काम गर्न उद्धत कमलाको विशेष रुचि क्षेत्र यी दुवै थिए।उनी बितेर गए यता नेपाली साहित्यमा देखिएको त्यो खाल्डो यति समयसम्म यथावत छ।मुख्यतः नारी लेखक समुहबाट समसामयिक विविध विषयमा निरन्तर लेखिरहने अर्को कमला आँसु जन्मन सकेन।त्यो कमी आजपर्यन्त जस्ताको तस्तै देखिन्छ।आज समयको अनुहारमा हामी देख्छौँ कमला हाम्रो स्मृतिमा रहेकी, कृतिसित बॉंचेकी, बालविकासका नानीहरूको स्वच्छ हृदयमा चुपचाप बसेकी। यसरी हामी दुख्दै हिँडेको पुरा 6 वर्ष भइकेछ,कमलाबिना यति वर्ष कसरी बितायौँ त्यो रित्तो समयसित युद्ध लड्नेलाई नै राम्ररी थाहा छ।

दुख्दो चोटको आलोपनलाई जीवनसित खिलेर 6 वर्षदेखि यता विजय बान्तवा, कमला आँसुकी जीवनसाथी, प्राणभन्दा प्यारो पति, नेपाली साहित्यका कवि, लेखक, पत्रकार, सम्पादक एकै क्षण पनि चुपचाप बस्न सकेका छैनन्। ठूलो छटपटी छ उनमा कमला आँसुको स्मृति ग्रन्थ झट्टै निकाल्ने।हिँउदो, वर्खा, झरी, चर्को घाम, पैह्रो, भुँइचालो केहीले रोकिएनन् विजय बान्तवा,न कसैले रोक्न सके उनको पागलपनलाई।दृढ सङ्कल्पी, प्रतिबद्ध, अनवरत यात्रु उनले एउटै लक्ष्य लिएर विजय हासिल गर्नु छ- स्मृति ग्रन्थको प्रकाशन गरेर।विजय बान्तवाको यस 6 वर्षको कठोर परिश्रममाथि पनि अझ मोटो पुँजि लगाएर तयार हुन सक्यो यो स्मृति ग्रन्थ।आज हामी तपाईँ पनि त्यही लक्ष्यका सहयात्री भएर यस स्मृति ग्रन्थभित्र भेट्ने छौँ कमला आँसुलाई विविध आयाम भएर केही क्षण।

पुस्तक-साहित्यकार कमला आँसुस्मृति ग्रन्थ आकारमा वृहत छ।200पृष्ठको यस पुस्तकको बाहिरी पातामा कमला आँसु हातमा कलम लिएर अहिले बात गर्लाझैँ हँसिलो मुद्रामा खूबै सुन्दर, उज्यालो रङ्गीन चित्रमा देखिन्छिन्।अघिल्ला र पछिल्ला पाताहरूका चित्रहरूमा कमला आँसुका सामाजिक र साहित्यिक जीवनका सजीव झलक पाइन्छ।हिमगिरि प्रकाशनका मालिक अनि कमला आँसुका पति विजय बान्तवालाई सर्वप्रथम धेरै र ठूलो वधाई दिनुपर्छ- यस गहकिलो पुस्तक प्रकाशनको निम्ति।यस सत्कार्यको सम्पूर्ण श्रेय उनलाई जॉंदछ।गत केही वर्षदेखि उनी रात दिन एक गरी लगातार यसै ग्रन्थको तयारीमा लागिपरेको यस पुस्तकको आकार, लेखको स्तरीयताबाट थाहा लाग्छ।यो स्मृति ग्रन्थ सन्दर्भ ग्रन्थको रूपमा प्रकाशित छ,भविष्यमा शोधार्थको निमित्त यो ग्रन्थ निकै उपयोगी सिद्ध हुनेछ।

भारत अनि नेपालका स्थापित र चर्चित लेखकहरूले यस स्मृति ग्रन्थमा उल्लेखनीय भूमिका निर्वाह गर्दै कमला आँसुमाथि लेख रचनाहरू लेखेका छन्।कमलाको जन्मथलो मिरिकदेखि ससुराली नागरीफार्म, खरसाङ, दार्जिलिङ, कालेबुङ, सिलगडी, कर्मथलो सिक्किमका विभिन्न ठाउँ हुँदै यस ग्रन्थमा छिमेकी मुलुक नेपालले पनि महत्त्वपूर्ण अंश ग्रहण गरेका छन्।यहॉं लेखकहरूको सहभागिता दुई स्तरमा भएको पाइन्छन्-

(क) व्यक्तिगत

परिवारजन

साहित्यिक-जन

मित्र-जन

(ख)संस्थागत।

समाविष्ट लेखहरू दुई खण्डमाविभाजित छन्-

(क)समालोचनात्मक लेख,

(ख)संस्मरणात्मक लेख,

अघिल्लो खण्डमा अन्तर्भुक्त 23 वटा समालोचनामध्ये केही समालोचना संस्मरणात्मक शैलीमा बद्ध छन्,केही संस्मरण समालोचनात्मक शैलीमा छन्। संस्मरणात्मक लेखहरू बाहेक कवि कालूसिंह रनपहेंली,भानु प्रकाश मार्मिक र मैतराज राणाद्वारा कमला आँसुमाथि रचिएका केही कविता,तथा गान्तोक र नेपालमा आँसुसित लिइएका अन्तर्वार्ता,आँसुरचित केही अप्रकाशित कथा तथा यात्रा-निबन्ध,विजय बान्तवाका दुईवटा लेख "साहित्यकार कमला आँसुको जीवनयात्राको अन्तिम क्षणमात्त् र"साहित्यमा कमला आँसु र मेरो यात्रा{, अनि केही अभिनन्दन-पत्र,शोक प्रस्ताव,श्रद्धाञ्जलि,आदि गाभिएका छन्।बान्तवालिखित उक्त दुवै लेखमा पत्नी कमलासित भएको प्रथम भेट,प्रेममय कुराहरू आफूसाथ हुँदाहुँदै पनि कठिन र सङ्घर्षमय समयदेखि थालिएको जीवन गोरेटोमा धेरै उकाली-ओह्राली,आँशु-हॉंसो,सुख-दुःख एकाअर्काको हात समातेर प्रत्येक स्थितिलाई एकै साथ भोगेको यथार्थ अति सजीव रूपले चित्रित भएको छ।कमलासित हुनगइरहेको विछोडको क्षणले छेउमा आएर दैलो ढक्ढकाउँदा पनि उनी अज्ञात रहनु एक आँखा झप्काइमा कमलाले बिदा लिएको दृश्य पक्कै अविश्वसनीय छ।तर यो बिजय बान्तवाले त्यस मध्य कहालीलाग्दो रातमा पीडाले छटपटिएकी कमलालाई शान्त गराउने प्रयासमा आफ्नो अँगालोमा लिएर एक्लै भोगेको पीडामय सत्य हो।यही सत्यलाई उनले पाठकसित बॉंडेका छन्।

लेखन्यात्राको दृष्टिले तीन पुस्ताको सुन्दरसङ्गम भएरयो पुस्तक अन्य स्मृतिग्रन्थभन्दा निकै भिन्नै देखिन्छ।

पहिलो पुस्ताअन्तर्गत इन्द्रबहादुरराई, लक्खीदेवी सुन्दास, कमला सांकृत्यायन, महानन्द पौडयाल, समीरण क्षेत्री क्प्रियदशीत्,नन्दलाल रसाइली आदि छन्।

दोस्रो पुस्ता अन्तर्गत शरद् क्षेत्री, केदार गुरूङ,जस योन्जन क्प्यासीत्,राजेन्द्र भण्डारी,मनप्रसाद सुब्बा,हरेन आले,सुवास दीपक,कालुसिंह रनपहेंली,श्रीमती विन्द्या सुब्बा,कमला राई,अर्जुन प्रधान,भानु मार्मिक आदि,तथा तेस्रा ेपुस्ता अन्तर्गत लीला लुइटेल,सुधा एम राई, बीणाश्री खरेल, कविता लामा, अमर बानियॉं,विजय कटुवाल,सुमन बान्तवा,पवन राई, कौशल्या मुखिया, दीप प्रधान, स्नेहलता राई,मोहन प्रधान,अर्जुन यावा आदि देखिन्छन्।

साठीकोे दशकदेखि निरन्तरलेख्दै आएकी कमला मूलतः कथाकार तर कविता र निबन्धमा पनि सक्रिय रूपले कलम चलाउले यिनी क्सुनचरीत् रक्हिमगिरित्-का नियमित स्तम्भकार हुन्। सेतो गुलाफ(1995),ममताको छालभित्र(1999),आफ्नो माटोको सुगन्ध(2000),मीमांसा(मरणोप्रान्त,) चारवटा कथाकृतिमध्ये मीमांसामाथि धेरजसो समालोचना लेखिएको पाइन्छ।यिनको जीवनवृत्तसहित विभिन्न क्षेत्रमा प्रतिभाशाली कमलालाई चिनाउँदै श्रीमती विन्द्या सुब्बा लेख्छिन्-"51वर्षकी उमेरमा नै त्यति कर्मठ,त्यति जीवनमयी,त्यस्तो जल्दोबल्दो जीवन त्यागेर एउटा थकथकी लाग्दो,एउटा झर्झराउँदो मृत्यु मरिन् आँसु।हजारौं पाठकहरूको माया,श्रद्धा र आँसुको श्रद्धाञ्जली पाइन्।नेपाली समाजमा यतिका पाठकहरू सायद कम लेखकहरूको मात्र होलान्।"सॉंच्चै ती लेखकमध्ये कमला एकजना भाग्यमानी हुन्।

 

 

कथादेखि एकाङ्कीसम्म,निबन्धदेखि धर्म चिन्तनसम्म कमलाको लेखन परिधिले अँगालेको व्यापकताको उल्लेख गर्दै राजेन्द्र भण्डारीले यिनका कथाहरूलाई तीन खण्डमा वर्गकृत गरेका छन्- (क)नवचेतनायुक्त कथा वा विद्रोहात्मक कथा, (ख)नारी-संवेदनापरक कथा, (ग)सामाजिक-राष्ट्रिय समस्यामूलक कथा।भण्डारी अझ लेख्छन्-"नेपाली नारी लेखिकाहरूमा सर्वाधिक सङ्ख्यामा कथा लेखेर कमलाले उदाहरण प्रस्तुत गरेकी छन्- सशक्त नारी कथाकारका रूपमा।उनले छोएका विषयहरूलाई अझै विभिन्न कोण र शिल्पमा लेख्न सकिनेछ।...कमला आँसुको कथा लेखन भारतीय नेपाली नारी कथाकारहरूलाई प्रेरणा बनिरहनेछ भन्नसकिन्छ।"

नेपाल र भारत दुवै देशका नारी हस्ताक्षरमाथि मात्र एकाग्रचित्तले काम गर्दै आएकी नारी समालोचक लीला लुइटेलले कमलाका कथाहरूको विशद् अध्ययन प्रस्तुत गरेकी छिन्।यिनी लेख्छिन्-"कमलाका कथाले नारी-जीवनका त्रासद र अँध्यारा पक्षको चित्रण गर्दै नारीसंवेदनशीलतालाई प्रस्तुत गरेका छन्।मूल रूपमा नारीसमस्या चित्रित यिनका कथामा अन्तर्राष्ट्रिय सन्दर्भहरू पनि समेटिएका छन्।"

समालोचक जस योन्जनले कमलाका सम्पूर्ण कथासङ्ग्रहको विश्लेषण गर्दै यिनलाई नारीवादी कथाकारका श्रेणीमा दर्ता गराउँछन्-"उनी नारीवादी लेखनका उदारवादी वा नरमपन्थी खेमाका कथाकार हुन्।यसैकारण उनका कथाहरूमा साध्वीको शान्तपन पाइन्छ,क्रान्तिकारिणीको उग्र स्वर पाइन्न।उनका कथाका नारी पात्राहरू,आफूमाथि भइरहेका शोषण दमनलाई,अत्याचार-उत्पीडनलाई नारी हुनुकै अर्थमा सहन गर्छन्।"

लक्ष्मी उप्रेती लेख्छिन्-"नारीका समस्यामूलक पीडा र त्यसको समाधानको संकेत मनोवैज्ञानिक रूपमा प्रस्तुत गरी कथा सिर्जना गर्ने कमला ऊर्जा,जॉंगर,र कल्पनाको शिल्पकारितामा दक्ष थिइन्।मोहन प्रधान क्नीरजत् -कमलाको लेखन प्रवृतिमा नारी मनोविश्लेषणात्मक र दृष्टिकोण सम्मत रहेको बताउँछन्।

कमलाजीःभेटमा अनि लेखनमा शीर्षकमा मनप्रसाद सुब्बाको कमलाप्रतिको पहिलो छाप यी शब्दमा यसरी पाउँछौं-"पत्रिकातिरअघिबाटै कमला आँसु नाम देखिरहेको,तर उनको केही डल्लो किरॉंती मोहडामा आँसुको विपरित निश्छल हॉंसो अर्थात् मुस्कान खेलिरहेको जसले अनुहारलाई हरक्षण घमाइलो पाखा बनाइराखेको देखेर उनको त्यो उपनाम अयथार्थक नै लागेथ्यो मलाई।"स्मृतिग्रन्थको बाहिरी फोटोमा देखिएको कमलाको मीठो मुस्कानमा उक्त भनाइले सामजस्य राखेको पाइन्छ।

कमला आँसुमाथि लेखिएका संस्मरणात्मक लेखहरूमा यिनलाई सम्झना गर्दा धेरजसो लेखकहरूले यिनका कृतिको चर्चा एवं विश्लेषण गरेका छन्।

यिनी विषय नै यस्ता हुन् जसको व्यक्तित्व साहित्यिककृति मार्फत् छुट्टै रसग्लो भएरउभिन्छ।

आँसुको आकस्मिक निधनमा आँसु नझार्ने कोही थिएनन्। संस्मरणात्मक लेखहरूले हरेक पाठकलाई भावुक रसंवेदनशील बनाउँछ। आत्मीय साथी वीणाश्री खरेल कमलालाई भौतिक र अश्रुपूर्ण विदाइमा भन्छिन्-"संसारदेखि पहिलो विदाइ विवाह,दोस्रो मृत्यु।सबैलाई प्रेरणा बॉंट्ने कमलाको मृत्यु एउटा अपूर्ण र वर्णन गरिनसक्नुको क्षति हो।सॉंच्चै उनी एउटा बेग्लै अलग व्यक्तित्वकी धनी थिइन्।मीठो बोली,मधुर मुस्कान र सहनशील प्रकृति भएकी कमला उनका लेखहरू जस्तै सहयोगी र ममतामयी थिइन्।"यसै लेखको अन्तमा यिनी लेख्छिन्-"उनको गुणको,उनको लेखनप्रतिको समर्पित भावना र सामाजिक उत्तरदायित्वहरूको वहन गर्दै जानु नै हाम्रो उनीप्रतिको हार्दिक श्रद्धाञ्जलि हो। स्मृति ग्रन्थ-मा समाविष्ट श्रद्धाञ्जलिका दुई शब्द अनि शोक संवेदनामा कमलामा निहित यी गुणहरू नै उल्लेखित छन्।

कमला स्वयं भन्ने गथिन्-नारी पुरुष एकाअर्काका सम्पूरक हुन्,पुरुष पानी,नारी माटो। समाज र सिर्जनामा नारी र पुरुष लेखकको समान सहभागितामा अटुट विश्वास राख्ने कमलाको यस उच्च एवं उदार विचारको सम्मान गर्दै यस ग्रन्थमा पनि यी दुईको सहभागिता पचास पचास प्रतिशत अर्थात् बराबर भएको छ।

स्मृतिमा समाविष्ट अन्तर्वार्ताहरूमा यिनी स्वयंबारेे यस्तो धारणा राख्छिन्-

क)सिद्धान्त र व्यवहारमा यथार्थ यिनी स्वयंलाई एक यथार्थवादी कथाकार मान्छिन्।

ख)सुरूदेखि नै नारीसम्बन्धी लेखहरू लेख्न मनपराउने।1970मा नारीमाथि लेखिएको पहिलो लेखको प्रकाशनपछि नारीहरूप्रति भइरहेको परम्परावादी,रूढीवादी,कतिपय समस्याहरूलाई उदाङ्गो पार्ने प्रवृति कथाहरूमा अझ बेसी प्रयोग।

ग)जातपात नमान्ने,प्राकृतिक हुनु मनपराउने, दुःख-सुखमा आँसु आउने,क्आँसुत् उपाधि कमला राई गुरूमाले दिए यता साहित्यमा यही उपाधिले परिचित यिनी।

घ)धार्मिक पुस्तक पढन मन पराउने।

ङ)आजका युवाहरूले लेखक बनेर पनि बॉंच्ने सोच लिनुपर्ने।

च)साहित्यमा सदैव प्रेरित र प्रोत्साहित आफ्नै जीवनसाथी विजय बान्तवाबाट।

छ)ज्ञानको सूर्य साहित्य हो,जसको आवश्यकता जगतका सम्पूर्ण प्राणीहरूलाई परिरहेको हुन्छ।

साहित्य भनेपछि हुरूक्कै हुने,समाज भनेपछि मरिमेट्ने,ससाना नानीहरू भनेपछि ज्यानै दिने कमला आँसुको आकस्मिक निधनमा चारैतिरबाट सबै सबैले यसरी नै एकचोटि माया गरेर सम्मान गरेे,श्रद्धा अर्पण गरे।

"आँसुलाई श्रद्धाञ्जलि आँसुकै त्त् शीर्षक कवितामा कवि कालूसिंह रनपहेंलीको अभिव्यक्ति यस प्रकार छ-

कमला!

तिमी तरमरेकी छैनौं,

मृत्युले त मात्र एउटा रेखा कोरेको हुन्छ,

कर्मले रेखावारिनै कर्मठलाई परपारेेकोहुन्छ।

तिमी बॉंचिरहेकीछा ै तिम्रा कर्म रकृतिहरूमा

तिमी अमरबनेकीछौ तिम्रा काम रकीर्तिहरूमा।

विछोड तीतै छ,तर सम्झाउन आउन जोसुकै

श्रद्धाञ्जलि क्आँसुत्लाई चढाइरहेछु आँसुकै।

भौतिक जगतमा स्रष्टाको शरीरक्षय हुनसक्छ तरसिर्जना अक्षय छ।सिर्जनासित बॉंचे स्रष्टाको मृत्यु हुँदैन। स्रष्टा अजर, अमर रहन्छ,कमला एकजना स्रष्टा भएर भौतिक मृत्युमाथि जीत हासिल गरेकी छन्। आफ्ना कृतिहरूमार्फत् यिनी सधैँ बॉंचिरहने छिन्।

देश अनि देशबाहिरबाट व्यक्तिगत अनि संस्थागतरूपमा यतिको संख्यामा शोक-संवेदना पठाउनु,चौतर्फबाट श्रद्धाञ्जलि चढाउनु,यिनको आत्माको चिरशान्तिको निम्ति ईश्वरप्रति प्राथर्ना सभाको आयोजन हुनुले साहित्य सर्जक कमला आँसुले हजारौं,लाखौंको हृदयमा आफ्नो विशिष्ट स्थान बनाइसकेकी थिइन् भन्ने कुरा स्वतः प्रमाणित हुँदछ।

समीरण छेत्री क्प्रियदशीर्र्त्लिखित शीर्षकका यी चार शब्द उदधृत गर्दै म आफ्नो लेखाइ यहीँ टुङ्ग्याउँछु-"कमला मरिनन् तर बॉंचिन्।

       
sikkim news darjeeling news indian gorkhas     Himgiri Nepali home