kkimnews , Sikkim Nepali news Sikkim Culture Sikkim Sikkim people Sikkim news papers, Sikkim Tourism,Sikkim Tourism destinatio,North East News, Darjeeling News, Gorkha news, hill landslides news, earthquake newsn
Homeh SNOWLINE - हिमगिरि नेपाली
|
|
साहित्यकार श्रीमती कमला आँसुको परिचय
माताको नाम-स्व. मणिका राई, पिताको नाम-स्व. श्री चन्द्र विकास राई पतिको नाम-श्री विजय बान्तवा जन्म-मई 23,1955, स्वर्गरोहण-मार्च 11, 2006, प्रथम रचना- मेरो नाशो, (लंकासिनी पत्रिका, मिरिक)1970-1974 प्रकाशित रचनाहरू –सन् 1974 देखि यता आजपर्यन्त चियाबारी, टिस्टा सुनकोश, रमिता, सुधा, प्रतिबिम्ब, भानु स्मारिका, ससुराली, स़ञ्जीवनी, अर्चना, निर्माण, स्रष्टा, बैंशालु, बगर, (काठमाडौं), गरिमा (काठमाडौं) मिर्मिरे, (काठमाडौं), हाम्रो ध्वानि (असम), दियालो ( दार्जीलिङ), सैनिक समाचार (नयाँ दिल्ली), सिद्धि, कनका, सुनचरी, आजभोलि, हिमालय दर्पण, उद्गगार, बसुधा, भूमिका, नारी शक्ति. प्रतिष्ठा, सिक्किमश्री, चौरी डाँडा, नागबेली, भानु (काठमाडौं), समय दैनिक, हाम्रो पहाड, साज, नयाँ सिक्किम तथा अन्य धेरै पत्रिकाहरूमा लघु कथा, लेख प्रकाशित। साहित्य अकादमी, नयाँ दिल्लीबाट प्रकाशित ग्रन्थ बीसौं शताब्दीको भारतीय नेपाली नारी लेखन्-मा कथा प्रकाशित। विशेष सुनचरी नेपाली दैनिकमा 1000 भन्दा अधिक लेखहरू अहिलेसम्म प्रकाशित। आकाशवाणी, गान्तोकबाट धेरै कथाहरू प्रसारित। प्रकाशित कृति सेतो गुलाफ (कथा संग्रह)-1995 ममताको छालभित्र-(कथासंग्रह) 1999 आफ्नो माटोको सुगन्ध (कथा संग्रह)2000 मीमांसा (कथासंग्रह) 2006 हालमा-बाल-विकास शिक्षिका, सिक्किम सत्य साई सेवा संगठन अन्तर्गत-हिमगिरि साप्ताहिक र सुनचरी दैनिकमा नियमित स्तम्भ लेखिका, 1000 जति रचना एवं लेखहरू प्रकाशित। तालिम – एकुप्रेसर चिकित्सा बारे। कम्प्युटरबारे।आजीवन सदस्य-नेपाली साहित्य परिषद् उपाध्यक्ष-युवा साहित्य प्रतिष्ठान, गान्तोक संयोजिका-अहिंसा समिति, सिक्किम साईसेवा संगठन, तादोङ, गान्तोक। पूर्व सेवा- सिक्किम सरकार अधीनस्थ निगममा लगभग 16 वर्षसम्म सेवारत्। पुरस्कार-सन् 2000-को भानुरत्न पुरस्कार, सद्भावना समिति, सिंगताम, पूर्व सिक्किम अभिनन्दन-नेपाली साहित्य परिषद्, सिक्किम,मिरिक नारी सेवा समिति, मिरिक, दार्जीलिङ, गरिमा संघ, मिरिक, दार्जीलिङ। मिरिक पत्रकार संघ, दार्जीलिङ, नारी कल्याण समिति, रिनोक। सम्मान पत्र-हिमाली प्रकाशन, देन्ताम केही वर्ष अघि कविता सुब्बाद्वारा कमला आँसु नामक पुस्तकमा उनका कृतिहरूको मूल्याङ्कन् गरिने प्रयास भएको छ। साहित्यकार श्रीमती कमला आँसु का कृतिहरू
सेतो गुलाफ-कथासंग्रह सन् 1995-मा प्रकाशित
सन् 1970 कै दशकमा विभिन्न पत्र-पत्रिकामा उनका विभिन्न लेख, लघु कथा आदि प्रकाशित हुँदै आएको भए पनि पुस्तकाकारमा हिमगिरि प्रकाशन, गान्तोकबाट सन् 1995-मा उनको पहिलो कृति कथा संग्रह सेतो गुलाफ प्रकाशित भएको थियो। यो पुस्तक उनले दुइ माहन नारीप्रति भनेर आफ्नी आमा मणिता राई र मणिता राई र श्रीमती धनमाया राई सासु आमालाई उनीहरू जीवित रहेको अवस्थामा नै समर्पण गरेका हुन्।आज एघारह वर्षको अवधिमा यस पुस्तकको लेखिकासहित उनीहरू सबै परलोक भइसकेका छन्. यस पुस्तकका भूमिकाको रूपमा शब्दहरू, शुभकामनाका भनी साहित्य अकादमी पुरस्कार विजेता श्री शरद छेत्रीले मन्तव्य पेश गरेका छन्। यस संग्रहमा प्रायशित, फेरि एउटा नयाँ साल, छोरीको पत्र परदेशी बाबुलाई, सरी ल, मैले त चालै पाइनँ, खुल्ला पत्रभित्र पोखिएका गुनासोहरू, मन अन्धा, आमा आउँदिनन्, सागरमभित्रको माछा, आशाका मंगनी, निर्णय, खोसिएको सिन्दुर पोते, राखी, बैना, लक्ष्मी पूजाको रात, लालुपाते, पगली, कान्छी ल्याउँदिन् पनि, विधवा, प्रतीक्षा, सेतो गुलाफ, जिन्दगी, सडक र झोपडी, पिंजराको सुख, घर, छोरी, ढल्दै गइरहेको साँझ गरी जम्मा 25 वटा कथाहरू संग्रह गरिएको छ।यी लघु कथाहरूमा नारी पात्रहरूको संवेदनशील चित्रण साथै चिन्तन धारा पनि पाइन्छ। विविध नारी पात्रहरू विभिन्न परिवेशमा रहेर कसरी जीवन बिताएका हुन्छन्, आमाको भूमिका, छोरी, विधवा, तरूणी मन विविध अवस्थामा नारीहरूको आफ्नो भाव अभिव्ञ्जना कसरी प्रकट भएको हुन्छ, सो यी कथाहरूमा प्रकट भएका छन्. एउटी नारीले मात्र नारीको वेदना बुझेकी हुन्छे, एउटा नारीको प्रसव वेदना पुरूषले नभोगेर पनि लेख्नु पुरूषको विशेषता होला, तर त्यो यथार्थ जीवन भोगाइको अभिव्यक्ति होइन्, त्यसैले यस्ता वर्णन सुपरिफिसियल हुनु सक्छ, कतै यथार्थदेखि बाङ्गिएर कुरा अर्कै हुनु सक्छ, तर कमला आँशुका यी अभिव्यक्तिहरूमा स्वाभाविकताको सुगन्ध पाइन्छ. नारी हुनु, नारी भएर आमा हुनुको गर्व उनमा छ भने त्यही माटो र फूलको सुगन्ध असल र मौलिक रूपमा दिनुलाई नै उनको कलम तिखारिएको छ। धेरैले उनलाई नारीवादीको संज्ञा दिए पनि उनको कथा नारीहरूकै नाराबाट उब्जेको अभिव्यक्ति नभएर स्वाभाविक र मौलिक चिन्तनधारा र सृजनशीलताको उपज हो। कति नारी हस्ताक्षरहरू पुरूष समाजमा वा अन्यसित समान रहने भाव चाहे त्यो बनावटी नै किन नहोस् झल्काउँदै लिङ्ग रहित विचारधाराको पक्षघऱ हुन्छन्, तर ाफू नारी हनुको गर्वको बोध भने कमला आँसुले आफ्नो हरेक रचना एवं कथामा गरेर स्वाभाविक र यथार्थ जीवनलाई सुपरफिसियल नबनाइकन सरल शैलीमा कथाहरू बुनेका छन्. नारीको मर्म, समस्या र वेदनालाई उनले अत्यन्त सबल पक्षमा उतारेका छन्। नारीको संवेदना, सहनशीलता, कोमलता, विभिन्न परिस्थितिको उनले भित्र अन्तरतहसम्म पुगेर बेजोड् अभिव्यक्ति दिएका छन्. सेतो गुलाफ कथा संग्रहमा जम्मा 116 पृष्टहरू छन्। साहित्यकार आँशु बारे डा. जस योञ्जन प्यासीले यसरी मन्तव्य राखेका छन्- कमला आँशु अब भारतीय नेपाली साहित्यको सम-सामयिक धाराका एक स्थापित नारी हस्ताक्षर भईसक्नुभएको छ। विभिन्न समाचार पत्रका स्तम्भ लेखिकाका रूप त झन् कमला आँसु एक परिचित नाम छँदैछ साथै नेपाली कथा विधामा पनि अब चर्चामा नगरी नहुने नाम भएको छ।सरल कथाकत्री मान्छु म कमला आँशुलाई सरलताभित्र नारीका जटिलतम् समस्या, पीड्-वेदना र विद्रोहलाई पनि मनोध्ययनसँग विश्लेषण गर्नुभएको छ। आँशुका कथाहरू साँच्चै आँशु आउने खाल्का छन्। पाठकले खसाउने आँशु विषय विविधताजस्तै विभिन्न किसिमका छन्। सम्वेदनशील छन् कथाहरू। ममताको छालभित्र –कथा संग्रह सन् 1999-मा प्रकाशित साहित्यकार आँशुको पहिलो कृति सेतो गुलाफ-को प्रकाशनपछि लगभग 4 वर्षको अन्तरालमा उनको दोस्रो कृति कथा संग्रहकै रूपमा ममताको छालभित्र प्रकाशित भएको थियो, जसको प्रकाशन हिमगिरि प्रकाशन, गान्तोकले नै गेरको थियो। पहिलेको कृतिमा भन्धा यो दोस्रो कृतिमा उनलाई धेरै प्रोतॉसाहन र प्रशंसा प्राप्त भएको थियो।यस कृतिभित्र जम्मा 30 वटा कथाहरू सामेल भएको छ।यसमा 1. ऐना, 2.आइ लभ यू, 3.मौनता, 3.पश्चतापमा उ जलिरह्यो, 5.विवशताको रोटी, 6.जिन्गीको बन्द ढोका, 7.उधारो हार, 8. धमिलिन्दै गईरहेको साइनो,9.जेठी बुहारी 10.खालि यति कुरा 11. फुटपाथ देखि झोपडी तर्फ, 12.नाना, 13.कर्तव्यबोध, 14.चिचिला लाग्ला के, 15.शशीकी आमा, 16. सम्बन्ध, 17.सिमलको भुवाँ, 18.गौंथलीको गुँड्, 20.तृष्णा, 21.चालीस वर्षे जोबन, 22.इनोसेन्ट, 23.ममताको छालभित्र, 24.आकस्मिक भेट,25. मुरलीको धुनभित्र अधुरो कथा, 26.सिन्दुर, 27. मौनताले चिहाइरहेको थियो।28.हाँसोहरूको अंकमाल, 29.सफल कलाकार, 30. मदरटेरेजाको सम्झनामा छन्। यो पुस्तक महान नारी मदर टेरेजालाई समर्पण गरिएको छ। कथाका शीर्षले नै बताए अनुसार आमाको माया, बुहारीको कर्तव्य, नारीको प्रेम आदि यावत यथार्थहरूलाई यहाँ पनि चित्रण गरीने कार्य भएको छ। 119 वटा पृष्टहरूमा यी कथाहरू संकलित छन्। ममताको छालभित्र कथाबारे मन्तव्य राख्दै डा.जीवन नाम्दुङले लेखेका छन्. कमला आँसुको कथा लेखन प्रवृति नारी मनोविश्लेषणात्मक र दृष्टिकोण सम्मत रहेको देखिन्छ। ममताको छालभित्र पुस्तकमा पेरको कथाहरू आइ लभ य़ू, ममताको छालभित्र, जेठी बुहारी र ऐना जस्ता कथा यस कथनका उम्दा नमूना हुन्. उनका कथा लेखन यात्रा अनवरत रहनेछ भन्ने आशा गर्छु। नारी कथाकारको सूचीमा उनलाई दर्ता गर्न कसैको सिफारिश होइन उनका कथाहरूको पराक्रम गुणस्तर नै यथेष्ठ छन्। आफ्नो माटोको सुगन्ध-कथा संग्रह सन् 2000-मा प्रकाशित आफ्नो माटोको सुगन्ध-कथा संग्रहमा उनले आफ्नो गाउँ र माटोको खुबै माया गेरकी छन् तथा यो पुस्तक उनकै पिता पूर्व प्रधान अध्यापक श्री चन्द्र विकास राईलाई समर्पण गरेकी छ। यो उऩको तेस्रो कथा संग्रह आफ्नो माटोको सुगन्धमा जम्मा 28 वटा कथाहरू परेका छन् जसमा छन्- 1. कर्म-योगी, 2. ाफ्नो माटोको सुगन्ध, 3.उफ दियोको उज्यालो, 4.प्यारो गाउँ सल्लाघारी, 5.स्वच्छन्द पुतली, 6.आठआनी हार, 7.मायाको तरंगमा मञ्जरी, 8.वैज्ञानिक युगका बाबु-आमालाई, गर्भकी छोरीको खुल्ला पत्र,9रजनीगन्धा, 10.पतझड्, 11.सरिताको अन्तिम यात्रा, 12. आत्म सन्तुष्टि 13.गुड्डी चुडिएछ, 14. चक्नाचूर भएको ऐना, 15. अर्चना, 16.कथा, 17.कोट मेरिज,18.समर्पणभित्रका तीता-मीठा प्रणहरू, 19 जौलेकी आमा, 20. समर्पण, 21. बेलाइती गाई, 22.बज्यैको अर्ति,23.सानो शहर, 24.जुनेलीकी भाग्य, 25. डाक्टर ललित, 26. आशक्तिदेखि पर, 27. कुकुर पाल्ने अपुताली मेमसाहेब, 28.रनधोजको भूमिका। यो संग्रहमा नारीको अति संवेदेनशील कथा गर्भको नानीको आर्तनाद वैज्ञानिक युगका बाबु-आमालाई गर्भकी छोरीको खुल्ला पत्र चर्चामा आएको छ। कर्मयोगी, समर्पण आदि जीवनको सकारात्मक पक्षका कथाहरू छन् भने आठ आनी हार पुराना परम्परा एवं संस्कृतिको उद्बोधनको कथा हो। डाक्टर ललित, रनधोजको भूमिका पुरूष पात्रहरूको अर्को एक सबल पक्ष हो भने यसमा धेरै जसो नारी पात्रहरूको नै स्वर गुञ्जायमान छ। उनको कथाबारे सुनचरी तथा काठमाडौंबाट प्रकाशित विकल्पमा ध्रुब बुढाथोकीले लेखेका छन्--- आँशुका कथाहरूमा कथामा हुनुपर्ने तत्वहरू देश, काल,परिस्थिति जस्ता सबैचिज रहेका छन्. कुनै कथा, सम्वादमुलक छन् भने कुनै कथा आत्मपरक र कुनै कुनै त भजिना उल्फाको प्रतिपादन गरेको चेतनाको प्रवाहबाट समेत प्रभावित बनेर यही धारा अगाल्न पुगेका छन्। नारीवादी अर्की लेखिका विष्णुकुमारी वाइबा (पारिजात) को अस्तित्ववादी धाराका लेखिका आँशु पनि केही कथामा बग्न पुग्नु भएको छ। मीमांसा-कथा संग्रह सन् 2006-मा प्रकाशित उनको स्वर्गावरोहन हुनु अघि लेखिएका कथाहरूको संकलन हो मीमांसा, जुन निर्माण प्रकाशन् नाम्चीले प्रकाशित गरेको छ। यसमा उऩको जम्मा 34 वटा कथाहरू परेका छन्। 1.प्रबल आस्था, 2.समयले दिएको चोट,3. भेनाज्यू, 4.माइता घरको कुकुर, 5.विदाको हात हल्लिरहन्छ, 6. जिजीविषा, 7.रेसमी साडी, 8. छोरीको पत्र आमालाई, 9. मलाई भाइ मन पर्दैन, 10नयुमा जस्ती आमाहरूको कथा, 11.सम्झौता, 12.अन्तरंगता, 13.चन्द्र-शोभा, 14. विश्वास, 15.कला कहिले पनि मर्दैन, 16. अनुभव, 17.शाश्वत आत्मा, 18.सैनिककी पत्नीको वेदना, 19.एकान्त 20, कालो साँझ, 21 नागबेली, 22. समयको पक्षघऱ 23. च्यातिएको डायरी अनि बन्धनाको वेदना, 24. आत्म-हत्या, 25. सूर्यको पहिलो किरण, 26. एपोइमेन्ट, 27.म पुलिस होइन चपरासी, 28.कुत्त, 29.तिम्रो यादहरूलाई माया गरें, 30 मुक्ति, 31 बाल्कुनी 32. सम्पन्नताको गुलियो कथा, 33.सेक्रेट पार्ट। 34. मीमांसा। यसरी उऩको जम्मा 117 वटा लघु कथाहरू प्रकाशित भइसकेका छन् तता अझ कति प्रकाशित हुनु बाँकी रहेको छ। उनका विविध लेखहरू नारी, नारी स्वास्थ्य, विविध जानकारी तथा धार्मिक लेखहरू सुनचरी, हिमगिरि, हिमालय दर्पण, समय तथा अन्य दैनिक एवं पत्रिकाहरूतिर एक हजारभन्दा अधिक छापिएका छन्।
(कमला आँसु-को एउटा लघु कथा)
सम्झौताको फूल फुल्छ जहाँ
कविता लखतरान भएर कालेजबाट घरको छेउ आइपुग्छे. घरको सिँडी चढ्दा चढ्दै उसले नानी रोएको आवाज सुनिपठाउँछे। ऊ हतारसाथ सिंडी उक्लन्छे। घरको ढोका खुल्लै हुन्छ। ऊ आफ्नो पदचापलाई नियन्त्रण गरेर सुत्ने कोठामा बिस्तारै चाल मारेर चिहाउँछे। उफ भित्र कस्तो दृश्य। नानी हेर्ने नोकरनीले नानीलाई रूँदै गरेको लाचारी अवस्थामा काधमा एक हातले अडाएर आफू चाहिँ हतार हतार दूध र विस्कुट खाइरहेकी हुन्छ। कविताको मन-मस्तिष्कमा एकैसाथ विचारका असंख्य ज्वारभाटाका लहरहरू उर्लेर आउँछन्। नोकरनी मेरीको काँधबाट स्वात्तै नानी खोसेर कविताले नोकरनीको मुखभरि थुकेर गाली बक्दै त्यतिबेला नै नोकरनीलाई घरबाट निकालिदिने आक्रोस जाग्छ। कविता विवश बन्छे, ऊमाथि एउटा ठूलो प्रश्न झ्वाम्मै आइपर्छ, यदि मैले यसो गरे फेरि बोलिदेखि काममा जाँदा नानी कसले हेरिदिन्छ, बल्ल तल्ल मुशकिलले पाएको नानी हेर्ने नोकरनी। ऊ मौन बन्छे आफूले देखेको सबै दृश्यलाई नदेखेको भान गर्न ऊ विवश छे। ओछ्यानमा व्याग फ्यात्त फ्याँकेर चुपचाप लुगाफाटा फेर्छे। आजभन्दा ठीक तीन महिना अघि जब नानी दुइ महिनाको भइसकेको थियो, ऊ अफिस जाने समय भइसकेको थियो. त्यस बखत् नानी हेरिदिने नोकरनीको लागि कस्तो ठूलो समस्या भएको थियो। समस्याको हल हुनु नसक्दा कविताले अफिसमा थप मेडिकल लिभ् लेखिपठाउनु परेको थियो। पति-पत्नीको दुवै घरबाट मान्छे बोलाइपठाउँदा पनि उनीहरू सबै नै आ-आफ्नो काम धन्धामा लागिसकेका थिए। त्यसपछि नानी हेरिदिने गोठालाको खोजमा धेरै ठाउँ कविता र उसको लोग्ने नगेन्द्र भौंतारिनु परेको थियो।यस्तो विकट स्थितिमा नोकर्नी पाउनु साह्रै ठूलो समस्या थियो। चारैतिर स्रोत लगाए पनि भनेको जसो र जस्तै भए पनि झट्टै नोकरनी पाउनु हम्मेहम्मे परिरहेको थियो। त्यस्तो अवस्थामा मिरमिरे साँझमा प्राय-तीस वर्ष काटिसकेकी एक युवती उनीहरूको घरमा आइपुगी। घरको काम धन्धा, लुगाफाटा धुनु, घर सफा गर्नु, नानीको हेरचाह गर्नु सबै जान्दछु भनेर उसले वर्णन गरी अनि आफ्नो नाम मेरी भनेर बताई। यति कुराहरू भनिसकेपछि नानीलाई मायालु नजरले नियाल्न थाली अनि भन्न थाली-मलाई सानो नानीहरू खेलाउनु, हेर्नु साह्रै मन पर्छ। त्यसपछि ऊ धेरै बोल्न सकिन। फाटेको मजेत्रो आँखा पुछेको जस्तो गरी। कविता र नगेन्द्रलाई ढुंगा खोज्दा देउता पाएको जस्तो लाग्यो। उऩीहरू यसरी कति कोज्दा पनि नपाइएको नोकरनी घरैमा आइदिँदा छक्कै पनि परे। त्यसपछि स्थिति सामान्य भयो, कुराकानी भयो। भोलिपल्टदेखि नै मेरीले काम गर्न थाली, ऊ ठीक समयमा आउन थाली। सम्झेको भन्धा अझ राम्रो तरिकाले नानीलाी हेर्न, साथमा घरको कामकाज गर्न थाली। केही सप्ताह यसरी सुचारूरूपले चल्न थाल्यो। एक साँझ मेरिप्रति उनीहरूको शंका उपशंका एकाएक गरेर जाग्न थाल्यो। कविता कालेजबाट अलिक छिटो गरेर घर आई अऩि उसको श्रीमान पनि केही अघि अफिसबाट छिट्टै घर आइपुगेको थियो। उसको अनुहारमा खिन्नताले छाएको स्पष्ट देखिन्थ्यो। कविताले सोधी- होर्नोस् नानी के भयो जस्तो छ, उसको लेग्नेले भन्यो-नानी बिसञ्चो जस्तो छ, मलाई यस्तो लाग्दैछ, मेरीले नानीलाई ठीकसँग हेरचाह गर्दिन। किन, सशंकित भई सोधेकी थिई कविताले। जब म अफिसबाट घर आइपुगेको थिएँ, तब नानी रोइरहेको थियो। के भयो नानीलाई, नानी निंद्रामा थियो, नानीलाइ देखेर कवितालाई यस्तो लाग्यो-नानी साँच्चै अस्वस्थ्य छ। नानीको टाउको छामी उसले।वास्तवमा नानीको शरीरमा आवश्यकभन्दा बेसी तातो थियो।त्यसपछि केही हप्तासम्म उनीहरूलाइ नोकरनी मेरी शंकाको विषय भइरह्रयो। विवशता र बाध्यताले घेरेकोले जसोतसो त्यसरी नै दिनहरू बित्दै त्यो क्रम चलिरह्यो। एकदिन कविता आफै आधादिनको विदा लिएर चाँडै घर फर्की। विस्तारै चाल मारेर भित्र पसेर हेर्दा मेरी ओछ्यानमा पल्टिएर नानीलाई स्तनपान गराईरहेकी थिइ। सो अद्भुद्ध दृश्य देखेर कविता तीन छक्क परी। आक्रोस रोक्दा रोक्दै पनि आक्रोस विष्फोट भएर कविता अनायसै बोलिपठाई जोरले –मेरो तिमीले यो के गरेको,तिमीलाई तनखा दिएर नानी हेर्न राखेको त, आफ्नै दूध पो सुसाउन मेरीले टाउको झुकाएर बिस्तारै भनी-नानीको खाना सबै मैले खाएँ नि त गुरूमा। कविता अब झन् तीन छक पर्दै कराउँछे- सबैले भन्थे सानो केटी वा केटाले नानी राम्रो हेर्दैन भनेर नानीको आमाले नै नानी राम्रो हेर्छिन् भनेर।तर तिमी नानीकै आमा भएर सानो नानीको खाजा खाइदिनु तिमीलाई लाज लाग्दैन, तिमीले हाम्रो विवश्ताको साह्रै ठूलो फाइदा उठायौ। नोकरनी मेरीले भनी अब भोकलागेपछि के गर्नु गुरूमा, नानीको खाना मैले खाँए, त्यसको साटोमा नानीलाई दूध चुसाएँ। उसो भए के तिमी घरबाट चाहिँ खाना नखाई यहाँ काममा आउँछौं त,कविताले सोधी। त्यस्तै हालतमा छ गुरूमा महिनाको अन्ततिर मेरो घरको। मालिकनी र नोकरनीको कुरा भइरहेकै क्षणमा एक समाज सेविका खिरोदा घरभित्र स्वट्टै पसी र भनी हन के भयो, किन यस्तो होहल्ला र कोलाहल यहाँ। कविता रूँदै भन्न थाली हेर्नुहोस् खिरोदा दिदी, मेरो घरमा अचम्भको घटना घटिरहेको छ। अस्ति यो मेरीले एकपल्ट नानीको धूध र विस्कुट खाँदै गरेको प्रत्क्षरूपमा देखें, तरै पनि सहेर चुपचाप बसें। तर आज आधा दिनको छुट्टी लिएर आएकी त मेरीले नानीलाई गाईको दूध चाहिँ आफै पिएर आफ्नै स्तनको दूधको पो नानीलाई चुसाएर ठाँटसित सुतिरहेकी रहिछ।कस्तो अचम्भ नोकरनी भएर मालिक्नीको नानीलाई आफ्नो दूध चुसाउन यसले कसरी आँट गरी, किन यसो गेरकी भनेर सोद्धा भोक लाग्यो अरे भन्छे। कस्तो उदेक। खिरोदाले बिस्तारै भन्न थाली- हेर कविता बहिनी यो त अति सुन्दर विषय रहेछ, एउटी नोकरनी आमाको समर्पण,. आखिर आमाको दूध दूधै हो। पशुको दूध त पवित्र मानेर मान्छेले आनन्दले पिउँछन् भने आमाको दूध पनि कुनै धर्म र भेद नभएर झन् पवित्र हुनु पर्ने हो, होनि, सबै आमाको दूध एउटै हो, गंगाको पानी जस्तो पवित्र, यसमा तिमी रूने काम छैन। यो त सोचाइको वेदना र फऱक मात्र हो। कुल्ली आमाको दूध पनि दूधै हो, रानी आमाको पनि दूधै हो र नोकरनी आमाको दूध पनि दूधै हो। रानी आमाको दूध र नोकरनी आमाको दूध सेतै हुन्छ। यसमा मानिसहरूको सोचाइ मात्र अलग हुन्छ। तिमीले अब यसो गर्नु कविता बहिनी, आफ्नो नानीको लागि मात्र होइन् मेरीको लागि पनि दिनभरीका खाजा बनॉदोबस्त गरिदिनु। समस्याको समाधान भइहाल्छ। तर नोकरनीले मेरो नानीलाई दूध ख्वायो भनेर मन नदुखाऊ। अनाथ, टुहुरा नानीहरूलाई त झन् यति पनि सौभाग्य कहाँ होला र। यो नानीको लागि त तिमीहरू दुइजना पो आमा भइदिएर दूध खुवाइरहेकी छौ। यसमा अचमभ मान्ने होइन, खुशी हुने कुरा छ। हेर कविता बहिनी, यति उच्च शिक्षा हासिल गरेर नोकरी पाएकी छौ, अहिले तिमीलाई मेरी जस्ती नोकरनीको अति नै आवश्यक छ। यसैले तिमीले पनि सम्झौता गर्न सिक्नुपर्छ। हरेक आमाले नानीहरूको निम्ति थुप्रै सम्झौताहरू गर्नुपर्छ । आज त तिमीले राम्रो दृष्टान्त प्राप्त गर्न सक्यौ, तर म त पचहत्तर बसन्तको संघारमा पुगिसकें, छोरा छोरीहहरूका नम्ति अनगिन्ती सम्झौताहरू पनि गरिसकें। भनौ आमाको कर्तव्य सम्झौता नै हो, फगत समझौता। यसैले म त भन्छु कविता बहिनी, तिमीले यसमा समझौता गर। यहीं नै आमाहरूको महानता हो। यसरी बृद्धा समाजसेविका खिरोदा बोलेर ती दुवै मौन र शान्त रहे। दिनहरू यसरी नै बित्दै गए। समाजसेविका खिरोदाको त्यो अमूल्य अर्तिको प्रभावले अचेल त्यो घरमा फेरि कुनै समस्या छैन। सबै कुरो ठीक-ठीकसँघ चलिरहेको छ। नानी पनि अहिले त निक्कै बलियो अनि हँसिलो भएर कोक्रोमा हात राखेर उभिनु थालेको छ। गाउँकाहरू सबैले के राम्रो नानी भनेर काखमा लिनु थुप्रिन्छन्। मानौ त्यहाँ अब सम्झौताको एउटा सुन्दर फूल ढकमक्क फुलिरहेको छ सारा गाउँ र विश्वलाई नै सुन्दरता र सुवासना छर्न भनी।
कमला आँसुका लघु कथा सेतो गुलाफ -कमला आँसु निशा आलोकका लुगाहरु अटेचीमा हाल्दैछे, उसलाई यस्तो लाग्छ- उसका हातहरूमा कुनै ताकत छैन, अनुहार भावशून्य छ। यो कस्तो विडम्बना, जुन पौधामा ऊ आफ्नो मायाको पानी लगाउँछे, हरियो बनाउँछे, छायादार बनाउँछे, जब ऊ चाहन्छे, त्यही शीतलताको कल्पनामा आँधीहरुका झोंकाहरूले उसको रंग रुपमा मात्र होइन ह्रदय समेत छताछुल्ल पारेर एउटा अनौठो अव्यक्त स्थिति सृजना गरिदिन्छ। ऊ मौनतामा आफूलाई एउटा हिँउदोको याममा फक्रिएको तर असिनाको ढोकाहरूले चकनाचुर पारेको सेतो रंगको गुलाफ सम्झन्छे। गमलामा फुलिरहेको सेतो गुलाफलाई नियालेर आफूसँग तुलना गर्छे....। कल्कलाउँदो मसिना, मसिना मुनाहरू, हरियो पातहरू साथै साना साना कॉंड़ाहरूको सुरक्षामा पलाउँदै गरेको कोपिलालाई जति हेर्दा पनि उसलाई चित्त बुझ्दैन... यो ठूलो फक्रिएको गुलाबलाई यसरी असिनाले किन चकनाचुर पार्यो अनि कलिलो कोपिलालाई किन असिनाले भेटेन? यो बोटै उखाली दिउँ त नयॉं कोपिला आउंदैछ..।. ऊ बरन्डामा त्यो सेतो गुलाबलाई असिनाको अत्याचार अनि कोपिलालाई सहानुभूति भएको छर्लग्ङै खुट्याउँछे....। आलोक बरन्डामा आएर बेवास्ता भनिपठाउँछ.... मेरो सामानहरू तयारी गरिदियौ? म बाह्र बजे जान्छु..। कति त्यो असिनाले कुटेको सेतो गुलाबलाई मुसारेको.... फ्यॉंकिदेऊ त्यस्तो नाथे...फेरि अर्को कोपिला लागेर फुल्छ.... मलाई त त्यो पहेंलो रंगको स्नोबल गदवरी साह्रै मनपर्छ... आलोक ठूलो गुजुमुजे गदवारीलाई देखाउँदै निशालाई भन्छ।
-यो फुलेको सेतो गुलाफलाई फ्यॉंक्दा त त्यो कोपिलालाई सिधै
धक्का पर्छ त....तपाईले कस्तो कुरा गर्नु भएको...। छोरी नितु दगुर्दै आएर पापालाई सोध्छे -पापा कहॉं जानु हुन्छ, म र आमा पनि जाने तपाईसंगै हामीलाई पनि घुमाउनु लानु हवस न.... निशा छोरीको हातमा समाउँदै -पापा काम विषय जानु भएको, त्यसरी पछ्याउनु हुँदैन।
आलोक घरबाट निस्किसकेको हुन्छ....पलंगमा बसेर नितुलाई
च्याप्प समातेर निशा जुरुक्क उठेर बाहिर बरन्डामा उभिएर त्यही सेतो गुलाबलाई
नियाल्छे, चालै नपाई आँखामा आँसुका धाराहरू छुटिसकेका हुन्छन्....। आमा तपाईं
रूनु हुन्छ भने म पापालाई पछ्याउदिनँ।बाहिर बगानमा माली मालिनीले फूलहरुमा पानी
लगाउँदै छन्... ऊ त्यत्तिकै अस्त-व्यस्त अवस्थामा नितुलाई दोहो-याउँदै बंगलोबाट
बाहिर हरियो चौरको हरियालीमा आकर्षित भएर निस्कन्छे।बाहिर पहरा दिइरहेका
सिपाहीहरू सतर्क भएर स्यालुट मार्छन्।निशा स्यालुटको वास्ता नगरी क्षणैमा बगानमा
पुग्छे...मालीहरू अत्तालिएर झिन्झरी राखेर नमस्कार गर्छन्।पर बूढ़ी मालिनी
फुलिसकेका गदवरीका बोटहरू मिलाउँदै हुन्छ।मेम साइब देखेर ऊ अझ फूर्तिलो भएर काम
गर्न लाग्छे।निशा मालिनीको छेउमा गएर प्रश्न गर्छे-दिदी यो गदवरीको झ्याङ किन
पहेंलो भएछ।मालिनीले भन्छ- फुलिसक्यो, अब पहेंलिन्छ....अब यी गदवरीको फूलिसकेका
बोटहरूलाई ओझल पार्ने जग्गामा राखेर पानी लगाइरहनु पर्छ...त्यसपछि झ्याङमुनिबाट
नयॉं पालुवाहरू पलाउँछ अनि त्यसैलाई कटिङ्ग गरेर अर्को सालको लागि बिरूवा तयार
हुन्छ ।पानी लाउनु छोड़नु हुँदैन। आलोक शब्द विहीन मौन भएर अनितालाई नियाली बस्छ...बुद्धि र विवेक शून्य उ..।पढ़ेकी केटी..।काम गर्ने केटी...तर आज होटलको कोठाभित्र आफ्नो नैतिकतालाई बिर्सिएर आफ्नै बससँग यसरी यौवन बर्बाद गर्दैछे...आलोकलाई आफ्नी धर्म पत्नीका विचारहरूले मनमा कुतकुती लगाउन थाल्छ- सेतो गुलाफको गमलालाई भित्र राखिदिनु भएको भए पानीले अलपत्र पार्ने थिएन, अलिकति दूध पिएर जानु हवस् कुराहरू सोंच्दा सोच्दै आलोक जुरूक्क उठेर अटैची तयार गर्न थाल्छ। अनिता चिकनरोष्टमा मख्ख परिरहेको हुन्छ। बेरालाई बोलाएर हतारिएको स्वरमा आलोकले भन्छ - छिटो बिल ल्याऊ। बेरा छक्क परेर भन्छ- सर रातको बाह्र बजे होइन? -मलाई भोलि घर पुग्नुछ?
-हुन्छ सर भनेर बेरा निस्कन्छ। आलोक गम्भीर भएर बोल्दै
हुन्छ-अनिता तिम्रो दिवसमा म हिराको हार उपहार दिन्छु अब हामी जानुपर्छ अनिता
छक्क पर्छे। होटलको बिल तिरेर तिनीहरू निस्कछन्। आलोक नैराश्यपूर्ण हिँड़दैछ अनि
अनिता छक्क परेर अहिले आलोक अत्यन्त गम्भीर देखिन्छ, हल्कासँग इस्टेरिङ चलाउँदै
भन्दै हुन्छ-अनिता मलाई एकपल्ट सेतो गुलाफ राम्रो फक्रिएको केही सुनगाभाका पटहरू
फुल्न लागेका अनि ग्लेडी, सिनीरिया चाहिएको छ....कहॉं पाउँछ?
-भयो यस्तो कुरा छाड़ौं फूल कहॉं पाउछ? त्यो पत्तो लगाउन
ध्याच्च जिप्सी रोकेर आलोकले भन्छ। अनिता सुरिलो आवाज भरि बोल्छे, म फूलको
लाइनमा गएर लिएर आउँछु सर....। अनिता मौन भएर उभिरहेकी हुन्छे।तिमी अर्को गाड़ीमा घर जानु भन्ने संकेत पाएर तीन छक्क पर्छे। आलोक गुलाफको पट बोकेर बंगलोतर्फ लाग्छ।बाहिर पहरा दिइरहेको अर्दली पनि स्यालुट ठोक्दै अचम्भित भएर त्यो अनौठो दृश्य हेरिरहन्छ। बंगलोभित्र पसेर बेल पुस गर्ने साथ, निशा पूजा कोठाबाट निस्कन्छे। -निशा आज बिहीबार विवाहको 20 वर्ष पुगेको दिन जनवरी 28 तारीक तिमीलाई मेरो आशीर्वाद, आत्मसन्तुष्टि अनि विश्वासका साथमा यो तुच्छ उपहार ‘सेतो गुलाफ।आजसम्म तिमीलाई धर्मपत्नी बनाएर मैले तिमीलाई त्रास, बेदना र मौनता दिएँ-यसमा म साह्रै लज्जित छु, अब मलाई यो सेतो गुलाफ स्वीकार गरेर जस्तो सजाय दिन्छौ, त्यो मेरो सॉंचो जिन्दगी हो....। निशा चुपचाप त्यो गमला थापेर आलोकको खुट्टामा ढोग्न पुग्छे...। अनि भावुक भएर भन्दै हुन्छे...यो सेतो गुलाफलाई आँधी हुरीदेखि बचाउँनु पर्छ, नत्र झरी जान्छ।आलोक मलाई डर लाग्छ तर मलाई सेतो गुलाफ साह्रै मन पर्छ। यो त सबै फुलिसकेको रहेछ अलिक रंग पनि उड़ेछ कति दिन रहन्छ होला नि ? आलोक भए भरको मायाले निशालाई आफ्नो चौड़ादार छात्तीमा टँसाएर भन्दै हुन्छ- मेरो सेतो गुलाफ तिमीलाई म अब जोगाएर राख्नेछु। खोसिएको सिन्दुर पोते (लघु कथा)- -कमला आँसुबिनाले भन्छे-तिम्रा लघु कथाहरू साह्रै राम्रो लाग्छ, रेडियोबाट पनि सुनें.....।कसरी लेख्छौ त्यस्ता राम्रा कताहरू...पक्का अनुभवी भएर? भनन? पोस्टीकमा काफी पिएर हामी दुइ गफ गरेको पनि लेख ल? तिम्रा कथाहरू पढ़ेर, तिम्रो माया लाग्छ मलाई त। गेजिङमा हुँदै पनि तिम्रो साह्रै याद आइरहन्थ्यो। बिनू, कथा लेखेर त मेरा मर्काहरू शान्त हुने होइन, कथा लेख्नै नसक्ने पीरहरू थाक्थाक् छन् मभित्र। न म कसैलाई भन्न सक्छु, न म कसैलाई सहायता माग्न सक्छु...कथा नलेखौं भन्छु, किन हो आफै कथाका तॉंतीहरू आइहाल्छन्- म साह्रै दुखिया छु बिनू। -अन्त तिम्रो हाल कस्तो छ? नानीहरू स्कूल जॉंदै होलान्। अहिलेका लोग्ने कस्ता छन्?झगड़ा गर्नु हुन्छ? -झगड़ा मात्रै होइन, हेरन अस्ति आँखा झण्डै फुटाइदियो....। पहिला पट्टिका नानीहरू साथीकोमा राखेकी छु। अब बस्दिनँ होला उसँग पनि। -बिनू, तिमी एकदमै गल्ती बोल्दैछौ, एकदेखि दुई, दुइदेखि तीन हुनु नारीहरू आफैलाई पीर-मर्काको कुवामा डुबाउनु सिवाय केही होइन। आफू सुन्दरी छु भनेर हजार लोग्ने मान्छेहरूसँग प्रेम नाटक गर्नु एकदेखि दुइ हुनु स्वयं भुस् भएर उड़नु मात्र...। स्वास्नीको सुन्दरताको कायम केवल लोग्नेले मात्रै गर्नु सक्छ...चाहे त्यो सुन्दर नहोस् र पनि सुन्दर बनाएर राख्न सक्छ।तर यसमा नारीको पनि त्याग र बलिदान हुनपर्छ। हामी नारी, हामीले स्वतन्त्रताको पछाड़ि जति उपलब्धि पाएर पनि हामी एउटा सहनशीलताको पहाड़ भएर खड़ा भइदिनु पर्छ।
-चाहे जै नै होस्, पुरूष जाति (लोग्ने)-सँग हामीले टक्कर लिन सक्दैनौ बिनू। सक्छौ पनि कसरी ? एउटा भँमराको सामु गुलाब, एउटा पत्थरको सामु मोम। लोग्ने बदली गरेर हामीले शान्ति कसरी पाउने? आजादीको पछि हामीले पाएका अधिकार साथै स्वर्गीय श्रीमती इन्दिरा गॉंन्धीले दिलाइदिनु भएको हामी नारीप्रतिका उपलब्धिहरू हामीले हासिल गरेको यहि हो? लोग्नेसँग छुटनाम, झगड़ा इत्यादि। हामीले यी सब गरेर आफूले आफैलाई कमजोर र बदनामको सीमातिर लखेट्दैछौं। -बिनू, तिम्रो काम-दाम छ, आफ्ना खुट्टामा उभिएर बॉंच। हजार सादा पन्नाहरू छन्, लेखिदेऊ भुक्तभोगी भएर त्यस्तो कथा जुन कथा पढ़ेर हामी जस्तै केही गर्न नसकेका नारीहरू जो समाजमा लोग्नेदेखि थिचिएर पगली सरह भएका छन् उनीहरूलाई प्रेरणा मिलोस्। -तिम्रो लोग्नेले तिमीलाई घरबाट निकाली दिएर, कान्छी ल्याएर पनि तिम्रो यस्तो सिद्धान्त? -होइन बिनू, यसमा नारीको ठूलो गल्ती छ। मेरो एउटा सुक्खा रोटी खोस्न सौता किन पसी? जत्ति पीर मभित्रै छ म के गर्नु र? दुइचोटि विवाह गर्न सक्दिनँ म, कहिँ जानु पनि सक्त्तिनँ। -जे गरे पनि गर। तर त्यो कान्छीको धनी लोग्नेको सिन्दुर-पोते, त्यागिदेऊ। -बिनू,जीवनमा सबभन्दा प्रिय बस्तु विवाहित स्त्रीको लागि सिन्दुर-पोते हो, म मेरो लोग्नेको लागि पहिलो अनि सच्चा पत्नी छु, जसलाई कदर गरेकी हुँ। -कसरी कदर भयो र? तिम्री सौताले पनि तिम्रै लोग्नेको हातबाट सिन्दुर-पोते लगाएकी होइन? -हो बिनू, लोग्ने मान्छेको हजार गोठ, तर मैले त यो सिउँदोमा कसैलाई दुइपल्ट सिन्दुर छर्ने मौका दिएकी छुइनँ साथै छरे महत्व पनि रहँदैन। -जे भए पनि तिम्रो सिन्दुर पोते खोसियो सौता ल्याएपछि। -बिनू त्यसो नभन प्लीज, सौताले खोसे पनि सॉंचो सिन्दुर पोते मसँग छ उसको, म सँग छ।
(अर्चना, गान्तोकमा प्रकाशित तथा सेता गुलाफ-
कथा संग्रहमा प्रकाशित)
साहित्यकार स्व.
कमला आँसु स्मृति प्रतिष्ठान
-सृजनशीलताकी धनी, निरन्तर कलम
चलाइरहनु हुने भारतीय नेपाली साहित्यका एक सशक्त हस्ताक्षर श्रीमती कमला आँसुको गत
मार्च 11,2006-को दिन आकस्मिक निधन भएको थियो।स्वर्गीय कमला आँसुको कृतित्वको
मूल्याङ्कन् गर्न र उऩको योगदानको कदर भनी गत 30 अप्रेल 2006 अक्षय तृतियाको शुभ
दिनमा स्थानीय तादोङ डाँडा गाउँस्थित हिमगिरि प्रकाशन कार्यलयमा एउटा सभा सम्पन्न
भएको थियो। सो सभाले साहित्यकार स्व. कमला आँसु स्मृति प्रतिष्ठान
–को
गठन साहित्यकार श्री प्रद्युम्न श्रेष्ठको अध्यक्षतामा गठन गरेको छ तथा
प्रतिष्ठानले कमला आँसुका कृतिहरू अध्ययन् एवं मूल्याङकन् गर्न हेतु कार्य गर्ने
निर्णय लिएको छ।यहाँलाई यहाँ अवगत गराउन चाहन्छौं कि साहित्यकार स्व. कमला आँसु
स्मृति प्रतिष्ठान-को उद्देश्य तल जनाइए अनुसार मूलभूतरूपले रहनेछ.
-साहित्यकार
स्व.कमला आँसुको स्मृति ग्रन्थ प्रकाशमा ल्याउने,
सो प्रकाशित भइसकेको छ।
-साहित्यकार
स्व.कमला आँसु-का प्रकाशित तथा अप्रकाशित सम्पूर्ण कृतिहरू प्रकाशित गर्ने।
-भारतीय नेपाली
नारीहरूको उत्थान र प्रेरणाका निमित संगोष्ठी एवं कार्यक्रमहरू आयोजन गरिने।
-साहित्यकार स्व.
कमला आँसु-का कृतिहरूको अध्ययन, समालोचना एवँ समीक्षा तथा चिन्तन गर्ने।
-नेपाली नारीहरूलाई सामाजिक सेवा,
साहित्य, संगीत, कला आदिमा पुरस्कार प्रदान गरिने, अहिले सम्मा 10 नारी
स्रष्टाहरूलाई पुरस्कार प्रदान गरिसकिएको छ।
-विजय बान्तवा, अध्यक्ष, साहित्यकार स्व.
कमला आँसु स्मृति प्रतिष्ठान, हिमगिरि प्रकाशन,
तादोङ डाँडा गाउँ, हुलाक-तादोङ,गान्तोक,सिक्किम।पिन-737102
Kamala Aashu Smriti Pratishthan: Please Donate liberally With a view to preserving her works and propagating her
ideology, a trust namely Sahityakar Kamala Aashu Smriti Pratisthan has been
founded on April 30, 2006.In the ad hoc committee of Trust, Shri Pradhumna
Shrestha is nominated as the Chairperson and Bijay Bantawa as Secretary with
other executive members. Now, Bijay Bantawa, the husband and journaliat
and literary person is the Chairperson of the trust. A book called Sahityakar Kamala Aashu Smriti Grantha comprising her
biography, critical analysis, reminiscence etc. written by various writers have
already brought out. About 10
Nepali women writers and social workers have been awarded with Kamala Aashu
Memorial Award.The objective of the trust is to provide the forum of
discussion on various women related issues being faced by Indian Nepali women
and to organize seminar, convention etc. and also to instutute award to women
writers, social workers only for women.The other objective of the trust is to
study, review and make critical analysis or assessment of her works and make
aware of her positive contribution towards the society. Although, there are
assurances from many social and intellectual persons to render necessary
co-operation for this noble endeavor, the assurance alone cannot fulfill the
objective of any mission. Hence the trust has again requested all those persons
to contribute generously or extend their co-operation for the purpose.
Any generous person or philanthropic organization can donate at
our account of State Bank of India, Gangtok Branch IFSC code -
SBIN0000232(Used for RTGS and NEFT transaction) Account No.
A/C No. 00000011018622160 for the genuine
social cause. email> bbantawa@gmail.com |