sisikkim news darjeeling news indian gorkhas      home        -केही नेपाली कविताहरू-----

 

 

      इन्स्क्रिसन

 

           - उदय थुलुङ, मङ्पु

 

चुपचाप बसिरहेथें,

हावाले हल्का दैलो खोल्यो

र टेबल छेऊ उभेर

डायरीका पन्नाहरूलाई चोर औंलाले पल्टायो।

[यसले मेरो जन्म तारीख पढ़्यो

मेरो नाम पढ़्यो

मेरो जन्मस्थलमुनि दाग लगायो

मेरो विवाहको पहिलो एनिभर्सेरीलाई

सानो कागजमा टियो।

मैले चुपचाप

त्यसको  अभिनयलाई हेरिरहें

त्यसले डायरीका पन्नाहरूलाई अझ पल्टायो र

मेरो अतीतलाई लेखिएको

केही गोपनीय लहरहरूलाई पनि पढ़्यो

मेरो वर्त्तमानलाई लेखिंदै गरेको

अर्द्ध अभिव्यक्तिहरूलाई पढ़्यो

र फेरि त्यसले

डायरीको पछिल्लो पन्नामा

केही लेखिराखेर

चुपचाप बाहिरियो।

 

( वर्ष 2012को साहित्य अकादमी पुरस्कार विजेता कवि थुलुङको यो कविता हिमगिरि- वर्ष-20, अप्रेल 30, 2003 सम्म. अंक-16मा प्रकाशित) 

 

निस्सासिएको जिन्दगी

 

-अम्बर मिश्र घायल

 

किरायको कोठाभित्र

निस्सासिन्दै-निस्सासिन्दै

बॉंच कति गाह्रो रहेछ

आफ्नो मान्छे-धुवॉं बनेर

आँखाहरूमा रूमलिए पछि

हॉंस्न कति साह्रो रहेछ

धुवॉं कोठा भरि छ

धुवॉं फोक्सो छ

एकै पल पनि जीवन फुल्न सकेन

फूल जस्तै भएर एकै क्षणलाई पनि

मुस्कान बन्न सकेन

जीवन जस्तै जीवन बनेर

निस्सासिएको यो मन

देखाउन नसकेर

झ्याल ढोका बन्द छन्

यो मन जस्तै पर्दाहरू आकाश

यी आँखाहरू जस्तै

रमाइलो जिन्दगीको के कल्पना

बारूदै-बारूदले भरिएको छ

यो कोठा!

शब्दहरू हॉंस्न सकेन कहिल्यै

साइनोहरू रमाउन सकेन कहिल्यै

विरान छ- यो कोठा

उजाड़ छ- यो कोठा

ओंठभरि कॉंड़ा सिउरिएर

हॉंस्नु यहॉं नाटक हुन्छ

मुटुभरि पीड़ा सहेर

बॉंच्नु यहॉं अभिनय हुन्छ

कविताको दलान-दलान

मुर्छित छन्- शब्दहरू

कथा लड़िसकेको छ

वेहोस भएर-

रमिता छ- भावनाहरूलाई

मनोरञ्जन छ- जिन्दगीहरूलाई

रून्चे दृश्यहरूमा यो जीवनले

पुरस्कार पाएको छ

हार्नुको होड़हरूमा

यो जीवनले उपहार पाएको छ

मेरो जिन्दगीको

भाग्यको चिम्नीबाट

उड़िरहेको धुवॉंले

चिताको धुवॉंसंग

साइनो साट्न खोज्दैछ-

झ्याल र ढोकाखोलिदिएँ-!

मेरो मन धुवॉंसगैं उड़ेर गयो

मेरो आँखाको आकाशसम्म

मेरो सम्झनाको क्षितिजसम्म!

(हिमगिरि -वर्ष-20, 7 दिसम्बर, 2003 सम्म, अंक-46)

 

 

मेरो जीवन एउटा कथा-सागर

 

 

-रिकी ल्हामु लेचा

 

मेरो जीवन एउटा कथा-सागरनै हो

भन्नु केही गाह्रो नपर्ला

जहॉं हजारौं कलीहरू फुलेर सधैं

मुस्कुराउँछन् यहॉं सृजना रचाउन।

कथा हो यो समयको प्रभावले सजिने

कहिले घाम- छॉंया कहिले बतास र बादल झरी

जहॉं केही लेखा- जोखा रचाउननै गाह्रो पर्छ

लाखौं- लाखौ ताराहरू सजिएका आकाशमा झैं

सम्हाल्नेछन् यहॉं कथाहरू सजीव।

यो कोमल हृदयमा हॉंसोको प्रतिविम्ब पनि रोदन बन्दछ

जहॉं कलमको निरन्तर यात्राले सादा पन्नाभरि कोरिन्छ

यहॉं जीवनको केही भरोसा छैन, कथानै अजम्बरी रहन्छन्

जीवन यात्राको प्रभावले सजाएका अनुभवहरू

यो कथा हो जीवन मेरो भाबीले लेखिदिएको।

(हिमगिरि,अंक-01  गान्तोक   1 जनवरीदेखि 7 जनवरी 2004 सम्म)

 

      

 

 मेरो प्रश्नोत्तर

      -स्व.सुश्री  बी0 एम0 सिंह,

      साई निवास, सिच्छे।

 

मेरो प्रश्न मसित नै छ-

ओइलाएको फूललाई हेर्छ कसले?

बगेको पानीलाई रोक्छ कसले?

वृद्धावस्थामा पुगेकालाई गर्छ सेवा कसले?

चितामा जल्न लागेका मृतलाई गर्छ मान कसले?

आफ्ना संस्कार रीतिथीतिलाई मान्छ आज कसले?

बाटोमा लड़िरहेको पीड़ितलाई बो[छ कसले?

भिखारी कराई-कराई माग्छ, पैसा दिन्छ कसले?

अस्पतालमा रोगीहरूलाई हेर्न जान्छ कसले?

भोकाएका जनतालाई

पेट भराइदिन्छ कसले?

यो प्रश्नको उत्तर  छ-

मुख्य नेताले नै हेर्छन् सिक्किममा,

दु:ख, रोग, भोक, शोक जनताका,

देखिन्छ सहानुभूति, दया, प्रेम,

मानवताको मार्ग दर्शक र गरीबको सेवक!

साहि[यकार र समाजका दर्पणर धर्मका परमभ[त,

उनैका छत्र-छायामा बसी,

देशको उन्नति गर्न, प्रेम, शान्ति, अहिंसा,

स[य धर्मलाई साथमा राखी हामी सबै।

 

 यिनै अभेद्य भेदहरू.......

 

      -केदार गुरुंग, गेजिंग, पश्चिम सिक्किम।

 

कि मैले सबैबाट भुलिमाग्नलाई

सधैं भूलहरू मात्र लेख्ने गर्दोरहेछु.....

कि अरूहरूले नै मलाई यसरी भुल्नलाई

म भूलहरूको माझमात्र देखिदो रहेछु.....

तर यति चाहिँ अवश्य हो-

मेरो आङ्मा जुम्रा नदेखे पनि

भैंसी त चढ़न् नस[नु नै पर्ने!

यद्यपि केही सल्बलाएका र घच्च गर्न थालेका भने

नि:सन्देह अनुभव हुने गर्दछ।

जति अर्काका आङ र शिरमा देखेर

हामी निर्धक्क जुम्रा हिँड़ेका कथन सुनाउने गर्दछौं।

यस्तै शायद केही भएको हुनस[छ

तथा अर्काका वस्त्र र व्यवहार

मन नपरेको हुन सक्छन्......

कसैलाई के मन पर्छ?

सैलाई कस्तो मन पर्दैन?

यस्तै अनेकतामा एकता

अनेकताहरू नै त

वर्तमान र विद्यमान विविधता र

विचित्रताहरू हुन सक्छन्।

कि कसो भन्न चाहनुहुन्छ तपाईंहरू?

[यसैले म-म नै हुँ;

तपाईंहरू तपाईंहरू नै हुनुहुन्छ!

जो, जहॉं, जस्तो छ,

त्यो त्यहाँ  त्यस्तै  रहन्छ;

यता सार्दा पनि उस्तै हुन्छ,

उता सार्दा पनि उस्तै देखिन्छ;

के त्यही नै त्यसको आफ्नोपन दर्शाउन सक्ने

महत्वको हुन्न र?

(हिमगिरि, वर्ष 2003)

 

 आह्वान, स्त्री-शक्तिको

     

-चक्रपाणि भट्टराई

 

अपार शक्ति कुञ्ज हो, पहाड़ फॉंटका उठ,

बुझेर हक् बराबरी, सबै जुरूक्क भै उठ।

अट्टालिका र झोपड़ी, तिमी जहॉं भए पनि,

तलास मातृतंत्रको, गरेर आज नै हिँड़।।

मनुष्य वंश जोड़ने, अवश्य पूल हौ तिमी,

हराभरा गराउने, सजीव तत्त्व हौ तिमी।

सती र दासता सह्यौ, गए बितेर जो सह्यौ,

त्येही प्रभावले अझै, डरी डराउँदै रह्यौ?

बनावटी शरीरको, विचार इन्द्रियादि औ,

मनो-बिनोद चहाना, समग्र मर्द जत्तिकै।

यहॉं अज्ञात शक्ति त्यो, कतै समेटियो भने,

हुनेछ मातृतंत्रको, अज्ञात राष्ट्र स्थापना।

त्यसरी नै एउटा शरीरमाथि रहने शिर तथा

एउटा कविताको शिरमा रहने शीर्षक

सबैको उस्तै र एउटै हुन सक्छ र?

नत्र एउटा संगोष्ठी र मेलामा पाइने

अन्तर र उद्देश्यहरू

दर्शक र श्रोताहरू

शाब्दिक वैभिन्यताहरू

अर्थगत असमानताहरू

कसरी, किन संभव र संदिग्ध भए?

यही प्रश्नहरूको व्याख्या तपाईंहरूबाट चाहन्छु।.....

     

 

 

                  चार मुक्तक

 

कविता, कहॉं छन् आजकल?

            -स्व. पूर्ण राई

कविता, कहॉं छस् आजकल?

भेटै हुन छोड्यो हाम्रो- पूर्व-पश्चिमजस्तो

विरही भएर कतै हिँडिस् कि क्या हो?

भेटै हुँदैन हाम्रो आजकल।

            (2)

चिरिच्याट्ट् परेर आउँथिस् पहिला

खेल्थिस् रमेर कविता कविता भएर

तर तँ आजकल कता हिँडिस् कविता,

जूनको रश्मिमा पनि तँ छैनस् आजकल।

            (3)

सधैं आउथिस् गौंथलीसरह मेरो दलानमा

चिरीबिरी गर्दै गौंथलीसँगै नाचथिस् मेरो आँगनमा

के भो कविता, आउनै छोडिस् आजकल ता तँ

पलायनको कविता रुँदै एकान्तमा पो छस् कि?

                  (4)

तँ आजकल आरुको फूलमा पनि छैनस्

तँ आजकल धुपीको रूखमा पनि छैनस्

कि बारूद भएर घुमीहिड़दैछस कविता,

अधिकारको अर्थ बेअर्थ भएर?

 

     भावना

 

-सुश्री बी. एम. सिंह,

साई निवास, गान्तोक।

सूर्यास्त, सूर्योदय हुँदा नयनहरू मेरा रसिन्छन् अश्रु बही,

कता-कता भावनामा चुर्लुम्म डुबी,

होला किन, संसारका प्रकरण, दु:खदर्द र मृ[युहरू हेरी-

मनलाई वशमा, मुटुको धड़कन वशमा गरी,

म बहकिन्छु भावनाहरूको झोंकासँग,

सम्झी-सम्झी देश-विदेशका भ्रमणहरू

योग-वियोग मित्रता गॉंसेका साथीहरू-

आज... मित्रताको गॉंठो फुस्केर,

भएछु म बिलिन भई कता गए

बेलायत, जापान, अमेरिका, अस्ट्रेलियाका

मीठा, तीता खानाहरूको स्वाद कति-कति

बिर्सिसकेछु, हराई सकेछु थाहा नभई,

आज- सम्झन्छु सिक्किम मा जन्मेकी, बढ़ेकी

र यहॉं आफ्नै मातृभूमि गरी सेवा,

बसेर यहीको खाना-पीना मीठो लाग्छ,

आफ्नै संस्कृति राम्रो मलाई लाग्छ।

 

      धर्म

 

 

     -स्वर्गीय सुश्री बी0 एम0 सिंह

     साई निवास, सिच्छे

 

धर्म आस्था हो भने, धर्मगुरूगण शिक्षक हुन्,

आ[मा के हो चिन्नु भन्दछ् गुरू महाराज,

प्रेमलाई अपनाउँ भन्छन् यीशु ख्रीष्ट,

एउटा गालामा कसैले हिर्काए अर्को पनि थाप,

अहिंसा परमो धर्म, धारण गर भन्छन् बुद्ध,

रामनाम जप संसार पार तर,

प्रेम शान्ति, स[य धर्म अहिंसा सार,

बचन सुनाउँछन् कलियुग साई अवतार,

कर्म गर्दै जाऊ आशा नगर फलको,

भोग बिलासमा डुब तिमी,

तर ढ़ाई अक्षर नै पद तिमी,

यीशु, राम,बुद्ध, कृष्ण र साई,

यिनै हुन् बनेका ढाई अक्षर

जप, तप र पार तर!