sisikkim news darjeeling news indian gorkhas      Himgiri Nepali home        नेपाली लेख एवं समाचार

 

 

 रीस मूर्खहरूको हृदयको सुन्दरता

-कमला आँसु

आफूले चाहे जस्तो अथवा भने जस्तो नहुँदा, सबै कुराहरूले परिपूर्ण भएपचि कसैको वास्ता नहुँदा, आफूलाई सबैभन्दा शक्तिशाली भएको महसूस हुँदा। अथवा अहंकारले चारैऐतिरबाट समातेर राख्दा प्राय मानिसहरूलाई रिस उठने हुन्छ। तल्लो तपका मानिसहरू रिस उठदा, रून्छन्, चिच्याउँछन्, तर उनीहरूहरूको यस्तो क्रिया-कलापले कसैलाई पनि असर पार्दैन। तर समाज देश, राष्ट्रमा ठूला मानिसहरूलाई रिस उठछ, त्यसले धेरैलाई असर पार्दछ। इतिहासमा राजाहरूलाई रिस उठ्दा युद्ध भएको धेरै घटनाहरू पाइन्छ। मानिसहरूको मनको विरूद्ध काम भएमा मानिसहरूको अन्तकरणमा जुन उत्तेजनाजनक वृत्ति उत्पन्न हुँदछ, त्यही नै क्रोध अथवा रिस हो, रिस मान्छेको परम सत्रु हो। सानो-सानो कुराहरूमा छिटै रिसाइहाल्नु हानिकारक हुन्छ। क्रोधमा वसीभूत भएर मान्छेले हिंसा-प्रतिहिंसा जस्ता डरलाग्दो कामहरू गर्न थाल्दछन्। भने यसरी क्रोधमा आएर गाली गलैंच गरिदा नराम्रो प्रतिक्रियाहरू हुन जान्छ।

जब मानिसहरूलाई रिस उठदछ तब मानिसहरूको मस्तिष्कमा एक किसिमको रासायनिक तत्व बन्दछ, जसले स्वस्थ शरीर अनि मनमा नकरात्मक प्रभाव पार्दछ। क्रोधको आवेशमा आँकाहरू रातो हुन्छ, ओंठ काम्न थाल्दछ, मुटुमा धड़कन र जलन हुन थाल्दछ मुखाकृति विकृत हुँदछ यति मानत्र होइन रिसाएको बेलामा मानिसहरूको रक्तप्रवाहमा द्रुत गति आउँदछ। जसको नराम्रो असर मानिसहरूको हृदयमा पर्दछ। रिसाइरहने मानिसहरूको रक्तमा आश्रित पित्त दोष कुपित हुन्छ जसको कारणले रिसाउने मान्छेको एरगत उम्लन थाल्दछ।

रिसले मानिसको विवेक नष्ट हुन्छ, रिसाइरहनेए मानिसहरूले थुप्रै अभद्रताहरू देखाउँदै, त्यस्ता मानिसहरूको मनमा नाना किसिमको दुष्कल्पनाहरू अनि आक्रामक भावनाहरू उत्पन्न भइरहन्छ। रिस उठेको बेलामा जोस बढ़दछ तर होस विस्तार-विस्तार हराउँदै जान्छ।

रिस सबै उपद्रवहरू पापकर्महरूको मुख्य कारण हो। रिसको कारणले मानिसहरूको व्यवहहारमा तीतोपन आउँदछ यतिमात्र होइन कठोरता, कायरता, हिंसा-प्रतिहिंसा मूर्खता आदि दोषहरू पनि रिसलेनै ल्याउँदछ। जसको कारणले मानिसहरूको अधपतन हुँदै जान्छ। त्यस्तै प्रकारले रिसाउने मानिसहरूको आचारण समाज विरूद्ध हुँदै जानन्छ। वास्तवमा रिसाइरहने मानिससंगै रिसको दुष्परिणाममा डुब्दछन्। यस्ता मानिसहरू सधैं चिन्तामा रहन्छन्। मनमा कुष्ठाभाव अनि निराशा छाई रहेको हुन्छ।

क्रोध रूपी आगोलाई बाहिरी पानीले निभाउन सकिन्दैन। यसलाई निभाउनको लागि शरीरमा स्थित पानीमात्र समर्थ हुन सक्दछ। शरीरमा स्थित पानी हो विवेक अनि धैर्य। जुनि मानिसहरूमा विवेक अनि धैर्य पर्याप्त छ त्यस्ताहरूलाई रिसले आफ्नो जालोमा फसाउन सक्दैन। तसर्थ क्रोधको आगोलाई निभाउनको लागि विवेक रूपी पानीको नितान्त खॉंचो पर्दछ हामीलाई। यति मात्र होइन धैर्य अनि क्षमा पनि यसमा आवश्यक हुन्छ। क्रोधको मुख्य कारण राग अनि द्वेषलाई मानिएको छ। राग-द्वेष माथि नियन्त्रण राखेर मात्र क्रोधलाई जीत्न सकिन्छ। क्षमा, दया, प्रेम, शान्ति, सेवा, त्याग इत्यादि राम्रा संकल्पहरू हुन जसद्वारा क्रोध जस्तो नराम्रो संकल्प माथि विजय प्राप्त गरेर शारीरिक एवं मानसिकरूपमा स्वस्थ हुन सकिन्छ।

क्रोध मनको ठूलो शत्रु हो यसबाट सधैं सजग अनि सतर्क रहनु सक्नु पर्छ मान्छेले। रिस विहीन भएर तथा विवेक, धैर्य क्षमा आदिको सहारा लिएर रिसलाई पाइतालाले कुल्ची यो संसारको यात्रा गर्नु मानिसको कर्तव्य हो।

 

 

 स्वास्थ्य समाचार

 

-भूँड़ीमा बोसो बढ़दै छ भने हामीले सम्झनु पर्छ कि दिमागमा पनि बोसो लाग्दैछ। दिमागमा बोसो लाग्न थालेपछि यसले धीमा गतिमा काम गर्न थताल्दछ किन भने बोसोले रक्त वाहिनीहरू खुम्चिन्छ, जसको नराम्रो प्रभाव हुँदछ। यसकारण भूँड़ीमा बोसो लाग्नु दिनु हुँदैन।

-आमाको स्वस्थ गिजा छ भने नानी पनि स्वस्थ हुने ग्यारन्टी भर्खरै गरिएको शोधबाट चाल पाइएको छ कि - जुन गर्भवती महिलाहरूको गिजामा इन्फेक्शन वा त्यस सम्बन्धित कुनैऐ गम्भीर रोग छ, उनीहरूमा प्रीमेच्योओर डेलीभरी हुने डर धेरै हुन्छ। यो अध्ययन यस्ता 366 गर्भवती महिलाहरूमा गरिएको थियो, जसमा गिजाको गम्भीर रोगहरू थियो। यसमा उनीहरूलाई गर्भावस्थाको 21 देखि 22 हप्तामा दवैऐ पानी गरियो। उनीहरूमा प्रीमेच्योर बर्थ 84 प्रतिशत कम्ती पाइयो।

-टाइट ट्राउजर्स, मादक पदार्थ अनि मोटो पनले गर्दा लोग्नेमान्छेहरू बाबु बन्न सक्दैनन्। नयॉं शोधबाट चाल पाइएको छ कि जुन पुरूषहरूले अत्यधिक टाइट ट्राउजर वा भित्री लुगा एकदमै टाइट लगाउँछन् वा मादक पदार्थको सेवन गर्छन् अनि मोटो छन्। उनीहरूको स्पर्म वा शुक्राणुहरूको घनत्व वा गुणवत्तामा धेरै कमी पाइन्छ। शुक्राणुहरू गिर्नुको अरू कारणहरू मुख्य हुन्छ- वंशानुगत समस्य तथा वातावरण, जसमा खाना-पिना वा रहन-सहनहरूको आदत पनि हुन्छ। यो शोध लण्डनमा 1998 देखि 2002को विचमा एबर्डीन फर्टिलिटी सेन्टरमा आएका 75000 पुरूषहरूको शुक्राणुहरूको 16000 नमूनाहरूमा गरिएको थियो।

 

 ज्ञानामृत:

सत्यं माता, पिता ज्ञानां, धर्मो भ्राता, दया सखा।

शान्ति: पानी, क्षमा, पुत्र षडैंते मम बांधवा:।

यो विश्वमा मेरो छ बन्धु बान्धवा छन्, जसमा मेरी आमा सत्य, बाबु ज्ञान, भाइ धर्म, मित्र दया, पन्ती शान्ति तथा पुत्र क्षमा हुन। जसको यस्तो बन्धु बान्धव छ, उसलाई यो विश्वमा के कुराको कमी हुन सक्छ??

 

 

        सुझाउहरू