sisikkim news darjeeling news indian gorkhas      Himgiri Nepali home        नेपाली लेख एवं समाचार

 

 

लण्डनमा अन्तर्राष्ट्रीय नेपाली सम्मेलनमा मुख्यमन्त्री चामलिङको सन्देश

विश्वभरि नेपाली साहित्यलाई विकास गर्ने  निर्णय

गान्तोक, 2 सितम्बर: विश्वका विभिन्न देशहरूमा बसोबासो गर्ने नेपाली भाषी साहित्यकर्मी एवं सर्जगहरूको साझा संस्ता अन्तर्राष्ट्रीय नेपालीइ साहित्य समाजको दोस्रो अधिवेशन सात बुँदै घोषणाको साथ सम्पन्न भएको छ। अगस्त 26 देखि शुरु भएको सो तीन दिवसीय सम्मेलनमा भाग लिन विश्वभरि छरिएर बसेका साहित्य सर्जगहरू अमेरिका, क्यानाञा, अष्ट्रेलिया, जापा, बेलजियम, फ्रान्स, नेपाल र बेलायतमा बसोबासो गर्ने साहित्य सर्जगहरूको उपस्थिति रहेको थियो। भारतबाट दुई साहित्यिक महारथीहरू लगायत मुख्यमन्त्री पवन चामलिङलाई मुख्य अतिथिको रुपमा डाकिएको सो कार्यक्रममा मुख्यमन्त्री स्वयं उपस्थिति नहुनु भएको भए तापनि उहॉंको प्रतिनिधिद्वारा शुभेच्छा सन्देश सो सम्मेलनमा पेश गरेका थिए।

टेलिफोन र फ्याक्स वार्ताद्वारा लण्डनबाट हाम्रा सम्वाददातालाई जनाए अनुसार सम्मेलनको पहिलो दिन अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज बेलायत च्याप्टरले अतिथिहरूको सम्मान कार्यक्रमको आयोजन गरिएको थियो।सम्मान कार्यक्रमपछि नेपाली साहित्यलाई अन्तर्राष्ट्रीय जगतमा कसरी स्थापित गर्न सकिन्छ तथा विश्वमा बसोबास गर्ने नेपाली भाषी साहित्य सर्जकहरूलाई कसरी भाषिक रुपमा एकताको सूत्रमा बॉंध्न सकिन्छ भन्ने विषयमा विशेषरुपमा छलफल भएको थियो।सो अवसरमा नेपालका वरिष्छ साहित्यकार एवं राजनीतिज्ञ प्रदीप नेपाल, त्रिभुवन विश्वविद्यालयका प्रोफेसरद्वय प्रा.डा. गोविन्द भट्टराई, प्रा.सुषमा आचार्य, अन्तर्राष्ट्रीय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष डा. होमनाथ सुबेदी, अनेसास समाजका दोस्रो अन्तर्राष्ट्रीय नेपाली साहित्य सम्मेलनकी संयोजिका साहित्यकार जया राई, नेपालका वरिष्ठ पत्रकार डम्बर कुमारी गिरी, फ्रान्सका हरिहर अर्याल, अनेसास युके च्याप्टरका अध्य होम परिवाग, कवि कोमल मल्ल तथा गोपी कृष्ण प्रसाईले सो अवसरमा मन्तव्य पेश गरेका थिए।

यसरी नै दोस्रो दिन दोस्रो अन्तर्राष्ट्रीय नेपाली साहित्य सम्मेलनको विधिवत उद्घाटन बेलायतका लागि नेपाली राजदूत डा. सुरेशराज चालिसेले पानसमा बत्ती बालेर गरेका थिए।अनेसासका वरिष्ठ उपाध्यक्ष कृष्ण बजगाईको अध्यक्षतामा सम्पन्न भएको सो सम्मेलनमा लण्डन विश्वविद्यालयका माइकल हटको पनि विशेष उपस्थिति थियो। सर माइकल हट आफू अंग्रेज भए तापनि नेपाली भाषामा ज्ञाता हुन् र उनले विश्वविध्यालयमा नेपाली भाषा र साहित्यमा विद्यार्थीहरूलाई पढ़ाउँछन् भने केही वर्ष अघि आयोजन गरिएको सिक्किम सम्मान सम्मिलनमा पनि उनको विशेष उपस्थिति रहेको थियो।

यसै गरी सो सम्मेलनमा विशेषरुपले त्रिभुवन विश्वविद्यालयका प्रा.डा. गोविन्द भट्टराई, प्रा. डा. सुषमा आचार्य, बेलायती स्रष्टाद्वय डा. रुपक श्रेष्ठ र गोपीकृष्ण प्रसाई र खगेन्द्र पाठक लगायत सर माइकल हटले पनि विभिन्न विधायमा कार्य-पत्र पेश गरेका थिए। कार्यपत्रमाथि नेपालका वरिष्ठ साहित्यकार एवं राजनीतिज्ञ प्रदीप नेपालले टिप्पणी गरेका थिए।

कार्यक्रमको उद्घाटन लगतै सिक्किमका मुख्यमन्त्री एवं भारतीय नेपालीका एक विशिष्ट व्यक्तित्व तथा कवि मुख्यमन्त्री पवन चामलिङको शुभकामना सन्देश आयोजक कमिटिकी संयोजक जया राईले पढ़ेर सभासद् समक्ष प्रस्तुत गरिन्।मुख्यमन्त्री पवन चामलिङले आफ्नो पूर्व निर्धारित कार्यक्रमले गर्दा आफू आउनु चाहेर पनि सो महत्वपूर्ण सम्मेलनमा पुग्नु नसकेको कुरो जाहेर गरेका थिए, जसलाई आयोजक समितिले एक ऊर्जा शक्तिको रुपमा मानिलिएको कुरो सम्मेलनमा जनाइयो।मुख्यमन्त्रीको शुभकामना सन्देश श्री डम्बर गिरीले संयोजिका जया राईलाई हस्तान्तरण गरेका थिए।

दोस्रो दिनको कार्यक्रम कविता, गजल र सांस्कृतिक कार्यक्रम आदि प्रस्तुत गरी सम्पन्न भएको थियो। सो सम्मेलनमा सिक्किमका मुख्यमन्त्री पवन चामलिङले पठाएका कृतिहरू तथा उनको गीति एल्बम पनि अन्य साहित्य सर्जकहरूको पुस्तक प्रदर्शनी सहित राखिएको थियो।प्राप्त जानकारी अनुसार मुख्यमन्त्री तथा कवि पवन चामलिङको बहुआयामी व्यक्तित्वबारे सभामा विशेष सबैले जिज्ञासा प्रकट गरेका थिए।

तेसो दिनमा साहित्य सर्जगहरूले कविता र गजल पेश गरेका थिए। सो अवसरमा साहित्य सर्जकहरूको जिज्ञासामा डा. पवन चामलिङको भानुभक्त सम्बन्धी कविता र मुक्तक डम्बर गिरीले पेश गरेका थिए।

कार्यक्रमको अन्तमा घोषणा -पत्र पनि जारी गरियो। घोषणा पत्रमा जनाइए अनुसार 1. नेपाली साहित्यलाई अन्तर्राष्ट्रीय जगतमा परिचित र स्थापित गराउन विविध प्रकारको प्रयत्न गर्ने। त्यसको लागि देहाय बमोजिम विभिन्न कार्यहरू गर्ने, जस्तै (क) हरेक नेपाली डायोस्पोराले त्यस देशका स्रष्टाहरूसंग सम्पर्क बढ़ाई साहित्य विषय आदान प्रदान गर्ने। (ख) नेपाली साहित्य सिर्जनाका अभिवृद्धिका लागि हरेक नेपाली डायोस्पोराले अनुवादको माध्यमलाई प्रोत्साहित गर्ने, (ग) सम्बन्धित देशका विद्यालय, विश्वविद्यालय, पुस्तकालय, साहित्यिक संस्था र मिडियाहरूसंग सम्बन्ध स्थापित गर्ने, (घ) नेपाली भाषा विषयक अध्ययन तथा अनुसन्घान गर्ने सम्बन्धित देशका विद्वान र विदुषीहरूको अभिलेख राखी सम्मान र प्रोत्साहित गरी नेपाली डायोस्पोरामा परिचित गराउने। (2) विश्वको जननी भाशषा र पूर्वी सभ्यातोको संवाहक शक्ति संस्कृत भाषामा अभिलिखित सम्पदालाई विश्वसंग परिचित गराउने। (3) विश्वका प्रमुख भाषा र संस्कृति बीच अन्तर सम्बन्ध स्थापित गरी समन्वय र सह अस्तित्वको लागि प्रयत्न गर्ने। (4) हरेक डायोस्पोरामा नेपाली भाषा र संस्कृतिका नयॉं पुस्तामा हस्तान्तरण र निरन्तरताको लागि उपयोगी नेपाली सामग्री, श्रव्यदृश्य छापा सामग्री निर्माण गर्न ए तथा पुस्तकालय स्थापना गर्ने कार्यलाई निरन्तरता दिने। (5) नेपाली भाषाको पठन पाठनको लागि सम्बन्धित देशका स्थानीय निकायहूरसंग सम्बन्ध बढ़ाउने।(6) डायोस्पोरालाई नेपाली भाषाको आगन्तुक रुपमा लिई यसलाई शब्दकोषमा राख्ने आदि छन्। कार्यक्रम खूबै भव्यताको साथ भएको र आउने दिनहरूमा अझ धेरै कुरालाई समेटेर आयोजन गरिने कुरो संयोजिका जया राई र डम्बर गिरीले फोन मार्फत जनाएका छन्।

 

राज्यपालको हस्तक्षेपपछि सरकार जनादेश विधेयक फिर्ता लिएको घोषणा

गान्तोक,16 अगस्त।(प्रवीण खालिङ)- राज्यको विपक्षी दलहरूको कडा चापको सिर्जना गर्न थालेपछि राज्यपाल बीपी सिंहले गत  11 अगस्तको दिन विधानसभामा पेश गरिएको  सिक्किम लोक व्यवस्था विचलन निषेध तथा नियंत्रण विधेयक 2011 फिर्ता लिने सुझाउलाई सम्मान गर्दै राज्य सरकारले उक्त विधेयक फिर्ता लिने घोषणा गरेको छ। राज्यका मुख्यमन्त्री तथा गृह विभागका प्रभारी मन्त्री पवन चामलिङद्वारा  सदनमा पेश गरिएको  सिक्किम सिक्किम लोक व्यवस्था विचलन निषेध तथा नियंत्रण विधेयक 2011 ले सिक्किमेको मौलिक अधिकारहरू सबै हनन हुने प्रावधानको व्यवस्था रहेको बताउँदै विपक्षी दलहरूले सामुहिक आन्दोलन थालेको चार दिन पनि नबित्दै विधेयक फिर्ता लिने सरकारले घोषणा गरेको छ। राज्यको जनताको आवाज कथितरुपले दबाउने कालो बिलको संज्ञा दिँदै विपक्षीहरूले यसको विरोधमा तिब्र आन्दोलन थालेका थिए। जसमा राज्यको मुख्यमन्त्रीको पुत्ला दहन गर्दै आन्दोलनकारीहरूले सडकमा उत्रिन थालेका थिए। यस्तो स्थितिमा राज्यपालले विधेयक फिर्ता लिने सुझाउ पेश गरेपछि सरकारले उक्त विधेयक फिर्ता लिन बाध्य भएको थाहा लागेको छ। 

राज्यपालद्वारा सरकारलाई सुझाउ दिइएको विषयमा राजभवनबाट एक विज्ञप्ति जारी गरिएको छ। जसमा सिक्किम सिक्किम लोक व्यवस्था विचलन निषेध तथा नियंत्रण विधेयक 2011 फिर्ता गर्नुपर्ने राज्यपालले सरकारलाई सल्लाह दिएका छन्। अर्कोतिर राज्यको सूचना तथा जनसम्पर्क विभागद्वारा एक विज्ञति जारी गर्दै सरकार द्वारा उक्त विधेयक फिर्ता लिइऩे निर्णय गरिएको बताइएको छ। विज्ञप्तिमा भनिएको छ.-सरकारले सिक्किम सिक्किम लोक व्यवस्था विचलन निषेध तथा नियंत्रण विधेयक 2011 फिर्ता लिने निर्णय गरेको छ। विधानसभाको रूल्स अफ् प्रोस्युडुअर एण्ड कण्डक्ट अफ् विजिनेश अन्तर्गत उक्त विधेयक फिर्ता लिइऩे छ।

आगामी 26 अगस्तको दिन उक्त विधेयक सदनमा पारित हुन मतदान र बहस पछि पारित हुने भनिएको विधेयक तिब्र विरोधको शिकार बने पछि विपक्षीहरूको कडा प्रतिवादले पारित हुनको साटो फिर्ता हुने भएको छ। जनताको आवाज दबाउने प्रयास भनिएको यो विधेयकलाई सरकारले ठण्डा बस्तामा हाल्ने घोषणा गेरर विपक्षीहरूको आवाजलाई पनि सम्मान गरेको देखिएको छ भने विपक्षीहरूको आवाजले जनताको आवाज जोगाउने कार्य गरेको पनि पर्यवेक्षकहरूले बताएका छन् भने विपक्षी दलको ठूलो सफलता भनी मन्तव्य व्यक्त गरेका छन्।

यसबारेमा विधेयकलाई कालो बिलको संज्ञा दिँदै आन्दोलनमा उत्रिएका सिक्किमका विपक्षीहरूले आगामी 26 अगस्तको दिन आधिकारिक रूपमा विधेयक रद्द गरेपछि मात्र सरकारको निर्णयलाई सॉंचो मान्ने निधो गरेका छन्। यस विषयमा भारतीय जनता पार्ट (भाजपा) का राज्य अध्यक्ष पदम बहादुर छेत्रीले भने, राज्यपालले दिएको सुझाउले विपक्षीहरूको आन्दोलनको गति नियन्त्रण गर्ने पेन किलर मात्र हो तर हामी 26 तारिकसम्म  आन्दोलन जारी नै राख्ने छौ। यदि 26 तारिको दिन विधिवत यो विधेयक प्रस्तुतकर्ता मुख्यमन्त्री तथा गृह विभागका प्रभारी मन्त्री पवन चामलिगं ने आधिकारीक फिर्ता गरेको घोषणा गरेपछि मात्र हामी सरकारको निर्णयलाई मान्यता दिनेछौं। यसैगरी मा[र्सवादी कम्युनिष्ट पार्ट (माकपा) सिक्किम राज्य समिति सदस्य अञ्जन उपाध्याययले भनेराज्य सरकारलाई राज्यपालले जुन सुझाउ दिएको छ, त्यो स्वागत योग्य रहेको भए पनि विधेयक फिर्ता नलिएसम्म त्यसलाई मान्य ठहर गर्न सकिन्न। उनले भने, यदि यो विधेयक जनतालाई झुक्काएर पनि पारित हुन्छ भने त्यसले पूर्वोत्तरका अन्य राज्यहरूमा झै उग्रवादलाई प्रश्रय प्रदान गर्दै भित्र्याउने छ। तिनले अझ भने यसको निम्ति सिक्किम र केन्द्र सरकार दुवै जिम्मेवार हुनेछ।

अर्कोतिर सिक्किम लिबरेशन पार्टीका प्रमुख संयोजक डुकनाथ नेपालले चामलिगं सरकारको यो विधेयकलाई सार्वभौम राष्ट्रको विकास गर्ने पहलको संज्ञा दिँदै राज्यपालले यसलाई हस्तक्षेप गरेर रोक्यो भने ठीक हुने बताए।

यसैगरी सिक्किम हिमाली राज्य परिषद पार्टका महासचिव तारा श्रेष्ठले आफ्नो अडान पेश गर्दै भने, पार्टीले अन्य पार्टीले जस्तै राज्यपालको सुझावलाई सराहना गर्छ तर यसको अन्तिम निर्णय भने 26 तारिक विधानसभामा आधिकारीक रूपमा विधेयक फिर्ता लिनु पर्छ। यसैगरी सिक्किम नेशनल पिपुल्स पार्टका अध्यक्ष विराज अधिकारीले राज्यपालको सुझाउलाई सराहना गर्दै  भने, हामी राज्यपालको प्रस्तावलाई अहिले स्वागत गर्छौं तर व्यावहारिक रूपमा आगामी 26 अगस्तको दिन विधेयक रद्दा भएको पनि हुनुपर्छ। यद्यपि हामी सर्वदलीय मंचवाट विधेयकको विरोध जारी राख्ने छौ। अर्कतिर सबै राजनैतिक दलहरूको तर्फबाट जनतालाई यो बिधेयकको बारेमा अवगत गराउऩे सचेतना पर्चा वितरण गर्ने घोषणा पनि गरेको छ।

                          पूर्व मुख्यमन्त्री भण्डारी अदालतमा समर्पणपछि रोंगे जेल प्रस्थान, त्यसपछि अस्पताल भर्ति

गान्तोक, 11 अगस्त- सिक्किमका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारी हिजो दिउँसो अदालतमा समर्पण भए तथा उनी सर्वोच्च न्यायालयमा पनि नजाने जरिमाना पनि नतिरेर आफू नै जेलमा जाने निर्णय लिएकोले एक महिनाको लागि रोंगे जेलमा पठाइयो।अदालत परिसरबाट जेल जानु लाग्दा भण्डारीले पत्रकारहरूलाई भने, मैले सन् 1984मा पेय जल सिक्किमको जनतालाई दिएर जनताको थाप्लोको नाम्लो काट्छु भनेको थिएँ, सो काम पुरा गरें। आज त्यही कामको लागि म  सिक्किमे जनताको लागिजेल गइरहेछु।उनलाई जेल पठाइनु अघि न्यायालयबाट आवश्यक स्वास्थ्य जाँच गराइएको थियो। दिउँसो अदालतबाट जेल पुगेपछि आवश्यक कागजपत्रमा उनले सही गरे।उनले छातीमा पीड़ा महसूस भएकोले उनलाई अस्पतालमा ल्याइयो।एसटीएनएम् अस्पतालमा उनलाई मुटुका विमार उपचारको लागि भर्ना गरिएकोछ, तथा त्यहाँ उपचारको लागि कति दिनसम्म रहने हुन्, सो बारे जानकारी नभएको जनाइएको छ।

उनलाई सन् 1985 मा ग्रामीण विकास विभागको जल आपूर्तिको माम्लामा एक ठेकादारलाई पक्षपात गरेर सो काम दिलाएको  आरोपमा सिक्किम अदालतले अभियुक्त ठहर गरेको भने अर्को प्रिमुला कटेजको मुद्धामा पनि निर्दोष ठहराएको छ।अदालतमा भण्डारीका समर्थनहरूको 21 वटा लामो ताँती वाहनहरू आएको थियो तथा त्यहाँ वरपरबाट भण्डारीलाई हेर्नको लागि मानिसहरूको ताँती लागेको थियो।अहिले भण्डारीलाई यहाँभाट दिल्लीको एक अस्पतालमा भर्ना गरिएको छ।

नेताहरूको भन्दा कविहरूको स्थान विशिष्ट छ: महाकवि मोहन दु:खुन

प्रतिभा मिलनको कार्यक्रममा 3 जना स्रष्टाहरूको अभिनन्दन

गान्तोक, 31 जुलाई: (-विजय बान्तवा) कविहरूको स्थान र भूमिका राजनीतिक नेताहरूभन्दा विशिष्ट र माथिका हुन्छन्, भारतमा राजनीतिक नेताहरूमा भौतिक सम्पदा संग्रह गर्ने प्रवृतिको विकास भएर गएको छ भने कविहरूसित धन सम्पति नभए तापनि विचार र भावनाले धनी हुन्छन् तथा उनीहरूको उत्कृष्ट विचारधारा र दर्शन समाज र देशको लागि महत्वपूर्ण हुन्छ, आज इतिहासमा पनि होमर, सोक्रेटस र इलियटका विचारधारा र दर्शनलाई आदरका साथ मानिसहरूले लिने गर्छन् भने राजनीतिक नेताहरूको भूमिका अत्यन्त सीमित हुन्छन् र कालान्तरमा भुलिने पनि हुन्छन्, तर कविहरू आफ्ना अमर काब्यहरूमा सदैव बॉंचेका हुन्छन्।

यो कुरो आफ्नो प्रमुख अतिथिको आसनबाट बोल्दै 72 औं प्रतिभा मिलनका मुख्य अतिथि तथा महाकवि मोहन दु:खुनले आफ्नो सम्बोधनमा भएका हुन्।उनले अझ भने, कवि पवन चामलिङ पनि एक उम्दा कवि हुन्, तर उनको कवित्वको गरिमाको अग्लाइ जति छ, उनको राजनीतिसित दॉंजेर अझ उच्चाइ देखाउनु गर्नु सही कविको सही मूल्याङ्कन् हुँदैन।

उनले अझ भने, आज अभिनन्दित हुने तीन जना कवि कवयित्री श्रीमती वीणाश्री खरेल, भीम ठटाल र लेखक एम.एन. दाहाललाई अभिन्दन गरेर प्रतिभा मिलनले खूबै प्रशंसनीय कार्य गरेको छ, यसरी हामीले हाम्रो कवि, लेखकहरू अभिनन्दन भएकोमा खुशी व्यक्त गर्नुपर्छ।उनले अझ भने, हाम्रो समाजमा स्रष्टाहरूको सही कदर गरिनु र मूल्याङ्कन गरिनु आवश्यक छ। अझ पनि हाम्रो समाजमा स्रष्टाहरूको सही मूल्याङ्कन् हुनु सकेको छैन।यसरी नै राजनीतिक संस्कार पनि हाम्रो समाजमा असल प्रकारले बसालिनु पर्छ, आज नेता हुनु भनेको रातारात पैसा कमाएर धनी हुनु हो भन्ने धारणा रहेको छ, तर नेताहरूले त्रिपुराको पूर्व मुख्यमन्त्री नृपेन चक्रवर्तीको झैं उदाहरण पेश गर्नुपर्छ, दश वर्षसम्म सत्तामा रहेर मुख्यमन्त्री रहेको मान्छेको सत्ताबाहिर जॉंदा बस्ने घरसमेत थिएन, नेता भनेको त्यस्तो हुनुपर्छ पूर्णरुपले जनतामा समर्पित भएको, उनले भने।

उनले अझ भने, आज साहित्यमा उत्तराधुनिकवादको कुरा अमेरिकाको साहित्यको सिको गरेर यहॉं गरेर हुँदैन, अमेरिकाको 1 डलर हुँदा यहॉं 43 रुपियॉं हुन्छ, यसको अर्थ हुन्छ 42 प्रतिशत मानिसहरू नै अझ उनीहरूको दॉंजामा पछि परेको सरह हो।यसैले अमेरिका र बेलाइतमा चलेको कुरो यहॉं गरेर साहित्य उनीहरूको दॉंजोमा पुग्दैन, त्यसको लागि साहित्यसित सामुहिक विकास भएको हुनुपर्छ तबमात्र 1 रुपियॉं बराबर 1 डलर भएको हुन्छ।उनले अझ भने, नेपालमा पनि उत्तराधुनिकको कुरो गर्छ, तर अहिलेसम्म देशको संविधाननै बनाउनु सकेको छैन, त्यसरी नै दार्जीलिङमा पनि उत्तराधुनिकको साहित्यको चर्चा हुन्छ, तर छुट्टै राज्य गोर्खाल्याण्ड नै बनाउनु सकिएको छैन।सर्वाङ्गीन विकाससितै साहित्यको पनि विकास भएर जाने कुरो हो।उनले भारतीय स्तरमा नै पनि नेपाली साहित्यको परस्पर आदान, प्रदान, क्रय विक्रय जे भए तापनि व्यवस्था हुनु नसकेको कुरो पनि जनाए।

उनले अझ भने भाषा, साहित्यको अझ विकास गरेर सिक्किमलाई अझ सुन्दर बनाएर लैजाने प्रशस्त सम्भावना रहेको छ, त्यसको लागि जति पनि अहिले स्रष्टाहरू लागिपरेका छन्, उनीहरूलाई पनि समाज र राज्यको दरिलो टेवा चाहिन्छ।हुनु ता कवि, स्रष्टा केही नपाए तापनि आफ्नै सिध्दान्त र भावनामा रमाएका हुन्छन्,उनीहरू सिर्जनामा महान हुन्छन्, दु:खुनले अझ थपे।

आफ्नो अध्यक्षको संक्षिप्त सम्बोधनमा साहित्यकार सानु लामाले नेपाली साहित्यको विकासको लागि अझ सक्रीय भएर काम गर्नु पर्ने कुरोमाथि जोर दिए तथा भारतभरिकै नेपाली भाषामा प्रकाशित पुस्तक पत्रिका तथा नेपालबाट प्रकाशित ग्रन्थहरूको आदान प्रदान र बिक्री हुनु पर्ने कुरोमाथि पनि प्रकाश पारे तथा सो सम्बन्धी सिक्किम अकादमीले पनि आउँदो दिनहरूमा विशेष भूमिका निर्वाह गर्ने कुरो जनाए।

सो अवसरमा मुख्य अतिथि दु:खुन तथा सभा शिरोमणि सानु लामाको बाहुलीबाट कवयित्री वीणाश्री खरेल, भीम ठटाल र एम.एन. दाहाललाई अभिनन्दन गरियो।अभिनन्दन भएपछि कवयित्री खरेलले प्रतिभा मिलनलाई आभार व्यक्त गर्दै सिर्जना र प्रतिभाको लागि पुरस्कार आवश्यक नरहे तापनि यसले ऊर्जा मिल्ने जनाइन्।अभिनन्दित ठटाल र दाहालले पनि सिर्जनशीलताको आ-आफ्नो अभिरुचीबारे प्रकाश पारे।

कविता वाचन गर्ने क्रममा कवि प्रवीण राई जुमेली र अन्य कविहरूले कविता पाठ गरेका थिए भने सास्कृतिक कार्यक्रमको पनि आयोजन गरिएको थियो।मध्यान्तर पछि पनि कविता वाचन गर्ने कार्यक्रममा भीम राउत, प्रवीण खालिङ, सोनाम दोङ, मातृका शर्मा तथा अन्यान्य सामेल थिए।

सो अवसरमा पत्रकार तथा कवि अर्जनु पियुषद्वारा लिखित समयको पदचाप नामक कविता संग्रहको पनि मुख्य अतिथि र सभाध्यक्षको बाहुलीबाट विमोचन गरियो।कविको पुस्तक बारे कालेबुङका पत्रकार एवं कवि मनोज बगोटीले आफ्नो मन्तव्य खूबै तार्किक ढंगमा पेश गरेका थिए। विजय कुमार सुब्बाले सञ्चालन गरेको सो कार्यक्रममा कवयित्री दीपा राई, चक्रपाणि भट्टराई र अन्यान्यले अभिनन्दन पत्र पठन गरेका थिए। सो अवसरमा विशिष्ट अतिथिहरू सिक्किम अकादमीका सचिव प्रवीण राई जुमेली, नेपाली साहित्य परिषद्का महासचिव जगदीश शर्मा, साहित्यकार रुद्र पौड्याल, कवि डा. राजेन्द्र भण्डारी, सिलगढ़ीबाट आएका साहित्यकार भीमलाल सापकोटा, कवि मोहन प्रधान निरज, राज. के. श्रेष्ठ, प्रद्युम्न श्रेष्ठ आदिलाई पनि खादार्पण गरी स्वागत जनाइएको थियो।सो समारोहमा विशेषरुपले स्थानीय साहित्यकार, पत्रकारहरूको भीड़ जमेको थियो।उत्तरार्ध्दको कार्यक्रमको सभाध्यक्ष डा. राजेन्द्र भण्डारी रहेका थिए भने आजकै दिन अर्को साहित्यिक कार्यक्रम भएकोले गर्दा दोस्रो सत्रको कार्यक्रममा दर्शक दीर्गमा उपस्थिति पात्लिएर गएको थियो।

देह व्यापार काण्डमा सिक्किम दार्जीलिङका 9 युवतीहरू र 5 दलाल बेग्लोरमा पक्राउ

गान्तोक, जुलाई 4ः (विजय बान्तवा)- उल्लेखनीय अभियान चाल्दै बेग्लोर पुलिसले दार्जीलिङको रुरल ग्रोथ (मार्ग) र आर्ज एनजीओकोको सहायताले सिक्किम र दार्जीलिङका जम्मा 9 जना युवतीहरू र यौन व्यापारमा संलग्न अन्य पाँचजना दलालहरू जसमा चम्पासरी, सिलगढ़ीका मेरिना सिंह राणा उर्फ अन्जु आन्टी, विजनबारीका अमित सिंह, रिकेश विर्सा, देवगण राई तथा कृष्ण सिंहलाई पक्राउ गरिएको छ।यो कुरो मार्ग एनजीओका प्रवक्ता निर्मय जोहन छेत्री जो यो उद्धार कार्यका लागि बेग्लोर भएर दिल्ली आइपुगेका छन्, उनले यस सम्वाददातालाई टेलिफोन मार्फत जानकारी दिएका छन्।

 छेत्रीले अझ बताए, मार्गले विभिन्न मानिसहरू तथा सञ्चार माध्यम तथा वेबसाइटबाट पहाड़का युवतीहरूलाई यौन कर्मीको रुपमा बेंग्लोरमा लगेर यौन शोषण गरिरहेको जानकारी प्राप्त गरेका थिए।आर्ज र मार्ग एनजीओद्वारा भारतको सरकारको गृह मन्त्रालयलाई बेग्लोरमा भइरहेको यस्तो काण्डको अवगत गराइएको थियो त्यसैको आधारमा बेग्लोर पुलिस र सम्बन्धित एनजीओहरू दार्जीलिङ, सिक्किम, सिलगढ़ीमा लगेर यौन शोषण भइरहेको बारे प्रारम्भिक जाँच शुरु गरेको थियो।

 स्थानीय गैर सरकारी प्रतिष्ठान र पुलिसले दलालहरूबाट सताइएको पीड़ितहरूलाई उद्धार गर्नको लागि जाँच शुरु गरेपछि बेग्लोरको अपराध शाकाका संयुक्त आयुक्त आलोक कुमारको निगरानीमा गरिएको छापामा 9 जना युवतीहरू लगायत 5 जना दलालहरूलाई पक्राउ गरिएको थियो।

 बेग्लोर पुलिस अनुसार मेरिना सिक्किम र दार्जीलिङका युवतीहरूलाई काम लगाउने बहना बनाएर फकाइई फुस्लाई गरेर यौन कर्मीको रुपमा काम गर्न बाध्य गराउनुमा खूबै कुख्यात छे।पुलिसले सोधपुछ गरेपछि थाहा लागे अनुसार चम्पासरी, सिलगढ़ीमा यस्तै धन्धाबाट कमाएको पैसाले एउटा ठूलो भवन पनि बनाएकी छ।उसले तीन चोटि बिहे पनि गरिसकेकी छ तथा उसको छोरो अजीत सिंह अर्फ अज्जुलाई पनि यस्तै धन्धामा सामेल गराएकी छ।कुख्यात अजित सिंह दिल्लीको निवासी रहेको बताइएको छ तथा मेरिनाको अनुपस्थितिमा उसैले बेंग्लोरमा सो धन्दा हेरचाह गर्ने गरेको पनि जनाइएको छ।

यहाँ रहेका धेरै यौनकर्मीहरू विशेष गरी उत्तर पूर्वीय राज्यहरू, सिक्किम तथा दार्जीलिङबाट ल्याइको कुरो पनि स्थानीय एनजीओहरूले जानकारी हासिल गराएको कुरो छेत्रीले जनाए।

  सिक्किम, दार्जीलिङबाट उद्धार भएका ती युवतीहरूले पुलिसलाई आफ्नो बयानमा बताएका छन् कि उनीहरूलाई व्युटी पार्लर तथा अन्य असल क्षेत्रमा काम दिलाउने झुटो आश्वासन दिएर पछिबाट यौन धन्धा गर्ने काममा फँसाएका हुन्।उनीहरूले दिनमा कम्तीमा पनि 6-7 जना ग्राहकहरूलाई सन्तुष्ट गराउनु पर्ने हुन्थ्यो नत्र भने उनीहरूलाई शारीरिक यातना दिइने गरिन्थ्यो। उनीहरूलाई अहिलेसम्म मेरिनाले एक पैसा पनि दिएका छैनन्। एक जना पीड़िताले बताए, उनकी आमा साह्रै सिकिस्त भएको थाहा पाएर पनि उनलाई आमा हेर्नु जानु दिइएन। ती 9 जना युवतीहरूको नाम र ठेगाना भने उनीहरूको गोपनीयताको अधिकार सुरक्षित गर्दै उल्लेख गरिएको छैन। सो बारे छेत्रीले यस सम्वाददातालाई जनाएका छन्, ती उध्दार भएका 9 जना युवतीहरूको म पूर्ण परिचय गराउनु असमर्थ छु तर ती सबै सिक्किम र दार्जीलिङका हुन्।उनीहरू अहिले बेग्लोरको एक सुरक्षित घरमा राखिएका छन् अनि उनीहरूलाई घरमा फर्काएर ल्याइने काम भइरहेको छ।

उत्तर पूर्वीय राज्यका एनजीओसित सलग्न रहेका कमल प्रधानले यस सम्वाददातालाई जनाएका छन् कि अझ सिक्किम, दार्जीलिङ, सिलगढ़ी तथा बेग्लोरमा एनजीओ र स्थानीय संस्थाहरूको सहायतालाई यस्तो छापा अभियान पुलिसले चलाइनु जरुरी छ। 

देउरालीमा निजी पाठशालाबाट नानीलाई दिउँसै अपहरण गर्ने दुष्प्रयास

गान्तोक, जून 16(विजय बान्तवा):देउराली स्कूल रोड स्थित एउटा निजी स्कूलमा सो पाठशालाकी प्रिन्सिपलको असल सुझबुझको कारण एउटी 5 वर्षीया बालिका अपहरण हुनुदेखि बॉंचिन्।बिहान 11 बजी एउटी 20-22 वर्षकी सेतो कुर्ता पाइजामा लगाएकी आर्यन् मोहड़ा भएकी बस्ती क्षेत्रको लाग्ने,सिकुटी शरीर भएकी केही कालो सॉंवले वर्णकी ठिटी सो स्कूलमा पुगेर भनी- म फलानो नानीको फुपु हुँ।उसको पापाले मलाई नानी लिनु पठाएको हो, उसको आमा अस्पतालमा भर्ती भएकी छे।नानीलाई अस्पतालमा ल्याउनु भनेकी छ, नानीलाई अस्पतालमा लैजानुपर्छ।त्यसो भनेर सो ठिटीले नानीलाई माग गरी।प्रिन्सिपलले सो ठिटीलाई उसको आमाले फोन गरे मात्र दिने कुरो जनाउँदा सो ठिटीले योजना अनुसार आमा अस्पतालमा एमरजेन्सीमा छे, फोन गर्नु सक्दिनँ भनी। त्यसो भए आइडेन्टिटी कार्ड लिएर आउनु होस् भने पछि हुन्छ भनेर सो ठिटी त्यहॉंबाट निस्की, तर 10 मिनट बित्दा पनि फोन नआउँदा र सो ठिटी गायब हुँदा प्रिन्सिपलले सो नानीकी आमालाई सोझै फोन गरिन्।उनी पाठशालादेखि नजीक्कैको एक सरकारी दफ्तरमा काम गर्दै थिइन्।सो खबर सुनेर सो आमा झसंगै भइन् अनि तत्कालै छुट्टीको आवेदन लेखेर पाठशाला पुगिन् र प्रिन्सिपल र आफ्नी नानीलाई भेटेर राहतका सास फेरिन्।नानीलाई हेरिसकेर उनी छेवैका देउराली थानामा पुगेर रिपोर्ट दर्ता गरिन्।

उलेख्य छ, सो नानीकी आमा-बाबु अदालतबाट कानुनीरुपले पारपाचुके भइसकेका छन् तथा अदालतले नानीको बाबुलाई प्रत्येक दोस्रो शनिवार मात्र आमाको अनुमति लिएर मात्रै नानीलाई हेर्ने आदेश प्रदान गरेको अदालतको प्राप्त प्रतिलिपि र आमाको बयानबाट थाहा लागेको छ।देउराली थानाका प्रभारी एम.एल. प्रधानले शिकायतको आधारमा नानीको बाबुलाई पनि सो घटनाको सूचना दिएर थानामा हाजिरी गराए तथा सो घटनाबारे पुलिसको साथमा सो घटना भएको पाठशालामा उनीहरूले सोधपुछ गर्दा प्रिन्सिपलले सविस्तार सो घटनाबारे जनाइन्।सो घटनापछि कसको हात छ तथा यो कसको षढ़यन्त्र हो, यसबारे पुलिसले उचित खोज तलाश गरिदियाजावस् तथा न्यायालयले पारपाचुकेमा दिएको आदेश आपराधिक मुद्धा 2008 को 94 अनुसार नानी र आमाको उचित संरक्षण होस् तथा सो काण्ड नानीलाई अपहरण गरी मानसिक यातना दिइने अपहरणको दुप्रयास रहेको जनाउँदै नानीको आमाले त्यसै मुताविक कार्यवाहि होस् भनी देउराली थानामा शिकातय पेश गरेकी थिइन्, सो शिकायतलाई गान्तोकको शदर थानामा जी.डी. 608 दिनाङ्ग 16 जून 2011 अन्तर्गत दर्ता गरिएको छ।

देउराली पुलिस थानादेखि 2 मिनटमा हिड़ेर पुगिने सो पाठशालामा दिउँसै यस प्रकारको घटना भएकोले पाठशाला र आमा पक्षका अभिभावकमाझ शनशनी मच्चाइदिएको छ।

यो माम्लाई गम्भीरतापूर्वक लिएर पुलिसले सो नानी लिनु आउने महिलाको स्केज बनाएर जारी गरी चॉंड़ोभन्दा चॉंड़ो पक्राउ नगरे यसले राज्यमा आपराधिक क्रियाकलाप अझ बढ़ेर जाने आशंका पनि पीड़ित पक्षले जनाएका छन्।सुरक्षा र सामाजिक कारणले बालिका तथा आमा-बाबुको नाम यहॉं उल्लेख गरिएको छैन।सो नानीकी आमा नानीसित देउराली नजीक्कै बस्छिन् बने सो नानीको बाबु अहिले गान्तोक छेउछाउ नै रहँदै आएको जनाइएको छ। सो बारे पुलिसले के कार्यवाही गरेको छ, यस समाचार लेखिञ्जेल थाहा लागेको छैन

दार्जीलिङमा भारतीय नारी स्रष्टा लेखन् कार्यक्रममा सिक्किमका चार प्रतिनिधि

संगोष्टीमा- नारी स्रष्टाहरूको चर्चामा धेरै नारी स्रष्टाहरू ओझेलमा

 गान्तोक, जून 12 :(विजय बान्तवा): बसुधा भारतीय नारी साहित्यिक मञ्च, दार्जीलिङको आयोजनामा नेपाली साहित्य सम्मेलनको सुधपा सभाकक्षमा  भारतीय नेपाली नारी स्रष्टा लेखन् -बारे संगोष्ठीको आयोजन गरिएको थियो, जसमा सिक्किम, दार्जीलिङ, खरसाङ, सिलगढ़ी, मणिपुरका साहित्यिक प्रतिनिधिहरूसहित दार्जीलिङका वरिष्ठ साहित्यकारहरू गोकुल सिन्हा, मदन ओझा, डा. जीवन नाम्दुङ, प्रेम प्रधान, सचेन राई मोहन ठकुरी, जीवन बान्तवा तथा विभिन्न साहित्यकारहरूको उपस्थिति रहेको थियो। नारी स्रष्टाहरूको संगोष्ठीमा पुरुष स्रष्टाहरूकै संख्या बेसी भए तापनि सिक्किमबाट पनि नारी स्रष्टाको प्रतिनिधित्व थिएन।सिक्किमबाट नेपाली साहित्य परिषद्को तर्फबाट पुस्तकालय सचिव भानु प्रकाश मार्मिक, प्रचार सचिव हेमन्त गिरी, संस्थापक सदस्य तथा आजीवन सदस्य विजय बान्तवा तथा टिका ढुंगेलले प्रतिनिधित्व गरेका थिए भने मणिपुरबाट राहुल राईको पनि उपस्थिति रहेको थियो।नेपाली साहित्य परिषद्का अध्यक्ष बी.के.रोकाले वसुधाको सफलताको लागि पठाएका शुभेच्छा पत्र भानु प्रकाश मार्मिकले पठन गरे तथा नेसापको वर्तमान कार्यकलापबारे सेक्षेपमा प्रकाश पनि पारे।

कवयित्री वीणा हामखिमले स्वागत वक्तव्य गरेपछि डा. कविता लामाले उद्घोषणा कार्य सम्पादन गरेकी थिइन्। प्रमुख अतिथि अकादमी पुरस्कार विजेता कृष्णचन्द्र सिंह मोक्तान तथा वसुधाका अध्यक्षा विन्ध्या सुब्बाले दीप प्रज्जवलन गरेपछि कार्यक्रमको आरम्भ भएको थियो।

शोध वक्ताको रुपमा जय क्याक्टसले भारतीय नारी स्रष्टाहरूको कविता लेखन्बारे कार्य-पत्र पेश गरेका थिए, जसमा भारतीय नारी लेखिकाहरूको योगदान बारे केही संक्षिप्त इतिहाससहित आफ्नो व्याखा प्रस्तुत गरेका थिए भने त्यसबारे कवि मन प्रसाद सुब्बाले आफ्नो विद्वत्पूर्ण टिप्पणी पेश गरेका थिए।

यसरी नै भारतीय नारी स्रष्टाको कथा लेखन्बारे रेमिका थापाले पनि कार्य पत्र पेश गरेका थिए, तर उनले आफ्नो लेखन्मा दार्जीलिङकै कथाकर्तृहरू डा. लक्खीदेवी सुन्दास, विन्ध्या सुब्बा, वीणा हामखिम, इन्द्रमणि दर्नाल र नीना राई पॉंच जना नारी स्रष्टाहरूको योगदानको मात्र उल्लेख गरे।

भारतीय नारी स्रष्टाद्वारा उपन्यास आदि लेखन् बारे राज छेत्रीले आफ्नो प्रस्तुती पेश गरे।उनले आफ्नो प्रस्तुती कै सन्दर्भमा रेमिका थापाले भारतीय नारी स्रष्टाहरूको लामो सूचीमा कमला आँसु तथा अन्य कैयन् नारी स्रष्टाहरूको उल्लेख गरिनु पर्ने कुरो जनाए।सभा भित्र र बाहिर दार्जीलिङ, सिक्किमका विद्वान एवं साहित्यकारहरूले पनि डा.कमला सांस्कृत्यायन, डा. शान्ति छेत्री, डा. शान्ति थापा, कमला आँसु, मटिल्डा राई, चन्द्रकला नेवार, चन्द्र वानुछा, उर्मिला घिसिङ, दमयन्ती खड़का, सावी रुम्बा, सुष्मा मोक्तान, गीता उपाध्याय, मणिपुरकी आशा रानी राई, गीता शर्मा आदिको योगदान बारे केही उल्लेख नहुनु तर केही पुरुष लेखकहरूको उल्लेख हुनु तथा टेलिभिजनको कुराहरू उठाएर अन्य नारी स्रष्टाहरूको योगदानको उल्लेखसम्म नारी स्रष्टाबाटै नहुनु तथा सबैको नारी स्रष्टाहरूको कृतिहरूलाई शिल्पकारिताको न्यूनता रहेको कारण जनाउँदै वार्ताकार रेमिका थापाले अन्देखा गर्नु भारतीय नारी साहित्यको अध्ययनमा उनको अध्ययनको कमी हो तथा यसो गरिनु नारी स्रष्टाहरूकै दुर्भाग्य हो भन्ने कुरो चर्चा गरे। प्रश्नोत्तरमा पनि नारी स्रष्टाहरूको सठीक मूल्याङ्कन् नभएको कुरो उपस्थित अन्य साहित्यकारहरूले प्रश्न राखे।

आफ्नो सम्बोधनमा प्रमुख अतिथि साहित्यकार कृष्णचन्द्र सिंह मोक्तानले नारी स्रष्टाहरूको लेखन्बारे चर्चा हुनु असल रहेको जनाउँदै अझै असल प्रकारले चर्चा परिचर्चा हुनु पर्ने कुरोमा जोर दिए।आफ्नो अध्यक्षीय वक्तव्यमा विन्ध्या सुब्बाले पनि नारी लेखन्बारे चर्चा थालेर वसुधाले नारीहरूलाई मञ्च प्रदान गरेको उल्लेख गरिन्।

मुख्यमन्त्री चामलिङको दोस्रो चरणको भ्रमण, प्रतिपक्षीको आऱोप र जनताको चुनौतीबीच

गान्तोक, मई 29; मुख्यमन्त्री पवन चामलिङले राज्यभरि 40 दिनको गाउँ-गाउँको भ्रमण गर्ने अभियान गत 17 मईदेखि थालेपछि सो भ्रमण केही दिनलाई स्थगित गरिएको थियो।उनको भ्रमणको सम्पूर्ण तालिका प्राप्त नभए तापनि उनले पालै पिलो वा चरण चरण यो भ्रमण गर्ने हो भनी जनाएका छन्।पहिलो चरणको भ्रमण अहिले सकेपछि दोस्रो चरणको भ्रमण 30 देखि थालिने भएको छ।

यसैबीच प्रतिपक्षी-हरूले यो भ्रमणलाई लिएर धेरै प्रकारका प्रतिक्रियाहरू जनाइरहेका छन्।शारीरिक अस्वस्थता वा राजनीतिक बिमारले गर्दा 40 दिनको भ्रमण 7 दिनमा नै सकियो भन्ने प्रश्नसमेत तेर्साउन विपक्षीहरू पछि परेका छैनन्।सत्ताधारी दलहरूले सो टिप्पणी र बयानबाजीहरूको खण्डन गर्दै सरकारी घोषणालाई नपर्खी उनीहरूले यस प्रकारको प्रचार गर्ने दुस्साहस गरेको आरोप लगाएकोछ।

सूचना तथा जन सम्पर्क विभागले जनाएको विज्ञप्ति अनुसार सो भ्रमण दक्षिण जिल्लाको लिङमोमा ककबीर मठको शिलान्यास गरेपछि प्रारम्भ हुने कुरो जनाएको छ।त्यसरी नै मुख्यमन्त्रीले दक्षिण जिल्लाको राभाङला, किउजिङ, रालाङ, बोरोङ तथा लिङी पायोङको भ्रमण गर्ने जनाइएको छ।

यसरी भ्रमण गरी सोझो सम्पर्क जनतासित गॉंसी उनीहरूको स्थलगतरुपमा समस्या बुझ्नु र त्यसको निवारण गरिनु भ्रमणको लक्ष्य रहेको जनाइएको छ।

आफ्नो 7 दिनको लामो भ्रमणमा उनले 24 ग्राम पञ्चायतहरूमा 139 वार्डका जनातासित भेट गरिसकेको जनाइएको छ बने उनले 7 सय किलोमिटर लामो यात्रा पनि गरिसकेका छन्।भ्रमणको अवधिमा मुख्यमन्त्रीले राज्यमा सर्वाङ्गीन विकासबारे जनतासित बातचीत गरी उनीहरूको समस्या समाधान गर्ने दिशामा काम गरिरहेको पनि जनाइएको छ।

अर्कोतिर प्रतिपक्षीहरूले आफ्नो धरोहर बिग्रिन्दै गएकोले मुख्यमन्त्रीले यो भ्रमण चालेको तर पश्चिम जिल्लामा उनले यात्रा नगरेको तथा त्यहॉं धेरै कुरो बिग्रिसकेको समेत लाञ्छना लगाइएको छ।वास्तवमा मुख्चमन्त्रीले जनताको घर घर र गाउँ गाउँमा घुमाउने अभियानलाई प्रत्यक्ष प्रजातन्त्रको एउटा सशक्त उदाहरण मानेका छन्।यो के कति सफल होला, त्यो भविष्यले बताउँला, तर कतिपय राज्यमा नेताहरू चुनाउको बेला मात्र मुख देखाउनु जनताको घर दैलोमा पुग्ने गरेको कुरा भारतमा धेरै पाइन्छन् भने यो अभियानले निश्चय एउटा नयॉं दिशा तय गर्नु सक्दछ तथा जनता र सरकारमा एउटा सेतुको काम गर्नु सक्दछ।

 

कस्तो स्वरुप हुन्छ त गोर्खाल्याण्ड स्वायक्त शासनको, जनताको जिज्ञासा

-राजनीतिक विश्लेषण

गान्तोक,6 अगस्तः(विजय बान्तवा)- छुट्टै राज्य गोर्खाल्याण्डको विशेष माग रहे तापनि केन्द्र सरकार अहिले यो छुट्टै माग कुनै तरहले पनि सृजना गर्ने र विशेष बंगालसित कुनै प्रकारको खतरा मोल्ने स्थितिमा नरहेको अहिलेको राजनीतिक गतिविधिबाट स्पष्ट हुन्छ।यसैले गोर्खा जनमुक्ति मोर्चा र पश्चिम बंगाल सरकारसमक्ष केन्द्र सरकारले एउटा विकल्पको रुपमा गोर्खाल्याण्ड अटोनमस अथरिटी वा अर्को शब्दमा गोर्खाल्याण्ड स्वायक्त शासनको प्रस्ताव हातमा थमाएर प्रतिक्रिया र आफ्नो विचार मागेको छ।अहिले दार्जीलिङका नेताहरू, राज्य सरकार र केन्द्र सरकारले स्पष्ट नपारेले इन्टरिम सेटअप वा अन्तरिम व्यवस्था भनेको के हो, फेरि गोर्खाल्याण्ड अटोनमस् अथरिटी भनेको के हो जान्ने जिज्ञासा रहेको छ। मिडियाहरूमा प्रकाशमा आए अनुसार केन्द्रले गोजमुमोले मागेको तथा दार्जीलिङको जनताको धेरै सालको तपस्या र संघर्षको माग गोर्खाल्याण्ड छुट्टै राज्य प्रदान नगरेर दार्जीलिङमा गोर्खाल्याण्ड अटोनमस अथिरिटी अर्थात् गोर्खाल्याण्ड स्वायक्त शासन प्राधिकरण गठन गर्ने प्रारम्भिक प्रस्ताव राखेको छ।यसको लागि अहिलेलाई तदर्श समिति भने सरह एक वर्षको लागि अन्तरिम व्यवस्था वा इन्टरिम सेटअप गठन गर्ने प्रस्ताव दिएको छ, जसमा 15 जना राजनीतिक दलका प्रतिनिधिहरू रहने र पाँच जना राज्यपालद्वारा मनोनित गरिने प्रावधान रहेको छ।राज्यपालबाट मनोनित गरिनु भनेको राज्य सरकारले नै मनोनित गर्नु हो।ढाँचागत वा संरचनाको तुलनामा यो दार्जीलिङ गोर्खा पार्वत्य परिषद् सरह नै रहेको छ, राज्यकै अन्तर्गत, तर यसमा दागोपापभन्दा  धेरै क्षमताहरू प्रदान गरिने जस्ता प्रावधानहरू पनि राखिएको प्रतीत हुन्छ।अहिले 22 वटा विभाग दागोपापले चलाइरहेको छ भने अब 54 वटा विभागहरू प्रदान गरिने भएको छ, तर कानून व्यवस्था र पुलिस विभाग भने राज्यकै अधीनमा रहने कुरो प्रस्तावमा रहेको मिडियाहरूमा बताइएको छ।

यो अन्तिरम व्यवस्थाको प्रतिनिधि मण्डल 1 वर्षसम्म रहने र एक वर्षभित्रमा पहिले 31 दिसम्बर 2011 सम्म पञ्चायत चुनाउ गरेर फेरि गोर्खाल्याण्ड स्वायक्त शासन प्राधिकरणको लागि 15 जना प्रतिनिधिहरूको चुनाउ हुने जनाइएको छ।सो प्राधिकरणको मियाद पाँच वर्षको हुने जनाइएको छ।यो प्राधिकरणमा तर सिलगढ़ी,, डुवर्स आदि इलाकालाई नजोड़ेर दागोपापकै स्वरुपलाई केन्द्रले मानिलिएको छ। यद्यपि केन्द्रले तीन वर्षसम्म दार्जीलिङको विकासको लागि सोझै धनराशि प्राधिकरणलाई प्रदान गर्ने पनि जनाइएको थाहा लागेको छ।यद्यपि पश्चिम बंगाल सरकारले धेरै अड़चनहरू यसमा लगाउने निश्चित छ, पहिलो कुरो चाहिँ यो सम्झौता वा व्यवस्थाको लागि गोजमुमोलाई राजी गराएर बंगालबाट दार्जीलिङ कुनै हालतमा पनि अलग नगराउनुमा पहिलो राजनीतिक सफलता हासिल गर्नेछ तथा अहिले पनि त्यो सफलता बंगालले हासिल गरिरहेकै पनि छ।दोस्रो सिलगढ़ी र डुवर्सलाई कुनै हालतले पनि सो व्यवस्थामा सामेल गराउने छैन।तेस्रो शासन र वित्तीय नियन्त्रण पनि बंगालले आफ्नो हातमा नै राखेर नामको लागि मात्र सो व्यवस्था राखेर दागोपापलाई जस्तो निष्क्रिय पार्ने षढ़यन्त्र रहनेछ, केन्द्र र गोजमुमोको आँखामा छारो हाल्ने पुरा प्रयास बंगाल सरकारको यसमा रहनेछ।

 

भारतीय नेपालीहरूको एकताको  प्रश्न

 

यहॉं भारतीय नेपाली तथा भारतीय गोर्खाहरूकै हितको कुरा उठान हुँदा एउटा यस्तो राष्ट्रीय स्तरको मञ्च र सामाजिक संगठन होस्, जहॉं सिक्किमका पूर्व मुख्यमन्त्रीहरू श्री नरबहादुर भण्डारी,श्री बी.बी. गुरुङ, श्री सञ्चमान लिम्बू साथै वर्तमान मुख्यमन्त्री डा. पवन चामलिङ, श्री सुवास घिसिङ, असमका स्पीकर टंक राई, श्री आनन्द पाठक, श्री दावा नर्बुला, श्री आर.बी.राई, पूर्व सांसद् श्री मणिकुमार सुब्बा आदि सबै मिलजुल गर्नु सक्ने होस्।

भारतमा खॉंटी भारतीय नेपाली वा गोर्खाहरू एक करोड़भन्दा पनि अधिक रहेको जानकारी छ भने यो तथ्यको जनगणनालाई ठोस तथ्याङ्क र दस्तावेजको रुप दिनु र आपसी तालमेल राख्नु आज जरुरी छ।आज प्रत्येक राज्यहरूमा नै भारतीय नेपाली अथवा गोर्खाहरूको उपस्थिति तथा स्थायीरुपले बसोबासो छ।उनीहरू अन्य भारतीय नागरिकहरूसित मिलेर बस्दा त्यहींकै  जनजीवन र भाषा एवं संस्कृतिसित जोड़िएर बसेका छन्।आज कुनै पनि भारतीय नेपाली वा गोर्खाले आफ्नो मातृभाषा बाहेक अन्य अञ्चलको भाषा जस्तै असमी, मिजो, मणिपुरी, हिन्दी, बंगाली आदि खूबै सहजताका साथ जान्दछन् र बोल्दछन्।आफ्नो भाषामा कमी भए तापनि अन्यको भाषा अन्यसित रहँदा खूबै गहिरो र जरासितै बुझेका दृष्टान्तहरू छन्। आज पनि देहरादुन, दिल्ली तथा असम एवं उत्तरपूर्वीय राज्यहरूमा बसेका नेपालीहरूको भाषा सिक्किम र दार्जीलिङ तथा उत्तर बंगालमा बसोबासो गर्ने क्षेत्रका नेपाली भाषा-भाषीको तुलना र हाराहारीमा एकै छैन।उनीहरू कुनै न कुनै रुपमा नेपाली भाषा बोले पनि भिन्दै बोल्ने गर्छन्।भारतभरि नै छरिएर बसेका हुनाले धेरै संख्यामा भए तापनि भारतीय नेपाली वा गोर्खाहरूको सामाजिक, सांस्कृतिक आदिमा पनि एकीकरण हुनु सकेको छैन।सर्व प्रथम त उनीहरूको एउटा दरिलो संस्था राष्ट्रीय स्तरमा पनि हुनु सकेको छैन, भारतीय नेपाली राष्ट्रीय परिषद्पछि भारतीय गोर्खा परिसंघको उद्भव भयो, तर कैयन् कारणहरूले गर्दा यसको कार्यकलाप र गतिविधिमा तीब्रता र प्रभावकारिता आएन।आज फेरि सिक्किमका मुख्यमन्त्रीलाई नै यस्ता राष्ट्रीय संस्थान्को नेतृत्व गरिदिने प्र[यक्ष एवं अप्र[यक्षरुपमा शिरोभार आइरहेको छ।यस्तो स्थितिमा भारतीय नेपालीहरू एकजुट भएर कार्य गर्नु सके तथा राष्ट्रीय स्तरमा आफ्नो पहिचान बनाउने क्रममा शतत् चिन्तनशील र लगनशील रहे निश्चय नै भारतीय महासंघमा भारतीय नेपाली एवं गोर्खाहरूले विविध विषय र मुद्धाहरूमा आफ्नो योगदान विभिन्न तहबाट दिनका निमित्त क्षमताको विकास गर्ने एउटा ठूलो टेवा प्राप्त गर्नेछन्।यस दिशामा उनीहरूलाई अहिलेको मिडिया क्रान्तिको युगमा मिडियाद्वारा एक जुट गराउने तथा सचेत गराउने जस्ता अभियान अनिवार्य छ। भारतीय नेपाली वा गोर्खाहरूको आफ्नै एफ्एम्, इलो[ट्रोनिक मिडिया वा नेशनल न्यूज च्यानल  आदि हुनु आवश्यक छ।सर्व प्रथम मिडियाले नै भारतीय नेपाली वा गोर्खाहरूलाई एकीकरण गर्नमा टूलो मदद् पुराउनु सक्दछ।त्यसका निमित्त यहॉं उचित मार्गदर्शन, तालमेल तथा ठोस अभियानको आज अति नै महत्त्व रहेको छ।

यहॉं भारतीय नेपाली तथा भारतीय गोर्खाहरूकै हितको कुरा उठान हुँदा एउटा यस्तो राष्ट्रीय स्तरको मञ्च र सामाजिक संगठन होस्, जहॉं सिक्किमका पूर्व मुख्यमन्त्रीहरू श्री नरबहादुर भण्डारी,श्री बी.बी. गुरुङ, श्री सञ्चमान लिम्बू साथै वर्तमान मुख्यमन्त्री डा. पवन चामलिङ, श्री सुवास घिसिङ, असमका स्पीकर टंक राई, श्री आनन्द पाठक, श्री दावा नर्बुला, श्री आर.बी.राई, पूर्व सांसद् श्री मणिकुमार सुब्बा आदि सबै मिलजुल गर्नु सक्ने होस्।त्यसको लागि पैसामा बिक्री नहुने र स्वाभीमान र आत्म गौरवमा बॉंचु सक्ने इमान्दार बुद्धिजीवी र सामाजिक संगठनको जरुरत पर्दछ।यस्तो क्षमताशील संगठन नभएसम्म भारतीय गोर्खाहरूको हितमा ठोसरुपमा काम हुनु सक्ने छैन।आज यो आवश्यकताको परिपूर्तिलाई भागोप वा कुनै संगठनले खूबै निष्ठापूर्वक निर्वाह गर्नु पर्नेछ, तर यहाँ त घत् हेराइको कार्यक्रम र आफ्नो प्रचारको अभियान चलिरहेको प्रतीत छ।

 

गोर्खाल्याण्ड स्वायक्त शासनको यो प्रस्तावको मोड़मा गोजमुमोको कस्तो अहम् भूमिका, अड़ान र रणनीति हुनुपर्ने हो त ?

गोजमुमो नेता विमल गुरुङ र अन्य नेताहरूले यस बेला राजनीतिक चाप र सुझबुझ अनि विवेकको सदुपयोग गर्नु पर्ने र धैर्यता हासिल गर्नु पर्ने हुन्छ।जनतालाई गोर्खाल्याण्डको सपना देखाएर नाम मात्र ठूलो तर दागोपाप भन्दा पनि काम नलाग्ने प्रशासनको भार लिने अब ऐतिहासिक भूल गर्नु छैन।दार्जीलिङको मूल मुद्धा भनेको नै छुट्टै राज्य हो।गोर्खाल्याण्ड स्वायक्त शासन प्राधिकरण भनेको छुट्टै राज्य गोर्खाल्याण्ड होइन, हुँदैन पनि।यसैले पहाड़का विपक्षीहरूले अहिले यसको प्रतिवाद गरिरहेको छ।यदि यसमा सम्झौताकै प्रश्न उठ्छ भने पनि छुट्टै राज्यकै सामर्थको प्राधिकरण हुनुपर्ने अनि उचित राजनीतिक परिवेशमा छुट्टै राज्य नै सृजना गरिनुपर्ने कुरामा नै अहिलेलाई जनहित र दार्जीलिङको विकासको पक्षमा हरियो संकेत दिइनु सकिन्छ।त्यसको लागि संवैधानिक दर्जा पनि हुनुपर्छ।केन्द्रले सोझै प्राधिकरणलाई धनराशि प्रदान गर्नु पर्दछ तथा विधानसभामा उठेका सबै प्रस्तावहरू र योजना सम्बधन्धि विषयहरू सोझै केन्द्र सरकारकहाँ चढ़ाउने र वार्षिकक योजना राशिको लागि प्राधिकरणले सोधै दिल्लीमा योजना आयोगसित बैठक गरी राशि पाउनुपर्ने प्रावधान हुनुपर्दछ।सबै विभागहरू बंगालबाट पूर्णरुपले प्राधिकरणलाई नै जिम्मा दिनुपर्दछ।यसमा बंगाल सरकारले केवल सुपरभाइज वा निरीक्षण मात्र गर्नु पाउने प्रावधान हुनुपर्दछ तर यसमा कुनै नियन्त्रण गर्नु पाउने छैन।यस्तो व्यवस्था भए र प्राधिकरणले पूर्ण स्वतन्त्रता पाउँछ भने केही कालको लागि वा गोर्खाल्याण्ड छुट्टै राज्यको गठन गर्ने राजनीतिक स्थिति नभएसम्म जनता र समस्त राजनीतिक दलले एकपल्ट यसबारे पनि निर्णय लिनुपर्ने हुन्छ। गोजमुमोले पनि छुट्टै राज्यकै सहुलियत यो स्वायक्तत शासनभित्र पाइनु पर्दछ, उनीहरूको माग पूरा नभए फेरि आन्दोलनमा फर्किआउने घोषणा पनि गरेको छ।अभ 17 अगस्त पछिको राजनीतिक स्थितिले दार्जीलिङको सही स्थिति र भविष्यको रुपरेखा स्पष्ट हुनेछ।

गाँधीजीकी सावित्री देवी स्वातन्त्र सेनानी हेलेन लेप्चाको जन्मथलो भागोप सिक्किमद्वारा पत्तो लगाइयो- स्वतन्त्र संग्राममा सिक्किमको भूमिका स्पष्टःभागोप

गान्तोक,6 अगस्तः भारतको स्वाधीनता आन्दोलनमा सिक्किमको भूमिका नगण्य रहेको पक्षलाई चुनौति दिँदै भारतीय गोर्खा परिसंघ (भागोप) सिक्किम राज्य शाखाको तत्परतामा सिक्किमको एक्ली स्वातन्त्र सेनानी  हेलेन लेप्चा (साबित्रीदेवी)-को वास्तविक जन्मथलो पत्तो लगाएर देशको स्वाधीनता आन्दोलनमा सिक्किमेको भूमिकालाई स्पष्ट पारिदिएको दावी भागोप, सिक्किमले गरेको छ। महात्मा गान्धीको सहकर्मी भएर देशको स्वाधीनता आन्दोलनमा होमिएकी सिक्किमकी छोरी हेलेन लेप्चा (सावित्रीदेवी)-माथि अहिलेसम्मको अडकलहरूलाई प्रमाणित गर्दै भागोप सिक्किम राज्य शाखाले उनको सन्तान समेत उनकै परिवारद्वारा निर्माण गरिएको (फोटोः हेलेन लेप्चाका सिक्किममा रहेका सन्तानहरू उनको तस्बीर बोकेर) छोर्तेनको भग्नावशेष अनि उऩी जन्मिएको घरको भग्नावशेष पत्तो लगाएको छ।

स्वतन्त्रता सेनानी हेलेन लेप्चाको सन्तानको खोजिमा लागेको भागोप सिक्किम राज्य शाखाका अध्यक्ष डा. कमल गुरुङ, कार्यकारी अध्यक्ष नारायण भट्टराई, महासचिव एस पांडे, राष्ट्रिय कार्यकारी समिति सदस्य सीपी गिरी अनि प्रवीण खालिङको टोलीले गत 1 अगस्तको दिन दक्षिण सिक्किमको  भ्रमण गरेर उनको जन्मथलो वा जन्मभूमी पत्तो लगाएको छ। 

पछि्लो दशकमा प्रकाशित पुस्तकहरूको धमिलो दस्तावेजको आधारमा खोजिएको उनको पैतृक थलो पत्तो लगाउने काममा दक्षिण सिक्किमको नाम्चीदेखि लगभग 15 किलोमिटरको दूरीमा आसाङथाङ नजिक सामु गाउँमा हेलेन लेप्चाको जन्म भएको प्रमाण र उनी जन्मिएको घरको भग्नावशेष ङ्गेला पारेको छ ।यसका साथै  उनको परिवारको दोस्रो पुस्ताको सन्तानमा 65 वर्षीय लाको छिरिङ लेप्चा (भदै), 68 वर्षिया भदैनी आकी लेप्चा अनि नरमित लेप्चासित पनि साक्षात्कार गरेर प्रमाण जुटाउने कार्य गरेको छ। हेलेन लेप्चाको बारेमा उनका आफन्तहरूसित भेट भएपछि हेलेन लेप्चाको  परिवारले सामु गाउँको गुम्पा डॉंडामा निर्माण गरेको छोर्तेनको भग्नावशेष भदै लाको छिरिङले देखाए। विगत वर्ष उक्त छोर्तेन भत्किएको भदै लाको छिरिङ लेप्चा बताउँछन्‌। उनले भने अनुसार 1980 सालसम्म हाम्रो फुपु हेलेन लेप्चाले यो छोर्तेनको मरमत गर्न वर्षेनी पैसा पठाउऩु हुन्थ्यो। उनी मरेपछि यसको स्याहार भएन पोहोर साल भत्कियो। यसैगरी भदै लाको छिरिङले आफ्नो बाजेहरूले झुण्ड बनाएर चार-पॉंचवटा घर बनाएको अनि त्यसै भवन मध्ये एउटा भवन हेलेन लेप्चाको परिवार बस्ने गरेको अऩि ती भ़वनहरू पनि भत्किएर गएको बताउँदै हेलेन लेप्चाको पैतृक घऱ भएको ठाउँमा लगेर केवल ढिस्कनो मात्र बाचेको देखाए । हेलेन लेप्चा जन्मिएको ठॉंउमा अझै पनि घरको चिन्ह समेत थाहा लाग्ने ढुंगा र माटो सँगै सय वर्षभन्दा पुरानो नस्पातीको रूख साक्षी भएर उभिएको पाइयो।  अर्कोतिर देशको निम्ति आफ्नो यत्रो योगदान दिने गान्धीजीको सहकर्मी भएर बिहार र उत्तरप्रदेशको आन्दोलनमा कोइला खानीका मजदूरहरूलाई नेतृत्व गर्न सफल सेनानीको परिवारमा अहिले बॉंचेका दुइ-तीन आफन्तहरूसित धमिलो यादबाहेक उनले देशको प्रधानमन्त्रीबाट प्राप्त ताम्रपत्र बोकेर खिचेको तस्वीर मात्र रहेको छ।  हेलेन लेप्चाका सन्तानहरू अहिले पनि गरीबी र अशिक्षाको अन्धकारमा भौतारिरहेको हुनाले उनको महत्वसम्म बुझेर सम्हार गर्नसक्ने अवस्थामा नरहेको हुनाले आउँदो भविष्यमा रहेको केही याद र चिन्हारीहरू पनि लुप्त हुने अवस्थामा पुगेको छ।

विगत तीन वर्षदेखि भागोपले  थालेको अभियानमा हेलेन लेप्चाकी नाती पेम्छो लेप्चाले सहयोग गरेर अभियानलाई ठूलो मद्दत पुगेको भागोप सिक्किमले जनाएकोछ। उनी स्वयं हेलेन लेप्चाकै सानिध्यमा  खरसाङमा हुर्किएको हुनाले उनले अझ धेरै जानकारी भागोपलाई प्रदान गरेको छ। यसै गरी भागोपको अध्ययनको काममा अहिलेसम्म स्वातन्त्र सेनानीको परिवारका सीमित सदस्यहरूको प्रमाण भेटाएको पनि जनाइएकोछ। जसमा हेलेन लेप्चाको फोटो लाको छिरिङ र आकी लेप्चाको परिवारले सुरक्षित राखेका छन्‌। यसका साथै अझ विस्तृत जानकारी संकलनको निम्ति  उनको नातीनी तार्मित लेप्चा अनि भागोपका सदस्य सोमबहादुर राईको संयोजनमा जिम्मेवारी सुम्पिएको छ।

अर्कोतिर भागोप देशको स्वाधीनतामा गोर्खा सन्ततीको योगदानबारे देशलाई अवगत गराउने तथा देशले भूलेका गोर्खाका गौरवहरूको दस्तावेजको रुपमा संकलन गरेर देशसमक्ष प्रस्तुत गर्ने अभियानमा सिक्किमको पक्षबाट हेलेन लेप्चालाई चिन्हित गरेर तीन वर्ष अधिदेखि थालेको शोध कार्यमा यो ठूलो सफलता रहेको हेलेन लेप्चाको पैतृक भूमी पुगेर फर्किएका भागोपका प्रतिनिधिहरूले बताएका छन्‌। हेलेन लेप्चा माथि गरिएको सोधलाई आगामी 25 अगस्तको दिन पालन गरिने बलिदान दिवसमा भागोप सिक्किम राज्य शाखाको मुखपत्र सिक्किम परिसंघमा प्रकाशित गरिने पनि जनाइएकोछ। यसका साथै उनको प्रतिमा निर्माण गर्ने तथा उनको नाममा राज्यको सडकहरूको नामाकरण गरेर उनको योगदानलाई कदर गर्ने दिशामा पनि भागोपले पहल गर्ने निधो गरेको छ। यसका साथै उनको परिवारको सदस्यहरूलाई आगामी 25 अगस्तको दिन  स्वतन्त्र सेनानी हेलेन लेप्चा मंचमा पालन गरिने बलिदान दिवस कार्यक्रममा परिचय गराउने निर्णय गरिएको जनाइएकोछ। 

उल्लेखनीय छ हेलेन लेप्चाको जन्म 1902 मा दक्षिण सिक्किमको सामु गाउँमा आचुङ लेप्चाको परिवारमा साइँली छोरीको रूपमा भएको थियो। कारणवश उनको परिवार खरसाङमा बसॉंई सरेका थिए । खरसाङमा नै शिक्षा प्राप्त गरे पनि उनको लगाउ सिक्किमसित पनि कम नभएको उनका आफन्तहरूले बताए अनुसार छोर्तेन मरमत गर्ने पैसा र सामान पठाउने गरेकोले स्पष्ट भएको छ।यद्यपि उनी सिक्किमबाट गएपछि एकैपटक पनि आफू जन्मिएको माटोमा फर्केर नआए पछि बिस्तारै उनको सम्झना स्थानीय मानिसहरूबाट हराउँदै गएको पनि जनाइएकोछ। यद्यपि खरसाङ आन्टी,साइँली फुपु भनेर सम्झनेहरूको पुस्ता भने अहिले पनि जिउँदै रहेका छन्‌।  हेलेन लेप्चाले महात्मा गान्धीसितै देशको स्वाधीनता आन्दोलनमा भाग लिएका थिए भने गान्धीजीले नै उनलाई सावित्री देवी भनेर नामकरण गरिदिएका थिए। 1920 सालदेखि उनले स्वाधीनता आन्दोलनलाई समातेर अघि बडेका थिए। यसपछि निरन्तर लागी परेका थिइऩ्‌। 1939-1940 को दशकमा खरसाङको गिद्दे पहाडमा नेताजी सुभाष चन्द्र बोसलाई नजरबन्द गरेर राखिएको थियो। त्यसबेला उनलाई ब्रिटिसको पञ्जाबाट ङ्गुत्काएर पठानको भेषमा कलकत्ताबाट काबुल युरोप हुँदै जर्मन पुर्‍याउने कार्यमा उनको ठूलो योगदान रहेको थियो भने उनकै घरमा पठानको लुगा तयार पारिएको थियो। उनको प्रमुख कार्यस्थल बिहार र उत्तर प्रदेश रहेको थियो। उनको निधन 1980 को 18 अगस्तको दिन भएको थियो।

 

महालुट र महाझुटको आरोप प्रत्यारोपमा सिक्किमको धमिलो राजनीति

सानो हिमाली राज्य सिक्किममा 32 वटा मात्र विधानसभाको आसन भएको तथा आवादी पनि अहिलेको तुलनामा 7 देखि 8 लाख रहेको हुनाले यहॉं हुने राजनीतिक, सामाजिक र विकासीय क्रियाकलाप समेत सीमित घेरोभित्र हुने गर्दछ भने यहॉंको राजनीतिमा राष्ट्रीय मुद्धा बेसी नभएर आञ्चलिक मुद्धा बेसी हुने गर्दछ, तथा त्यसमाथि पनि व्यक्तिगत र सिद्धान्तभन्दा बेसी दलगत र जातिगत राजनीतिक मुद्धा मात्र हुने गरेको छ, यद्यपि चुनाउको बेला घोषणा-पत्रमा राजनीतिक दलहरूले जनता समक्ष बग्रेल्तै आश्वासनहरू पनि दिएका हुन्छन्, जसमा राष्ट्रीय विषयलाई समेत छुनु पुगेको पाइन्छ। गत विधानसभा चुनाउमा पनि बेसी मात्रामा स्थानीयको सुरक्षा र विकास बाहेक आयकरको मुद्धा, जातिगत समीकरणको लागि आसनहरूको सुरक्षा आदि प्रमुख रहेको थियो भने भ्रष्टाचारको विषयमा पनि यदाकदा मुद्धाहरू उठेको थियो।

सिक्किममा जुन रफ्तारले विगतका दिनहरूमा विकास कार्यहरू भयो तथा केन्द्रबाट धनराशि आयो, सो सम्पूर्णरुपमा वा शतप्रतिशत नै जनहितमा खर्च भयो, कसैले पनि एक पैसा पनि भ्रष्टाचार नगरी खूबै विश्वासिलो र इमान्दारितापूर्वक खर्च गर्‍यो, यहॉंको मन्त्री, विधायक, पञ्चायतहरू एकदमै साधु सन्तहरू छन् र एक पैसा पनि उनीहरूले जनताको पैसा खाएनन् भन्नु मिल्दैन, तर विकाससंगै केही प्रतिशत कहीं कतै भ्रष्टाचार भएको कुरोलाई एकदमै नकार्नु पनि सकिन्दैन।यसका साथै विकासको छटा सिक्किममा पसेर विकास पनि भएकैले बार बार एउटै दललाई सत्तामा जनताले ल्याएको कटु सत्यलाई पनि मान्नै पर्दछ भने विकास भन्ने कुरो शतप्रतिशत भ्रष्टाचार भएर हुँदैन। शतप्रतिशत भ्रष्टाचार भएर विकास हुँदैन।यद्यपि कतिपय विभागहरूमा कोषको दुरुपयोग भएको, उचित ठाउँमा समयमा नै धनको प्रयोग नभएको कुरोलाई भने मान्नु सकिन्छ।अहिले राइट टु इन्फर्मेसन एक्ट-ले गर्दा केही हद्सम्म जनताले जान्ने अधिकारले गर्दा  जताभावी कोष दुरुपयोग गर्ने माम्लामा अंकुश लागेको छ, तर सम्पूर्णमा भने होइन।प्रत्येक विभागमा नै कोषको उपयोग बारे राजनीतिले मात्र प्रेरित भएर होइन तर समाजसेवाको भावनाले सूचना अधिकार ऐनको उपयोग गर्दै नागरिक समाजले प्रश्न उठाउने गरे धेरैवटा विभागहरूको क्रियाकलापबारे जनतालाई पत्तो लाग्दछ, तर सूचना अधिकार ऐनको पनि दुरुपयोग गर्दै बीचमा भ्रष्टाचारमा नै लिप्त भएर आफ्नो आवेदन फिर्ता लिने वा हेराफेरी गर्नेहरूसित मिल्ने प्रवृति अपनायो भने पनि सेवा, कर्तव्य र जिम्मेवारीबाट नागरिकलाई अधिकारहीन मात्र होइन, पंगु विचारधारा र सिद्धान्तहारामा परिणत गराइदिन्छ।

निर्माण र विकास कार्य एवं सहुलियत वितरणमा भएको भ्रष्टाचार, निर्माण कार्यमा देखिएको अनियमितता तथा नराम्रो गुणस्तरबारे कसैले पनि सूचना अधिकारको माध्यमबाट सरकारलाई कोष सञ्चालनबारे जानकारी माग्नु स[दछन्, तर यसबारे मानिसहरूमा कम चेतनाको कारणले पनि भ्रष्टाचारले जरा गाड़िरहेकै हुन्छ।

भारतदेशभरि नै अहिले भ्रष्टाचारको माम्ला, महंगाइको माम्लाले जनतालाई असर गरेको छ भने नेताहरूले पनि आफू सत्तामा नहुँदा मात्र यस्तो विषयको उठान गरेको तर सत्तामा आइसकेपछि यसलाई भुल्ने गरेका छन्।अहिले घरि फेरि सिक्किमको राजनीतिमा आरोप प्रत्यारोपको चर्काचर्की सत्तारुढ़ सिक्किम प्रजातान्त्रिक मोर्चा दल र प्रतिपक्षी दल प्रदेश कांग्रेसमाझ चलिरहेकोछ।गत 26 जुलाईको दिनमात्र प्रदेश कांग्रेसले वर्तमान सरकारका 12 मन्त्रीहरू लगायत अन्य नेताहरूमाथि भ्रष्टाचारको गहन आरोपहरू लगाउँदै सिक्किम महालुट नामक पुस्तिका एक पत्रकार सम्मेलनमा सार्वजनिक गरेको थियो।त्यसमा 2009 मा नै चुनाउको छेकमा प्रदेश कांग्रेसले निकाले बर्मा लुटको अतिरि[त थप आरोपहरू थोपेको पुस्तिका रहेको छ।

सो पुस्तिका प्रकाशित भएको तत्कालै भोलिपल्ट मुख्यमन्त्रीको प्रेस सल्लाहकार तथा पार्टीका प्रव[ता भीम दाहालले सो पुस्तिकामा लगाइएको आरोपहरूको घोर निन्दा गर्दै सो पुस्तिकालाई सिक्किम महालुट नभएर सिक्किम महाझुटको संज्ञा दिएको थियो।सिक्किमको जनतालाई आएको करौड़ौ रुपियॉंको हिनामिना भएको आफ्नो अड़ानलाई पुष्टि दिंदै प्रदेश कांग्रेसले वर्तमान मन्त्रीहरू र मन्त्रीहरूका आफन्तहरूको चल तथा अचल सम्पतिहरूको उल्लेख गरेको छ भने प्रवक्ता भीम दाहालले भण्डारी स्वयं भ्रष्टाचारमा लिप्त र दोषी भइसकेको जनाउँदै एक अपराधीको आँखाले पवन चामलिङलाई पनि अपराधी नै देखेको जनाएका थिए। 10 खेपसम्म परायज भइसकेको व्यि[तहरूबाट उत्पन्न भएको निराशा र अवसाद्को प्रतिफल भन्दै दाहालले सो पुस्तिकालाई जनता अघि महाझुट सिद्ध गरेर देखाउने कुरो पनि जनाएका छन्।

सन् 1975 को सिक्किमको जनता र अहिलेको जनतामा आकाश पातालको समान्तर रहेको छ।निश्चय नै सचेत जनताले नेताहरूको हिसाब किताब राखेको छ।केही प्रतिशतलाई छोड़ेर सिक्किमको राजनीतिमा कसको के कति योगदान छ तथा सिक्किममा कुन नेताहरूले भ्रष्टाचार गरेर गए वा कुन नेता साधु सन्त जतिक्कै चोखो थिए, अब कुन नेता तथा मन्त्रीहरू भ्रष्टाचारको सूचीमा छन् भन्ने कुरो पनि सचेत जनतालाई थाहा भएकै छ।तर सिक्किम महालुटमा वा कसैले पनि जनाए अनुसार राजनीतिक प्रेरित र उद्देश्य प्रेरित तर्कबाट भ्रष्टाचारको लेखा जोखा सठीक हुन्छ भन्ने चाहिँ हुँदैन।यो पहिले देखिकै नियम कानून हो कि राज्यमा कुनै पनि नेता वा मन्त्रीलाई सी.बी.आई. माम्ला गर्नको निम्ति राज्य सरकारले अनुमति दिनुपर्दछ।भण्डारीमाथि लागेको भ्रष्टाचारको आरोपलाई सी.बी.आई. मुद्धाको अनुमति केही समयका लागि मुख्यमन्त्रीको पद्मा आसीन रहेका त[कालीन पूर्व मुख्यमन्त्री बी.बी.गुरुङले सी.बी.आइ. दिएका थिए।

प्रतिपक्षीहरूको पक्षबाट केही व्यक्तिहरूद्वारा वर्तमान मुख्यमन्त्री पवन चामलिङमाथि लगाइएका भ्रष्टाचारको आरोप सर्वोच्च न्यायालयले पनि खारेज गरेको थियो।कुनै पनि पद्मा भारी जनादेशबाट आएको नेता र सरकारको प्रमुखलाई उद्देश्यप्रेरित राजनीतिको आधारमा स्वीकार गर्ने गल्ती र शासन र कानून व्यवस्था बिगार्ने काम कुनै पनि न्यायाधीसको विवेक र चेतनाबाहिरको तथ्य हो।

यसैले सिक्किम महालुटमा जनाइएको भ्रष्टाचार अक्षरश: सॉंचो हो भने त्यसलाई सप्रमाण पहिले जनसमक्ष पुराएर जनतालाई पूर्ण अवगत गराएर आउँदो आम चुनाउमा त्यसैको आधारमा जितेर आएर ती कथित दोषीहरूमाथि नयॉं सरकारले कार्यवाही गर्न सक्दछन्, तर यदि राज्यमा नै आतंक र अराजकता फैलिएको खण्डमा भने राज्यपालको विशेषाधिकार र केन्द्रको हस्तक्षेप अपरिहार्य हुँदछ। अझ पनि चार वर्ष लगभग रहेको सत्तारुढ़ दलले भने आफ्नो सकारात्मक कार्यक्रम र घोषणा-पत्रमा दिएको वचनहरूलाई पूर्ण गर्नुमा जोरतोरले जुट्नु पर्ने हुन्छ।सिक्किमको राजनीति अब आरोप प्रत्यारोपदेखिमाथि वैज्ञानिक तथ्य र सैद्धान्तिक रुपमा हुनुपर्दछ।असल राजनीतिक परम्पराको जग बसालेर सानो हिमाली राज्य सिक्किमले उदाहरण पेश गर्ने क्षमता राख्दछ। -विजय बान्तवा

टी.भी.धारावाहिकमा अहिले कस्तो सन्देश दिने प्रयास चल्दैछ त?

वर्तमान समयमा टेलिभिजन सेट् अघि विभिन्न च्यानलहरूद्वारा प्रसारित गरेको हिन्दी धारावाहिकहरू हेरेर युवा जगत र किशोर किशोरी जमातमा कस्तो प्रभाव पारिरहेको छ भन्ने कुरोको सचेत समाजले चिन्तन गर्नुपर्ने र इनीहरूको लागि मार्ग दर्शन गर्नुपर्ने भएको छ।विभिन्न टेलिभिजन च्यानलले आफ्नो रेटिङ बढ़ाइनुको लागि थरी थरीको धारावाहिकहरू प्रसारण गरिरहेका छन् भने कलिलो मस्तिष्कले कुन धारावाहिकले कस्तो शिक्षा दिइरहेछ भन्ने विषयमा विशेष बहस र चिन्तन नहुनु तथा मार्ग दर्शन तय नहुनु अझ अर्को विडम्बना हुनु गएकोछ। कथापट तथा कथानकको असल त[व 10 देखि 15 चरणमा नै सकिसकेका कतिपय धारावाहिक प्रबुद्ध दर्शक र सचेत व्यि[तहरूले बुझ्नु सक्दछन् भने एइटै धारावाहिकमा हुनुसम्मको षढ़यन्त्र, अपराधहरूलाई जोड़िने काम गरिनु तथा वास्तविकतादेखि पर कपोकल्पित र कोरा कल्पनाले भरिएको घटनाको तानाबाना बुनेर आफ्नो खेती मात्र गर्ने स्वार्थ भएको कतिपय धारावाहिकबारे तीखो आलोजना हुनु पर्ने हो।कतिपय धारावाहिकमा शिक्षा कम तर बेसी मात्रामा षढ़यन्त्र र शोषण मात्र प्रदर्शन गरिन्छ भने अर्को चरणमा मात्र धेरैपछि त्यसको निष्कर्श दिइने वा शिक्षा दिइने काम गरिन्छ, जसले गर्दा युवा मस्तिष्कमा यी धारावाहिकहरूले ज्यादा मात्रामा अपराधकै कुराहरूमात्र देख्ने र अनुसरण गर्ने भएको छ।एइटा हिन्दी धारावाहिकमा त हुनुसम्मको र चिताउँदै नचिताएको षढ़यन्त्रले भरिएको छ, जुन दुई तीन वर्ष अघिदेखि टेलिभिजनमा प्रसारित भइरहेको छ, हुनु ता त्यहॉं एउटी दलित नारीलाई पराक्रमी नारी देखाइएको छ, तर त्यहॉं शिक्षाभन्दा पनि बेसी मात्रामा षढ़यन्त्र नै षढ़यन्त्रले भरिएको पाइन्छ।सकारात्मक पक्ष एकदमै कम, तर शनशनी र नकारात्मक पक्ष धेर।तीन घण्टासम्म लगातार चलेको चलचित्रमा त्यसमा खलनायकहरूले खेलेको भूमिकालाई निष्कर्शमा गलत सावित गरेर सत्यलाई अघि सारिन्छ, तर धारावाहिकहरूमा त्यसो हुँदैन, लामो समयसम्म निष्कर्श र शिक्षा नदेखाइने हुँदा धेरैलाई धेरै समयसम्म गलत कुराहरूको नै छाप परेर गइरहेको हुन्छ, यो पक्षलाई कसैले पनि वास्ता गरेको छैन।आज सासु बुहारी र परिवारको सम्बन्धलाई पनि यस्तो निष्कर्शहीन धारावाहिकहरूले गलत सन्देश दिइरहेको छ।यस विषयमा आजका युवाहरूमाझ सचेत समाज र विद्वानहरूले जानकारी गराएर कुन चाहिँ धारावाहिक असल छ तथा धारावाहिकहरूको वास्तविक इद्देश्यहरू व्यवसायिक मात्र नभएर सामाजिक उत्थान पनि हो भन्ने कुरो बुझाइनु पर्नेछ। वास्तवमा पाठ्यक्रमको तालिका सरह यस्ता टीभी धारावाहिकहरूको पनि तालिका बनाएर मात्र समय समयमा मात्रै मनोरञ्जन र शिक्षा दुवै दृष्टिले हेरिनु असल हुन्छ।