sikkim news darjeeling news indian gorkhas      Himgiri Nepali home     नेपाली सम-सामयिक लेख तथा समाचार विश्लेषण

 

 

       

विश्व पुस्तक एवं कपिराइट दिवस

 

विजय बान्तवा

 विश्वमा मानिसको सबैभन्दा असल संगत असल पुस्तक हो भनिएको छ।समय र प्राविधिको विकासमा अहिले एलेक्ट्रोनिक मिडिया, कम्प्युटर, इन्टरनेट तथा सोसियल नेट वर्किङको बेसी प्रयोग र चलन भए तापनि पुस्तकको ज्ञान अनि पुस्तकै ज्ञानबाट कला सिकेर यी माध्यमहरूमा पनि प्रयोग भइरहेको पाइन्छ।यसैले मानव जीवनको सबैभन्दा असल र उपयोगी उपज, विवेकशक्तिको सिर्जनशीलताको फलस्वरुप नै पुस्तकको धेरै वर्ष अघिदेखि अहिले पनि महत्त्व रहिआएको छ।मानिसले आज पनि असल,ज्ञानपूर्ण र उपयोगी पुस्तकहरूको खोजी गरिरहेका छन्, लेखिरहेका छन् अनि पढ़िरहेका पनि छन्।असल पुस्तक वा कृतिको लागि स्थानीय, राष्ट्रीयदेखि अन्तर्राष्ट्रीय संस्थान्हरूले पुरस्कारहरू स्थापना गरेर लेखक, सर्जगहरूलाई सम्मानित र पुरस्कृत पनि गर्ने गरेको छ।अनेक भौतिक सम्पदा र तकनीकीको आविष्कारमा पनि पुस्तकको नै ठूलो भूमिका रहेको छ।यसैले मानव सभ्यताको सबैभन्दा ठूलो देन, योगदान र सिर्जनशीलताको उपज पुस्तक हो।

विश्वभरि नै पुस्तकमा उपयोगिता र यसको महत्त्व आजसम्म रहिरहेको छ।असल पुस्तक लेखन् र असल पुस्तकको खोजीमा कैयौं मानिसहरू विभिन्न भाषामा लागिपरेका छन्।लाखौं करोडौंको संख्यामा विश्वभरि वर्षेनी पुस्तकहरू लेखिन्छन्, कति सस्तो, ज्ञानहीन, मनोरञ्जनको लागि मात्र हुन्छन् भने केही चुनिएका गुण स्तरीय मौलिक पुस्तकहरूको मात्र विश्वव्यापी चर्चा हुने गर्दछ।

विश्व स्तरीय र गुणस्तरीय पुस्तकहरूको खोजी साहित्य, विज्ञान र अनेक विधामा आजका मानिसहरूले गर्नु थालेका छन्। यसैले यस्तो पुस्तकहरूको खोजी र महत्त्वलाई नै मानेर राष्ट्र मण्डल वा युनेस्कोले विश्व पुस्तक एवं कपिराइट दिवस प्रत्येक 23 अप्रेलमा पालन गर्ने गरेको छ।सन् 1923 मा पुस्तक विक्रेताहरूले सबैभन्दा पहिला विश्व पुस्तक दिवस मनाइएको इतिहास छ।उनीहरूले माइगुएल डि केरभान्टेस् नामक लेखक सो दिनमा दिवंगत भएको क्षणलाई सम्मान गर्दै सो दिवस मनाएका हुन् भनिएको छ।सन् 1995मा आएर युनेस्कोले विश्व पुस्तक र कपिराइट दिवसको घोषणा गरेको हो।यो दिनको विशेषतामा युनेस्कोले प्रसिद्ध नाटककार एवं कवि विलियम शेक्सपियरको पनि यहीं तारीख नै जन्म र मृत्यु भएको,इन्का गारसिलासो डि ला बेघा तथा जोसेफ प्लाको निधन भ।एको अनि अर्कोतिर माउराइस् ड्रुओन्, भ्लाडिमिर नोवबोकोभ, मानुआल मेजिया भालेजो अनि हलडोर लाक्स्नेस जस्ता लेखकहरूको जन्म भएकोले यो दिवस पालन गरिएको जनाइको छ।

यसमा सम्मिलित भएका जे नै तथ्य र घटनाहरू भए तापनि विश्व पुस्तक पालन गर्नुको मूल अर्थ हो पुस्तकहरूबारे आम मानिस एवं पाठकहरूमा जागरुगता ल्याउनु तथा पुस्तकको महत्त्व, उपयोगिता र ज्ञानबारे प्रकाश पार्नु हो।अहिलेको प्रतिस्पर्द्धाको युगमा पुस्तकहरूको प्रकाशन्, उत्पादन पनि लेखन् र सिर्जनशीलतामा जति सबल, सशक्त र गुणस्तरीय हुनुपर्दछ, त्यस्तै उत्पादन र प्रकाशन पनि गुणस्तरीय र विश्व स्तरीय हुनुपर्दछ भन्ने धारणा एवं मान्यता उब्जेको छ।विश्व पुस्तकको स्तरमा आउने तथा खूबै उपयोगी मौलिक पुस्तकहरूको विश्व बजारमा नै पाठकहरू समक्ष ल्याउनुलाई नै पुस्तक दिवस मनाइने र पुस्तकबारे आम चर्चा गर्ने यो दिवस निश्चय नै बौद्धिक समाज र आजको सभ्य समाजको लागि खूबै उपयोगी र महत्त्वपूर्ण दिवस हो।

आज साहित्य, विज्ञानमा राष्ट्रीय तथा अन्तर्राष्ट्रीय स्तरमा धेरै पुस्तकहरू छापिन्छन्, तर पुस्तकहरू छापिएर वा लेखिएर मात्र हुँदैन, आज पुस्तकको लेखन्, शैली, विशिष्टता, धारणा, उपयोगिता, प्रभावकारिता र विविध पक्षले सबल पक्षमा खरो उत्रिएको र प्रसिद्धी पाएको पुस्तकले नै ख्याती आर्जन गर्दछ।कतिपय विवाद र शनशनीबाट प्रचार पाएको पुस्तकले पनि निक्कै पाठकमाझ बिक्री हुने द्वार खोलेको र अवसर पाएको हुन्छ, तर पुस्तकको गुणवत्ता र पुस्तकको उपयोगिता आज अति नै महत्त्वपूर्ण भएको छ।नत्र पुस्तक लेखन् र पुस्तक प्रकाशनमा यदि मौलिकता, नयॉंपन, नयॉं आयाम र नवीनवाद र नवीन दर्शन केही छैन, परम्परागत ढॉंचाका मात्र छन् भने सो भीड़मा हराएको मान्छे र मान्छेको अनुहार सरह भएर हराउनु पनि सक्दछ।

विश्व पुस्तक दिवसको अवसरमा पुस्तक किन लेखिनुपर्छ, पुस्तक किन पढ़िनुपर्छ,असल पुस्तकको चयन कसरी गर्नुपर्दछ भन्ने कुरोमाथि पनि बहस हुनु जरुरी छ। अंग्रेजी भाषामा लेखिएका कैयन् पुस्तकहरूको प्रकाशन्मा पुस्तकको महत्त्व र उपयोगिताबारे प्राय: विश्वस्तरमा प्रचार भएकै हुन्छ। भारतीय भाषाहरू लगायत नेपाली भाषामा विशेष गरेर प्रकाशित भएको पुस्तकको अनुशीलन, समीक्षा, विश्लेषण, समालोचना र मूल्याङ्कन् नै नहुने हुँदा असल, गुणवत्ता र स्तरीय पुस्तकहरू पनि ओझेलमा पर्नु जॉंदछ।यसैले कृतिको आधारमा दिइने पुरस्कारहरू पनि विवादमा पर्ने गर्दछ।विश्व पुस्तक दिवसमा हरेक भाषाहरूमा वर्षमा छापिएका पुस्तकहरूको निरुपण, चर्चा र संगोष्ठी हुनुपर्दछ।सही पुस्तकको सही मूल्याङ्कन् हुनुपर्दछ तब मात्र समाजले राम्रो पुस्तक र राम्रो स्रष्टाको कृति प्राप्त गर्नु सक्दछ।कसैको माया दया र तटस्थहीन निर्णयबाट पुरस्कृत कृतिहरूले समाजलाई नराम्रो सन्देश पनि दिने गर्दछ।फेरि पुरस्कार पाएको कृति मात्र उम्दा र गुणस्तरीय कृति हुन्छन् भन्ने पनि छैन, तर साधारण पाठकहरूको रुची बुझ्ने र उनीहरूको रुची अनुसारको पुस्तक मात्र होइन समाज र राष्ट्रलाई नै दिग्दर्शन गर्नु सक्ने असल पुस्तकहरूबारे बौद्धिक समाज, सर्जग र समालोचकहरूले नै जानकारी गराउनु पर्ने दायित्व बढ़ी हुन्छ।यसका साथै अभिभावक तथा शिक्षकहरूले विद्यार्थीहरूलाई सदैव असल पुस्तकहरूको बारे चर्चा गर्नु पर्दछ तथा त्यस्ता पुस्तकहरू अध्ययन गर्ने कुरामा प्रेरणा दिनु पर्दछ।

आज जसरी सूचना तकनीकी, सञ्चार व्यवस्था र पुस्तक प्रकाशनको तकनीकीमा क्रान्ति नै आएको छ, त्यहीं गतिले पुस्तकहरूको नकल गर्ने, लेखकहरूको विचार, शैली र विषयबस्तु नै नकल गर्ने र सर्वाधिकार सुरक्षा वा कपिराइटको उल्लंघन गर्नेहरूको पनि बेसी वृद्धि भएको छ।कुनै कृतिकारको कुनै पुस्तक कुनै देशमा खूबै प्रसिद्धी पाएर लाखौंको संख्यामा बिक्री भइरहेको पाइए यस्ता नकलकर्ता वा मुद्रकहरूले सो पुस्तक आफ्नो देशमा लगेर कुनै अनुमति बिना छापेर बिक्री गरी अवैद्य प्रकारले पैसा कमाउने धन्धा पनि गरेका छन्। जे.के. रोउलिङको हेरी पोर्टर अहिले विश्वमा सातौं भागसम्म खूबै चर्चित रुपमा बेसी मात्रामा बिक्री भएको पुस्तकको सूचीमा छ।यस्ता पुस्तकहरूको नकल गरी वा सिंङ्गै पुस्तकहरू अवैद्य छापी पैसा कमाउने जमात पनि यो विश्वमा हुन्छ।

पुस्तकहरूको यसरी नकल नहोस्, चोरी नहोस् तथा कुनै लेखकको कृतिलाई अर्को लेखकको नाममा प्रकाशित नहोस् वा कृतिको कुनै पनि अंश पूर्व अनुमति बिना वा कानूनी विधिबिना छाुलाई निषेध होस् भन्ने उद्देश्यले तथा कृतिकारको मौलिक कृतिको सुरक्षा गर्नुको लागि नै कपि राइट एक्ट वा सर्वाधिकार सुरक्षा ऐनको विश्वमा प्रादुर्भाव भएको हो।

भारतमा पनि साहित्यिक कृति, सिनेमा, भिडियो, कलाकृति, चित्रकारिता वा कुनै पनि कृतिलाई सर्वाधिकार सुरक्षा ऐन अनुसार सुरक्षा प्रदान गरिएको छ। यसै सन्दर्भमा इण्डियन कपि राइट ऐक्ट 1957 देशमा लागु गरिएको छ।यसको प्रावधान अनुसार केन्द्र सरकारले कपिराइट एक्टको कार्यालयको स्थापना गर्नुको साथै पञ्जीकरक र उप पञ्जीकरक जस्ता अधिकारीहरूको नियुक्ति गर्ने प्रावधान रहेको छ।कुनै पनि साहित्यिक, संगीत, चलचित्र, कलाकृति आदिमाथि भएको कुनै पनि विवाद वा मुद्धालाई कपिराइट बोर्डले निर्णय दिंदछ, जसको न्यायिक अधिकार पनि हुँदछ र कपि राइट उल्लंघन भएको खण्डमा दण्ड पनि तय गर्दछ, जसको लागि जरिमाना सहित जेल पनि पठाइनु सकिन्छ। कपिराइट बोर्डको चेयरम्यान वा अध्यक्ष उच्च न्यायालयका न्यायाधीश जो सर्वोच्च न्यायालयका न्यायाधीश हुन योग्य छन्, उनलाई नियुक्ति गरिइने प्रावधान छ।

यसरी नै कपिराइटलाई मूल लेखकले कार्यालयमा दर्ता गरी आफ्नो कृतिको अधिकार सुरक्षित राख्नु सक्दछ तथा सो कृतिलाई बेचु वा कसैलाई उद्धृत गर्नु वा पुन: प्रकाशमा ल्याउनुको निम्ति अनुमति दिने अधिकार राख्दछ।कृतिकारको आफ्नो जीवनभरि सो कृतिको सर्वाधिकार सुरक्षित हुँदछ भने आफू निधनभएपछिको दोस्रो वर्षदेखिको 62 वर्षसम्म सर्वाधिकार सुरक्षित रहन्छ। अज्ञात कृतिकारहरूको भने सो कृति छापिएको मितिदेखि 60 वर्षसम्म सर्वाधिकार सुरक्षित रहने प्रावधान छ।

यी सबै प्रावधानले गर्दा कसैको कृति चोरी हुने कुरोमा प्रतिबन्ध लाग्दछ।यसो नगरिएका धेरै जसो मौलिक रचनाहरूको चोरी हुने र बजारमा नाफाको लागि बिक्री हुने गर्दछ।आजकल बजारमा धेरै संख्यामा पुस्तक छोड़ी चलचित्रको सीडी तथा भिडियोहरू नकल गरी बिक्री गर्ने चलन बढ़ेको छ, कपिराइट एक्टले ती सबै आपराधिक कार्य ठहराइदिएको छ।

यसरी विश्वमा कपि राइट एक्टले सर्जगहरूको मौलिक कृतिलाई संरक्षण गर्ने दिशामा ठूलो महत्त्वपूर्ण भूमिका खेल्दछ।आजको युगमा लेखहरू र कृतिहरू, चलचित्र, चित्रकारिता, कलाकारिता आदिमा धेरै जसो अर्काको अनुकरण गर्ने, नकल गर्ने चलन चलेको छ।अर्कोको मौलिक रचनाको नकल गर्नु दण्डनीय अपराध हो।यस प्रकारको चलनले गर्दा मौलिक कृति र गुणस्तरीय कृतिहरूलाई ठूलो क्षति भोग्नु पर्ने हुन्छ मात्र होइन, विश्वमा जुन उद्देश्यले पुस्तकहरूको प्रकाशन हुन्छ, सो प्रकाशनको उद्देश्यमा पनि विपरीत असर पर्दछ।

यसैले विश्व पुस्तक र सर्वाधिकार सुरक्षा ऐनको दिवसको अवसरमा सबैले पुस्तकको महत्त्व, उपयोगिता साथै मौलिक कृतिकारहरूको मौलिक कृतिको सुरक्षालाई लिएर चिन्तन, मनन गर्नु आवश्यक छ।अचेल बजारमा जताभावी धेरै लेखकहरूको मौलिक कृतिहरूबाट ज्ञान र तथ्यहरू संग्रह गरेर कुनै पूर्व अनुमति बिना भिन्दै कृति तोडमोड गरेर, जोडजाड गरेर वा संकलन गरेर आफ्नो कृति बनाएर निकाल्ने चलन पनि छ।यस्तै कृतिहरूले बौद्धिक भ्रष्टाचार पनि गरिरहेको हुन्छ।यस्तो बौद्धिक भ्रष्टाचारलाई रोकेर स्वच्छ समाज, देश र विश्वको निर्माण गर्नुको लागि यस अवसरमा सबैले असल पुस्तकहरूलाई पहिचान गरेर त्यसलाई अध्ययन र मनन गर्ने तथा नकली पुस्तकहरूलाई पन्छ्याएर असली पुस्तकहरू किनेर पढिदिने र मौलिक कृतिहरूको संरक्षण गर्ने अभियानमा लाग्नु परेको छ, यसैले नै विश्वमा गुणस्तरीय पुस्तकहरू लेखिनु र प्रकाशित हुनु सक्दछ र सर्व जन हितार्थ कार्य हुनु सक्दछ।

-आकाशवाणी, गान्तोकबाट प्रसारित।

 

नेपाल अब उज्यालो दिशातिर

 

-विजय बान्तवा

 

हिमाली राष्ट्र, भारतको नजीक्कैको मित्र राष्ट्र, भर्खरै बहुदलीय प्रजातन्त्रको मिर्मिरेमा उदाएको नेपाल देश अब हिजोको जस्तो पछौटिएको देश रहेन।अहिले त्यहॉं धेरै दृष्टिबाट उज्यालोको किरण छरिन्दैछ, केही समय लाग्ला तर त्यहॉंको गतिविधि र परिवेशले अब विश्वमा नेपाल पनि एक सम्पन्न र समृद्धिशाली देश बन्ने दिशामा उभिएको छ।

नेपाल, काठमाडौंका यात्रा पहिलो चरणमा सन् 1998 मा र धर्मपत्नी कमला आँसु र छोरी प्रतिभासित सन् 2000 खृष्टाब्दमा भएको थियो।लगभग 12 वर्षको अन्तरालमा यसपालि निमन्त्रणामा गत 28 मार्च 2012 देखि लगभग एक सप्ताहसम्म नेपालको पाखा, डॉंड़ा र राजधानीको विभिन्न भागहरूमा घुम्ने सौभाग्य प्राप्त भयो।

नेपाल नरेशको हत्या, माओवादीहरूको हिंसात्मक गतिविधि अनि पछि बहुदलीय प्रजातन्त्रको स्थापना र नेपाल नरेशको युगको समाप्त पछि विश्वभरि नै नेपालको छविमा आँच आएको सत्य हो। अहिले पनि राजनीतिक दलहरूको आपसी खिचातानी र सेना समयोजना र संविधानको अन्तिम मस्यौदामाथि असहमतिको स्थिति र संक्रमण कालको परिवेशले भारत र विश्वमा नेपालको स्थितिबारे विभिन्न समाचार माध्यमबारे निश्चय विपरीत सन्देश पुगिरहेको छ।नेपाल भनेको हिन्दुहरूको राष्ट्र, पशुपतिनाथको देश, स्वयंम्बूको स्थल र बुद्ध जन्मेको भूमी, शान्तिको राष्ट्र भन्ने धारणामा दरवार हत्याकण्ड पनि निश्चय नै विश्वलाई नै नकारात्मक सोंचमा पार्ने स्थिति सृजना भएको हो।

यस्तै धारणा बोकेर आफूले निमन्त्रणा पाएपछि नेपाल यात्रा तय गर्ने तर्खर गरियो।मेची पुल तरेपछि कॉंकरभिट्टा पुगियो अनि एउटा सवारी वाहन लिएर साथीहरूसित भद्रपुरतिर लागियो।अघि 11 -12 वर्ष अघि आउँदा सड़कहरू जताततै भत्किएका थिए, घरहरू थोत्रे थिए, तर आज सड़क राम्ररी बनिएको रहेछ।घरहरू धेरै भएछन्, पक्की घर बनेछन्, बजार र शहर पनि बढ़ेर गएछ।धेरै परिश्रमी नेपाली हातहरूले सरकारको सहायता बिना पनि याता यातको व्यवस्था, व्यापार वाणिज्य सम्हालेर लगेका रहेछन्।अघि सानो धुलो उड्ने हवाई पट्टी पनि नलाग्ने सानो मैदानबाट निकोन् एयरमा चढ़ेर काठमाडौं पुगेका थियौं, अहिले भने भद्रपुरमा सिलगढ़ीदेखि केही पर बाघडोग्रा हवाई अड्डाभन्दा पनि निक्कै राम्रो हवाई अड्डा निर्माण भइसकेको रहेछ।वरिपरि सुरक्षा व्यवस्था पनि बढ़ेको रहेछ भने जमीन पनि फॉंटिलो बनिएको रहेछ।अघिको नेपाल र अहिलेको नेपालमा एक दशकभित्रै आशालाग्दो विकास भएर गएको अन्तर खुट्याउनु यो मस्तिष्कलाई धेर गाह्रो परेन।

बुद्ध एयरमा कम्तिको 70-80 जना भन्दा अधिक यात्रुहरू एकै साथ त्यहॉंबाट यात्रा गर्नु सक्दो रहेछन्।अघि भने 12-14 जना यात्रुहरू निकोन्मा चढ़िएको थियो।निकोन्बाट मन्तिर हेर्दा त्यसबेला खूबै रुखो लाग्ने पहाड़ आज धेरै घरहरू निर्माण हुनुको साथै हरियो जंगल वा खेतीपातिले पनि भरिएको रहेछ।बुद्ध एयरले गगन छोएपछि तल देखिने दृश्यहरू कुनै पनि पर्यटकको लागि रमाइलो लाग्ने कुरो हुन्।सेविकाहरूको मीठो नेपाली बोली, चिया चमेनाको बन्दोबस्त, भाड़ा पनि मात्र भा.रु. 2500, हेर्दा हेर्दै लगभग 45 मिनटको यात्रा एकैक्षणमा सकिन्दो रहेछ। माथिबाट स्वंयम्भू, पशुपतिनाथका मन्दिरहरूले रमाइलो भएको काठमाडौं उपत्यकालाई क्यामेरामा उतार्नु खूबै लोभलाग्दो दृश्य आँखा अघि सजिरहेको थियो।

दुइवटा विमान स्थल रहेछन् काठमाडौंमा, एउटा घरेलु र अन्तर्राष्ट्रीय।थुप्रै कुइरे वा यूरोपियन पर्यटकहरू पनि घरेलु हवाई जहाजमा चढ़ेर नेपालको पाखा पाखामा घुम्नु सस्तो दाममा खूबै पल्केका रहेछन्।हामीसित पनि एक हुल विदेशी पर्यटकहरू थिए, हामीले हात हल्लाउँदै बिदा दियौं।फेरि विमान स्थलमा आफ्नै दाज्यू भाइहरू स्वागत गर्न उभेको होस्, त्यसको रमाइलो अर्कै हुन्छ।आफ्नो भूमी नै स्वर्ग लागे जस्तो नेपाली बोली, नेपाली माया, नेपाली स्वागत र नेपाली अनुहारहरू।

आ-आफ्ना वाहनहरूमा चढ़ेर काठमाडौंका गल्ली गल्लीमा चाहर्दै जॉंदा नेपाली अनुहारहरू, युवाहरू, युवतीहरू सबै मद्मस्त, दार्जीलिङको चौकबजार, चौरास्ता र गान्तोकको एमजी मार्गभन्दा पनि रमाइलो लाग्ने ठाउँहरू, रत्न पार्क, बाग बजार, महाबौद्ध, पशुपति, स्वयंम्भू, सिंहदरबार, राजदरबार, हनुमान ढोका, पुतली सड़क, राष्ट्रपति भवन आदिका रमाइला फॉंटिला प्रांगनहरू, सड़कहरू। कतै नेपाली गीतका झन्कारहरू, कतै नेपाली मुटुका स्पन्दनको रिप्लिका स्वरुप युगल प्रेमी अनुहारहरू, कतै रमाइरहेका नेपाली भाकामा युवाका समूहहरू, कतै साइली,माइली दिदीहरू, कतै बड़ाबड़ी र आमैहरू, जता हेर्‍यो त्यतै नेपाली मायामा गॉंसिएका अनुहारहरू, नेपाली भाषामा बोलेका गुञ्जायमान शब्दहरू।कोही बेला चक्काजाम र गोला बारुद विष्फोट भएर अशान्तिको ज्वाला जलेको नेपालको राजधानी काठमाडौं भनेको अहिले बिल्कुलै शान्तिको धारण गरेर उभिरहेको थियो हामीलाई स्वागत गर्न।अब ता यो पाखामा शनै:शनै: शान्तिको ध्वनि पशुपतिनाथबाट गुञ्जिरहेको भान हुन्थ्यो।

चक्का जामले कहिलेकाहीं बाटो थुनिए होलान्, कहिलेकाहीं बत्ती जॉंदा मोमबत्तीमा पनि सभा आयोजन भयो होला, मोमबत्तीमा पनि भात खाइयो होला, तर किन हो हामी बसिञ्जल चुपचाप हामीलाई साह्रै मायाको अंगालो हालेर बिल्कुल माया गर्नु उभेको छ सुन्दरी अप्सरा जस्ती काठमाडौं।पशुपतिनाथको मन्दिर परिसरमा हाम्रो पाइला पर्दा त्यसै मन, तन नै पवित्र भएको र पुण्य पाएको आभास भइदिन्छ।पशुपतिको मन्दिर परिसर अब ता सफा राखिने काम भइसकेको रहेछ, चारै ढोका मन्दिरको सुन्दर सजिएको, दर्शनार्थी र भक्तहरूको कमी कहॉं छ र? सिक्किमले सिद्धेश्वर मन्दिर वा चारधामको नयॉं मन्दिर पाएर मानौं पशुपतिनाथसित अब हात जोड़न र सम्पर्क गॉंस्न नै प्रस्तुत गरिरहेको छ जस्तो, पशुपतिनाथले पनि सिक्किमको श्रद्धालुहरूलाई आफ्नो भक्तको रुपमा स्वीकार गरिरहेको आभास हुन्थ्यो।

पशुपति मन्दिर विकास समितिका पदाधिकारीहरू पनि खूबै शिष्ट भाषामा अतिथि भक्तहरूलाई स्वागत गरेर मन्दिरका सबै प्रांगणमा दर्शन गराउन छाती खोलेर अघि बढ़दा यहॉं पनि नेपाली मनले नेपाली मनलाई नै छोइरहेको आभास हुन्थ्यो।मन्दिरबाट नै यो सन्देश विश्वलाई प्रष्फुटित भइरहेको भान भयो कि अब नेपाल क्रमश: शान्तिको दिशातिर अंगालो हालिरहेको छ, विकासको गतितिर गइरहेकोछ।

आफूले समाचार माध्यम र अरूबाट सुनेको नेपाल अशान्तिको देश रहेको कुरो र आफूले व्यवहारिक रुपमा देखेको कुरोमा कति अन्तर! लड़े होलान् योद्धाहरू आफ्नै भूमीमा अधिकारको लागि, तर यहॉं लड़ेर पनि शान्ति खोजे नेपालीहरू नै देखिए, रोएर पनि हॉंस्ने वीर जाति नेपाली नै भेटिए।धेरै राजनीतिक संगठन, धेरै भाषाभाषी भएको नेपाल, धेरै मत भिन्नता भएर पनि आखिर नेपालमा शान्ति र विकास नै चाहियो भन्ने सबै राजनीतिक दल, सबै जाति समुदाय अनि त्यो भन्दा पनि माथि नेपाली हौं भन्ने राष्ट्रीयता भावना भएका नेपालका नेपालीहरू।हामी भारतीय नागरिक हौं भारतीय मूलका नेपाली नागरिक भन्ने स्वाभिमान र गौरव जति हामीमा छ, त्यतिक्कै गौरव र स्वाभिमान पालेका नेपालका नागरिक नेपालीहरू।अतिथिहरूलाई तर एउटै समान आँखाले हेर्न जानेका उदारभावी नेपाली गौरवशाली मानिसहरू।

अहिले संक्रमण काल रहेको नेपालमा धेरै क्षेत्रीय समस्याहरू होलान्, कसैलाई नेपाली मूलका समुदायहरूमाझ क्षेत्रीय स्वायक्तता र उपजाति र उपभाषीहरूलाई स्वतन्त्रता दिंदा राष्ट्रीयतामा असर पर्नु जाला भन्ने आशंका पनि होलान्, संघीय प्रजातन्त्रले देशलाई बिथोल्ला कि अनि अझ द्वन्द्वलाई बढ़ाएर लैजाला कि भन्ने चिन्ता पनि होलान्।यसका साथै गाउँतिर बाटो नबनिरहेको, बिजुली बत्ती नपुगेको तथा कैयन् आर्थिक कठिनाइहरूले जकड़िरहेको नेपालको अवस्था अझै छँदै नै छ। तर त्यो चिन्ता सकारात्मक भएर अन्तमा समाधानको दिशा खोजिएमा र नेपालमा राजनीतिक निराकार सधैंलाई खोजिएमा निश्चय नयॉं नेपाल, सुखी नेपाल र समृद्ध नेपालको निर्माण हुने अनेक लक्षणहरु छन्। नेपालमा सेना समायोजना, क्षेत्रीय स्वायक्तता आदि लिएर पनि द्वन्द्व चलिरहेको छ, यसमा छिमेकी हामीले केही टिप्पणी र हस्तक्षेप गर्नु छैन, तर कसरी होस् नेपाल र नेपाली जातिको कल्याण होस्, यस्तै शुभेच्छा र कामना हुन्छ हाम्रो।भारतमा पनि बिहार, बंगाल, तामिलनाडु जस्ता प्रदेश बनाइने काम भयो, क्षेत्रीयवादले घेरे पछि यो भूल निर्णय थियो भन्ने माने तापनि अहिले संघीय गणतन्त्रले भारतमा काम गरिरहेकै छ।क्षेत्रीयवादले कहिलेकाही यहॉं आवाज उठाए पनि भारतको संविधानले सबैलाई समान न्याय दिलाएको छ। नेपालका जनताले सबै समूहलाई कसरी गर्दा फाइदा हुन्छ, त्यहीं सोंचेर अघि बढ़ोस्। राजनीतिक दलहरूले धेरैपल्ट असहमति जनाएर काम चलाउ सरकार धेरैपल्ट बनाउँदै झार्दै गए तापनि अब त जनता र दलहरूले पनि एउटा शीर्ष बिन्दुमा सबै समूहलाई मिलाएर राख्ने र राष्ट्रकै हितमा काम गर्ने सूत्र र संविधान तयार गर्नु अपरिहार्य र देश हितमा हुनेछ भन्ने बुझ्दै गएका छन्, बुझ्छन् पनि अनि यो नेपालको लागि शुभ संकेत पनि हो।

अब नेपाल गरीबी र पछौटे देश रहेन।त्यहॉंका नागरिकहरू विदेशतिर धेरै संख्यामा गएर लगानी गरेर नेपालको रुप परिवर्तन गर्दैछन्, सरकार पनि अब अघि आए नेपाल अब निश्चितरुपले विकासको नौलो मोड़तिर अग्रसर हुने नै छ।नेपालमा राजनीतिक स्थिरता चॉंड़ै आवोस्, त्यसो भए नेपालमा पर्यटन र आर्थिक विकास हुनेछ, सार्क देशहरूसित भाषिक, सांस्कृतिक आदान प्रदान बढ़ेर जाने नै छ अनि दक्षिण एसियालाई अझ मजबूत बनाएर लैजानुमा नेपालको पनि ठूलो भूमिका रहनेछ। (25 अप्रेल 2012 को समय दैनिकमा प्रकाशित)

 23 अप्रेल विश्व पुस्तक एवं कपिराइट दिवसको अवसरमा यो लेख आज नै समय दैनिकमा प्रकाशित छ तथा आकाशवाणी गान्तोकबाट प्रसारित भएको छ।

 

  सिक्किमको टोलीको नेपाल भ्रमण फलदायक

 

-विजय बान्तवा

 भौगोलिक र राजनीतिक रुपले नेपाल भिन्दै देश रहे तापनि भाषिक, सांस्कृतिक र सामाजिक नाताले भारतीय नेपाली वा गोर्खाहरूको जनजीवनसित नेपाल जोड़िएको छ भने भारतको मित्र राष्ट्रको रुपमा नेपाल एक उल्लेखनीय राष्ट्र हो।भाषा र साहित्यको सन्दर्भमा नेपालसित विगतमा पनि सिक्किम, दार्जीलिङ, देहरादुन, असम, भाक्सु आदिबाट सोझो सम्पर्क र कार्यक्रम आयोजन भएर आएको हो भने यसपालि हामी सिक्किमका जम्मा 10 जना स्रष्टा एवं सर्जगहरूलाई सार्क नेपाली सांस्कृतिक मैत्री संघ, नेपालले निमन्त्रणा दिए वापत् 28 मार्चको दिन बिहान राजधानीबाट एकै साथै मेची नदी पारी भारत नेपालको सीमा कॉंकरभिट्टामा पुगेका थियौं।टोलीमा साहित्यकार राज के. श्रेष्ठ, भानु प्रकाश मार्मिक, विजय बान्तवा, चक्रपाणि भट्टराई, टीबी चन्द्र सुब्बा, अमर वानियॉं लोहोरो, प्रणय लामीछाने, मोहन प्रधान नीरज,विजय कटुवाल र सञ्चारकर्मी कविता शर्मा सामेल थिए भने साथमा गीता प्रधान पनि रहेका थिए।

भद्रपूरबाट बुद्ध एयरमा साड़े दुई बजी उड़ान भरेपछि लगभग 1 घण्टापछि हामी काठमाडौं विमान स्थलमा ओर्लेका थियौं, त्यहॉं मैत्री संघका अध्यक्ष महेश प्रसाई, डम्बर कुमार गिरी लगायत अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज, नेपाल च्याप्टरका कार्यकर्ताहरूको पनि समोपस्थिति रहेको नेपालका साहित्यिक टोलीले भव्य स्वागत जनायो सिक्किमको टोलीलाई।बाग बजारको एउटा प्रसिद्ध होटेलमा अतिथिहरू सबैलाई लगी राखिने कार्यक्रम रह्यो। बेलुकी अर्कै एक होटेलमा रात्री भोजको आयोजना गरिएको थियो जहॉं साहित्यकारहरूसित भेटघाटको कार्यक्रम रह्यो।

भोलिपल्ट वा 29 मार्चदेखि भने सिक्किमको टोलीको व्यस्त दिन रह्यो। बिहानै पशुपतिनाथको मन्दिरमा सबैले फूल, माला र पूजन सामग्री लिएर त्यहॉंका पूर्व पुलिस अधीक्षक तथा समाजसेवी एवं साहित्यकार हरिभक्त सिक्देलको नेतृत्वमा पशुपतिनाथ मन्दिरको चारै ढोकाको दर्शन र अन्य देवी देउताको दर्शन पनि गराइयो।

होटेलमा फर्केपछि दिनभरि जसो नै साहित्यकारहरूसित भेटघाटको कार्यक्रममा व्यस्त रह्यो भने नेपाल पर्यटन बोर्डमा पर्यटनबारे व्यापक चर्चा भयो।नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक सुवास निरोला, अनुसन्धान र योजनाका निर्देशक काशीराज भण्डारी लगायत अन्य निर्देशक एवं कार्यकारी अधिकारीहरूसित नेपाल, भारत तथा सिक्किममा पर्यटन व्यवसायमाथि विकास गरिइने दिशामा गरिइनु पर्ने आधारभूत तथ्यहरूबारे चर्चा भयो अनि वर्तमान समयमा सिक्किममा पर्यटनमाथि भइरहेको विकासीय गतिविधि सकारात्मक परिपाटीमा भइरहेको चर्चा पनि भयो।

सिक्किमको वर्तमान विकासीय गतिविधि र पर्यटनमाथि प्रकाश पारिने र नेपालको वर्तमान समयमा भइरहेको पर्यटनको क्षेत्रमा व्यवहारिकरुपमा देखेको अनुभवबारे पंक्तिकारद्वारा टोलीको पक्षबाट प्रकाश पारिएको थियो।

सो कार्यक्रम सकेपछि फेरि होटेलमा फर्केर साहित्यकारहरू र पत्रकारहरूसित भेटघाट कार्यक्रम रहेको थियो।बेलुकीपख मिडिया इन्टरनेशनलमा अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज, नेपाल च्याप्टरले सिक्किमका 10 जना स्रष्टा एवं पत्रकारहरूलाई भेटघाट र सम्मान कार्यक्रम रहेको थियो। अनेसासका अध्यक्ष राधेश्याम लेकाली र कार्यक्रम सञ्चालिकाले स्वागत र उद्घोषणा गरेपछि खूबै खातिर जनाउँदै मञ्चमा सम्मान-पत्र र प्रशंसा-पत्रद्वारा अभ्यर्थना गरिएको थियो।

सिक्किमको टोलीको पक्षबाट पंक्तिकारले सिक्किममा भइरहेको साहित्यिक गतिविधिमाथि प्रकाश पार्दै यस प्रकारको कार्यक्रमले नेपाल र भारतको राज्य सिक्किमद्वारा संयुक्त रुपमा भविष्यमा नेपाली भाषा र साहित्यमाथि काम गरिइनु सकिने मन्तव्य जाहेर गरे तथा वर्तमान मुख्यमन्त्री तथा कवि पवन चामलिङले पनि नेपाली भाषा, साहित्यको विकासमा सक्दो अनुकुल वातावरण सृजना गरिरहेको तथा निर्माण प्रकाशन्ले नेपाली पुस्तक प्रकाशनमा वृहत अभियान नै थालेका कुरो जनाएका थिए।सो कार्यक्रममा नै मुर्ध्यन्य साहित्यकार डा. तुलसी दिवस र डा. तुलसी भट्टराईले पंक्तिकारको तेस्रो कविता संग्रह एवं सातौं साहित्यिक कृति शब्द ब्रह्माण्ड-को विधिवत् विमोचन पनि गरेका थिए भने महेश प्रसाईको फूलै फूलको आलाप कथा संग्रह पनि विमोचन गरेका थिए।सो दिन डा. तुलसी दिवसले पेश गरेका वक्तव्य र ग्रन्थमाथि विश्लेषणले खूबै नै बौद्धिक आनन्द र भाषिक सुन्दरताको सुन्दर प्रस्तुतीले सबै साहित्यकारहरूलाई मक्ख पार्नु सक्षम बनेको थियो।

पछि रात्री भोजको आयोजना पनि अनेसासले नै आयोजना गरिएको थियो।योग्यता, वरिष्ठता र योगदानको कदर गर्दै प्रदान गरिएको सो सम्मान र प्रशंसा-पत्र दिइने क्रममासम्पर्क-सूत्र तथा अन्य प्राविधिक कारणले केही त्रुटि देखिएकोले सो बारे पनि अलग्गै चर्चा गरी स्थितिलाई सौहार्दपूर्ण वातावरणमा मिलाइएको थियो तथा आयोजकवर्गले यस विषयलाई स्वीकार गर्दै दुवै पत्रमा पारस्परिक समन्वयता कायम गरी अझ भविष्यमा कार्यक्रम गर्ने प्रतिबद्धता जाहेर गरेका थिए। व्यस्त कार्यक्रमपछि सिक्किमको टोली अबेर राती होटेलमा आराम गर्नु आइपुगेका थियो। बिहानैको राजधानी दैनिक र अन्नपूर्णा पोस्ट लगायत अन्यमा सिक्किमका स्रष्टाहरूलाई गरिएको सम्मान आदिबारे खबर आएको थियो भने सिक्किमका स्रष्टाहरूलाई भ्याइ-नभ्याइ भन्ने शीर्षकमा एउटा समाचार छापिएको थियो।सबै मित्रहरू समाचार पढ़ेर हॉंस्दै त्यस्तै पो भयो हगी भन्दै दैनिक कार्यक्रममा जुटेका थिए।

बिहानै होटेलको रमाइलो प्रांगनमा न्यूज 24 का सम्वाददाता सुसील आर्याल हामीलाई भेट्न आइपुगेका थिए भने पत्रकार महा संघका कार्यकारी समितिका टोली भने 29 मार्चको बेलुकी नै भेटेर भलाकुसारी गरेर फर्केका थिए।

30 मार्चको दिन त सार्क नेपाली सांस्कृतिक मैत्री संघद्वारा सिक्किमका पत्रकारहरूको लागि विशेष कार्यक्रम त्रिपुरेश्वरको सुजल क्याफे हलमा आयोजन गरिएको थियो। रामजी आवालको सो हलमा चारैतिर नेपालका फोटोहरू पर्खालमा लगाएर सुसज्जित पारिएको थियो।मञ्चमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका कुलपति तिलविक्रम नेम्वाङ वा वैरागी काईंला प्रमुख अतिथिको रुपमा विराजमान थिए भने विशिष्ट अतिथिमा 94 वर्षीय राष्ट्रकवि माधव प्रसाद घिमीरे, कवि मोदनाथ प्रश्रित, कवि मञ्जुल आदि विराजमान थिए।श्रवण मुकारुङको कविता वाचन खूबै सुन्दर थियो।वासुरी वादन दीपक राई र अन्यको खूबै आर्कषणीय थियो भने पंक्तिकारले सिक्किमको टोलीबाट वक्तव्य पेश गर्दा स्वागतको गतिलो ताली बजेको थियो।यत्रो भीड़को उपस्थिति र बौद्धिक जमातमा गरिएको भाषणमा पंक्तिकारले खूबै जोशिलो र रसिलो उद्गार पेश गर्नु विशेष सबैको स्वागतले स्वत: प्रेरणा स्फूरित हुनुमा ठूलो टेवा मिलेको आभास थियो।बीचमा मुख्यमन्त्री चामलिङको छोटो मौखिक सन्देश उच्चारित हुँदा तालीको गड़गड़ाहटले कक्ष गुञ्जेको थियो।

कार्यक्रममा वक्ताहरूले सिक्किमको नेपाली भाषा, साहित्यप्रतिको लगनशीलता र कार्यलाई खूबै मुग्ध कण्ठले स्वागत जनाए।

दिनभरिको कार्यक्रमपछि सिक्किमका टोली आरामको लागि होटल फर्के पनि त्यहॉंका कवि कवयित्रीहरूले पुस्तकहरू आदान प्रदान गर्ने क्रम जारी राखे।कवि मञ्जुल, शशी लिम्बबू, केशव प्रसाद चौंलागाई, कृष्ण भूसाल, लक्ष्मी उप्रेती, बुलु मुकारुङ लगायत फेसबुकमा नै भेट भएका मित्र एवं कवयित्री उमा सुवेदीले समेत पुस्तकहरूको थाक दिए।हरिभक्त सिक्देलले सिक्किमका मुख्यमन्त्री र पुस्तकालयलाई भनी एक थान पुस्तक नै उपहार दिए।कति पुस्तक काठमाडौंमा नै छोड़ेर कति पुस्तक लिएर फर्किन्दा हवाई अड्डामा साड़े दुई क्विन्टल नै भएछ।हवाई जहाजको भाड़ाबाहेक पनि छुट मिलाएर चार हजार रुपियॉं तिरेर सबैले घरमा सो पुस्तकहरू लिएर नै फर्क्यौं।

29 मार्चको बेलुकी त्यहॉंको एक एफएम्मा आधा घण्टाको लाइभ अन्तर्वार्ता दिनुको लागि चक्रपाणि भट्टराईजीलाई जिम्मा दिइएको थियो भने 31 मार्चको बिहान पनि कान्तिपुर र माउन्टेन टीभीमा लाइभ बोल्नुको लागि पंक्तिकारलाई निम्त्याइयो।माउन्ट टीभीमा कवि अमर वानियॉं लोहोरोलाई उत्तरदायीत्व सुम्पेपछि टीबी चन्द्र सुब्बालाई साथमा लिएर कान्तिपुर टीभीमा जनक पौड्यालको अनुरोधपछि उनीहरूले पठाएको वाहनमा टीभीको क्याम्पस्मा पंक्तिकार पुगेका थिए। नेपालको आठ बजी बिहानदेखि 8 बजेर 30 मिनटसम्म भाषा, साहित्य संस्कृतिबारे चर्चा गर्दै बीच बीचमा पंक्तिकारको भर्खरै प्रकाशित शब्द ब्रह्माण्डको कविता वाचन गरियो, समय बितेको थाहा भएन रहेछ, 1 मिनट आधा त ज्यादा नै बोलिएछ, सञ्चालक राधाकृष्णले भन्दै थिए पछि।

दिउँसोको फेरि सम्मान कार्यक्रममा भाग लिनु थियो, दामोदार पडौंसिनी अन्तर्राष्ट्रीय सम्मानले सिक्किमका सबै स्रष्टालाई सम्मान गरिएपछि विशेषरुपले अन्तर्राष्ट्रीय नेपाली डायसपोरा प्राज्ञिक अध्ययनसित संलग्न रहेका अग्रज डा.प्रा. गोबिन्दराज भट्टराईले नेपाली भाषाको अनुसंधानमूलक गहकिलो तथ्यहरू पेश गरेका थिए, जसमा सिक्किमका स्रष्टाहरूले पनि भाग लिए।नेपाली भाषा र क्षेत्रीय भाषाहरूको विकासमा गरिएको डा. भट्टराईको तर्क सिक्किमको समाजले पनि बुझ्नु आवश्यक रहेको सिक्किमको टोलीले ठहर गरे।

दिउँसोको कार्यक्रम फेरि बानेश्वर क्याम्पसमा राखिएको थियो। डा. बासुदेव त्रिपाठी तथा तुलसी भट्टराई मुख्य अतिथि र विशिष्ट अतिथि रहेको सो कार्यक्रममा सबै स्रष्टाहरूलाई बानेश्वर क्याम्पस्का प्राध्यापकहरूको समूह सर्जग समाजले सम्मान जनाएको थियो।कार्यक्रममा कविता वाचन र वक्तव्यहरू भएका थिए।

अबेर सॉंझसम्म चलेको र बिजुली बत्तीको अध्यॉंरोमा मोमबत्ती बालेर पनि कविता वाचन सम्पन्न भएको थियो।सबै स्रष्टाहरूलाई सम्मानपत्र पनि प्रदान गरिएको थियो।

भोलिपल्ट 1 अप्रेलको दिन महेश प्रसाईको निवास जरीबुटीमा सबै स्रष्टाहरूलाई दिवा भोज र भारतीय विद्यार्थी संघ, नेपालले सम्मान कार्यक्रम आयोजन गरेको थियो।सो सम्मान कार्यक्रममा सिक्किमका विद्यार्थी सुरेश शर्मा र अन्यहरूले विशेष आयोजना गरेका थिए।महेश प्रसाईकी धर्मपत्नी छॉंया प्रसाईले आफ्नै हातले बनाएको खाना सिक्किमको टोलीलाई खुवाइन्।

दिउँसोको कार्यक्रम पछि 2 बजीतिर राष्ट्रपति भवनमा नेपालका राष्ट्रपति रामवरण यादवले सिक्किमका टोली लगायत सार्क नेपाली सांस्कृतिक मैत्री संघका टोलीलाई भेट दर्शन दिने कार्यक्रम रहेको थियो।टोलीका एक सदस्य प्रणय लामीछाने आफन्त एकजना बिमारीलाई हेर्नु बनेपागएका हुनाले सो कार्यक्रमहरूमा सामेल थिएनन्, तापनि उनलाई प्रदान गरिएको सम्मानहरू भने हस्तान्तरण गरिएको थियो।

राष्ट्रपति यादवसित भेट हुँदा सिक्किमको वर्तमान विकासीय क्रियाकलाप र नेपाल र भारतका नेपाली भाषा भाषीको भाषिक, साहित्यिक एवं सांस्कृतिक आदान प्रदान साथै पर्यटन माथि वहस गर्ने अवसर मिलेको थियो। सिक्किममा चामलिङ साहेबले धेरै विकासीय कार्यहरू गर्दैछन् भन्ने सुनेको छु, उनलाई पनि मेरो शुभेच्छा सुनाइदिनुहोला भने राष्ट्रपतिले। उनले अहिले नेपालमा संक्रमण काल लागिरहेको समय भए तापनि विकासीय गतिविधिमा अघि बढ़िरहेको कुरो पनि जनाए।

राष्ट्रपतिसित करीब एक घण्टा भेट हुँदा मैत्री संघका अध्यक्ष महेश प्रसाई, महासचिव डम्बर कुमार गिरी तथा सल्लाहकार हरिभक्त सिक्देलले पनि मन्तव्य जाहेर गरे।

सो कार्यक्रमको लगतै पछि बेलुकी मिडिया इन्टर नेशनल हलमा साहित्यिक पत्रकार संघले कथाकार मैनालीको वार्षिकी पालन गरेको कार्यक्रममा निमन्त्रणा दिइएको थियो। सो कार्यक्रममा नै कविता विधामा हरिहर शास्त्री -सावित्री देवी साहित्यिक पुरस्कार पनि पंक्तिकारलाई प्रदान गरिएको थियो।विशेषरुपले सो कार्यक्रममा कविवर मित्र अविनाश श्रेष्ठ, तुलसी भट्टराई, लीला लुईटेल, डा. खगेन्द्र प्रसाद लुइटेल, माया ठकुरी, सावित्री सिंह, बुँद राणा, डा. विष्णु राई, गणेष रसिक राई, हर्ष स्याङ्बो, सावित्री सिंह, चन्द्रकला नेवार आदि साहित्यिक हस्तीहरू लगायत नवोदित धेरै साहित्यकारहरूसित परिचय गरी पुस्तक आदान प्रदान पनि गरिइयो।

विदाको दिन विमानस्थलसम्म नै महेश प्रसाई, डम्बर कुमार गिरी, हरिभक्त सिक्देल, शशी लिमम्बू, कृष्ण भूसाल आदि आइपुगेका थिए।भद्रपूर हुँदै कॉंकरभिट्टामा छुट्ने बेलामा फेरि सबै टोलीको सदस्य जुटेर एक होटेलमा जुटेर खाना खायौं।भ्रमण दौरान्मा भएका तीता मीठा अनुभवहरूलाई सम्हालेर फेरि पनि आउने दिनमा एक भएर साहित्यिक अभियानमा लाग्ने प्रतिबद्धता जाहेर गर्‍यौं।

यो हाम्रो साहित्यिक एवं सांस्कृतिक भ्रमण सद्भावना र सेतु निर्माणको भ्रमण थियो।नेपाल र नेपाल बाहिर भारत र विश्वमा रहेका नेपाली भाषा भाषीमाझ समन्वय कायम गरी अघि बढ़्नुको लागि गरिइनु पर्ने विषयमा छलफलको एउटा अभियानको हिस्सा थियो।हामीले सम्मान नै सम्मान पाए तापनि सम्मान र पुरस्कारभन्दा हामीले आपसी सद्भाव र साथैमा मिलेर काम गर्नु पर्ने दायीत्वको बोध रहेको अभियान थियो, यसैले यो हाम्रो भ्रमण सबै सदस्यहरूले सफल भ्रमण रहेको ठहर गरेका छन्।

  हालै मुख्यमन्त्री पवन चामलिङ पश्चिम सिक्किमको पछौटे इलाका सुन्तलेमा आफ्नो गाउँ भ्रमणको सिलसिलामा पुगेका थिए।आजभन्दा 25 वर्ष अघि यस सम्वाददाता सुन्तलेमा मंगलेबजारबाट लगभग 20-25 किलोमिटर दूर हिंड़ेर पुगेका थिए।अहिले त्यहाँ पाठशाला बनिएको छ, सड़क पनि पुगेको छ तथा विकासको लहरमा विस्तारै अघि बढ़दैछ।आजभन्दा 25 वर्ष अघिको दृश्य त्यहाँ कस्तो थियो भन्ने कुरो हिमगिरिमा लेखिएको समाचार र सम्पादकीयमा यहाँ पेश गरिएको छ।

          कृषि मन्त्रीको पश्चिम सिक्किम -हिमगिरि- वर्ष 2, 21 दिसम्बर 1986 बाट

गान्तोक:(निज सम्वाददाता): कृषि मन्त्री श्री तारामान राईले हालैमा पिपले, सुन्तले र जुम इलाकामा पैदल दौड़ाहा गरी त्यहाका वासिन्दाहरूको समस्याहरूको अवगत् गर्नुको साथै विभिन्न विकासम कार्यक्रमहरूमाथि विशेष निरीक्षण पनि गर्नु भयो।12 दिसम्बर 1986 को दिन जोरथाङबाट मंगले पुगेपछि कृषि मन्त्री त्यहॉंबाट पैदल यात्रा गरेर करीब 10 किलोमिटर दुर्गम पथबाट अलिलि उकालो,अलिलि  ओहोरालो अनि बेसी जसो तेर्सै तेर्सो लगातार हिंड़ेपछि सुन्तले गाउँ पुग्नु भयो।गाउँ आउनु अघि एउटा छाप्रो घरमा मोसो र ध्वॉंसो भएको भान्साघरमा पसेर त्यहॉंका गरीब परिवारसित बात गरेर फिका चिया पिउनु भयो। त्यसपछि पनि सुन्तले गाउँको एउटा साधारण खरको छाना र बॉंसको भाटाले भित्ता बारेर बनाएको सानो घर, जसमा त्यहॉंका वासिन्दाहरूले नन् फर्मल् पाठशाला चलाइरहेका छन्, त्यस स्थानमा  गाउँका बूढ़ा-बूढ़ी र केटा-केटी मानिसहरू फूलका मालाहरू हात हातमा लिएर स्वागत गर्नु त्यहॉं आइपुगेका थिए।त्यस इलाकामा पानीको अति नै दु:ख भएको हुनाले त्यस सुखा क्षेत्रका मानिसहरू आर्थिक अवस्थाले एकदमै पछौटे देखियो।शिक्षा संस्थाको व्यवस्था नभएकोले तथा यातायातको असुविधा भएकोले यहॉंका मानिसहरू धेरैवटा सुविधाहरूबाट पछाड़िएको पाइयो।फतारसिंह राई नाउँ गरेका 63 (वर्ष) उमेर पुगेका  बूढ़ा आफन्त कोही नभएका बिमारी अवस्थामा तथा अत्यन्त सुग्घरहीन शरीरमा मन्त्रीकहॉं दु:ख पोखाउन आएका थिए।तिनको अवस्था देखेर मन्त्रीज्यू, त्यहॉं उपस्थित भएका सरकारी अधिकारी लगायत् यस सम्वाददाताले केही आर्थिक सहयोग उनलाई प्रदान गरे साथै मन्त्रीज्यूले त्यस्तो व्यक्तिको निम्ति सम्बन्धित विभागबाट ओल्ड एज् पेन्सन् दिलाउने आश्वासन दिनु भयो।यस इलाकामा कुनै पनि स्वास्थ्य उपलब्धि नपुगेकोले नानीहरू विभिन्न रोगले ग्रस्त भएको पाइयो।एउटा तीन वर्षको बालकको टाउकोभरि घाउ भएको, कसैको शरीरमा केही न केही बिमार भएको देखिएकोले स्वास्थ्य विभागले दवाई वितरण गर्ने र स्वास्थ्यबारे जानकारी दिने स्वास्थ्य शिविरको आयोजना नगरी त्यहॉं नहुने देखियो।

29 घर भएको त्यो सुन्तले गाउँमा सिक्किमको साम्प्रदायिक सद्भावनाको एकदमै सुन्दर उदाहरण पनि देख्न पाइयो।नेपालीको नाम भएको लेप्चा श्री सोम बहादुर लेप्चा ( बाबुको नाम चन्द्रबहादुर लेप्चा)-ले गाउँकै ठिटी लिम्बुनी बिहे गरी घरजाम गरेको पनि देख्न मिल्यो।उपस्थित भएका जन समुहलाई सम्बोधन गर्दै मन्त्री श्री टी.एम. राईले भन्नुभयो- म यस स्थानमा भोट माग्न पनि आएको थिइनँ।

 सम्पादकीय-वर्ष 2 हिमगिरि 21 दिसम्बर 1986

गाउँ बस्ती र पछौटे इलाकामा सरकारको ध्यानको खॉंचो

वर्तमान सरकारले राज्यको सर्वाङ्गीन विकास प्रक्रियामा जोड़तोड़ले ध्यान दिएको भए पनि पदाधिकारी वा विभागको अनुचित सञ्चालनले गाउँको विकास कार्यमा सुस्तीपना निश्चय आइरहेको छ।परस्परको तानातान, जन प्रतिनिधि, नेताको निर्णयको विरुद्ध कार्यहरू तथा यस्तै भाइ भतिजावादको नीतिले गर्दा सरकारको विकास कार्य जति द्रूत गतिले गाउँमा  पुग्नु पर्ने हो,त्यति रफ्तारमा पुग्न पाएको छैन भनी नि:संकोच भन्न सकिन्छ।यी सब विलम्भका कारणहरू खोजी निकालेर यसको समाधानमा जबसम्म सरकार, पदाधिकारी र कर्मचारीहरू लाग्दैन, तबसम्म यो त्यतिक्कै रहनेछ।

हालैमा कृषि मन्त्रीले पश्चिम जिल्लामा भ्रमण गर्दा हुंदी सुन्तले गाउको जुन प्रकारको विकास प्रक्रियाले सरकारीको नीति मुताविक जरो गाड़ेको हुनु पर्थ्यो, त्यो नभएको मूल कारणहरू के के छन्? प्रथम त त्यहॉं शिक्षाको निम्ति अझ उचित बन्दोबस्त हुनु बॉंकी छ।अरू धेरै कारणहरू सरकारी पक्षबाट हुँदा हुँदै पनि सहज काम, जुन पदाधिकारी, कर्मचारीहरूले गर्न सक्दछ, त्यो हुनु त्यहॉं पाएको छैन।त्यस्तो दुर्गम स्थलमा पुग्ने शायद उनीहरू हिम्मत गर्दैनन्।त्यहॉं स्वास्थ्य शिविर(हेल्थ क्याम्प) लगाइनु पर्ने हो, समय समयमा रोगको जॉंच गर्न डाक्टरहरू घुम्न पर्ने हो, स्वास्थ्य शिक्षा दिनु पर्ने हो।शिक्षा पदाधिकारीहरू गएर शिक्षाको बन्दोबस्त मिलाउनु पर्ने हो, सरकारले नि:शुल्क बॉंड़ेको किताबहरू नानीहरूले पाउनु पर्ने हो, तर शिकायत गरेर पनि नपाएको जन गुनासो त्यहॉं छ।

यसर्थ, राज्यको विकास कार्यमा प्रत्येकले नै सहयोग गरेर गाउँ-बस्ती र पछौटे इलाकामा विशेषरुपले ध्यान दिनु पर्दछ।यो  नै सॉंचो रुपमा विकास हो।

 

 

 

 

सिक्किम-सिलगढ़ीमा बढ़दो यौन कर्मी-केटी  लैजाने गुट सक्रीय

 

गान्तोक, 30 अक्टोबर:(हिस): सिक्किममा अहिले एड्स् रोगीहरूको संख्या लगभग 200को आंकड़ा पुग्दैछ भने सिक्किम-सिलगढ़ीको मार्ग भएर ओहोरदोहोर गर्दै वेश्यावृति गर्नेहरू अथवा यौन कर्मीहरूको संख्या पनि लगभग हजारको संख्यामा रहेको गैर कतिपय सरकारी प्रतिष्ठानहरूको स्वतन्त्र खोजीबाट थाहा पाइन्छ।

विशेष गरी डुवर्स,सिलगढ़ी तथा अन्य राज्यहरूबाट दलालहरू कुनै न कुनै कामको निहुँ गरेर दिन्हौ सिक्किममा पस्ने गरेको छ। धेरै जसो कुल्ली तथा घर निर्माणका काठपाठ, बिजुली जड़ान गर्ने, पानीको पाइप गर्ने, सिमेन्ट र ढलाइको काम गर्ने मिस्त्री रहेको छ भने कतिपय युवतीहरू होटेलतिर काम गर्ने बहाना बनाएर राज्यमा भित्रिने गरेको थाहा लागेको छ।

कतिपय दलालहरूले गाउँ -घरमा पसेर मोटो रकमको लालच देखाएर तथा स्थानीय महिलाहरूलाई नै लगाएर मोटो कमिसनको लोभ देखाएर यहॉंका स-साना बालिका, किशोरीहरूलाई काम लगाउने बहानामा सिलगढ़ी, दिल्ली र पुणेमा लगेर बेचेको घटना बार बार आइरहेको छ, तर स्थानीय प्रशासन तथा कुनै पनि एन्जीओ तथा विशेष संगठन र महिला संगठनले नारी तस्करी गर्ने विरोधी आन्दोलन भने सिक्किममा अहिलेसम्म आयोजन नगरेकोले सिक्किम अहिले दलालहरूको आँखामा रहेको छ।

छिमेकी देश नेपालबाट लाखौंको संख्यामा नेपाली ठिटीहरू लगेर मुम्बईमा बेचिएको घटना विगतको दिनहरूमा हुने गर्दथियो भने अहिले माइती नेपाल तथा मंगल माइतीहरूको सक्रीयताले केही हद्सम्म त्यहॉं सो तस्करी कार्यमा रोक लागेको छ, तर सिक्किममा पर्यटनको लागि जो सुक्कैलाई घुस्ने अनुमति भएकोले यहॉं सबै राम्रो वा असल पर्यटकहरू मात्रै राज्यमा घुम्नु आउँछन् भन्ने कुनै ग्यारन्टी छैन, यसमा केही नशाखोरी, नारी तस्करी गर्ने दलाल, ड्रग ओसार पोसार गर्नेहरू पनि हुन्छन्। उनीहरूको सही छानबीन नहुँदा नै राज्यमा अपराधहरू बढ़्ने क्रम हुँदछ।

केही अघि सिलगढ़ीको एक दैनिक नेपालीमा कोरियाको युवकको लागि नेपाली युवती बिहे गर्ने विज्ञापन छापिएको थियो।यो विज्ञापन सरासर कीर्ते विज्ञापन हो, किनभने कोरियामा नेपाली युवतीहरूलाई बिहे गरेर लगेको जस्तो गरेर त्यहॉं मोटो रकममा नेपाली युवतीहरू अरूलाई बेचिने गरिएको धेरैपल्ट सञ्चार माध्यमहरूमा आइसकेको रपोट हो। थाहा लागे अनुसार अश्लील भिडियो बनाउने तथा यस्तै अश्लील कार्यमा स-सानो बालिकाहरू फुस्लाएर लैजाने कोरियाको एक पुरुष जसको केश टाटे पाङ्रे सेतो कालो रहेको तादोङ स्थित लुम्से बस्तीमा दुई चार दिनको लागि आएको सुइँको छ, तर कुनै प्रकारको अपराधमा परेर सो व्यक्ति पुलिसको हातमा नपक्री सजिलैसित राज्य बाहिर सुइँकुच्चा ठोक्नु सक्षम भएको हुनुसक्ने पनि अनुमान लागेको छ।राज्यमा दिनोदिन बालिका तथा किशोरी र युवतीहरू हराउने गरेको पनि एकातिर छ भने कतिपय यस्ता युवती, बालिकाहरू गरीबवर्ग रहेको तथा घर परिवारबाट सताइने गरेकोले पनि यस्ता दलालहरूले सजिलै फकाइफुस्लाइ गर्नु सक्ने कुरो थाहा लागेको छ।विशेष गरेर अहिले मोबाइल फोनको कारण र सजिलै सम्पर्क हुने कारणले यौन कर्मीहरूको वृद्धि हुनुको कारण पनि मानिएको छ।

 

सिक्किममा चलचित्र तालिम केन्द्र हुनु जरुरी-सिक्किमकी प्रतिभाशाली नारी कलाकार पवित्र भट्टराई

गान्तोक, नोभेम्बर 1:(सुस): सिक्किमका वर्तमान मुख्यमन्त्री पवन चामलिङको अहिलेको कार्यकालमा सामाजिक,आर्थिक क्षेत्रदेखि लिएर अहिले विगतमा भन्दा कला क्षेत्रले पनि निक्कै उन्नति गरेको छ, तथा कला, चलचित्रको संरक्षणमा पनि मुख्यमन्त्री चामलिङले आज पनि सहयोग र प्रेरणा कसैले याचना गरे उहॉंले पूर्ण सहयोग गर्नु हुन्छ, यो हामी युवा युवती एवं कलाकारहरूको लागि सकारात्मक र असल पक्ष हामीले सिक्किममा पाएका छौं, यति हुँदा हुँदै पनि सिक्किममा सरकारी तौरमा नै योजनाबद्ध तरिकाले चलचित्र एवं कलाको क्षेत्रमा पनि सरकारले यस दिशामा अभिरुची राख्ने तथा अभिनयमा दक्षता हासिल गर्नु चाहने शिकारू तथा युवा कलाकारहरूलाई तालिम केन्द्र यहीं नै खोलेर प्रोत्साहन दिए अझ उत्तम हुनेछ तथा यसबाट युवा जमातले कला र चलचित्रलाई पनि पेशागतरुपमा लिएर तरक्की गर्नु सक्नेछ।

 यो कुरो हिमगिरि सम्वाददातासितको विशेष भेटवार्तामा सिक्किमका एक प्रतिभाशाली चलचित्रका होनहार नायिका सुश्री पवित्र भट्टराईले जनाएकी हुन्‌। तारेथाङ, पाक्मोङ पूर्व सिक्किममा माता तिलारुपा भट्टराई र पिता तेज प्रसाद भट्टराईको कोखमा जन्मेकी पवित्र भट्टराईले नेपाल र सिक्किमबाट निर्मित भएको नेपाली चलचित्रमा आफ्नो दक्षता र कलाकारिताको सफल प्रदर्शन गरिसकेकी छिन्‌ भने अब सिक्किमबाट डोडल फिल्म प्रोडक्सन्‌बाट निर्मित चलचित्रमा सिक्किमका एक लोकप्रिय नायक उत्तम प्रधानसित मूल नायिकाको भूमिका खेलेको चलचित्र अब बजारमा आउनु लागेको छ, जसमा उनले आफ्नो दक्षता प्रदर्शन गरेकी छिन्‌, जुन रिलिज भएपछि दर्शकवर्गले अवश्य मन पराउने कुरामा  सुश्री पवित्र भट्टराई विश्वस्त छिन्‌।

सन्‌ 1997 मा इमान नाटकदेखि चलचित्रमा पाइला चालेकी नायिका भट्टराईको बन्नी प्रधानद्वारा निर्देशित चलचित्र प्रियतमा र जसमा उनी सहायक नायिका छिन्‌ तथा मिसन लभ इन्‌ सिक्किम प्रदर्शन भइसकेको छ। उनले हालका रहेका सिक्किमका मन्त्रीगण सुश्री निरु सेवा र भीम ढुंगेलको साथमा पनि दूरदर्शनद्वारा निर्मित डकुमेन्टेरी फिल्ममा भूमिका निर्वाह गरेकी छिन्‌।

अहिलेको सन्दर्भमा सिक्किममा पनि कलाकारहरूको सम्मान हुनु थालेको जनाउँदै असल र इमान्दार भएर कला तथा चलचित्रमा लागिपरे निश्चय सफलता पाइन्छ, उनले जनाइन्‌।

नायिका भट्टराईले अहिले सानो पर्दा र ठूलो पर्दामा चलचित्र गर्ने कि नगर्ने भन्ने विवादलाई पर पन्साएर कला र चलचित्रमा कलाकारको कलाकारितामा सानो पर्दा र ठूलो पर्दामा अभिनय गर्ने कि नगर्ने भन्ने कुरा आउँदैन तर कसरी कलाकारले कला असल प्रकारले प्रदर्शन गरेर दर्शकको हृदय जित्नु सक्नु कलाकारको प्रमुख कुरा हो भनिन्‌।

 सन्‌ 2003 मा समाजशास्त्रमा स्नातकोत्तर अध्ययन गरिसकेर संगीत नाटक अकादमीद्वारा सिक्किमे लोक संस्कृतिमाथि शोधकार्य वा विद्यावारिधि गरिरहेकी नायिका भट्टराईले शिक्षाद्वारा नै नारीहरू सशक्त बनेर पुरुष समाजमा पनि सफलपूर्वक उभिनु सकिन्छ भन्ने जनाइन्‌।अहिले अभिरुचीकै माध्यम बनाएर चलचित्रमा काम गरिरहेको भए तापनि भविष्यमा गएर यसलाई पेशाकै रुपमा अपनाउने तथा कसैबाट अझ कर्मसियल वा व्यवसायिक चलचित्रको भूमिकाको अफर आएमा अझै गरेर देखाउने संकल्प लिएको जनाउँदै तर आफूले आर्ट पिक्चर वा कला चलचित्र मन पराउने गरेकी पनि जनाइन्‌ तथा हालैमा सिक्किममा निर्मित भएको कला चलचित्रले निश्चय सिक्किममा एकपल्ट प्रसिद्धी पाउने छ, सो अब रिलिज हुने मुहुर्तमा रहेको कुरो पनि नायिका भट्टराईले जनाइन्‌।उनलाई नायिकाको प्रमुख भूमिका रहेको चलचित्र खेल्दा नै सन्तुष्टि आउने कुरो पनि जनाइन्‌।उनले सिक्किम र देशका जति पनि नेपाली चलचित्र र अन्य भाषाको चलचित्रमा नारीहरू वा युवाहरू आउनु चाहन्छन्‌ भने पहिले शिक्षाको आधार दरिलो बनाएर आउनु पर्ने जनाउँदै भने यदि परिवार आर्थिकरुपले दरिलो छैन भने कलाकारले उचित शिक्षा हासिल गरेका छन्‌ भने कसैले पनि उनलाई आफ्नो र अन्य कुनै क्षेत्रमा शोषण गर्नु सक्दैन। उनले अहिले चलचित्रको बजारमा आफ्नो अङ्ग-प्रदर्शनको बेसी गर्ने बेसी नायिकाहरूको माग र सस्तो लोकप्रियता बढ़ेको भए तापनि धेरै नखेलेर एउटै आदर्श भूमिका खेलेर नारी कलाकारले चलचित्रमा राम्रो छवि बसाल्नु सक्ने मन्तव्य पनि व्यक्त गरिन्‌।

 गान्तोकमा स्वयं सहायता समुहको उत्पादन

गान्तोक, 12 अकटोबर:(हिस): सिक्किम प्रजातान्त्रिक मोर्चा सरकारको चुनाउ घोषणामा जनाइए अनुसार तथा मुख्यमन्त्री चामलिङले पहल गरे अनुसार सिक्किमका मानिसहरू उपभोता होइन तर उत्पादक बन्नुपर्दछ भन्ने तथ्यलाई सिक्किमका शिक्षित तथा अल्प शिक्षित बेरोजगारहरू तथा ग्रामीण तहका विशेष महिलाहरूले सेल्फ हेल्प ग्रुप वा स्वयं सहायता समूहको मार्फत  कदम चालेर केही हद्‌सम्म साकार पारेको आभास अहिले उनीहरूले उत्पादन गरेको वस्तुहरु पुरानो चिल्ड्रेन पार्कमा अवस्थित बिक्री तथा प्रदर्शनीले पुष्टि गरेको छ। स्वयं सहायता दल एउटा यस्तो समूह हो जुन समूह भारतका अन्य प्रदेशहरूमा सफल र शक्तिशाली बनेको छ, तथा विशेष महिलाहरूले बनिएको स-साना कामको लागि बनाइएको एउटा यस्तो व्यवसायिक संगठन हो,जसको सदस्यहरूबाट सदस्यता शुल्क उठाएर ग्रामीण व्यांङ्कमा जम्मा गरेपछि कतिपय योजनाबद्ध कामधन्दा तथा व्यापारको निम्ति ब्याङकले कम दरको सुदमा ऋण उपलब्ध गराउँदछ।सिक्किममा पनि बितेको 5 देखि 10 वर्षभित्रमा यस्ता स्वयं सहायता समूहले निक्कै कार्य गरेर लगिरहेको छ।

यस्तै समूहहरूद्वारा गठित अखिल सिक्किम स्वयं सहायता समूहहरूलाई लिएर ग्रामीण प्रबन्धन विकास विभागले उनीहरूले उत्पादन गरेको वस्तुहरूको प्रदर्शनी र बिक्री अहिले गान्तोक शहरको मास्तिर पुरानो चिल्ड्रेन पार्कको परिसरमा चलिरहेको छ।जम्मा 42 देखि 43 वटा यस्ता समूहहरू विशेष दक्षिण सिक्किम, पूर्व सिक्किम तथा उत्तर सिक्किमबाट लगाइएको छ। यसमा कञ्चनजङ्गा समूहका नारीहरूले आफ्नै हातले बनाएको सिन्के धुप बिक्री र प्रदर्शनीमा राखिएको छ भने प्रगति समूहले बॉंसले बुनेका विभिन्न कलाकारितासहितका सामानहरू बिक्रीमा राखेको छ।अहिले सयपत्री फूलको अभावमा गमलामा सयपत्री र यहॉंका फूलहरूले सजाएको किपु समूहको प्रदर्शनी पनि खूबै प्रशंसनीय छ भने महिलाहरूले सिलाइबुनाइद्वारा तयार पारिएको समान, अचारका परिकार आदि पनि राखिएको छ। सो प्रदर्शनीको उद्घाटन मन्त्री सी.बी. कार्कीले हालैमा गरेका थिए भने यो प्रदर्शनी तथा बिक्री आगामी 17 अक्टोबरसम्म रहने पनि जनाइएको छ। स्थानीय बासिन्दाहरूले यस प्रकारको उत्पादकमूलक कार्यमा प्रोत्साहन दिनुको लागि अघि आउनु पर्ने कुरो पनि स्वयं सहायता समूहका नारीहरूले यस सम्वाददातालाई आज जनाइन्‌।उनीहरूले स्थानीय वासिन्दाहरू सचेत भएर स्वयं सहायता समूहलाई यहॉंकै वासिन्दाहरूले उब्जनी गरेको सामान, खाद्य वस्तुहरू किनिदिएर उत्पादनमूलक कार्यलाई अघि बढ़ाउनुमा सहयोग प्रदान गर्नु पर्ने कुरो पनि जनाए।सिक्किम ग्रामीण विकास संस्था र सिक्किम ग्रामीण प्रबन्धन विकास विभागले स्थानीय उत्पादकहरूलाई प्रोत्साहन प्रदान गर्नुको लागि दिइएको यो अवसर समयोचित कदम धेरैले मानेका छन्‌।

 सिक्किमको राजनीतिमा गोलेको मौनता र चामलिङको मलमपट्टी             -विशेष विश्लेषण लेख

गान्तोक, 28 नोभेम्बर:(विजय बान्तवा): यदाकदा स-साना मतभेद् र दूरत्व अनि व्यक्तिगत्‌ विषय पनि सिक्किमको राजनीतिमा मुद्धा बन्ने प्रचलनमा सिक्किममा अहिले सत्ताधारी दलका एक जानिन्दो नेता तथा पूर्व मन्त्री एवं वर्तमान विधायक प्रेम सिंह तामाङ वा प्रचलित नाम पी.एस. गोलेको राजनीतिक मौनता तथा विभिन्न कार्यक्रमदेखि लिएर सिक्किमको विधानसभासम्म नै अनुपस्थिति रहेको कुरोले अहिले यहॉंका मिडियाहरू र जनतामा खास चर्चाको विषय बनेको छ। अर्कोतिर चुनाउपछि सरकारी वेतनमान सठीक ढंगमा लागु नभएको आरोप र कथित बयानले सरकारी कर्मचारीमा पनि असन्तुष्टता छाएको तथा चुनाउ अघि दिएका चुनाउ घोषणाकै अनुरुप कामहरू गर्दै लैजानुमा 6 महिनासम्म बित्दा पनि सत्तारुढ़ दल तथा राज्य सरकारले सुस्तता अपनाइरहेको कुरालाई पनि लिएर प्रतिपक्षी खेमाका प्रतिक्रियाहरू मिडियामा छाउनु थालेपछि सत्तारुढ़ दलले सरकारी कर्मचारीहरूको वेतनमानमाथि प्रतिक्रिया पहिलो चोटि पेश गरी चौथो वेतन आयोगलाई छोड़ेर एकैचोटि छैटौं वेतन आयोग केन्द्र सरकारको हाराहारीमा लागु गर्नु पर्ने कुरोलाई उठान गरेका छन्‌।

एक प्रकारले अवलोकन गर्नु हो भने चुनाउ अघि दिएका घोषणाहरू अनुरुप जुन प्रकारले यहॉंका कार्यहरू सुसञ्चालित भएर जानु पर्ने थियो, त्यसमा गतिरोध नभए तापनि सुस्तता आएको र हालसम्म व्यापक प्रशासनिक अदलबदल मात्र भइरहेको तथा काममा केही विलम्भ देखा परेकोले यस्तो स्थिति उत्पन्न बइरहेको महसूस भएको छ।यहीं सुस्तताहरू र विधायक गोलेको क्रमश: अनुपस्थितिमा विपक्षी दलले निक्कै प्रतिक्रिया गर्ने ठाउँ भने निश्चय पाएको छ।सिक्किम जस्तो सानो राज्यमा कतिपय कुराहरू भए तापनि असन्तुष्टता, निराशता, उदासीनता र नकारात्मक कुराहरूलेे पनि छिटो प्रचार र प्रभाव पार्ने हुँदछ।यसो हुँदा यी असन्तुष्टता र उदासीनतालाई समाधान गर्ने दिशामा केवल एक्लो मुख्यमन्त्री र दलका नेता पवन चामलिङमाथि मात्र आशा वा नजर राख्ने तथा कतिपय वास्तविक कुराहरू नबताएर वा लुकाएर सबै कुरो ठीक छ भन्ने प्रवृति र संस्कार मुख्यमन्त्रीको कार्यालयदेखि लिएर पार्टीका कार्यकर्ता, सल्लाहकार एवं वरिष्ठ व्यक्तिहरूले त्यागेर यी सबै समस्याहरूलाई राम्ररी अध्ययन, पर्यवेक्षण गरी प्रजातान्त्रिक ढॉंचामा नै समाधान गर्ने उपाय खोजु अहिलेको सन्दर्भमा युक्तिसंगत रहेको छ।केवल बयानबाट अझ भ्रम उब्जाइने र असन्तुष्टताको हावा अझ फैलेर नकारात्मक परिणाम दिने हुँदा समाधान खोजेर सबैको पक्षमा बोलिदिने हुनु र काम गर्ने हुनु भनेको नै नेतृत्व, सत्तापक्ष र सरकारको काम हो, तर प्रतिपक्षीको भाषा बोल्नु सत्तापक्षको कर्तव्य हुँदैन।प्रतिपक्षीको भाषा चुनाउ प्रचार पछि सत्तामा रहिञ्जल स्थगित भएको हुन्छ, जनादेशबाट पाएको शक्तिको मात्र त्यसबेला प्रयोग गर्नुपर्ने हुन्छ, जनादेश पाएर विपरीत राग अलु भनेको राजनीतिक पलायनता, कर्तव्य परायणता हुनुजॉंदछ, जसले अन्तमा प्रजातन्त्रभित्र पनि निरंकुशता अपनाउने लाइसेन्स पाएको जनादेशलाई सम्झिने प्रवृतिको विकास हुन्छ।

वास्तविक कुरो उठान गर्नु हो भने विकासको मुद्धासितै पवन चामलिङले पञ्चायत र पूर्व विधायकहरूले बिगारेको काम आफैले सपार्ने र गल्तीहरूको स्वीकार गरेर आफ्नो विलक्षण राजनीतिक सुझबुझ प्रदर्शन गरेर फेरि विपुल जनादेश लिएर चौथोपल्ट सत्तामा आएका हुन्‌।विगत चुनाउमा भन्दा यसपालिको चुनाउमा 32वटै आसनबाट जितेपनि कांग्रेसले सिक्किमको राजनीतिमा पहिलो चोटि गत विधानसभामा कड़ा प्रतिस्पर्द्धा गरेर आफ्नो उपस्थितिको प्रमाण देखाइदिएको छ।जनताको विपुल आस्था त्यसैले चामलिङ सरकारसित रहेको बेला विभिन्न प्रकारको बयानबाजी र राजनीतिक शंका, उपशंका तथा अनुमानको गणितमा अड़िएर बस्नु भन्दा वास्तविक धरातलमा उभेर सत्तापक्षले काम गर्नु पर्ने समय रहेको छ।

सिक्किमको राजनीति र सत्तामा एक्लो नेतालाई नै सबै कुरोको जिम्मा र दोष लगाउने प्रवृति र संस्कार बसालिएको छ भने हालमा यी सबै समस्याहरूको पूर्ण जिम्मेवारी पनि मिङतोकगाङमा नै जम्मा भएको भान हुन्छ।एक्लो हुट्टिट्याउले सगर थाम्दैन भन्ने उक्ति सरह सरकारमा एक्लो व्यक्ति र नेताको हातमा मात्र सत्ताको बाग्डोर पारिदिने, प्रशंसा र फलमात्रै बॉंड्ने तर दोष जति नेतालाई मात्र खनाउने संस्कारबाट तत्कालै मुक्ति दिलाउनु र लिनु पर्ने सिक्किमको राजनीतिमा चुनौति आएको छ।

हिजो मात्र मुख्यमन्त्रीले विधायक गोलेको समष्टिमा आफैले जनतासित धेरै समय बसेर समस्याहरूको निराकार गर्ने जुन पहल गरेका छन्‌, यो प्रजातान्त्रिक र समय सापेक्ष पहल हो।यसरी नै उनले पहल गरिरहे यस्ता सबै समस्याहरूको समाधान हुन्छ। उनले कर्मचारीहरू, बुद्धिजीवीहरू, साहित्यकारहरू, पत्रकारहरू सबैसित यस्ता समाधानहरूको लागि आफ्नो ढोका खोल्नुपर्दछ तथा उनीहरूसित समन्वयता बनाइरहनुपर्दछ।उनीहरूलाई आफूसित वार्तालाप र बैठक गर्ने र गराउने समय आफैले निकाल्नुपर्दछ, सागरको गहिराइबाट मोती छान्नु सक्ने परख सरह ज्ञानलाई चुन्नु सक्नुपर्दछ।प्रजातान्त्रिक ढॉंचामा बैठक गरेर तथा एकार्काका समस्याहरू बुझेर मात्रै समाधान पाइन्छ, लगातार संवादहीनता र भेटघाटको कार्यक्रम स्थगितले भ्रमहरूमात्र पैदा गर्नुमा सहायक बन्दछ।यसरी सबै विकल्पहरू खुल्ला राखे तथा जनहितमा काम गरिरहे सबै जनता सत्तापक्ष वा चामलिङकै नेतृत्वमा अडिग भइरहनेछन्‌, अहिले पनि भइरहेका छन्‌, जबसम्म जनताको साथ छ, जनादेश छ, यस्ता स-साना राजनीतिक होहल्ला वा कुनै पनि दवाउ दलको दवाउ काम लाग्दैन।त्यसैले अहिले समग्र जनताको घाउमा मुख्यमन्त्रीको मलमपट्टी र उपचार हुनु र ध्यानकेन्द्रित हुनुपर्दछ।राज्य र देशको हितमा काम गर्ने शासकले गोले तत्व तथा दवाउ दलको दवाउभन्दा पनि माथि उभेर एक कर्मठ र सक्षम नेतृत्व गरेको हुनुपर्दछ।विपरीत परिस्थिति र चुनौति तथा राजनीतिक धर्मसंकटलाई जितेर काम गर्ने हुनु नै आज सॉंचो अर्थमा नेता हुनु हो।यसैले अब रहेको समय चामलिङ सरकार र सत्तापक्षले जनादेश पाइसकेपछि बाहियत कुरामा भन्दा आफ्नो कर्तव्य, आफ्नो दिशा र जनहित कार्यहरूमा अधिकभन्दा अधिक समय लगाउनु पर्दछ, जनतासित भेट् गर्ने समय निकाल्नैपर्छ, जाली र फटाहाहरूको कुरा सुनेर मात्रै सबै कुरा विश्वास गर्नु हुँदैन।

सिक्किममा विभिन्न दलहरूमाझ आरोप प्रत्यारोप

मन्त्री सुब्बा भर्सेस्  विधायक गोले, भण्डारी भर्सेस्  उप्रेती

-विश्लेषण

गान्तोक, : सिक्किमको राजनीतिक परिदृश्यमा थोरै राजनीतिक दलहरूको सक्रीयता भए तापनि बेलाबखत् वाद विवाद र आरोप प्रत्यारोपको बगुन्द्रो र भुङरो ओइरिने गर्दछ।गत सप्ताह सत्तारुढ़ दल, असन्तुष्ट विधायक दल र कांग्रेसी खेमाबाट व्यक्त बयानबाजीले यहॉंको वातावरणमा केही राजनीतिक तापमान बढ़ेको थियो। सिंङलिङमा एक दलका मानिसले अर्को दलको मानिसमाथि खुकुरी प्रहारको आरोप तथा मन्त्रीको वाहनमाथि क्षति गर्ने काण्डलाई लिएर सत्तारुढ़ र असन्तुष्ट विधायक दलको खेमामाथि चर्काचर्की बढ़ेर गएको थियो।

विधायक पीएस गोलेका समर्थक ज्याकोब खालिङले मन्त्री रनबहादुर सुब्बामाथि आरोप लगाउँदै सिङलिङ काण्डमा प्राथमिकी दर्तामा मन्त्रीको पनि नाम उल्लेख भएकोले थानामा बयान दिनुपर्ने बयान दिएका थिए भने सिङलिङ काण्डमा आफ्नो हात नरहेको बयान मन्त्रीले दिएका थिए।उता विधायक गोलेले पनि सत्तारुढ़ दलका नेताहरूले नै आफ्नो पार्टीको संविधानको उल्लंघन गरेको आरोप लगाएका थिए भने सत्तारुढ़ खेमाका प्रवक्ता तथा सांसद पीडी राई, प्रवक्ता भीम दाहालले विधायक गोलेको राजीनामाको माग गरेका थिए।जवाफमा गोलेका असन्तुष्ट दलबाट गोलेलाई सत्तारुढ़बाट हटाएर देखाउने समेत खरो चुनौतिको बयानबाजी पनि भएको थियो।

उता प्रदेश कांग्रेस आई दलबाट पूर्व मन्त्री तथा कांग्रेसी नेता के.एन.उप्रेतीलाई सो दलबाट उनले दल विरोधी काम गरेको आरोपमा निष्कासन गरिएको घटना प्रमुख रह्यो।कंग्रेसका विक्षुप्त गुटबाट यसको प्रतिक्रिया स्वरुप भण्डारीको नेतृत्व भएको प्रदेश कांग्रेस आईबाट निष्कासित हुँदा केही फरक नपर्ने तर दिल्लीबाट यसबारे केही नभएको जनाएका थिए।

आरोप प्रत्यारोपको यो सिलसिलाले भने अब तीन वर्षपछि आउने सिक्किम विधानसभाको चुनाउको लागि आधारहरू बनाउँदै लगिरहेको एकातिर देखा परेको छ भने सिक्किमको राजनीतिमा अब ठोस मुद्धा बिना कुनै पनि दलहरू जन समर्थन प्राप्त नगर्नु सक्ने निश्चित पनि देखिएको छ।बढ़्दो बेकारी समस्या र कतिपय असन्तुष्टताले सिक्किमलाई घेरिरहेको भए तापनि विपुल असन्तुष्टताको राजनीतिक आँधी भने सिक्किममा अहिले आएको छैन।धेरै जसो विकासीय कार्यहरू ठीकसित नभएको, कतिपय उद्योगहरू जन अपेक्षा अनुसार सिक्किममा स्थापना नभएको आदि विषमताहरूले भने भविष्यमा नकारात्मक प्रभाव पार्ने ठाउँ रहेको छ।अहिले सिक्किममा सबै समुदायको हितमा अझ सक्रीय अभियान सरकारले थाल्नु पर्ने साथै अझ विकासीय कार्यहरूलाई जीवन्त र ठोस रुप दिनु सबै शक्ति र विवेक लगाउनु पर्ने चुनौति रहेको छ भने विपक्षीहरूबाट पनि आन्तरिक कलह र आपसी झगड़ा र माम्ला भन्दा सकारात्मक राजनीतिक गतिविधि र भूमिकाको आवश्यकतालाई महसूस गरिएको छ।

 

किन बढ़दैछ दुराचारीहरू सिक्किममा?

 

 गान्तोक, अप्रेल 2: बुद्धिजीवीहरू र स्वतन्त्र नागरिकहरूले सही कुरो बोल्नुपर्छ नत्र सिक्किममा मूर्खहरूको बोलबाला चल्छ भनेर मुख्यमन्त्रीले विगतका स्वाधीनता दिवसको आफ्नो वक्तव्यहरूमा भनेका छन्। सिक्किममा अहिले किन दूराचारीहरूको संख्या बढ़्दैछ, यौनकर्मीहरूको संख्या बढ़ेर अब 750 भइसकेको र 1 हजारको सूचांक पार गर्नु लागेको, एच् आईभीको रोगले 205 जनालाई भेटिसकेको तथा नशा वा ड्रग सेवन गर्नेहरूको दिन गुणा चौगुणा वृद्धि भइरहेको कुरो अहिले चिन्ताको विषय बनेको छ।

यौन कर्मीहरूलाई कुन घर मालिकहरूले आश्रय दिइरहेका छन्, कुन होटेलहरूमा उनीहरूको धन्धा चलिरहेको छ भन्ने कुरा राज्यको खुफिया तन्त्र सहित समाजको पनि हो।विशेष गरी शरीर बेचे धन्धाहरू गान्तोक वरिपरि तादोङ डॉंड़ागाउँ, देउराली, 5 माइल, रानीपुलसम्मै फैलिएको र विशेष गरेर एक ठाउँदेखि अर्को ठाउँमा जाने गान्तोकदेखि सिलगढ़ी कालेबुङ, दार्जीलिङतिर झर्ने धन्धामा लिप्त रहेको जानकारी पनि मिडियाहरूबाट आइसकेको छ।

विशेष गरेर आफ्नो बस्ने घरबाहेक पनि फाल्तू घरहरू बनाएर भाड़ामा घर दिनेहरूको संख्या तादोङ, माथिल्लो सिञ्चे, विकास क्षेत्र, तादोङ 6 माइलदेखि रानीपुल बीच बढ़ेर गएकोले यस प्रकारको धन्धा चलिरहेको जानकारीमा आएकोछ।

यौन व्यापारसितै ड्रगको धन्धा पनि सिक्किममा फस्टाइरहेको छ।अहिले केवल यहॉं यौनकर्मीहरूको संख्या मात्र हजारको संख्या पुग्नु लागेको कुरो भइरहेछ तर समाजका भद्र पुरुष कहलाउने व्यक्तिहरू र दूराचारीहरूको पनि यहॉं संख्या गणना भएको छैन।यस बाहेक पनि पर्यटकको रुपमा सिक्किममा आएर यस्तो धन्दा गर्ने तथा ब्लू फिल्म यहॉंको स्थानीय केटीहरूको बनाएर विदेशतिर पठाउने गिरोहलाई पनि चिन्हित गर्ने र पक्राउ गर्ने काम हुनु सकेको छैन।पुलिसलाई पुलिसको भेषमा मात्र होइन, जनताको भेषमा पनि पठाउनु पर्ने तथा कड़ा निगरानी राख्नुपर्ने आवश्यकता पनि छ।पुलिस भनेको वास्तवमा नै जनताले नै जनताको हितको लागि आवश्यकताबोध गरेर जन्माइएको पद हो, तर आज पुलिस जनताको हित र मित्र भएर उदाहरण पेशहरू गर्नु पर्ने अझ आवश्यकता भएको समाजले महसूस गरेको छ।

मुख्यमन्त्री चामलिङमाथि विदेशीको आरोप दिल्ली अदालतद्वारा खारेज

सिङ्ताम: 16 मार्च। (नन्दु दूतराज)  राज्यको विपक्षी पार्टी भारतीय जनता पार्टीका अध्यक्ष पदम बहादुर छेत्री अनि पार्टी उच्चपदस्थ कार्यकर्ता पदम प्रसाद छेत्रीले राज्यका मुख्यमन्त्री डा. पवन चामलिङमाथि दिल्ली उच्च न्यायालयमा लगाइएको दोहोरो नागरिकताको मुद्दालाई हिज कोर्टले खारेज गरेको पार्टी सूत्रद्वारा थाहा लागेको छ। यसै विषयमा सिङ्तामस्थित एसडीएफ पार्टी शाखा कार्यालयमा क्षेत्र विधायक एम प्रसाद शर्मा, सिङ्ताम नगरपञ्चायत पार्षद् सावन प्रधान, मिनाकुमारी छेत्री, विष्णुमाया शेर्पा, अनिता तामाङ, रामनरेश प्रसाद, कोअर्डिनेटर सुरेश प्रधान, विनोद पाण्डे, गुप्ता सुब्बा, उप-संयोजिका मनमाया गुरूङ, पूर्व जिल्ला युवा उप-संयोजक तेञ्जिङ शेर्पा, सिईसी सदस्य कृष्ण छेत्री अनि भारी संख्यामा पार्टी कार्यकर्ताहरूको विशेष उपस्थितिमा पटेखा पड़काएर हर्ष प्रकट गर्दै मुख्यमन्त्रीप्रति बधाई टक्राए। यस अवसरमा विधायक शर्माले यो जित सत्यको जित रहेको दावी गर्दै मुख्यमन्त्री पवन चामलिङ सदैव गरीब जनताको सेवा गर्ने एक सत्यवादी सेवक रहेकोले आज उहॉंको सत्यको जित भएको छ, जसको निम्ति हामी सम्पूर्ण सिक्किमे जनताले हर्ष प्रकट गर्नुपर्ने बताए। हाम्रा नेतालाई यसरी नचॉंहिदो र गलत दृष्टिकोणले हेर्ने व्यक्तिहरूसित सबै सचेत र सतर्क रह्ने पनि विधायक शर्माले सुझाउ दिएका छन्। यसरी नै तुमिन- लिङ्गीका विधायक एवं राज्य सरकारका मुख्य सचेत उगेन टी. ग्याछो भोटियाको विशेष उपस्थितिमा पनि हिज सॉंझ यहॉंको साङ्ग्रिला होटल अघि  सिङ्ताम बजारमा पटेखा पढ़काएर मुख्य मन्त्रीको जितमा सबै पार्टी कार्यकर्ताहरूले हर्ष प्रकट गरिएको थाहा लागेको छ।

स्मरणरहोस्, मुख्यमन्त्री चामलिङ भारत र नेपाल दुइ देशको नागरिकता रहेको आरोप लगाउँदै बीजेपीका अध्यक्ष पदम बहादुर छेत्री अनि पदम प्रसाद शर्माले दिल्ली उच्च न्यायालयमा मुद्दा हालेका थिए।

 

नाम्ची महोत्सवमा मुख्यमन्त्री चामलिङको वक्तव्य

सामुहिक दायित्व बिना सर्व कल्याण असम्भव

गान्तोक, 29 अक्टोबर: (हिस): अत्यन्त उत्साहको साथमा सातौं तीन दिवसीय नाम्ची महोत्सवको उद्घाटन गरेपछि मुख्यमन्त्री डा. पवन चामलिङले स्थानीय वासिन्दाहरूको कम सहभागिता रहेको बारे आफ्नो सम्बोधनमा टिप्पणी गरे।वास्तवमा नाम्चीमा महोत्सवको पालन गर्दै आएको यो सातौं वर्षको अवसर थियो, जसमा राज्य सरकारको प्रमुख उद्देश्य नै स्थानीय पर्यटनको विकास गरी मानिसहरूलाई स्वरोजगारतर्फ प्रोत्साहन गर्नु रहेको छ। प्रथम दिनमा राज्य बाहिरका तथा विशेष विदेशी पर्यटकहरूको यहॉं उपस्थिति रहेको थियो भने स्थानीय वासिन्दाहरूको समोचित अनुपस्थिति हुनु वास्तवमा स्थानीय नागरिकहरूको उदासीनता तथा राज्य सरकारको कार्यक्रम र अभियानमाथि कम चासो हुनु वा कम सूचना हुनु हो भन्ने धारणा पर्यवेक्षकहरूको रहेको छ।

नाम्ची महोत्सवमा विशेष गरी मौसमीय पुष्प प्रदर्शनी, भोटे, लाप्चे, नेपाली वा सिक्किमको पारम्पारिक खानपानको व्यवस्था, सांस्कृतिक प्रदर्शनी, ट्रेकिङ वा पार्वतीय आरोहण, सांगीतिक सॉंझ, हस्तकला बिक्री तथा प्रदर्शनी, हेलिकोप्टरद्वारा आनन्दको उड़ान, विभिन्न रोमाञ्चकारी खेलहरू सामेल रहेको छ, जसमा स्थानीय मानिसहरू पेशागत् तौरले तैयार रही पर्यटकहरूको लागि सेवा प्रदान गरी पैसा आर्जन गर्नु सक्दछन्। सिक्किम सरकारको सांस्कृतिक एवं धरोहर विभागले वर्सेनी आयोजन गर्दै आएको यस प्रकारको आयोजनमा निश्चय बाहिरको पर्यटकभन्दा स्थानीय मानिसहरूलाई नै आनन्द र खुशीयाली लाग्नु पर्ने र त्यसमा सहभागिता हुनुपर्ने हो, तर आज सिक्किममा सरकारी सहुलियतको पछि कुद्ने र सरकारी ठिका विघामा मात्रै पछि लागेर छिट्टै धन संग्रह गर्ने तथा पश्चिमी सभ्यता तथा टेलिभिजनले ल्याएको सहुलियत र आधुनिक सञ्चार सुविधाको भरमा बॉंचे र कुनै परिश्रम र योगदान नगरी धन कमाउने मानिसहरूको प्रवृति बढ़ेकोले गर्दा नै यस प्रकारको कार्यक्रमहरूमा मानिसहरूको सहभागिता घटेर गइरहेको महसूस हुँदछ।

आज राज्यको दक्षिण जिल्लामा स्थित नाम्चीमा गुरु -ष्ःस् ुीफी 1्ीथ्द्म -रिम्पोछेको 135 फिट अग्लो र शिवको 125 फिट अग्लो प्रतिमाको स्थापना भइसकेको छ भने चार धाम पनि नाम्चीदेखि केवल 5 किलोमिटर टाड़ोमा अवस्थित रहेको छ।नाम्चीलाई अर्को पर्यटन केन्द्रहरू राभाङला, जोरथाङ तथा दरमदिनले पनि जोड़्दछ, यसो हुँदा यहॉं धार्मिक पर्यटनको पनि विकास भइरहेको छ।यस्तो पर्यटनको अवसरलाई स्थानीय वासिन्दाहरूले उपयोग गर्नु पर्ने जरुरी देखिएको छ, जसबाट उनीहरूले आत्म निर्भर बन्ने ठूलो दिशा तय गर्नु सक्नेछन्।

मुख्यमन्त्री चामलिङले यस्ता कार्यक्रमलाई केवल सरकारी र औपचारिक कार्यक्रम मात्र नठानेर सामुहिक हित र स्थानीय जनताको हितको पक्षमा नै आयोजन गरिएको बताए तथा केवल अधिकार मात्र खोजे तर आफ्नो जिम्मेवारी वहन गर्नु अघि नआउने प्रवृतिमाथि पनि खेद प्रकट गरे, जुन प्रवृति उनीहरूको हितमा नहुने कुरो जनाए।वास्तव सिक्किमको जन मानसमा आफ्नो बुता, प्रतिभा र मेहनतले गरेर तथा परिश्रमी बनेर अघि बढ़नु पर्ने प्रवृतिमा ह्रासता आएको कारण, नैराश्यता र आत्महत्या गर्ने प्रवृति रहेको, ड्रगसेवन तथा वेश्यावृतिमा वृद्धि भइरहेको विषय निश्चय नै चिन्ताको विषय छ भने यसबारे सॉंचो समाज निर्माण गर्ने जन सेवक र नेताहरूको कमी पनि खट्किएको छ, केवल सरकारी सहुलियत र ठिका विघाबाट धन संग्रह गर्ने अभियानले भने यहॉं जोर पक्रेर लगेको छ।धन पनि कमाउनु आवश्यकता अनुसार जरुरी रहेको साथै सामाजिक सेवा र सामुहिक दायित्व पनि वहन गर्नु पर्ने विषयमा सिक्किमको जन मानसमा चेतना नआएसम्म यहॉं सन्तुलित विकास हुनु नसक्ने संकेत छ।सिक्किमको सन्तुलित, मानसिक, आध्यात्मिक र भौतिक विकासको साथ साथै विकास गर्नु अति जरुरी रहेको विशेषज्ञहरू र नागरिक समाजको मान्यता रहेको छ।

सिक्किम पुलिसको आधुनिकीकरण गर्ने र रम्फू चेक पोस्टमा संशाधनको प्रश्न

गान्तोक, अक्टोबर 30: (हिस): सिक्किममा पर्यटनको विकास साथै निर्माण कार्यहरू पनि विगतको एक दशकभित्र दोबर, तेबर बढ़ेर गएकोले दिन्हौं नयॉं नयॉं मानिसहरू सिक्किममा प्रवेश गर्ने क्रमहरू अहिले बढ़ेर गएको छ।सिक्किममा काम गर्नु र घुम्नु मात्र यहॉं पर्यटक एवं मानिसहरू नआएर कतिपय अपराधिक मानिसहरू पनि प्रवेश गर्ने गरेको छ।पुलिसको आँखामा धुलो हालेर सिक्किम पस्ने यस्ता कतिपय दुष्कर्मीहरूमा यहॉंको गाउँको सिधा साधा तथा गरीब बालिकाहरू फकाइ फुस्लाइ गरेर नोकरी दिने लालचमा आउने दलालहरू, यौनकर्मीहरू, ड्रग ओसार पोसार गर्नेहरू, झुटो कम्पनी खोलेर पैसा कुम्लाएर भाग्नेहरू आदि असामाजिक तत्वहरूको रगरगी पनि निक्कै बढ़ेको छ।

यस्ता अपराधी-हरूलाई पक्रिनुको लागि अहिले सिक्किमको प्रवेशद्वार रम्फू चेक पोस्टमा बाहिरबाट आएको वाहनहरू चेक गर्ने कार्य थालेको भए तापनि 24 घण्टा नै खटिरहने पुलिस कर्मीहरूको संख्या भने आवश्यकताभन्दा कम रहेको छ।दिन्हौ हजारको संख्यामा सिक्किम पस्ने वाहनहरूलाई राम्ररी चेक् गर्नुको लागि कम्तीको पनि 10 जना पुलिस कर्मीहरू खटेको हुनुपर्दछ, जसले राम्ररी परिचय पत्र र यात्रुहरूको जॉंच गर्नु सकोस्, अल्छी नमानी गोटा गन्ती यात्रीहरूको जॉंचबुझ गरोस् तथा सामानहरूको पनि तलाशी लिने काम गरोस्।लामो तॉंतीमा आएको वाहनहरूलाई राम्रोसित चेक् गर्नु नपाइकनै छोड़िदिनु पर्ने बाध्यता अहिले घटाइएको तीन चार जना पुलिस कर्मीहरूमा देखिएको छ।

पुलिस कर्मीहरूको कमीमा कतिपय व्यक्तिहरू झुटो परिचय पत्र देखाएर प्रवेश गर्ने सम्भावना पनि रहेको छ भने यस पंक्तिकार धेरैपल्ट ट्याक्सी बाहनमा सिलगढ़ीबाट प्रवेश गर्दा फोटो कपी गरेको परिचय पत्र देखाएर पनि प्रवेश गरिरहेको कतिजनालाई अनुमति दिइएको थाहा लागेको छ।परिचय पत्र जस्तो विषय संवेदनशील हो तथा असली परिचय पत्र देखाउनु लगाएर साथै राम्ररी छानबीन गरेर मात्रैै सिक्किम प्रवेश गराउनु भने जरूरी छ।

यसको साथै रम्फू गेटमा नै सीटीभी लगाइनु जरुरी रहेको छ, जसमा पुलिसहरूले नजर दिनु नसक्ने अपराधीहरूमाथि 24 घण्टै नजर राख्नु सकोस्।

अर्कोतिर आधुनिक तकनीक तथा कम्प्युटर र इन्टरनेज जानेको पुलिस कर्मचारी रम्फू गेटमा 24 घण्टै हुनु आवश्यक छ। राज्यभित्र र देशभरिका अपराधीहरूको फोटो एक साथ कम्प्युटरमा हेर्नु सक्ने तथा जॉंच गर्नु सक्ने तथा कुनै ठाउँबाट एक घण्टा अघिमात्र भागेको कुनै मानिस वा अपराधीको फोटो पनि इन्टरनेट र इमेलबाट तत्कालै पाएर सबै जॉंचकर्ता पुलिसहरूलाई उपलब्ध गराउनु सक्ने हुनुपर्दछ। दुर्भाग्यको कुरो, एक जना व्यक्तिको घर गान्तोकबाट एक जना घरको सहयोगी घरबाट भागेर निस्केको खबर एक घण्टाभित्र थाहा पाएर राज्यबाहिरबाट इमेलमा फोटो रम्फू पुलिसलाई पठाइदिने बन्दोबस्त गर्दा पनि रम्फू पुलिस चौकीमा इन्टरनेट नभएकोले सो गर्नु नसकेको एक भुक्त भोगीले बताएका छन्।

यसैलै सिक्किमको प्रवेशद्वार रम्फूलाई इन्टरनेट, कम्प्युटर र सीटीभी जड़ान गरेर एकदमै आधुनिकीकरण गर्नु पर्ने माग अहिले जनसाधारणमा चर्चाको विषय बनेको छ, जसलाई पुलिस विभाग र सरकारले सकारात्मकरुपमा लिएर तत्कालै काम गर्नु पर्ने भएको छ

 

 

 

iksikkim news darjeeling news indian gorkhas      Himgiri Nepali home