Sikkim news darjeeling news Gurkhas news Home                                           Kamala Aanshu's work

साहित्यकार स्वर्गीय श्रीमती कमला आँशुका कृतिहरू

 

 

 

 

 

 

 

 

सेतो गुलाफ-कथासंग्रह सन् 1995-मा प्रकाशित

सन् 1970 कै दशकमा विभिन्न पत्र-पत्रिकामा उनका विभिन्न लेख, लघु कथा आदि प्रकाशित हुँदै आएको भए पनि पुस्तकाकारमा हिमगिरि प्रकाशन, गान्तोकबाट सन् 1995-मा उनको पहिलो कृति कथा संग्रह सेतो गुलाफ प्रकाशित भएको थियो। यो पुस्तक उनले दुइ माहन नारीप्रति भनेर आफ्नी आमा मणिता राई र मणिता राई र श्रीमती धनमाया राई सासु आमालाई उनीहरू जीवित रहेको अवस्थामा नै समर्पण गरेका हुन्।आज एघारह वर्षको अवधिमा यस पुस्तकको लेखिकासहित उनीहरू सबै परलोक भइसकेका छन्. यस पुस्तकका भूमिकाको रूपमा शब्दहरू, शुभकामनाका भनी साहित्य अकादमी पुरस्कार विजेता श्री शरद छेत्रीले मन्तव्य पेश गरेका छन्। यस संग्रहमा प्रायशित, फेरि एउटा नयाँ साल, छोरीको पत्र परदेशी बाबुलाई, सरी ल, मैले त चालै पाइनँ, खुल्ला पत्रभित्र पोखिएका गुनासोहरू, मन अन्धा, आमा आउँदिनन्, सागरमभित्रको माछा, ाशाका मंगनी, निर्णय, खोसिएको सिन्दुर पोते, राखी, बैना, लक्ष्मी पूजाको रात, लालुपाते, पगली, कान्छी ल्याउँदिन् पनि, विधवा, प्रतीक्षा, सेतो गुलाफ, जिन्दगी, सडक र झोपडी, पिंजराको सुख, घर, छोरी, ढल्दै गइरहेको साँझ गरी जम्मा 25 वटा कथाहरू संग्रह गरिएको छ।यी लघु कथाहरूमा नारी पात्रहरूको संवेदनशील चित्रण साथै चिन्तन धारा पनि पाइन्छ। विविध नारी पात्रहरू विभिन्न परिवेशमा रहेर कसरी जीवन बिताएका हुन्छन्, आमाको भूमिका, छोरी, विधवा, तरूणी मन विविध अवस्थामा नारीहरूको आफ्नो भाव अभिव्ञ्जना कसरी प्रकट भएको हुन्छ, सो यी कथाहरूमा प्रकट भएका छन्. एउटी नारीले मात्र नारीको वेदना बुझेकी हुन्छे, एउटा नारीको प्रसव वेदना पुरूषले नभोगेर पनि लेख्नु पुरूषको विशेषता होला, तर त्यो यथार्थ जीवन भोगाइको अभिव्यक्ति होइन्, त्यसैले यस्ता वर्णन सुपरिफिसियल हुनु सक्छ, कतै यथार्थदेखि बाङ्गिएर कुरा अर्कै हुनु सक्छ, तर कमला आँशुका यी अभिव्यक्तिहरूमा स्वाभाविकताको सुगन्ध पाइन्छ. नारी हुनु, नारी भएर आमा हुनुको गर्व उनमा छ भने त्यही माटो र फूलको सुगन्ध असल र मौलिक रूपमा दिनुलाई नै उनको कलम तिखारिएको छ। धेरैले उनलाई नारीवादीको संज्ञा दिए पनि उनको कथा नारीहरूकै नाराबाट उब्जेको अभिव्यक्ति नभएर स्वाभाविक र मौलिक चिन्तनधारा र सृजनशीलताको उपज हो। कति नारी हस्ताक्षरहरू पुरूष समाजमा वा अन्यसित समान रहने भाव चाहे त्यो बनावटी नै किन नहोस् झल्काउँदै लिङ्ग रहित विचारधाराको पक्षघऱ हुन्छन्, तर ाफू नारी हनुको गर्वको बोध भने कमला आँसुले आफ्नो हरेक रचना एवं कथामा गरेर स्वाभाविक र यथार्थ जीवनलाई सुपरफिसियल नबनाइकन सरल शैलीमा कथाहरू बुनेका छन्. नारीको मर्म, समस्या र वेदनालाई उनले अत्यन्त सबल पक्षमा उतारेका छन्। नारीको संवेदना, सहनशीलता, कोमलता, विभिन्न परिस्थितिको उनले भित्र अन्तरतहसम्म पुगेर बेजोड् अभिव्यक्ति दिएका छन्. सेतो गुलाफ कथा संग्रहमा जम्मा 116 पृष्टहरू छन्।

साहित्यकार आँशु बारे डा. जस योञ्जन प्यासीले यसरी मन्तव्य राखेका छन्- कमला आँशु अब भारतीय नेपाली साहित्यको सम-सामयिक धाराका एक स्थापित नारी हस्ताक्षर भईसक्नुभएको छ। विभिन्न समाचार पत्रका स्तम्भ लेखिकाका रूप त झन् कमला आँसु एक परिचित नाम छँदैछ साथै नेपाली कथा विधामा पनि अब चर्चामा नगरी नहुने नाम भएको छ।सरल कथाकत्री मान्छु म कमला आँशुलाई सरलताभित्र नारीका जटिलतम् समस्या, पीड्-वेदना र विद्रोहलाई पनि मनोध्ययनसँग विश्लेषण गर्नुभएको छ। आँशुका कथाहरू साँच्चै आँशु आउने खाल्का छन्। पाठकले खसाउने आँशु विषय विविधताजस्तै विभिन्न किसिमका छन्। सम्वेदनशील छन् कथाहरू।

ममताको छालभित्र कथा संग्रह सन् 1999-मा प्रकाशित

साहित्यकार आँशुको पहिलो कृति सेतो गुलाफ-को प्रकाशनपछि लगभग 4 वर्षको अन्तरालमा उनको दोस्रो कृति कथा संग्रहकै रूपमा ममताको छालभित्र प्रकाशित भएको थियो, जसको प्रकाशन हिमगिरि प्रकाशन, गान्तोकले नै गेरको थियो। पहिलेको कृतिमा भन्धा यो दोस्रो कृतिमा उनलाई धेरै प्रोतॉसाहन र प्रशंसा प्राप्त भएको थियो।यस कृतिभित्र जम्मा 30 वटा कथाहरू सामेल भएको छ।यसमा 1. ऐना, 2.आइ लभ यू, 3.मौनता, 3.पश्चतापमा उ जलिरह्यो, 5.विवशताको रोटी, 6.जिन्गीको बन्द ढोका, 7.उधारो हार, 8. धमिलिन्दै गईरहेको साइनो,9.जेठी बुहारी 10.खालि यति कुरा 11. फुटपाथ देखि झोपडी तर्फ, 12.नाना, 13.कर्तव्यबोध, 14.चिचिला लाग्ला के, 15.शशीकी आमा, 16. सम्बन्ध, 17.सिमलको भुवाँ, 18.गौंथलीको गुँड्, 20.तृष्णा, 21.चालीस वर्षे जोबन, 22.इनोसेन्ट, 23.ममताको छालभित्र, 24.आकस्मिक भेट,25. मुरलीको धुनभित्र अधुरो कथा, 26.सिन्दुर, 27. मौनताले चिहाइरहेको थियो।28.हाँसोहरूको अंकमाल, 29.सफल कलाकार, 30. मदरटेरेजाको सम्झनामा छन्। यो पुस्तक महान नारी मदर टेरेजालाई समर्पण गरिएको छ।

कथाका शीर्षले नै बताए अनुसार आमाको माया, बुहारीको कर्तव्य, नारीको प्रेम आदि यावत यथार्थहरूलाई यहाँ पनि चित्रण गरीने कार्य भएको छ। 119 वटा पृष्टहरूमा यी कथाहरू संकलित छन्। ममताको छालभित्र कथाबारे मन्तव्य राख्दै डा.जीवन नाम्दुङले लेखेका छन्. कमला आँसुको कथा लेखन प्रवृति नारी मनोविश्लेषणात्मक र दृष्टिकोण सम्मत रहेको देखिन्छ। ममताको छालभित्र पुस्तकमा पेरको कथाहरू आइ लभ य़ू, ममताको छालभित्र, जेठी बुहारी र ऐना जस्ता कथा यस कथनका उम्दा नमूना हुन्. उनका कथा लेखन यात्रा अनवरत रहनेछ भन्ने आशा गर्छु। नारी कथाकारको सूचीमा उनलाई दर्ता गर्न कसैको सिफारिश होइन उनका कथाहरूको पराक्रम गुणस्तर नै यथेष्ठ छन्।

आफ्नो माटोको सुगन्ध-कथा संग्रह सन् 2000-मा प्रकाशित

आफ्नो माटोको सुगन्ध-कथा संग्रहमा उनले आफ्नो गाउँ र माटोको खुबै माया गेरकी छन् तथा यो पुस्तक उनकै पिता पूर्व प्रधान अध्यापक श्री चन्द्र विकास राईलाई समर्पण गरेकी छ।

यो उऩको तेस्रो कथा संग्रह आफ्नो माटोको सुगन्धमा जम्मा 28 वटा कथाहरू परेका छन् जसमा छन्- 1. कर्म-योगी, 2. ाफ्नो माटोको सुगन्ध, 3.उफ दियोको उज्यालो, 4.प्यारो गाउँ सल्लाघारी, 5.स्वच्छन्द पुतली, 6.आठआनी हार, 7.मायाको तरंगमा मञ्जरी, 8.वैज्ञानिक युगका बाबु-आमालाई, गर्भकी छोरीको खुल्ला पत्र,9रजनीगन्धा, 10.पतझड्, 11.सरिताको अन्तिम यात्रा, 12. आत्म सन्तुष्टि 13.गुड्डी चुडिएछ, 14. चक्नाचूर भएको ऐना, 15. अर्चना, 16.कथा, 17.कोट मेरिज,18.समर्पणभित्रका तीता-मीठा प्रणहरू, 19 जौलेकी आमा, 20. समर्पण, 21. बेलाइती गाई, 22.बज्यैको अर्ति,23.सानो शहर, 24.जुनेलीकी भाग्य, 25. डाक्टर ललित, 26. आशक्तिदेखि पर, 27. कुकुर पाल्ने अपुताली मेमसाहेब, 28.रनधोजको भूमिका।

यो संग्रहमा नारीको अति संवेदेनशील कथा गर्भको नानीको आर्तनाद वैज्ञानिक युगका बाबु-आमालाई गर्भकी छोरीको खुल्ला पत्र चर्चामा आएको छ। कर्मयोगी, समर्पण आदि जीवनको सकारात्मक पक्षका कथाहरू छन् भने आठ आनी हार पुराना परम्परा एवं संस्कृतिको उद्बोधनको कथा हो। डाक्टर ललित, रनधोजको भूमिका पुरूष पात्रहरूको अर्को एक सबल पक्ष हो भने यसमा धेरै जसो नारी पात्रहरूको नै स्वर गुञ्जायमान छ। उनको कथाबारे सुनचरी तथा काठमाडौंबाट प्रकाशित विकल्पमा ध्रुब बुढाथोकीले लेखेका छन्--- आँशुका कथाहरूमा कथामा हुनुपर्ने तत्वहरू देश, काल,परिस्थिति जस्ता सबैचिज रहेका छन्. कुनै कथा, सम्वादमुलक छन् भने कुनै कथा आत्मपरक र कुनै कुनै त भजिना उल्फाको प्रतिपादन गरेको चेतनाको प्रवाहबाट समेत प्रभावित बनेर यही धारा अगाल्न पुगेका छन्। नारीवादी अर्की लेखिका विष्णुकुमारी वाइबा (पारिजात) को अस्तित्ववादी धाराका लेखिका आँशु पनि केही कथामा बग्न पुग्नु भएको छ।

मीमांसा-कथा संग्रह सन् 2006-मा प्रकाशित

उनको स्वर्गावरोहन हुनु अघि लेखिएका कथाहरूको संकलन हो मीमांसा, जुन निर्माण प्रकाशन् नाम्चीले प्रकाशित गरेको छ। यसमा उऩको जम्मा 34 वटा कथाहरू परेका छन्।

1.प्रबल आस्था, 2.समयले दिएको चोट,3. भेनाज्यू, 4.माइता घरको कुकुर, 5.विदाको हात हल्लिरहन्छ, 6. जिजीविषा, 7.रेसमी साडी, 8. छोरीको पत्र आमालाई, 9. मलाई भाइ मन पर्दैन, 10नयुमा जस्ती आमाहरूको कथा, 11.सम्झौता, 12.अन्तरंगता, 13.चन्द्र-शोभा, 14. विश्वास, 15.कला कहिले पनि मर्दैन, 16. अनुभव, 17.शाश्वत आत्मा, 18.सैनिककी पत्नीको वेदना, 19.एकान्त 20, कालो साँझ, 21 नागबेली, 22. समयको पक्षघऱ 23. च्यातिएको डायरी अनि बन्धनाको वेदना, 24. आत्म-हत्या, 25. सूर्यको पहिलो किरण, 26. एपोइमेन्ट, 27.म पुलिस होइन चपरासी, 28.कुत्त, 29.तिम्रो यादहरूलाई माया गरें, 30 मुक्ति, 31 बाल्कुनी 32. सम्पन्नताको गुलियो कथा, 33.सेक्रेट पार्ट। 34. मीमांसा।

यसरी उऩको जम्मा 117 वटा लघु कथाहरू प्रकाशित भइसकेका छन् तता अझ कति प्रकाशित हुनु बाँकी रहेको छ।

उनका विविध लेखहरू नारी, नारी स्वास्थ्य, विविध जानकारी तथा धार्मिक लेखहरू सुनचरी, हिमगिरि, हिमालय दर्पण, समय तथा अन्य दैनिक एवं पत्रिकाहरूतिर एक हजारभन्दा अधिक छापिएका छन्।

साहित्यकार श्रीमती कमला आँसु बारे जानकारीहरू साहित्यकार कमला आँसु स्मृति प्रतिष्ठान-ले वेबसाइटमा पनि समावेश गरेको छ, उनका तस्वीरहरू र जानकारीका निमित्त हेर्नोस्-

 

(कमला आँसु-को एउटा लघु कथा)

 

               सम्झौताको फूल फुल्छ जहाँ

 

कविता लखतरान भएर कालेजबाट घरको छेउ आइपुग्छे. घरको सिँडी चढ्दा चढ्दै उसले नानी रोएको आवाज सुनिपठाउँछे। ऊ हतारसाथ सिंडी उक्लन्छे। घरको ढोका खुल्लै हुन्छ। ऊ आफ्नो पदचापलाई नियन्त्रण गरेर सुत्ने कोठामा बिस्तारै चाल मारेर चिहाउँछे। उफ भित्र कस्तो दृश्य। नानी हेर्ने नोकरनीले नानीलाई रूँदै गरेको लाचारी अवस्थामा काधमा एक हातले अडाएर आफू चाहिँ हतार हतार दूध र विस्कुट खाइरहेकी हुन्छ। कविताको मन-मस्तिष्कमा एकैसाथ विचारका असंख्य ज्वारभाटाका लहरहरू उर्लेर आउँछन्। नोकरनी मेरीको काँधबाट स्वात्तै नानी खोसेर कविताले नोकरनीको मुखभरि थुकेर गाली बक्दै त्यतिबेला नै नोकरनीलाई घरबाट निकालिदिने आक्रोस जाग्छ। कविता विवश बन्छे, ऊमाथि एउटा ठूलो प्रश्न झ्वाम्मै आइपर्छ, यदि मैले यसो गरे फेरि बोलिदेखि काममा जाँदा नानी कसले हेरिदिन्छ, बल्ल तल्ल मुशकिलले पाएको नानी हेर्ने नोकरनी। ऊ मौन बन्छे आफूले देखेको सबै दृश्यलाई नदेखेको भान गर्न ऊ विवश छे। ओछ्यानमा व्याग फ्यात्त फ्याँकेर चुपचाप लुगाफाटा फेर्छे।

आजभन्दा ठीक तीन महिना अघि जब नानी दुइ महिनाको भइसकेको थियो, ऊ अफिस जाने समय भइसकेको थियो. त्यस बखत् नानी हेरिदिने नोकरनीको लागि कस्तो ठूलो समस्या भएको थियो। समस्याको हल हुनु नसक्दा कविताले अफिसमा थप मेडिकल लिभ् लेखिपठाउनु परेको थियो। पति-पत्नीको दुवै घरबाट मान्छे बोलाइपठाउँदा पनि उनीहरू सबै नै आ-आफ्नो काम धन्धामा लागिसकेका थिए। त्यसपछि नानी हेरिदिने गोठालाको खोजमा धेरै ठाउँ कविता र उसको लोग्ने नगेन्द्र भौंतारिनु परेको थियो।यस्तो विकट स्थितिमा नोकर्नी पाउनु साह्रै ठूलो समस्या थियो। चारैतिर स्रोत लगाए पनि भनेको जसो र जस्तै भए पनि झट्टै नोकरनी पाउनु हम्मेहम्मे परिरहेको थियो।

त्यस्तो अवस्थामा मिरमिरे साँझमा प्राय-तीस वर्ष काटिसकेकी एक युवती उनीहरूको घरमा आइपुगी। घरको काम धन्धा, लुगाफाटा धुनु, घर सफा गर्नु, नानीको हेरचाह गर्नु सबै जान्दछु भनेर उसले वर्णन गरी अनि आफ्नो नाम मेरी भनेर बताई। यति कुराहरू भनिसकेपछि नानीलाई मायालु नजरले नियाल्न थाली अनि भन्न थाली-मलाई सानो नानीहरू खेलाउनु, हेर्नु साह्रै मन पर्छ। त्यसपछि ऊ धेरै बोल्न सकिन। फाटेको मजेत्रो आँखा पुछेको जस्तो गरी। कविता र नगेन्द्रलाई ढुंगा खोज्दा देउता पाएको जस्तो लाग्यो। उऩीहरू यसरी कति कोज्दा पनि नपाइएको नोकरनी घरैमा आइदिँदा छक्कै पनि परे। त्यसपछि स्थिति सामान्य भयो, कुराकानी भयो।

भोलिपल्टदेखि नै मेरीले काम गर्न थाली, ऊ ठीक समयमा आउन थाली। सम्झेको भन्धा अझ राम्रो तरिकाले नानीलाी हेर्न, साथमा घरको कामकाज गर्न थाली। केही सप्ताह यसरी सुचारूरूपले चल्न थाल्यो।

एक साँझ मेरिप्रति उनीहरूको शंका उपशंका एकाएक गरेर जाग्न थाल्यो। कविता कालेजबाट अलिक छिटो गरेर घर आई अऩि उसको श्रीमान पनि केही अघि अफिसबाट छिट्टै घर आइपुगेको थियो। उसको अनुहारमा खिन्नताले छाएको स्पष्ट देखिन्थ्यो।

कविताले सोधी- होर्नोस् नानी के भयो जस्तो छ,

उसको लेग्नेले भन्यो-नानी बिसञ्चो जस्तो छ, मलाई यस्तो लाग्दैछ, मेरीले नानीलाई ठीकसँग हेरचाह गर्दिन।

किन, सशंकित भई सोधेकी थिई कविताले।

जब म अफिसबाट घर आइपुगेको थिएँ, तब नानी रोइरहेको थियो। के भयो नानीलाई,

नानी निंद्रामा थियो, नानीलाइ देखेर कवितालाई यस्तो लाग्यो-नानी साँच्चै अस्वस्थ्य छ। नानीको टाउको छामी उसले।वास्तवमा नानीको शरीरमा आवश्यकभन्दा बेसी तातो थियो।त्यसपछि केही हप्तासम्म उनीहरूलाइ नोकरनी मेरी शंकाको विषय भइरह्रयो। विवशता र बाध्यताले घेरेकोले जसोतसो त्यसरी नै दिनहरू बित्दै त्यो क्रम चलिरह्यो। एकदिन कविता आफै आधादिनको विदा लिएर चाँडै घर फर्की। विस्तारै चाल मारेर भित्र पसेर हेर्दा मेरी ओछ्यानमा पल्टिएर नानीलाई स्तनपान गराईरहेकी थिइ। सो अद्भुद्ध दृश्य देखेर कविता तीन छक्क परी। आक्रोस रोक्दा रोक्दै पनि आक्रोस विष्फोट भएर कविता अनायसै बोलिपठाई जोरले मेरो तिमीले यो के गरेको,तिमीलाई तनखा दिएर नानी हेर्न राखेको त, आफ्नै दूध पो सुसाउन मेरीले टाउको झुकाएर बिस्तारै भनी-नानीको खाना सबै मैले खाएँ नि त गुरूमा।

कविता अब झन् तीन छक पर्दै कराउँछे- सबैले भन्थे सानो केटी वा केटाले नानी राम्रो हेर्दैन भनेर नानीको आमाले नै नानी राम्रो हेर्छिन् भनेर।तर तिमी नानीकै आमा भएर सानो नानीको खाजा खाइदिनु तिमीलाई लाज लाग्दैन, तिमीले हाम्रो विवश्ताको साह्रै ठूलो फाइदा उठायौ।

नोकरनी मेरीले भनी अब भोकलागेपछि के गर्नु गुरूमा, नानीको खाना मैले खाँए, त्यसको साटोमा नानीलाई दूध चुसाएँ।

उसो भए के तिमी घरबाट चाहिँ खाना नखाई यहाँ काममा आउँछौं त,कविताले सोधी।

त्यस्तै हालतमा छ गुरूमा महिनाको अन्ततिर मेरो घरको।

मालिकनी र नोकरनीको कुरा भइरहेकै क्षणमा एक समाज सेविका खिरोदा घरभित्र स्वट्टै पसी र भनी हन के भयो, किन यस्तो होहल्ला र कोलाहल यहाँ।

कविता रूँदै भन्न थाली हेर्नुहोस् खिरोदा दिदी, मेरो घरमा अचम्भको घटना घटिरहेको छ। अस्ति यो मेरीले एकपल्ट नानीको धूध र विस्कुट खाँदै गरेको प्रत्क्षरूपमा देखें, तरै पनि सहेर चुपचाप बसें। तर आज आधा दिनको छुट्टी लिएर आएकी त मेरीले नानीलाई गाईको दूध चाहिँ आफै पिएर आफ्नै स्तनको दूधको पो नानीलाई चुसाएर ठाँटसित सुतिरहेकी रहिछ।कस्तो अचम्भ नोकरनी भएर मालिक्नीको नानीलाई आफ्नो दूध चुसाउन यसले कसरी आँट गरी, किन यसो गेरकी भनेर सोद्धा भोक लाग्यो अरे भन्छे। कस्तो उदेक।

खिरोदाले बिस्तारै भन्न थाली- हेर कविता बहिनी यो त अति सुन्दर विषय रहेछ, एउटी नोकरनी आमाको समर्पण,. आखिर आमाको दूध दूधै हो। पशुको दूध त पवित्र मानेर मान्छेले आनन्दले पिउँछन् भने आमाको दूध पनि कुनै धर्म र भेद नभएर झन् पवित्र हुनु पर्ने हो, होिन, सबै आमाको दूध एउटै हो, गंगाको पानी जस्तो पवित्र, यसमा तिमी रूने काम छैन। यो त सोचाइको वेदना र फऱक मात्र हो। कुल्ली आमाको दूध पनि दूधै हो, रानी आमाको पनि दूधै हो र नोकरनी आमाको दूध पनि दूधै हो। रानी आमाको दूध र नोकरनी आमाको दूध सेतै हुन्छ। यसमा मानिसहरूको सोचाइ मात्र अलग हुन्छ। तिमीले अब  यसो गर्नु कविता बहिनी, आफ्नो नानीको लागि मात्र होइन् मेरीको लागि पनि दिनभरीका खाजा बनॉदोबस्त गरिदिनु। समस्याको समाधान भइहाल्छ। तर नोकरनीले मेरो नानीलाई दूध ख्वायो भनेर मन नदुखाऊ। अनाथ, टुहुरा नानीहरूलाई त झन् यति पनि सौभाग्य कहाँ होला र। यो नानीको लागि त तिमीहरू दुइजना पो आमा भइदिएर दूध खुवाइरहेकी छौ। यसमा अचमभ मान्ने होइन, खुशी हुने कुरा छ। हेर कविता बहिनी, यति उच्च शिक्षा हासिल गरेर नोकरी पाएकी छौ, अहिले तिमीलाई मेरी जस्ती नोकरनीको अति नै आवश्यक छ। यसैले तिमीले पनि सम्झौता गर्न सिक्नुपर्छ। हरेक आमाले नानीहरूको निम्ति थुप्रै सम्झौताहरू गर्नुपर्छ । आज त तिमीले राम्रो दृष्टान्त प्राप्त गर्न सक्यौ, तर म त पचहत्तर बसन्तको संघारमा पुगिसकें, छोरा छोरीहहरूका नम्ति अनगिन्ती सम्झौताहरू पनि गरिसकें। भनौ आमाको कर्तव्य सम्झौता नै हो, फगत समझौता। यसैले म त भन्छु कविता बहिनी, तिमीले यसमा समझौता गर। यहीं नै आमाहरूको महानता हो। यसरी बृद्धा समाजसेविका खिरोदा बोलेर ती दुवै मौन र शान्त रहे।

दिनहरू यसरी नै बित्दै गए। समाजसेविका खिरोदाको त्यो अमूल्य अर्तिको प्रभावले अचेल त्यो घरमा फेरि कुनै समस्या छैन। सबै कुरो ठीक-ठीकसँघ चलिरहेको छ। नानी पनि अहिले त निक्कै बलियो अनि हँसिलो भएर कोक्रोमा हात राखेर उभिनु थालेको छ। गाउँकाहरू सबैले के राम्रो नानी भनेर काखमा लिनु थुप्रिन्छन्। मानौ त्यहाँ अब सम्झौताको एउटा सुन्दर फूल ढकमक्क फुलिरहेको छ सारा गाउँ र विश्वलाई नै सुन्दरता र सुवसना छर्न भनी

 

Advisor to CM and former CM Mr. B.B.Gooroong releasing the book written by late Kamala Ashu at a function here organised by Nirman Prakashan.Chief Minister Chamling and his wife Tika Maya Chamling also were present as Chief guest and special guest at Chintan Bhawan on August 27,2006

Sikkim news darjeeling news Gurkhas news Home